Wednesday, 29 July 2015

छोरो विदेश गएको मौका छोपी गर्भवती भएकी बुहारीलार्इ प्रेमीको जिम्मा

परिवार पाल्न छोरो विदेशिएका बेला परपुरुषसँगको सम्पर्कपछि गर्भवती भएकी बुहारीलाई सासूले प्रेमीको जिम्मा लगाएकी छन् ।कञ्चनरुप नपा–९ धर्मपुरकी २० वर्षीया रेणुदेवी साह र छिमेककै सोल्टी नाता पर्ने १८ वर्षीय पुजन साहबीचको यौनसम्बन्धबाट गर्भ बसेको खुलेपछि आइतबार रेणुलाई गाउँलेले पुजनकै जिम्मा लगाएका हुन् ।

रेणुका पति फागु साह ०७१ साउन २२ गतेदेखि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् ।सुनसरीको गौतमपुर माइत भई धर्मपुरमा विवाह गरेर आएको वर्ष दिनमा पति विदेश गएपछि उनी पुजनसँग प्रेम सम्बन्ध रहेकी थिइन् । उनी अहिले सात महिनाको गर्भवती छिन् । रेणुको पेटमा हुर्कँदै गरेको गर्भ आफ्नो भएको पुजनले स्विकारेका छन् ।

छोरा विदेशमा रहेका बेला बुहारी गर्भवती रहेको थाहा पाएपछि गत असार २५ गते गाउँमा छलफल बोलाउँदा रेणुले गाउँलेसामुन्ने वास्तविक घटना बाहिर ल्याएकी थिइन् । गाउँलेहरुले उतिबेलै रेणुलाई पुजनको जिम्मा लगाउन खोज्दा पुजनका अभिभावकले अस्विकार गरेपछि सासु ५९ वर्षीया पानवतीदेवी साहले गत बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

दुबैलाई प्रहरीले झिकाएपछि गाँउलेसमेत आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । घरपरिवारले अस्वीकार गरेपछि उनले तिनै युवकसँग जीवन बिताउने बताइन् । रेणुकी दिदी र पुजनका ठूलोबुवा जगदीश साहका छोराबीच विवाह भएकाले उनीहरुबीच सोल्टी नाता पर्छ । विवाह अघिबाटै एक अर्कालाई मन पराउने गरेको कुरा उनीहरुले प्रहरी कार्यालयमा बताए ।

हामी एक अर्कालाई माया गर्छौं, जे हुनु थियो भयो’, सहमति पत्रमा हस्ताक्षर गर्दै युवकले भने, ‘अब हामी दाम्पत्य जीवनमा तयरा छौं ।’आफूले प्रेम गरेकाले पत्नीकारुपमा स्वीकार्ने र युवतीले पनि आफूसँग बस्न चाहेको युवकले बताए । युवक अविवाहित हुन् भने युवतीका पहिलो पति फागुतर्फ एक वर्षीया छोरी छन् ।

एक वर्र्षीया नाबालिकाको पालनपोषणको जिम्मा भने हजुरआमा पानवतीले लिँदै घर लगिन् । ‘समस्या आएपछि समाधान त गर्नै पर्‍यो’, घरपरिवार र गाउँलेले सहमति गरी दिएको जानकारी दिँदै स्थानीय हरिलाल साहले भने, ‘सुरुमा त केटाले मेरो गर्भ होइन भनेर डीएनए परीक्षण गर्छु भन्थ्यो, तर छलफलका क्रममा गर्भ आफ्नै रहेको स्वीकार्‍यो ।’

तथ्यांकअनुसार नेपालबाट दैनिक एक हजार पाँच सय बढी युवा वैदेशिक रोजगारीमाश जाने गर्छन् । सप्तरीमा अविवाहितभन्दा विवाहित युवा नै बढी विदेशिने गरेको आँकडाले देखाउँछ ।सप्तरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले पत्नी, छोराछोरी र घरपरिवारको लागि विदेशिने युवाकै घरबार भने दिनदिनै भत्किँदै गएको बताए ।

एक महिनाको अवधिमा यस्तै प्रकारका चारवटा घटना प्रहरी कार्यालयमा आएको उनले जानकारी दिए । गाउँ, घरपरिवारको मोहमाया त्यागेर छोराछोरी र पत्नीका लागि श्रम गर्न विदेशिएका पतिले कमाएर पठाएको रकममा केहीले रजाइँ गर्न थालेपछि पुरुषहरु पीडामा पर्न थालेको महिला अधिकारकर्मी पनि बताउँछन् ।

Read more ...

सरकारले नयाँ ट्याक्सी ल्याउने निर्णय गरेपछि राजधानीमा ट्याक्सी जुलुस

सरकारले पुराना ट्याक्सी विस्थापित गरी नयाँ ल्याउने भनेर गरेको निर्णय तथा यससँगै ट्याक्सीको भाउ बढाइएको भन्दै ट्याक्सी व्यवसायी र यातायात सम्बन्धी संगठनहरुले बुधबार काठमाडौंमा ट्याक्सी जुलुस गरे । जोरपाटी, महाराजगञ्ज, बालाजु, कलंकी, ललितपुर, कोटेश्वर र एयरपोर्टबाट निकालिएको यो जुलुस खुलामञ्च पुगेको थियो ।

सहरका विभिन्न भागमा लस्करै ट्याक्सीहरु जुलुसमा नारिन पुगेपछि यात्रुहरुलाई समस्या पनि परेको थियो । बिहान १० बजे ‘अफिस टाइम’मा सुरु भएको यो विरोधले राजधानीको ट्राफिक व्यवस्थापनलाई पनि अस्तव्यस्त बनायो । खुलामञ्चमा विरोध सभा पनि गरिएको थियो ।

Read more ...

विश्वमा नै सबैभन्दा धेरै बली दिने गढीमाईमा अबदेखि पशुवली बन्द हुने

पशु अधिकारको वकालत र बलि प्रथा रोक्ने अभियानमा लागेका व्यक्ति र संघसंस्थाहरुले मंगलबार केही क्षण खुशीयाली मनाए। गढिमाई मेलामा पशु चौपायाको बलि दिने प्रथा रोकियो भन्ने खबरले उनीहरु खुसी भएका थिए तर यो खुसी धेरै बेर टिकेन। मंगलबार राती जब गढिमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बलि रोक्ने कुनै निर्णय नभएको जानकारी दिए। त्यसपछि बलि दिने र नदिने बिषयमा निर्णय भएको हो होइन भन्ने कुरानै स्पष्ट हुन सकेन ।

पशुकल्याण सञ्जाल नेपाल र हुमाने सोसाइटी इन्टरनेशनलले मंगलबार भारतको राजधानी दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा समितिले बलि प्रथा रोक्ने निर्णय गरेको उल्लेख गरियो। समिति अध्यक्ष साहको भनाई र उनको विज्ञप्तिलाई आधार मानेर आयोजकले जारी गरेका विज्ञप्तिमा स्पष्टसँग लेखियो, ‘अबदेखि गढिमाई मेलामा बली दिइने छैन। यो प्रथा २०७६ देखि बन्द हुनेछ ।’

दिल्ली पुगेका समितिका सदस्य निर्णय भएको हो भन्छन, बाराको वरियापुरमा भएका समिति अध्यक्ष निर्णय भएकै छैन भन्छन्।

दिल्लीको पत्रकार सम्मेलन आयोजक मध्येको एक पशुकल्याण सञ्जाल नेपालका संस्थापक अध्यक्ष मनोज गौतमका अनुसार समितिका अध्यक्ष साह विशेष कारणले दिल्ली उपस्थित हुन सकेनन्। पत्रकार सम्मेलनमा भाग लिन गढिमाई मन्दिरका मुल पुजारी मंगल चौधरी थारु र समिति सचिव मोतीलाल कुशहवा त्यहाँ पुगेका थिए। नागरिक दैनिकमा खबर छ ।
Read more ...

होस गर्नुहोस ! फेसबुक पासवर्ड चोरको विगविगी छ !

पुजा अर्जेन्ट छ एकपटक मलाई तेरो फेसबुक पासवर्ड दे न, मिल्ने साथी सुष्माले फेसबुक च्याटमा हतारिँदै पासवर्ड मागिन्। अर्जेन्ट भनेपछि मैले पासवर्ड दिएँ, पुजाले सुनाइन् म बर्बाद भएँ, साथी बनेर ह्याकरले पासवर्ड मागेको रहेछ।राजधानीको टेकुस्थित महानगरीय अपराध महाशाखाको साइबर क्राइम सेलमा साथीहरुसँगै उजुरी दर्ता गर्न आएकी पुजाको अनुहार उदास थियो।

'मेरो फेसबुकबाट साथीहरु र आफन्तलाई अश्लिल म्यासेज र भिडियो पठाएको छ,' कलेज विद्यार्थी उनले मलिन स्वरमा भनिन् 'सबैले मलाई फोन गरेर छ्या के म्यासेज पठाएको भन्छन् ।'

पूजाको फेसबुक प्रोफायलमा अहिले नग्न तस्विरसहित आपत्तिजनक पोस्ट देखिन्छन्। उसले उनलाई तनाब दिइरहेको छ।

ह्याकरले पासवर्ड परिवर्तन गरेर उनको प्रोफायल पिक्चरमा नग्न तस्विर अपलोड गरिदिएको हो।
सामाजिक सञ्जाल फेसबुकका कारण नवलपरासी सुनवलकी पुजा, उनको परिवार र सथीहरु तनाबमा छन्। धेरैदिन भैसक्यो उनीहरु प्रहरीमा धाउन थालेको।

उनको फेसबुक अकाउन्ट प्रयोग गरी १५ जनाभन्दा बढी साथीको पासवर्ड ह्याकरले फुत्काएको छ। अरुको आईडिबाट पनि उस्तैगरी पासवर्ड मागेर कैयौंले यातना पाएका छन्।

चौबिसै घण्टा अनलाइन देखिने अर्कैको कब्जामा रहेको आफ्नै आइडिमा पूजाले बुबाको फेसबुकबाट म्यासेज पठाइन्–'मेरो फेसबुक फिर्ता गर नत्र साइबर क्राइममा मुद्धा हाल्छु।' त्यसपछि के भो रु उनले भनिन् 'तुरुन्तै बुबाको फेसबुक नै ह्याक गरिदियो ।'

'ह्याकरले पासवर्ड पाएपछि च्याट हिस्ट्री हेरेर कोसँग कसरी कुरा गर्ने पत्तो पाउँदो रैछ,' अर्की पीडित रश्मी भन्छिन् 'साथीसँग तिमी, तँ भनेर कुरा गर्छ, आफन्त र अफूभन्दा ठूलासँग तपाँइ भनेर कुरा गर्दै पासवर्ड माग्दो रैछ ।'

साथी र आफन्तका पासवर्ड कब्जा गरेर एकअर्कामा गोप्य कुराहरु शेयर गर्ने, अश्लिल र गालीगलौजका म्यासेज पठाउने गरेको पीडित युवतीको गुनासो छ। 'केटीहरुबीच कस्तो कुरा हुँदोरैछ जान्नलाई ह्याक गरेको हुँ भन्छ,' रश्मी भन्छिन्, 'च्याट हिस्ट्री हेरेर निजी कुरा सार्वजनिक गर्दिने धम्की दिन्छ।'झुक्याएर पासवर्ड लिँदै दुरुपयोग गर्नेलाई अहिले महानगरीय अपराध महाशाखाले खोजी सुरु गरेको छ। नागरिक न्युज

Read more ...

लसुन खानुस् यस्ता रोगबाट बच्नुस्

लसुन भान्छामा प्रयोग भइरहने खाद्य सामग्री हो। हेर्दा सामान्य लाग्ने लसुनले धेरै फाइदा गरिरहेका हुन्छ। यसलाई दाल, तरकारी र अचारको स्वाद बढाउन प्रयोग गरिन्छ। तर, त्यति मात्र नभएर लसुन जति स्वादिलो हुन्छ स्वास्थ्यलाई पनि त्यति नै फाइदा पुर्याउँछ। नियमित लसुन खाने गर्नाले स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। नियमित रुपमा लसुनको प्रयोगले कस्तो कस्तो समस्या समाधान हुन्छ भन्ने कुरा हामीले यहाँ चर्चा गरेका छौँ: –एक केस्रा लसुनलाई मनतातो पानीसँग खाएमा गानो देखेको हट्नुका साथै पेट दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ। –एक केस्रा लसुनलाई घिउमा फुराएर खानासँगै मुछेर खाएमा मुटु रोगीलाई फाइदा पुग्छ। –लसुन फुराएको तेलले मालिस गर्नाले शरीर सुन्निएको र दुःखेको निको हुन्छ। त्यसैगरी बिहान खाली पेटमा एक दुई केस्रा लसुन खाने गरेमा पनि स्वास्थ्यलाई फाइदा हुन्छ। –लसुनको रसमा नून मिसाएर मालिस गरेमा भित्री चोटको दुखाइ कम गर्छ।
 –लसुन पिसेर लगाएमा टाउको दुखाइमा कम हुन्छ।
 –बिच्छीले काटेको बेला आँपको धूलोसँग मिसाएर लसुन खाएमा विषको प्रभाव कम हुन्छ।
 –कुटेको लसुनलाई पानीमा मिसाएर घाउ सफा गरे घाउ पाक्न दिँदैन।
 –कान दुखेको बेला लसुनको पातको रस वा लसुन फुराएको तेल कानमा हालेमा दुखाइ कम गर्छ।
 –बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ। लसुनको केस्रा छोडाएर घिउमा रातो हुने गरी भुटेर दूधमा खीर पकाएझैं पकाएर नियमित एक महिनासम्म खाएमा यसले विर्य बढाउनुको साथै नपुंसकता हराउन सक्छ। (जनचेतनाका लागि वीक्ली नेपाल डटकम बाट साभार गरिएको )
Read more ...

पारस आफै गाडी चलाएर अस्पतालबाट निस्के

काठमाडौं : पूर्व युवराज पारस शाह मुटुको सफल उपचारपछि बुधबार दिउँसो नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पारसको मुटुमा पेस मेकर राखिएपछि डिस्चार्ज भएका हुन् ।
आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पारसको मुटुमा पेस मेकर राखिएपछि डिस्चार्ज भएका हुन् । - See more at: http://annapurnapost.com/News.aspx/story/15606#sthash.ewWLs8xm.0IM9rpub.dpuf
आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पारसको मुटुमा पेस मेकर राखिएपछि डिस्चार्ज भएका हुन् । - See more at: http://annapurnapost.com/News.aspx/story/15606#sthash.ewWLs8xm.0IM9rpub.dpuf
आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पारसको मुटुमा पेस मेकर राखिएपछि डिस्चार्ज भएका हुन् । - See more at: http://annapurnapost.com/News.aspx/story/15606#sthash.ewWLs8xm.0IM9rpub.dpuf
काठमाडौं : पूर्व युवराज पारस शाह मुटुको सफल उपचारपछि बुधबार दिउँसो नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । - See more at: http://annapurnapost.com/News.aspx/story/15606#sthash.ewWLs8xm.0IM9rpub.dpuf
काठमाडौं : पूर्व युवराज पारस शाह मुटुको सफल उपचारपछि बुधबार दिउँसो नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । - See more at: http://annapurnapost.com/News.aspx/story/15606#sthash.ewWLs8xm.0IM9rpub.dpuf
Read more ...

भारतीय मिडियामा नेपाल हिन्दुराष्ट्र हुने चर्चा

संविधानको मस्यौदामाथि जनताले दिएका सुझावसहितको प्रतिवेदन संविधानसभामा बुझाइ सकेको अवस्थामा संविधानसभाले जनताका के–कस्ता सुझावलाई महत्व दिन्छ भन्ने चासो स्वाभाविक रुमपा सर्वत्र देखिएको छ । तर यति नै बेला केही भारतीय मिडियाले भने नेपाल फेरि ‘हिन्दु राष्ट्र’ हुने भयो भन्ने समाचारलाई निकै प्राथमिकता दिएका छन् ।
भारतीय अखबारहरु जागरण, प्रातःकाल, प्रभातखबर, जनसत्ता दैनिकका अनलाइन संस्करणसहित आइबीएन खबर लगायतका केही विद्युतीय संचारमाध्यमले नेपालबाट ‘धर्मनिरपेक्षता’ हटाउन यहाँका राजनीतिक दलहरु भित्रीरुपमा सहमत भएको समाचार सार्वजनिक गरेका हुन् ।
भारतीय संचारमाध्यमले केही दिनअघि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘धर्मनिरपेक्षता’ का कारण विवाद बढेको भन्दै दिएको प्रतिक्रियालाई पनि एउटा आधारका रुपमा प्रस्तुत गरेका छन् । दाहालले ‘धर्मनिरपेक्षता’ शब्दले विवाद बढाएको भन्दै त्यसबारे पुनर्विचार गर्नुपर्ने बताएका थिए । यद्यपी उनले धार्मिक स्वतन्त्रता सहितको व्यवस्था राखिने भने पनि हिन्दु राष्ट्र स्थापना हुने भन्नबारे खुलेर केही बताएका थिएनन् ।

Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us