Thursday, 25 August 2016

कालोबजारीमा प्रक्राउ परेका व्यापारी छुटाउन बन्द आह्वान

काठमाडौं । अनुदानको मल नीजि पसलबाट बिक्री गरेको आरोपमा प्रक्राउ परेका व्यापारीलाई छुटाउन दबाब दिने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघले बिहीबार गोरखा बजार बन्द गराएको छ ।

जिल्ला संयुक्त बजार अनुगमन समितिले मंगलबार सरकारले अनुदानमा किसानलाई उलपब्ध गराएको रासायनिक मल अनाधिकृत रुपमा बिक्री बितरण गरेको अवस्थामा तीन व्यापारीलाई प्रक्राउ गरेको थियो । बजार बन्द गराउन उद्योग वाणीज्य संघका प्रतिनिधिले सदरमुकाममा माइकिङ गरेका थिए । माइकिङपछि सदरमुकामका अधिकांश पसलहरु बन्द भएका छन ।

प्रक्राउ परेका अनिता एग्रोभेटका संचालक रामशरण कोइराला, विशाल किराना स्टार्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई बिना शर्त छुटाउन बुधबार व्यापारीहरुले दिनभर प्रहरी प्रशासनलाई दबाब दिएका थिए । आरोपितहरुलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेपछि बजार बन्द गराइएको हो ।

उनीहरु विरुद्ध कालोबजारी ऐन २०३२ अनुसार मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संघले भने व्यापारीहरु माथि झुठा लान्छना लगाईएको भन्दै विज्ञप्ति जारी गरेको छ । कार्यवाहक अध्यक्ष जीवनज्योति श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रक्राउ परेका व्यवसायीहरुलाई विनाशर्त रिहा गर्न माग गरिएको छ ।

अनुगमन टोलीले ती पसलबाट ५० किलोका तीन सय ६४ बोरा मल सिलबन्दी गरेको थियो । जिल्ला कृषि विकास कार्यालयको अनुमतिले कृषि सहकारी संस्थाले मात्रै अनुदानको मल बिक्री वितरण गर्न पाउने प्राबधान छ ।

जिल्लामा २० वटा कृषि सहकारी र तीन बचत तथा ऋण सहकारीले अनुदानको मल खरिद बिक्री गर्न अनुमति लिएका छन । अनुमति पाएका तीनै बचत तथा ऋण सहकारी संस्थाको मिलेमतोमा व्यापारीहरुले मल बिक्री गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । तीन वटै पसलको मल गोदाममा सिलबन्दी गरिएको उनले बताए ।

अनिताले एग्रोभेटले आर्दश सहकारी गोरखा नगरपालिका–५, विशाल किरानाले बुंकोट बाह्रबिसे मिलक कृषि सहकारी र श्रेष्ठ किनाराले बुंकोटको पञ्चकन्या कृषि सहकारी संस्थाले अनुदानमा प्राप्त मल आफ्नो पसलबाट बिक्री गरेका हुन् ।

अनुगमन समितिले मल बिक्री गरेको बिल बरामद गरेको थियो । अनुदान मूल्य भन्दा बढीमा व्यापारीहरुले युरिया र डिएपी मल बिक्री गर्ने गरेका हुन् । तीन वटै पसलबाट फरकरफरक मूल्यमा बिक्री गरिएको बिल समेत भेटिएको शर्माले बताए ।



Read more ...

‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

काठमाडौँ । चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए ।

गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए ।गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत गायक भेटवालले जानकारी दिए ।

गुरुङका आलुतामा, धरान–पोखरा, सोल्टी, अनमोल, ढाक्रे, जीवन, जीवन–२लगायत एल्बम चर्चित छन् ।
Read more ...

कतार सरकारले अवैध कामदारलाई आममाफी दिने , विना सजाय घर फर्कन पाउने

काठमाडौं । कतारले अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।

कतार आन्तरिक (गृह) मन्त्रालयले महिना अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिने घोषणा गरेको हो । आउँदो सेप्टेम्बर १ देखि सुरु हुने आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ ।

यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार स्वदेश फर्किन पाउने छन् । कतारको गृह मन्त्रालयले एक सूचना जारी गरेर अवैध रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेशकफािएन सहज वातावरण तयार गरिएको बताएको छ ।

कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, जसमा नेपालीहरुको संख्या उल्लेख्य छ  । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् ।

सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको कतारले अवैध कामदार र उनीहरुको अवस्थालाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय मानवधिकारवादी संघ संस्था र विभिन्न देशको दबाव खेप्दै आएको थियो ।

कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिनेछ । तर, आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् ।

कतार सरकारले यसअघि सन् २००४ मा आममाफी प्रक्रिया चलाएको थियो ।
Read more ...

Wednesday, 24 August 2016

यसरी खुल्यो सामान्य मानिसले सोच्नै नसक्ने एउटा भयावह हत्याकान्डको रहस्य : आफ्नै आमाको हत्या

काठमाडौँ । मेरी आमा देखिनुभएको छैन, तपाईँले कतै देख्नुभयो कि ? बुद्धिबहादुर खत्री गाउँमा यसो भन्दै आमा हराएको सोधीखोजी गर्दै थिए। गाउँले छक्क परेका थिए। एक दिनअघिसम्म घरमै देखिएकी ६५ वर्षकी देउती खत्री आखिर गइन् कहाँ ?

छोरा फेरि हरायो भन्दै गाउँमा हल्लामात्रै गर्दै हिँड्ने। प्रहरीमा उजुरी चाहिँ नगर्ने। गाउँलेले बुद्धिबहादुरलाई प्रहरीकहाँ उजुरी गर्न दबाब दिए। भदौ १ गते उनले प्रहरीमा उजुरी दर्ता गरे। 

उजुरी परेपछि प्रहरीले अनुसन्धान थाल्यो अनि खुल्यो सामान्य मानिसले सोच्नै नसक्ने एउटा भयावह हत्याकान्डको रहस्य। 

६५ वर्षकी देउती खत्री श्रीमानको निधनपछि दुई छोराको साथमा जीवन बिताइरहेकी थिइन्। पतिको वियोगमा जीवन काटिरहेकी खत्रीलाई अर्को बज्रपात आइलाग्यो९ आफूलाई असाध्यै माया गर्ने जेठा छोराले पनि उनलाई छोडेर गए।  केही वर्षअघि भिरबाट खसेर उनका जेठा छोराको मृत्यु भयो।

छोराको निधनले मात्र देउतीको विछोडको श्रखला भने रोकिएन। जेठो छोराको निधन भएको केही समय मात्रै भएको थियो, जेठी बुहारीले पनि यो संसारबाट सदाको लागि आँखा चिम्लिन्।

पति, जेठा छोरा९बुहारीले छोडेर गएपछि बुढेसकालको सहारा कान्छा छोरा बुद्धिबहादुर नै बनेका थिए। आमाबुबा गुमाएका देउतीका एक नाति र नातिनी टुहुरा जस्तै बने। बुबाआमा बितेपछि काका९काकीको व्यवहार नराम्रो भएपछि उनीहरु सँगै बस्न सकेनन्।

त्यसपछि उनीहरु आफै मजदुरी गरेर स्वतन्त्रको जीवन जिउन थाले। देउतीका नाति भारतमा मजदुरी गरिरहेका छन् भने  एक नातिनी नेपालगञ्जमा अर्काको घरमा भाडा माझेर सास बचाइरहेकी छिन्। देउती भने कान्छा छोराबुहारीसँग नै बस्दै आएकी थिइन्।

जाजरकोट जिल्लाको सक्ला गाविस १ लैखममा देउतीको घर छ। एउटा ठूलो घर, घर नजिकै गोठ। देउतीका छोराबुहारी ठूलो घरमा र उनी भने गोठमा बस्दै आएकी थिइन्।

जेठा छोराबुहारीले देउतीलाई जति माया र ममता दिन्थे, उनले त्यस्तो कान्छा छोराबुहारीबाट पाउन सकिनन्। कान्छा छोराबुहारीबीच देउतीको बेला बेलामा ठाकठुक पर्ने गरेको थियो।

कान्छा छोरा बुद्धिबहादुरका ४ सन्तान छन्। कान्छो सन्तान भर्खर डेढ वर्षका भए। सरकारले ल्याएको राष्ट्रिय गौरवको योजना नलसिंहगाड जलविद्युत आयोजना देउती कै जग्गा भएका ठाउँमा पर्छ।

उनको दुई रोपनी जग्गा सरकारले अधिग्रहण गरी प्रति रोपनी ४ लाखका दरले मुआब्जा दिने निर्णय गरेको छ। एकाएक जग्गाको भाउ बढेपछि देउती खुसी थिइन्। देउतीसँगै उनका कान्छा छोरा बुद्धिबहादुर पनि गजक्क थिए।

देउतीको अंश खाने अब बुद्धिबहादुर मात्र थिए। बुबाको मृत्यु भएपछि २ रोपनी जग्गाको हकदार आमा नै थिइन्। उनले आमाको नाममा रहेको जग्गा आफ्नो नाम गर्न आमालाई पटक९पटक भने। तर उनले मानिनन्। म जिउँदो हुँदासम्म कसैलाई जग्गा दिन्नँ समेत भनिन्।

खत्री परिवारमा जग्गाको विषयलाई नै लिएर सँधै किचलो भइरहन्थ्यो। जग्गा पाउनको लागि बुद्धिबहादुरले केही समयदेखि आमालाई देखावटी मायासमेत गर्न थालेको थियो। स्याहारसुसारमा ध्यान दिन थालेका थिए, बुहारीले पनि मिठो पकाउने खुवाउने गर्न थालेकी थिइन्।

आमाको मन न हो पग्लिन केही बेर लागेन। उनले जग्गा छोराको नाममा पास गर्ने निर्णय गरिन्। जग्गा पास गर्न मालपोत कार्यालय पनि पुगिन्।

जग्गा आफ्नो नाममा आउने भएपछि बुद्धिबहादुर पनि दंग थिए। तर मालपोत कार्यलयमा पुगेपछि जेठा छोराका सन्तान भएकाले कान्छो छोरालाई पास गर्न नमिल्ने बताइयो। देउतीले त्यतिखेर नातिनातिनालाई सम्झिइन्। अनि उनको निर्णय बदलियो।

आमाले जग्गा पास नगर्ने भएपछि कान्छा छोराबुहारीको व्यवहारमा नै परिवर्तन हुन थाल्यो। यतिमात्र हैन छोराबुहारीले भित्रभित्र आमालाई मार्ने षड्यन्त्र  समेतरच्न थाले।

आमालाई मारेर गाड्नको लागि बुद्धिबहादुरले साउन २१ गते घर नजिकै करिब १ मिटर गहिरो खाल्डो खने। आमालाई मार्ने नियतले साउन २२ गते छोराबुहारीले देउतीलाई माया देखाउँदै आफै सुत्ने घरमा बोलाएर सुताए। सासुबुहारी भित्र सुते, छोरा बाहिर। सासुआमा सुतेरनसुतेको बुहारीले विचार गरिरहिन्।

रातको करिब ९ बजेपछि आमा निदाएको थाहा पाएपछि उनले बाहिर सुतेका आफ्ना लाग्नेलाई बोलाएर आमा निदाएको जानकारी दिइन्। छोरा बन्चरो लिएर भित्र गए। मस्त निन्द्रामा रहेकी आमालाई बन्चरोले पछाडिको भागमा हिर्काए। बन्चरोले लागेपछि देउतीको टाउकोबाट रगत बग्न थाल्यो। उनी अन्तिम सास लिँदै छट्पटाउन थालिन्। तर राक्षसरुपी कलियुगका छोराले आमा नमरेको भन्दै अनेकौ पटक प्रहार गरे।

सास रोकिएपछि मृत आमाको नाकको फुली र सुन निकाले। टाउकोमा लुगा बेरेर एक दिनअघि नै खनेको खाल्डोमा गाडे। कसैले थाहा नपाउन् भनेर आमालाई खाल्डोमा गाडेपछि सिमलको बिरुवासमेत रोपे।

आमाको हत्या गरेपछि उनै आमा हराएको भन्दै गाउँघरमा खोज्दै हिँड्न थाले। उनले केही दिनसम्म पनि प्रहरीमा उजुरी दिएनन्। प्रहरीमा उजुरी नदिई एक्लै खोज्न थालेपछि छिमेकीले शंका गर्न थाले। छिमेकीको दबाबमा बुद्धिबहादुरले भदौ १ गते बल्ल प्रहरीमा उजुरी दिए।

उजुरी परेपछि प्रहरीले खोजी कार्य गर्‍यो। अन्ततः प्रहरीले उनको घर नजिकै नै देउतीको शव गाडेको अवस्थामा फेला पार्‍यो। छिमेकीको शंकामा उनका छोरालाई नै हत्याको अभियोगमा नियन्त्रणमा लिइयो। शुरुमा बुद्धिबहादुरले आमा आफैले आत्महत्या गरेकाले आफूले गाडेको मात्र बताए। प्रहरीको केरकारपछि बल्ल उनले आफ्नो कर्तुत स्वीकारे। उनीहरुलाई अहिले प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । 

Read more ...

एक महिनादेखि बेपत्ता गाविस सचिव घरमै मस्ती गर्दैगर्दा भेटिए


पाँचथर। जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी आफ्नै घरमा फेला परेका छन् । ३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन् ।

गाविस कार्यालयमा बिदा समेत नलेखेर एकाएक हराएका निरौलाका कारण स्थानीयले एक महिनादेखि सास्ती बेहोर्नु परेको थियो । खोज्दैजाँदा प्रहरीले गाविस सचिव निरौलालाई झापा जिल्लाको दुहागडी–१ स्थित घरमा फेला पारेको जनाएको छ । स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले जिल्ला प्रहरी कार्यालय पाँचथरलाई सचिव निरौलाको खोजी गरिदिन आग्रह गरेका थिए ।

आइतबार प्रहरीले घरमै रहेको जानकारी स्थानीय विकास अधिकारी धमलालाई दिएको छ ।

सचिव निरौला घरमा रहेको थाहा पाएपछि स्थानीय विकास अधिकारी धमलाले सम्पर्कविहीन भएर किन घरमा बसेको भनेर स्पष्टिकरणसहितको पत्र पठाएको प्रशासन फाँटका प्रमुख दुर्गाप्रसाद तिम्सिनाले बताए ।

सचिव निरौला साउन ६ गतेदेखि सम्पर्क विहीन भएका थिए । साउन १९ गतेदेखि निरौलाको जिम्मेवारी आरुबोटेका सचिव सञ्जय राईलाई दिइएको थियो । निरौला आफ्नो कार्यालयलाई जानकारी नै नदिई बेपत्ता भएको यो दोस्रो पटक हो ।

यसअघि निरौला सिदिनको गाविसको सचिव हुँदा करिब तीन लाख अनियमितता गरेर झन्डै तीन महिना सम्पर्क विहीन भएका थिए । निरौलाका विषयमा जिविस पाँचथरमा राम्रो रेकर्ड रहेको छैन ।
Read more ...

भारतले दियो नेपाललाई १७ दमकल उपहार

 काठमाडौं । भारतले नेपाललाई १७ वटा दमकल हस्तान्तरण गर्दैछ । एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा दमकलहरु हस्तान्तरण गर्न लागेका हुन् ।  

देशभरका अधिाकंश नगरपालिकामा दकमल नभएको अवस्थामा भारतले सरकारलाई एकैपकट १७ वटा दमककल प्रदान गर्न लागेको हो । १७ मध्ये १० वटा दमकल फम टेण्डर हुन् भने ७ वटा वाटर टेडर रहेको जुद्ध बारुणयन्त्रका प्रमुख केशबबाबु भट्टराइले जानकारी दिए ।

यि दमकलहरुलाई नेपाल सरकारले गर्ने निर्णयअनुसार विभिन्न नगरपालिकाहरुमा हस्तान्तरण गरिनेछ । यसको प्राविधिक व्यवस्थापन भने काठमाडौं महानगरपालिका अन्तरगतको जुद्ध बारुणयन्त्रले गर्नेछ ।
Read more ...

Tuesday, 23 August 2016

काठमाडौंमै भेटियो प्राणघातक स्क्रब टाइफस रोग, सचेत हुन चिकित्सकको सुझाव

काठमाडौं ।  ग्रामीण क्षेत्रमा मात्रै देखिने भनिएको स्क्रब टाइफस रोग शहरमा पनि पाइएको छ। काठमाडौं उपत्यकामा पनि स्क्रब टाइफसका बिरामी भेटिएको डाक्टरले बताएका छन्। टेकु अस्पतालका डा शेरबहादुर पुनका अनुसार काठमाडौंका एक जना बिरामीमा स्क्रब टाइफस भएको पाइएको हो। स्क्रब टाइफस भएकालाई उच्च ज्वरो आउने भनिए पनि ज्वरो नआएकालाई पनि रोग लागेको डा पुनले बताए।

सामान्य खोकी र बिबिरा आएका बिरामीको रगत जाँच गरेपछि स्क्रब टाइफस भएको पुष्टि भएको हो। फरक फरक लक्षण देखिएका बिरामीमा स्क्रब टाइफस भएको पुष्टि भएकाले यसबाट जोगिन व्यक्ति आफै सचेत हुनुपर्नेमा डा पुनको जोड छ।

खोकी लागे, आँखा रातो भए, ज्वरो आए वा शरीरमा विवारा आए यो रोगको संक्रमण भएको हुन सक्छ। स्क्रब टाइफस मुसा तथा जीवजन्तुमा पाईने किर्ना जस्ता स९साना किराको टोकाइका कारण लाग्छ। 
Read more ...

माओबादी केन्द्र भित्र बादलले मच्चाए रडाको, प्रचण्डसँग सम्बन्ध विच्छेद गर्ने तयारी

काठमाडौं । निकै तामझामसहित १० वटा माओवादी पार्टी र शक्ति मिलेर बनेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति पूर्णता नपाउँदै चोइटिने खतरा दिनप्रदिन बढ्दै आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसका नेता प्रभु शाहलाई समेट्न नसकिरहेका बेला अन्य नेताले समेत उनलाई तनाब गराएका छन् । सांगठानिक संरचना निर्माण गर्दा आफ्ना मान्छेलाई उचित स्थान नदिएकोमा आक्रोशित माओवादीका संयोजक मातृका यादवले पार्टीबाट छुट्टिने धम्की दिएका छन् ।

कतिपय कार्यक्रम र बैठकसमेत बहिष्कार गर्दै आएका यादवले मुख्यत अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फरक मत दर्ज गराएका छन् । उनले अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनदेखि मन्त्री चयन गर्दासम्म कुनै सरसल्लाह नगरी आफूलाई एक्ल्याएको आरोप लगाउँदै आएका छन् ।

यादवले मधेसलाई हेर्ने दृष्टिकोण बनाउनुपर्नेमा पनि जोड दिएको बुझिएको छ । रामबहादुर थापा बादलमार्फत केन्द्रीय कार्यालयमा दर्ज गराइएको फरकमतमा अध्यक्ष प्रचण्डलाई प्रचण्ड छविलाल दाहाल बन्न सक्ने तर्फ सचेत गराइएको लाजिम्पाट स्रोतले बतायो ।

मुख्यतः अखिल क्रान्तिकारीको नेतृत्व निर्माण गर्दा आफ्ना कार्यकर्तालाई जिम्मेवारीविहीन बनाएपछि यादवले असन्तुष्टि पोख्न सुरु गरेका हुन् । प्रज्ञा भवन कमलादीमा विद्यार्थीहरुको एकता भेलाबाटै प्रचण्डमाथि प्रहार गरेका मातृकाका विद्यार्थी नेताले सोही मञ्चबाट अलग हुन सक्ने चेतावनी दिएका थिए । त्यसपछि सो एकता भेलामा उनलाई हुटिङ मात्रै भएन, उनले खादाको सम्मान पनि अस्वीकार गर्नुपरेको थियो ।

यता मन्त्री चयनदेखि एजेन्डा निर्माणसम्म कुनै सरसल्लाह नगरिएको भन्दै रामबहादुर थापा, मणि थापा र तिलक परियारहरु पनि असन्तुष्टि बनेका छन् । माओवादी केन्द्रमा के हुन्छ रु भन्ने केन्द्रीय कार्यालयका सदस्यहरुले समेत थाहा पाउन छाडिसकेका छन् ।

अध्यक्ष प्रचण्डले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मासँग मात्रै सरसल्लाह गरेर अघि बढ्न थालेपछि नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेल थप असन्तुष्ट हुन थालेको तरुणले जनाएको छ ।

त्यसमाथि श्रेष्ठ र पोखरेल समूहका धनिराम (डीआर) पौडेललाई विना विभागीयमन्त्री बनाई कुनै जिम्मेवारी नदिएकोमा दुवै नेता असन्तुष्ट छन् । त्यसैले नारायणकाजीलाई सरकार सञ्चालन समन्वय समितिको संयोजक बनाइएको छ ।  

Read more ...

इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प, धेरै क्षति भएको आश‌ंका

इटालीको दक्षिण–पश्चिममास्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर त्यहाँ ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । इटालीको अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधी भाग पूर्णरुपमा ध्वस्त भएको छ । अधिकारीहरुका अनुसार प्रारम्भिक रुपमा ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

यस्तै इटालीको केन्द्रमा रहेको अकुमोली शहरमा पनि थुप्रै घरहरु भत्किएको बताइएको छ ।

इटालीको राजधानी रोममा भूकम्पका कारण केही भवनहरु २० सेकेन्डसम्म हल्लिएको ला रिब्पिलिका पत्रिकाले बताएको छ ।

थप जानकारी भने आउने क्रम जारी छ । इटालीमा सन् २००९ मा गएको ६।३ रेक्टर स्केलको भूकम्पमा ३०० जनाले ज्यान गुमाएका थिए ।





Read more ...

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादी पनि सहमति’ के हो रहस्य

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् ।

सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो सन्देश पठाएको ती नेताको दाबी गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

सहुलियतपूर्ण ऋण तथा मूल्य समायोजन नेपाल सरकारले नै बेहोर्ने गरी द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनीलाई सुम्पने निर्णय सुशील कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारले गरेको थियो।

मंगलबार स्वदेश फर्किएका निधिले पनि विभिन्न परियोजनाबारे भारतीय अधिकारीहरुसँग छलफल भएको विमानस्थलमा प्रतिक्रिया दिएका छन्।  प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध सुधार्न भन्दै निधिलाई विशेष दूतका रूपमा भारत पठाएका थिए।
Read more ...

घोडाको क्रिम लगाउँछिन् यी अभिनेत्री, तर किन ?

काठमाडौं। अधिकांश, नायिका तथा मोडल सुन्दर देखिनका लागि विभिन्न उपाय अपनाउछन् । सुन्दरतालाई जती बर्षसम्म टिकाउन सक्यो, करिअरले पनि त्यही अनुसारको मोड लिएको हुन्छ ।

तर, एक रियालिटी स्टार तथा मोडल यस्ती छिन् जो आफ्नो सुन्दरताका लागि घोडाको क्रिम लगाउँछिन् । घोडाको खुरको लागि प्रयोग हुने क्रिम आफूले लगाउने गरेको क्लोई कार्दशियन भनाई छ ।

उनका अनुसार यो क्रिम सधै नै उनले लिएर हिड्ने गरेकी छिन् । यो क्रिमले उनको अनुहारको चमकता बढाएको छ । उनले आफ्नो वेवसाइटमा लेखेकी छिन्(‘यो कुनै हैरानको कुरा होइन । यो क्रिमलाई घोडाको खुरमा लगाइन्छ । तर, मेरो कमजोर छालाका लागि यो धेरै नै लाभदायक छ ।
Read more ...

उपभोक्ताको सधै भिड हुने ७ मार्टमा सिलबन्दी, ११ पोलिक्लीनिक बन्द, थाहा पाउनुस् हामी कस्तो खादै छौ ?

काठमाडौं । सरकारले गरिरहेको बजार अनुगमनका क्रममा सात वटा मार्टहरु बन्द गरिएका छन् । म्याद नाघेका अखाद्य वस्तु भेटिएपछि विभिन्न नाम चलेका मार्टहरुमा सिल गरिएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले एक हप्ताको बीचमा बिग मार्ट, भाटभटेनी सुपरमार्केट, सेलवेज लगायतका लोकप्रिय भइसकेका स्टोरहरुमा नै उपभोग्य मति नाघेका वस्तुहरु भेटाएको हो । 

बिगमार्टका कालोपुलको सहित २, सेलवेज महाराजगञ्जको सहित २ र भाठभटेनिको प्रोडक्ट डिपार्टमा सिल गरिएको छ । अत्याधिक हेलचक्र्याँइ गर्ने ७ वटा मार्टहरुमा सिल गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा फोहोर मासु विक्री भइरहेको अवस्थामा ८ सय ३४ केजी मासु नष्ट गरेको छ । डिडिसीमा रिलेभलिङ गरिएको १ लाख केही पाउडर दूध भेटिएपछि बालाजु प्रशोधन कन्द्रमा सिल गरिएको छ ।

यसैगरी टोलीले २ सय ८ वटा लेभलिङ नगरिएका पानीका जार बरामद पनि गरेको छ । फोहोर पानी उत्पादन गर्ने २ वटा पानी उद्योगमा पनि सिल गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।

अनुगमन टोलीले मापदण्ड पुर्‍याउन नसकेका नवीकरण नभएका ११ वटा पोलिक्लीनिक पनि बन्द गराएको छ । ७० वटा सवारीलाई छड्के जाँच गर्दा सबैले बढी भाडा असुलेको पनि टोलीले फेला पारेको छ । ति सबैलाई ५ हजार रुपैयाँसम्म जरिवाना गराएर यात्रुको भाडा फिर्ता गराइएको श्रेष्ठले बताए । मापनको परिणामभन्दा कम तेल दिने गरेको भेटिएपछि ४ वटा पम्पमा पनि सिलबन्दी गरिएको छ ।

यसैगरी थुप्रै म्याद नाघेका र गुणस्तरहिन खाद्यवस्तु पनि विभागले अनुगमनका क्रममा नष्ट गरेको छ । सरकारले साउन ३२ गतेदेखि विशेष बजार अनुगमन सुरु गरेको थियो । दैनिक १२ वटासम्म टोली बनाएर खटाइएको छ ।

Read more ...

केटी जिस्क्याउने यी युवकको फोटो सामाजिक संजालमा भाइरल भो

देहरादुन । सार्वजनिक स्थानमा युवतीलाई अश्लील शब्द प्रयोग गर्दै जिस्क्याउँदा एक युवकले सडकमै दण्डित हुनुपरेको छ । आफूलाई जिस्क्याउँदै अश्लील शब्द प्रयोग गर्ने ती युवालाई युवतीले सडकमै उठबस मात्रै गराइनन्, सामाजिक रुपमा दण्डित पनि गरिन् ।


यो घटना भारतको उत्तराखण्ड राज्यस्थित देहरादुन सहरस्थित सडकमा भएको हो । देहरादूनको चकराता सडकमा आफूलाई जिस्क्याउने युवालाई ती युवतीले सयौं मानिस जम्मा गरेर हायलकायल बनाइनन् । सडकमा आफूलाई जिस्क्याउने युवालाई उनले त्यही सडकमा सयौं मानिस भेला पारेर दण्ड सजाय पनि गराइन । 

आफूलाई जिस्क्याउने ती युवालाई दण्डित गर्ने क्रममा लिइएको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसबारेमा बोल्न अस्वीकार गरेको छ । तर युवतीको यो साहसको भने हरेकतर्फबाट प्रशंसा भइरहेको छ । 

यो  घटना शुक्रवार दिउँसो भएको हो । समाचार अनुसार आफूलाई अश्लील शब्दसहित जिस्क्याउने युवालाई युवतीले हिम्मत जुटाएर समातेकी थिइन् । यसैबीच केही युवाहरुले ती युवकको शरीरको माथिल्लो भागको लुगा निकालिदिए । 

त्यही बेला युवती सडकमै युवालाई सजाय दिलाउने बैठक नै बोलाइन् । यो क्रममा खिचिएको करिब एक मिनेट चार सेकेन्ड लामो यस भिडियोमा  आरोपी दुबै हातले कान पक्डेर उठबस गर्दै गरेको देख्न सकिन्छ । 

सजाय दिइएपछि आरोपित युवालाई छाडिएको छ । पुलिसले पनि यो भिडियो हेरेको छ । धारा चौकी पुलिसका अनुसार आफूलाई जिस्क्याएको बारेमा युवतीले कुनै उजुरी गरेकी छैनन् । 
Read more ...

छोरा फेल भएपछि नपढेको भन्दै बाबुले छुरा धसे ...

टोकियो । जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन् । विद्यालयस्तरको एक परीक्षामा छोराले बालकले नपढेको भन्दै ४८ वर्षीय बुबाले बिगतमा पनि छोरालाई गाली गर्ने गर्दथे ।

केन्जो साताके नाम रहेका ती बुबाले आफूले बारम्बार परीक्षाको तयारी गर भन्दा पनि नमानेपछि रिस उठेको र छुरा हानेको बयान दिएका छन् । जापानको सरकारी टेलिभिजन एनएचकेले सो समाचार मङ्गलबार प्रशारण गरेको छ । जापानमा राम्रो विद्यालयमा प्रवेश पाउनका लागि बालबालिकालाई गाह्रो हुने गर्दछ ।

राम्रो विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन पाउनुलाई जापानी दम्पत्तिले पनि इज्जतको रुपमा लिने गर्दछन् ।

जापानको मध्य सहर नागोयाको आइची जिल्लाको प्रहरीले दिएको जानकारीअनुसार ती बुबाले बच्चालाई गत आइतबार छोरा हानेका र त्यसपछि अस्पताल पुर्याइएको थियो ।

तर, पनि अत्यधिक रक्तस्रावका कारण ज्यान गएको समाचारमा जनाइएको छ । छोरा भान्सामा रहेका बेला भान्सामा रहेको तरकारी काट्ने चक्कुले छातीमा हानेको प्रहरीले जनाएको छ ।

पटक पटक छातीमा छुराले हानेकोले अत्यधिक मात्रामा रक्तस्राब भएको र त्यसका कारण बालकको ज्यान गएको अस्पतालले जनाएको छ ।

ती बाबुले आफूले गल्ती गरेको र सो गल्ती भुलबस हुन पुगेको बताएका छन्। अस्पतालले बालकको ज्यान गएको समाचार सार्वजनिक गरेपछि ती बाबुलाई प्रहरी थुनामा राखिएको छ । 

Read more ...

भारत भ्रमणबाट फर्केपछि गृह मन्त्री निधिले भने, सम्बन्ध सुधारेर आएँ

काठमाडौं । पाँच दिने भारत भ्रमण सकेर मंगलबार नेपाल फर्किएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले नेपाल र भारतको सम्बन्ध सुध्रिएको दाबी गरेका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारसंगको संक्षिप्त कुराकानीमा उनले बीचबीचमा गढबढ भएको नेपाल भारत सम्बन्ध सुध्रिएको बताएका हुन् । साथै मन्त्रि निधिले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् ।

मेरो भ्रमणलाई भारतले उच्च सम्मान दिएको छ । यो भ्रमणले भारतसँगको सम्बन्ध सुध्रिएको छ , बीचबीचमा देखिएका सबै गढबढीलाई अन्य गरिदिएको छु, निधिले भने । उनले यस अघिका सरकारका पालामा भएका तिक्तता बिर्संदै नयाँ रूपमा सम्बन्ध अघि बढाउन चाहेको पनि बताए । साथै उनले संविधानमा असन्तुष्ट मधेस केन्द्रित दलका माग सम्बोधन गर्न संविधान संशोधन प्रक्रिया अघि बढाइने कुरा पनि भारतीय नेतृत्वलाई अवगत गराएको बताएका छन् ।  

निधिले भारतीय उच्च नेतृत्वलाई भेटेर प्रधानमन्त्री दाहालको भदौ ३० देखिको प्रस्तावित भारत भ्रमण, भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणलगायतका विषयमा छलफल गरेका थिए । भारतले मधेस केन्द्रित दलहरूका माग सम्बोधन गरिए नेपालको संविधान कार्यान्वयनमा भारतले सहयोग गर्नसक्ने बताएका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रूपमा बिहीबार भारत भ्रमणमा गएका मन्त्री निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाह, कंग्रेस आईका नेता एवं भारतीय पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंह र भारतीय जनता पार्टीका महासचिव राम माधवसँग भेटवार्ता गरेका थिए । 

Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us