Monday, 31 August 2015

राष्ट्रपतिले अश्लिल गाली गर्दै भने, ‘ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री बन्छ’

राष्ट्रपति रामवरण यादवले केही दिनअघि एक अनलाईनमा छापिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तरवार्ताको प्रिन्ट कपी मगाए । त्यो अन्तर्वार्तामा ओलीले सुई घोच्ने डाक्टरले राजनीतिक दलका निर्णयमा अनावश्यक टिकाटिप्पणी गर्न नसुहाउने आसयको अभिव्यक्ति दिएका थिए ।
सो अन्तर्वार्ता पढेपछि यादवले ‘सार्वजनिक रुपमा प्रयोग गर्न नमिल्ने अश्चिल शब्द निकाल्दै ‘मादर ‘। केपी ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री हुने रहेछ,’ भन्दै शीतल निवासमै रडाको मच्चाएको सुरक्षा स्रोतले जनाएको छ ।
त्यसको केही दिनपछि भारतीय राजदूतावासले पनि ऋषि धमलामार्फत् त्यो अन्तर्वार्ताको खोजीनीति गरेको थियो । त्यो अन्तर्वार्ता बोकेर हिँडेका कांग्रेस सभासद अमरेशकुमार सिंहले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन आफू पार्टीको केही नेताहरुको लाइन अनुसार नै हिँडिरहेको बताएका थिए ।
स्रोतका अनुसार, ओली विरुद्ध राजदूतावासदेखि साउथ ब्लकसम्म कुरा लाउने टिम पनि शीतलनिवासबाटै परिचालन गरिएको छ । एमाले अध्यक्ष ओलीसँग यादव रुष्ट हुनुको कारण भने त्यो अन्तवार्ता अघिकै घटना हो । खासमा कांग्रेससँग सरकारमा जाने बेलामा एमाले कांग्रेसबीच भएको सात बुँदे सहमतिमा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने उल्लेख्य गराएको थियो । त्यहीँदेखि राष्ट्रपति एमाले र ओलीविरुद्ध नियोजित रुपमा विभिन्न समूह उचाल्ने पछार्ने खेलमा लागेका हुन् । साँघु साप्ताहिकमा खबर छ ।
Read more ...

भारतीय गृहमन्त्रीले भने नेपालमा रहेका एक करोड भारतीयलाई संरक्षण गर्नुपर्छ

भारतीय गृहमन्त्री एवं सत्तारुढ दल बीजेपीका नेता राजनाथ सिंहले नेपालमा रहेका भारतीयहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । उत्तर प्रदेशको महाराजगञ्ज आएका गृहमन्त्री सिंहले आइतबार नेपालको सीमामा खटिएका सीमा सुरक्षाबलका अधिकारीहरुसँग भेटघाट गरेपछि उनले नेपालमा रहेका भारतीयका विषयमा कुरा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
यद्यपि मधेसी समस्या नेपालको आन्तरिक मामिला हो, तर भारत सरकारले नेपालमा बसोबास गरिरहेका १ करोड भारतीयहरुको संरक्षण गर्नुपर्छ,’ राजनाथको भनाइ उधृत गर्दै पत्रकार पीयुष श्रीवास्तवले इण्डिया टुडेमा समाचार लेखेका छन् ।
Read more ...

यात्रुबसमा हवाई जहाजसरह सुविधा !

यातायात व्यवसायीले ठूलो लगानीमा सुविधासम्पन्न बस चलाउन थालेका छन्। पोखरा जगदम्बा ट्राभल्सले नेपालमा सञ्चालित यात्रुबाहक सवारीको तुलनामा निकै सुविधासम्पन्न बस भित्र्याएको दाबी गरेको छ।
जगदम्बाका अध्यक्ष केशवप्रसाद अधिकारीले उनको कम्पनीले चलाएको बसमा यात्रा गर्दा यात्रुले हवाइजहाजमा जत्तिकै सुविधा पाउने बताए। उनका अनुसार आरामदायी सिट भएको बसमा मिनीबार पनि छ। यात्रुले चिया, कफी र चिसो पेय गाडीमै पाउनेछन्।

२१ सिटे बसको क्याबिनभित्र 'मिनीबारु छ। यसमा फ्रिज र चिया, कफी मेकर छ। यात्रुले ब्रेकफास्ट गाडीमै पाउने र लन्च राजमार्गका होटलमा व्यवस्था हुने उनले बताए। 'एसी, हिटर, पंखा, आरामदायी सिट यो बसका प्रमुख सुविधा रहेको उनले बताए। 'मिनीबार, ब्रेकफास्ट, बस्ने सिट, एसी, हिटर लगायत सुविधाले जहाजकै यात्रासरह बनाउनेछ,' उनले भने।

उनका अनुसार यात्रुले कुनै सुविधा चाहिए सिटको स्विच दबाउनुपर्नेछ। बसमा रिमोट कन्ट्रोलरबाट चल्ने सिट छन्। रिमोटबाटै बसको सिट फोल्ड गर्न, उचाल्न र तल झार्न सकिनेछ। अधिकारीका अनुसार बसका हरेक सिटका लागि हिटर, कपडा झुन्डाउने, पत्रिका र किताब राख्ने विशेष ठाउँ छ। चियाकफीको गिलास राख्न छुट्टै ठाउँ बनाइएको छ। ओर्लने बेला यात्रुलाई 'डेजर्टु खान दिइनेछ। बस एकैठाउँबाट चढ्ने र एकठाउँमै मात्र ओर्लने व्यवस्था मिलाउने अधिकारीले बताए।

यो बसको पछाडि 'एयर सस्पेन्सन राखिएको र यले बसलाई खाडलमा पर्दा बेसरी हल्लिन नदिने उनले बताए। चिया–कफी पिउँदा हल्लिने डर भएकोले एयर सस्पेन्सन राखिएको उनले बताए।

बसको मूल्य प्रतिगोटा १ करोड ७५ लाख रुपैयाँ परेको अधिकारीले बताए। कम्पनीले हाल यस्ता बस २ वटा ल्याएको छ। भारतको अशोक लेल्यान्ड कम्पनीमा निर्मित बसको प्रत्येक सिटका लागि करिब ८५ हजार भारतीय रुपैयाँ परेको उनले बताए। 'साढे ३ करोड रुपैयाँमा दुइवटा बस भित्र्याएका छौं। सुविधाकै लागि यतिधेरै लगानी गरेका हौं,' उनले भने।

बसभित्र पार्केटिङ गरिएको छ। कुनै पनि झ्याल खोल्न मिल्दैन। एसी, पंखा, वाइफाई सुविधा बसभित्रै उपलब्ध हुने उनले बताए। अधिकारीका अनुसार बस पोखरा–काठमाडौं–पोखरा रुटमा चल्नेछन्। नागरिक दैनिकमा खवर छ ।
Read more ...

Sunday, 30 August 2015

नेपाली राष्ट्रिय फुटवल टोलीले आज भारतबिरुद्ध मैत्रिपुर्ण फुटवल खेल्दै

नेपाली राष्ट्रिय फुटवल टोलीले आज भारतबिरुद्ध मैत्रिपुर्ण फुटवल खेल्दैछ । गत बैशाख १२ गतेको भूकम्पपछि नेपालले पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । भारतको पुनेस्थित बलेवाडी स्पोर्टस कम्ल्पेक्सको मैदानमा हुने खेलमा नेपालले भारतबिरुद्ध सुखद नतिजाको लक्ष्य सहित मैदानमा उत्रदैछ । काठमाडौमा गत शनिबार भारतलाई हराएर अण्डर नाईन्टिन साफ च्याम्पियनसीपको उपाधि जितेको नेपाली युवा टोलीको प्रदर्शनले सिनियर टोलीलाई पनि हौस्याएको छ । बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि एक महिनाको प्रशिक्षणसंगै नेपाली टोली गत शुक्रबार भारत पुगेको हो । आइतबारको प्रि म्याच कन्फ्रेन्समा नेपाली प्रशिक्षक ध्रुव केसीले भूकम्पका बाबजुद एक महिनाको प्रशिक्षणपछि नेपाली टोली खेलका लागि तयार रहेको बताएका छन । आजको खेलमा उनले फरक रणनीति र टिम फर्मेसन गरिने पनि जनाएका छन । टोलीका कप्तान सागर थापाले भारतलाई हराउनु असंभव नभएको भन्दै यो खेल आसन्न साफ च्याम्पियनशीपको तयारीको रुपमा समेत लिइएको बताए । पछिल्लो समय खारव प्रदर्शन गरिरहेको नेपाली टोलीले फिफा ¥याङकिङमा पनि दक्षिण एशियामा अन्तिममा पुगेको छ । दक्षिण एशियाली महारथी भारतबिरुद्ध पनि नेपालले अहिलेसम्मको नतिजा सुखद छैन । नेपालले भारतसंग खेलेका १७ खेलमा तीनमा जीत र दुई खेल बराबरी गरेको छ । १२ खेलमा नतिजा भा।तलाई सुम्पिएको छ । नेपालले पछिल्लो पटक सन् २०१३ मा काठमाडौमै भएको साफ च्याम्पियनशीपमा भारतलाई हराएको थियो । त्यसयताका तीन खेलमा नेपालले भारतलाई हराउन सकेको छैन । पछिल्लो पटक बिश्वकप छनौटको पहिलो चरणको दोस्रो लेगमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । नेपाल र भारतबीचको मैत्रिपुर्ण खेल नेपाली समय अनुसार आज साँझ सवा सात बजेदेखि सुरु हुदैछ ।
Read more ...

Saturday, 29 August 2015

आजदेखि गाईजात्रा पर्व सुरु

श्रावण शुक्ल पूणिर्मादेखि मनाइने गाईजात्रा पर्व आइतबारदेखि सुरु भएको छ । आठ दिनसम्म मनाइने यो जात्रा भाद्रकृष्ण अष्टमीसम्म जारी रहनेछ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् ।
किंवदन्ती वा इतिहासअनुसार राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ ।
काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा पनि गाईजात्रा मनाउने गरिन्छ ।

Read more ...

काठमाडौ उपत्यकामा आँखाको डरलाग्दो रोग !

आँखाको भित्री भागमा संक्रमण भइ ज्योतिसमेत गुम्न सक्ने डरलाग्दो सापु रोग यसपटक पनि देखिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
राजधानीको तिलगंगा आँखा प्रतिष्ठानमा दुई साता यता ६ जनाभन्दा बढी सापु रोगका बिरामीको उपचार भएको छ। त्यसमध्ये ५ जना बालबालिका छन्। प्रतिष्ठानका अनुसार अघिल्लो वर्ष मंसिरदेखि माघसम्म देखापर्दै आएको रोग यो वर्ष भने भदौ नलाग्दै देखापरेको छ। सुरूसुरूमा वर्ष विराएर देखा परेपनि पछिल्लो वर्षदेखि यो रोग नियमित देखापरेको छ।
यो सँधै देखिने रोग होइन। कहिलेकाही देखिने रोग हो, साह्रै खतरनाक पनि,’प्रतिष्ठानकी नेत्र रोग विशेषज्ञ डा। अनु मानन्धरले भनिन्,‘ अघिल्लो वर्षहरूमा मंसिरदेखि देखिन्थ्यो यो पटकध साउनदेखि देखापरेको छ।
Read more ...

ओखलढुंगामा खुकुरी प्रहारबाट ८ घाइते

ओखलढुंगाको जन्तरखानी ठाडे बजार बस्ने १०–१२ जना व्यक्तिहरु मादक पदार्थ सेवन गरी एकआपसमा झगडा गरेका छन् । सो झगडाको क्रममा खुकुरी प्रहार गर्दा सिद्धिचरण नगरपालिका३ बस्ने २३ वर्षीय सुमन राईसहित ८ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा लगिएको छ। उनीहरुमध्ये सुमन, सिद्धिचरण नगरपालिका ५ बस्ने २१ वर्षीय सुनम राई, सिद्धिचरण नगरपालिका २ बस्ने २१ वर्षीय अन्जुप राई र २४ वर्षीय सन्द राईलाई शनिवार थप उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ । सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा मध्येका ठाडे२ बस्ने ३७ वर्षीय हरिकुमार मगर, ३४ वर्षीय होमबहादुर मगर र २५ वर्षीया रेनुका मगरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us