Friday, 28 August 2015

कान दुखेर अस्पताल जाँदा भेटियो कानभित्र २६ वटा साङ्ला !

एक व्यक्ति कान दुखेपछि जचाउनका लागि अस्पताल पुगे । जब उनलाई चिकित्सकले चेकजाँच गरे, तब चिकित्सक समेत आश्चर्यमा परे । उनको कानभित्र साङ्लोको एउटा परिवार नै भेटियो अर्थात् साङ्लोले उनको कानमा घर नै बनाएको रहेछ ।
चीनको गोंगडोंग राज्यस्थित एक उद्योगमा काम गर्ने लि मध्यरातमा कान बेस्सरी दुखेपछि बिउँझिए । उनले दखेको कानभित्र औला हाल्दा केही भएको अनुभव गरे र उनका सँगै रहेका साथीलाई टर्च बालेर हेरिदिन आग्रह गरे । तर, उनका साथीले केही देखेनन् ।
१९ वर्षका ली भोलिपल्ट बिहानै जचाउँनाका लागि अस्पताल गए, त्यहाँ उनको इन्डोस्कपी गरियो र उनको कानमा साङ्लो बसेको भेटियो । एक साङ्लोले एक हप्ता अगाडि उनको कानमा आफ्नो बासस्थान बनाएकी थिइ र त्यही कानमा नै अण्डा पारेर २५ वटा बच्चा पनि जन्माएकी थिई । ली जचाँउन जाँदा ती साङ्लाहरू सानो लामखुट्टे जत्रा मात्र थिए ।
उनको कानबाट ती साङ्लाहरू विषेश प्रकारको औषधीको प्रयोग गरेर निकालियो । पछि चिकित्सकहरूले लीलाई अस्पताल नपुगेको भए, उसको कान नै प्वाल पर्न सक्ने सम्भावना रहेको बारे जानकारी गराएको सञ्चारमाध्मयले जनाएका छन् ।
Read more ...

१० हजार चल्ला बोकेको ट्रक पल्टिएपछि गाउँलेलाई यस्तो मोज

चीनको बिनझोयु प्रान्तमा १० हजार भन्दा बढि संख्यामा कुखुराका चल्ला बोकेर गुडिरहेको ट्रक अचानक सडकमा पल्टियो । ट्रक पल्टिएपछि त्यसभित्र रहेका चल्लाहरु सडकमा पोखिए र दौडिन थाले ।
सडकभरी चल्लाका बिस्कुन भरिएपछि ट्राफिक पुलिसले उक्त सडकमा गाडी चल्न नै रोक लगाइदियो । गाडी नचलेपछि पांग्राले चल्ला किच्न त पाएनन् तर चल्ला चोर्नका लागि मानिसहरुबीच होडबाजी मच्चियो ।
स्थानीय गाउँलेहरु सडकमा पोखिएका चल्ला चोर्नका लागि झुम्मिए ।
Read more ...

Thursday, 27 August 2015

वीरगन्जका एसपीमाथि पेट्रोल बम प्रहार

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिवेस लोहनीमाथि बुधबार राति मधेस केद्रीत दलका कार्यकताले पेट्रोल बम प्रहार गरेका छन्। वीरगञ्जको सुक्खा बन्दरगाह स्थित भन्सार कार्यलयबाट प्रहरी स्कटिङमा गाडी लैजाने क्रममा उनको भ्यानमाथि बम प्रहार गरिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

उक्त बम प्रहारबाट एसपी लोहनीको दायाँ हातमा चोट लागेको छ। दायाँ हातको कान्छी औला र हत्केलाको पछाडिपट्टीको भागको हड्डीमा चोट लागेका कारण प्लास्टर गरिएको छ।
Read more ...

थारु नेताको ठाडो चुनौती: “टीकापुरमै छु, हिम्मत छ भने मार !”

काठमाडौँ, १० भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हिम्मत भए आफुलाई मारेर देखाउन सरकारलाई ठाडो चुनौती दिएका छन् । उनले आज फेसबुकमार्फत ‘थारु सर्वसाधारणलाई कुट्ने र घरमा आगो लगाउने’ काम भएको भन्दै यस्तो चुनौती दिएका हुन् । ‘टीकापुरमै छु, हिम्मत छ भने मार हामीलाई। किन सर्वसाधारण जनतालाई कुट्छौ, किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्। उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको शान्तिपुर्ण प्रतिरोध भएको उल्लेख गरेका छन्। ‘आन्दोलनमा कुनै घुसपैठ भएको छैन, थारु आन्दोलन जनताको शान्तिपूर्ण प्रतिरोध हो । उनले लेखकका छन् । साथै थारुले आफुहरुले हतियार उठाउन बाध्य नपार्न समेत चेतावनी दिएका छन् । आक्रोशित भावमा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाओबदी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई ‘थारुले साच्चै हतियार उठाए के होला, याद गर ? भनेर आक्रोश पोखेका छन् ।
Read more ...

कैलाली घटनाबारे एसएसपी रमेश खरेलले मुख खोले

काठमाडौं, ८ भदौ । नेपालमा प्रहरीका चर्चित एसएसपी रमेश खरेलले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाबारे सक्षिप्त प्रतिक्रिया दिएका छन् । दैनिक नेपालसँग टेलिफोनमा कुरा गर्दै एसएसपी खरेलले कैलालीमा भएको घटना निन्दनीय भएको भन्दै घटनामा संलग्न अपराधीलाई कर्तव्य ज्यान मुद्दामा जेल हाल्नुपर्ने बताए । ‘मैले आइजीपी सापसँग पनि कुरो गरिसकेको छु, यस्तो क्रुर अपराध गर्नेलाई कर्तव्य ज्यान मुद्दामा आजीवन जेल हाल्नुपर्छ ।’ उनले भने ।

उनले घटनामा भारतीय अपराधिक समूहको समेत घुसपैठ भएको सुनिन आएकाले भारतीय प्रहरीको समन्वयमा छानविन गरी नेपाल प्रहरीले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
‘इण्डियन पुलिससँग संगठनको राम्रो समन्वय रहि आएको छ, यदि भारतबाट घुसपैठ भएको भने अपराधीहरुलाई पक्रेर इण्डियन पुलिसले नेपालको जिम्मा लगाउनुपर्छ । नेपाल ल्याएर उनीहरुलाई कडा भन्दा कडा सजायँ दिएर कारवाही गनृुपर्छ ।’

उनले घटनाको अनुसन्धानमा सबै पक्षले सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने धारणा राखे । यसैबीच एसएसपी खरेलले आफ्नो नामबाट फर्जी फेसबुक पेज बनाएर जथाभावी लेख्नेविरुद्ध कानुनी उपचारमा लागेको बताए ।
Read more ...

Tuesday, 25 August 2015

नाती हृदयेन्द्रलाई राजा बनाउन पूर्वराजाको यस्तो दौडधुप

पूर्वराजा ज्ञानेन्द्र साह पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गर्न भारत भ्रमणमा गएको स्रोतलाई उद्धृत गर्दै आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा  तराई लगायत मुलुकका बिभिन्न भागमा हिंशा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएका छन्।
 हिन्दु राज्य र आफ्न अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने आशंका  गरिएको छ।
पूर्वयुवराज पारसको समेत सहमतिमा छोरा हृदयेन्द्रलाई स्थान दिन पूर्व राजपरिवारको भारत भ्रमण भएको हुनसक्ने निर्मल निवास स्रोतले जनाएको छ। अति गोप्य भेटघाटमा भएको कुरा सार्वजनिक हुनसक्ने भन्दै सरकारी सुरक्षाकर्मीलाई नलिइ आफूमात्रै भ्रमणमा  गएका पूर्वराजा केही दिन अझै थाइल्याण्डमै बस्ने भएका छन्।‘खै कहिले आउनुहुन्छ थाहा छैन, हामीलाई अनिश्चित भनिएको छ,’निर्मल निवासका एक कर्मचारीले भने। थाइल्याण्डबाट पुनः भारत जाने सम्भावना रहेको भन्दै ति कर्मचारीले भने,‘केही निचोड निस्किएपछि मात्रै उहाँ नेपाल आउने सम्भावना छ।’ १२ वर्ष पुगेका नाती हृदयेन्द्रको पक्षमा लबिङ गर्न भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र र हिमानीले नेपालको पछिल्लो अवस्थाबारे पनि त्यहाँको उच्च स्रोतलाई जानकारी गराएका थिए।
पूर्वराजाले भारतमा उच्च तहको भेटघाट गरेका थिए। नेपालबाट भारत प्रस्तान गर्दा राजनीतिक रूपमा चहलपहल हुने भएकाले उनी थाइल्याण्डबाट सुटुक्क भारत गएका थिए। अति गोप्य राजनीतिक  भ्रमणमा उनले बुहारी हिमानीलाई पनि सँगै राखेका थिए। करिब एक साता अघि उनी थाइल्याण्डबाट गएर पुनः थाइल्याण्ड फर्किएका हुन्।
Read more ...

प्रधानमन्त्रीले राजिनामा दिएको ट्वीटले तरंग

कैलाली लगायत देशका विभिन्न स्थानमा तनावपूर्ण अवस्था कायम रहेको समयमा मंगलबार दिउसो प्रधानमन्त्रीकै नाममा खोलिएको ट्वीटर अकाउन्टबाट राजिनामा घोषणा गर्दै ट्वीट भएपछि धेरै अचम्मित भए ।


केही समय सम्म प्रधानमन्त्रीको ट्वीट ह्याक भएको हो कि भन्ने आशंका पनि ट्वीटेहरुले गरे तर यो प्रधानमन्त्रीको आफ्नै नभएर उनको नाममा खोलिएको उस्तै देखिने फर्जी अकाउन्टबाट भएको ट्वीट थियो ।
Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us