Saturday, 30 July 2016

यसकारण नखानुस् धेरै कागती पानी

काठमाडौं । कागती भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार हो । यो मानव स्वास्थ्यका लागि निकै लाभदायी छ ।

कागतीलाई विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर ।

सरीरको वजन कम गर्ने वा सरीरबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोग गर्ने हुनाले कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । कतिपयले अलिक बढि नै कागती पानी पिउने गरेको पाइन्छ र जति धेरै खायो उति नै फाइदा हुन्छ भन्ने मानसिकता रहेको पनि पाइन्छ । तर धेरै खाएमा गुड पनि तितो हुन्छ भन्ने उखान झैँ कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । धेरै कागतीपानी खानुका बेफाइदा यस्ता छन् ।

१) कागतीमा साइट्रिक एसिड पाइन्छ । धेरै कागतीपानीको सेवनले यो अम्लले दाँतसँग रासायनिक प्रतिक्रिया गरी दाँतलाई कमजोर बनाउने वा खियाउने गर्दछ । त्यसैले कागतीपानी पिउँदा बढि तातो बनाएर नपिउने र मुखमा धेरैबेर नराख्ने अर्थात् सर्लक्कै निल्ने गर्नुपर्छ ।

२) यदि तपाइँमा एसिडिटीको समस्या छ भने कागतीको सेवन एकदमै कम गर्नुहोस् । यसले छाति तथा पेट पोल्ने तथा एसिडिटी बढाउने समस्या पैदा गरिदिन्छ ।

३) कतिपय मानिसहरु खाना खाइसकेपछि खानेकुरा पचाउने भन्दै कागतीको सेवन गर्दछन् । तर भरिएको पेटमा कागती खानाले असर गर्नसक्छ र यसले पाचन क्रियामा गडबडी उत्पन्न गराउन सक्छ । त्यसबाट अपच, झाडापखला जस्ता समस्या हुनसक्छन् । त्यसैले खाइ खाइसकेपछि होइन की खानासँगै कागती खानुपर्छ ।

४) कागतीमा अम्ल हुनुका साथै अक्जालेट तत्व पनि हुन्छ । यसको अत्यधिक सेवनले सरीरमा क्रिस्टल बन्न सक्छ । जुन स्क्रिटल अक्जालेटका कारण मृगौला तथा पित्तथैलीमा पत्थरी पर्नसक्छ ।

५) कागतीपानी पिउँदा पटक पटक पिसाब लाग्दछ । यसका कारण सरीरमा डिहाइड्रेसन अर्थात् जलवियोजनको खतरा पनि हुनसक्छ । त्यसैले कागती पानी सँगै सामान्य पानी पनि पर्याप्त पिउनुपर्छ । यदि दिनमा अरु पानी पर्याप्त पिउन नपाउने अवस्था छ भने कागती पानी नपिउनु राम्रो हुन्छ ।
Read more ...

बाबु–आमा कोही घरमा नभएको मौका अढाइ वर्षीया बालिकालाई बलत्कार

वीरगन्ज । बाराको कलैया नगरपालिकामा अढाइ वर्षीया बालिकाको बलात्कार भएको छ । बलात्कार आरोपमा कलैया–४ दहिबजारस्थित शिवम् स्विट्समा मजदुरी गर्ने ११ वर्षीय सागर राम चमार पक्राउ परेका छन् । उनले आफू काम गर्ने होटलसँगैको घरकी बालिकालाई बिहीबार साँझ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

पक्राउ परेका चमारलाई जिल्ला प्रहरी कार्यालय बाराको महिला तथा बालबालिका सेवा केन्द्रमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । ‘आरोपितको उमेरका कारण हिरासतमा राख्न नमिल्ने भएकाले महिला तथा बालबालिका सेलमा राखेका छौँ,’ उप्रेतीले भने । चमारले बालिकाका बाबु–आमा कोही घरमा नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले बताएको छ ।

कलैया अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बालिकाको बलात्कार भएको खुलेको एसपी उप्रेतीले जानकारी दिए । बालिका होटेलमा आउजाउ गरिरहने भएकाले बिहीबार बालिकाको घरमा आमाबाबु कोही नभएको थाहा पाएपछि चमारले घरभित्रै गएर बलात्कार गरेको बारा प्रहरीले जनाएको छ ।‘बालिकाको घर र होटेल सँगै भएकाले बालिका होटेलमा आउ–जाउ गरिरहन्थिन्, बिहीबार बालिकाको बाबु–आमा उनलाई छाडेर बजारतिर गएका रहेछन्,’ एसपी उप्रेतीले भने, ‘त्यतिवेलै घटना भएको देखियो ।’
Read more ...

एकाबिहानै दुई बस जुध्दा ९ जनाको मृत्यु, ३२ घाइते

मकवानपुर । मकवानपुरको मनहरीमा–३ स्थित रमनटारमा आइतबार बिहान १२स्४० बजे बस एक आपसमा जुध्दा ९ जना यात्रुको मृत्यु भएको छ । यसैगरी ३२ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५०५५ नंको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किएको हो । 

मृत्यु हुनेहरुमध्ये चार जनाको पहिचान खुलेको छ । जसमा चारै जना उदयपुरका रहेका छन् । लक्ष्मी प्रसाद अधिकारी, मणिरत्न चौधरी, सन्तोष चौधरी र विनोद चौधरीको पहिचान भएको हो भने बाँकी ५ जनाको पहिचान हुन सकेको छैन ।

मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन । 

मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुवै बसका यात्रु ३२ जना घाइतेलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवाल सुरेश थापाले जानकारी दिए ।
Read more ...

अचम्मको जोडीः ७१ वर्षकी बेहुली, १८ वर्षे बेहुला

काठमाडौं । भनिन्छ, मानिसको जोडी भगवानले बनाइदिएका हुन्छन् । विशेषगरी मानिसहरु आफूसँग विवाह गर्न उस्तै पारिवारिक स्थिती, उमेर समूह, पढाइलगायतका कुरा हेर्ने गर्दछन् । तर कुनै जोडी यस्ता पनि हुने गर्दछन् जसलाई यी कुराहरुको केही मतलब लाग्दैन । कुनै विवाह निकै अचम्मका पनि हुन्छन् । आज हामी तपाईंलाई यस्तै अचम्मको विवाहबारे बताउँदैछौं ।

टेनिसीकी ७१ वर्षीया अल्मेडा इरेलले एक १७ वर्षीय गेरी हार्डविचसँग विवाह गरेकी छिन् । यी दुबैको भेट एक अन्त्येष्टि कार्यक्रममा भएको थियो । अन्त्येष्टि अल्मेडा इरेलको छोराको थियो ।

स्रोतका अनुसार यी दुबैको प्रेम पहिलो भेटमा नै बसेको थियो । तीन हप्तासम्म चलेको रोमान्सले अन्ततः विवाहको रुप लियो । अब गेरी अल्मेडाको घरमा उनीसँगै बसिरहेका छन् । उक्त घरमा अल्मेडाको नाती पनि बस्छन् जो उनको श्रीमानभन्दा तीन वर्ष जेठा छन् ।

गेरी पहिलेदेखि नै पाका महिलाहरुप्रति आकर्षित हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘मलाई बाल्यकालदेखि नै आफूभन्दा जेठो महिला मनपर्थे । जब म ८ वर्षको थिएँ तब मलाई मेरो शिक्षिका मनपर्दथ्यो । ’
यता अल्मेडा पनि गेरी आफ्नो जीवनमा आएपछि आफ्नो खोजी पूरा भएको बताउँछिन् । उनी भन्छिन्, ‘म ४३ वर्षको हुँदा श्रीमानको मृत्यु भएको थियो । त्यति बेलादेखि नै म एक ‘सोलमेट’ को पर्खाइमा थिएँ । गेरी पाएपछि मेरो खोजी समाप्त भएको छ ।’

Read more ...

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा

काठमाडौं । बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलार्इ सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबहिरका हुन् । उनीहरुले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर र्फकने क्रममा मापसे गरेका हुन् । एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रुपमा परिभाषित गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष २० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ । विरामी बचाउन हिँडेको व्यक्ति आफै मापसे कारबाहीमा परेपछि ट्राफिकले अहिले एम्बुलेन्सलाई पनि चेक गर्न थालेको महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने ।
Read more ...

मरेका कुखुराको मासु उपभोक्ताको भान्सामा !

काठमाडौं । उपत्यकाबासीले बढी रकम खर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन् । व्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तालाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ । त्यसैले उपभोक्ताले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको छ ।

पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा झन्डै एक मेट्रिक टन ९एक हजार किलो० मरेका कुखुरा नियन्त्रणमा लिएको छ । क्वारेन्टाइन कार्यालयले नियन्त्रणमा नलिएको भए मरेका ती कुखुराको मासु पनि उपभोक्ताको भान्छामा पुग्ने थियो । व्यवसायीले मरेका कुखुरा अवैध रूपमा राजधानीको सामाखुसी पठाउन लाग्दा क्वारेन्टाइन कार्यालयले शुक्रबार बिहान नागढुंगा नाकाबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

क्वारेन्टाइन कार्यालयका प्रमुख डा परशुराम भुसालका अनुसार वीरगन्जबाट राजधानी भित्र्याउँदै गर्दा बिहान ७।३० बजे नागढुंगा नाकाबाट मरेका तीन सय कुखुरा नियन्त्रणमा लिई क्वारेन्टाइन कार्यालयले नष्ट गरेको हो । भुसालका अनुसार वीरगन्ज १६ का कुखुरा व्यवसायी कुन्दनकुमार साहले काठमाडौंको सामाखुसीस्थित न्यु श्रेष्ठ कोल्ड स्टोरलाई उपलब्ध गराउन पाँच सय कुखुरा राजधानी भित्र्याउन लागेका थिए । साहले ना।३च ५९५२ नम्बरको बोलेरो पिकअप भ्यानमा राखेर कुखरा ल्याएका थिए ।

क्वारेन्टाइन कार्यालयबाट खटिएका प्राविधिक जितबहादुर ज्ञवालीले पाँच सयमध्ये तीन सय कुखुरा मरेको अवस्थामा भेटेका थिए । ‘यसअघि पनि विशेष निगरानी गर्ने क्रममा मरेको अवस्थामा राँगाभैंसी ६ वटा, हाँस दुई सय, खसी तीन र थुप्रै कुखुरा नागढुंगा नाकाबाट क्वारेन्टाइनले नियन्त्रणमा लिएर नष्ट गरेको थियो । खास गरी चाडबाडको समयमा व्यवसायीले उपत्यकामा ठूलो संख्यामा लुकाई छिपाई मरेका खसीबोका, राँगा र कुखुरा भित्र्याउने गरेका छन् ।

प्राविधिक ज्ञवालीका अनुसार बोलेरो गाडीमा मरेका कुखुरा ओसार्ने गरिएको आशंकामा जाँच गर्दा ती कुखुरा भेटिएका थिए । उनका अनुसार पाँच सयमध्ये जिउँदा दुई सयवटा फिर्ता गरिएको र बाँकी कुखुरा बूढानीलकण्ठस्थित बायोलोजी कट पिटको हाताभित्र खाल्डो खनेर गाडिएको थियो ।

नागढुंगामा स्वीकृत दरबन्दीसहित पशु क्वारेन्टाइन चेक पोस्ट राख्ने व्यवस्था नभएकाले यस्ता व्यवसायी र तस्करले सुरक्षाकर्मीको आँखा छलेर मरेका कुखुरा, राँगा, खसीबोका र हाँस भित्र्याएर मासु तयार पारी उपभोक्तालाई बिक्री गर्दै आएका छन् । क्वारेन्टाइन कार्यालयले यस्तो कार्य नियन्त्रण गर्न नागढुंगामा स्रोत साधनसहितको पशु क्वारेन्टाइन चेकपोस्ट तत्काल स्थापना गर्न पशुपन्छी मन्त्रालयसँग माग गर्दै आएको छ ।
Read more ...

सत्ताको खेलमा यसरी लाग्दैछन् मधेशी मोर्चा , मोर्चाको मागबारे सहमति खोज्न कार्यदल गठन

काठमाडौं । मधेसी मोर्चाको मागबारे सहमति खोज्न तीन दलका नेताहरु संलग्न ९ सदस्यीय कार्यदल गठन गरिने भएको छ ।
नयाँ सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शनिबार मधेसी मोर्चासँग छलफल गरेको थियो । सिंहदरबारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकमा ९ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।
कार्यदलमा कांग्रेस, माओवादी र मधेसी मोर्चाबाट ३/३ सदस्य रहने छन् ।
मधेसी मोर्चाले आफ्ना मागबारे प्रष्ट सहमति भएमा मात्र प्रधानमन्त्री चुनावमा मत दिने बताएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने सरकारमा जाने नजानेबारे प्रश्नै नउठेको बताए ।
नेताहरुका अनुसार कार्यदलले सरकार गठन भन्दा अघि गरिने संयुक्त सहमतिका विषयवस्तुको मस्यौदा तयार पार्नेछ ।
Read more ...

शाहरुख खान क्रिक्रेटमा मात्र होइन, यो खेलमा पनि लगानी गर्न चाहान्छन्

दिल्ली । क्रिक्रेटमा लगानी गरेका शाहरुख खान अब फुटबलमा पनि लगानी भएका छन् । छिट्टै नै एउटा फुटबल क्लब किन्ने तयारीमा उनी रहेका छन् । रियल लाइफमा पनि फुटबलको ठुलो फ्यान रहेको बताउँदै आइरहेका उनीले यस्तो निर्णय गरेका हुन् ।

खेलप्रति उनको क्रेज भएकै कारण पनि उनले क्रिक्रेटमा करोडौ लगानी गरेका थिए । अब आफ्नो लगानी बिस्तार गर्न पनि उनले यस्तो निर्णय गरेको बताइएको छ ।

बलिडिमा आफ्नो एक्टिङबाट सबैको मन जित्न सफल उनी स्पोर्ट्समा पनि किंग बन्ने तयरीमा रहेका छन् ।  
केकेआर क्रिक्रेट टिमको मालिक रहेका शाहरुख खान फुटबल टिमको मालिक बन्न पनि तयारी गरिरहेका छन् ।
Read more ...

सूदुरपश्चिममा बस व्यवसायीको दादागिरि, सूदुरपश्चिममा अनिश्चित यातायात वन्द

डोटी । काठमाडौंमा दर्ता भएको बडिमालिका यातायातले सुदूरपश्चिमा सवारी साधन सञ्चालन गरेको भन्दै सुदूरपश्चिममा रहेका बिभिन्न आठ यातायातका संस्थाले विरोध जनाएका छन् ।  उनीहरुले आजदेखि सुदूरपश्चिममा अनिश्चित यातायात वन्द गरेका छन् ।

सुदूरपश्चिमभित्रै तथा क्षेत्र बाहिर समेत सार्वजनिक यातायातका साधन सञ्चालन गर्दै आएका सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर साईड, महाकाली सेती, पवनदूत, उग्रतारा, शैलेश्वरी यतायात व्यवसायी संघ, कैलाली टेम्पो टेक्सी तथा बस व्यवसायी समिति, महाकाली टेम्पो तथा टेक्सी व्यवसायी समितिद्वारा शुक्रवार सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बडिमालिका यातायात प्रालीको बिरुद्धमा शनिबारबाट यातायातका साधन सञ्चालनमा नगर्ने जनाएका हुन् ।

यसअघि शुक्रबार बडिमालिका यातायातले सञ्चालन गरेका बस रोक्न खोज्दा कैलालीमा प्रहरीले सुदूरपश्चिम यातायात व्यवसायी संघ आवद्ध यातायात व्यवसायी तथा मजदुरहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीको लाठिचार्जबाट आधा दर्जन गाडी मजदुरहरु घाईते भएका र उनीहरुको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको व्यवसायीहरुले जनाएका छन् । प्रहरीले बडिमालिका यातायात र सुदूरपश्चित यातायात व्यवसायी संघ कैलालीबीच गाडी चलाउने विषयमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण लिन लाठी चार्ज गरेको जनाएको वताएको छ ।

शुक्रबार धनगढीबाट काठमाडौका लागि छुटेको बडिमालिका यातायातलाई सुदूरपश्चिम यातायातका सदस्य र मजदुरहरुले संघको कार्यालय अगाडि चटकपुरमा अवरोध सृजना गरेका थियो । अवरोध हटाउन पुगेको प्रहरीमाथि ढुंगामुडा भएपछि प्रहरीले लाठि चार्ज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले वताए । उनले सुदूरपश्चिम यातायात व्यवसायीका पाँचजना व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

बन्दका कारण पहाडी जिल्लाबाट कैलाली(कञ्चनपुरका लागि छुट्ने यातायातका साधनहरु आज छुटेका छैनन् । यस्तै स्थानीयस्तरमा सञ्चालन हुने साना सवारी साधनहरु पनि ठप्प छन् ।
Read more ...

Friday, 29 July 2016

भारतले बाँध बनाएको बिरोधमा काठमाडौंमा यस्तो प्रर्दशन, हेर्नुस् फोटोमा

काठमाडौं । नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ ।

राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका स्थानीले भारतले एकतफिर्रुपमा निर्माण गरेको बाधँ भत्कार प्रतिरोध गरेको प्रति सम्मान व्यक्त गरेको प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

क्रान्तिकारीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौँ, तिलाठीका जनताको प्रतिरोधको सम्मान गरौ, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।  प्रदर्शनमा सहभागीहरुले नेपाली भूमीमा आँखा नलगाउन भारतलाई चेतावनी दिएका छन् ।

करिब एक दशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्माण गरिएको जीर्ण बाँधलाई बाढीले भत्काएपछि सो बाँधलाई पुनः भारतीय पक्षले एकतर्फीरुपमा बाँध निर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच बिहीबार झडप भएको थियो ।
सो झडपमा परी भारतीय र स्थानीय नेपाली युवा गरी एक दर्जन व्यक्ति घाइते भएका थिए  ।
Read more ...

महिला नेतृलाइ बेश्या भन्ने भाजपा नेता यसरी परे फसादमा

पटना। भारतीय प्रहरीले बहुजन समाज पार्टीकी उच्च नेत्री मायावतीको अपमान ९बेइज्जत० गरेको आरोपमा हिन्दूवादी एक नेतालाई शुक्रबार पक्राउ गरेको छ ।

भाजपा नेता दयाशङ्कर सिंहले नेत्री मायावतीलाई ‘बेश्या’ भन्दा खराब भनी अपमानित गरेको भनी खबर पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यममा आएपछि प्रहरीले हिन्दूवादी नेता सिंहलाई पक्राउ गरेको हो ।

लाखौँ दलित जनताको प्रतिनिधित्व गर्ने नेत्री मायावतीलाई अपमानित हुनेगरी आलोचना गरेपछि सिंहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले कारबाही गरी दलबाट हटाएको घोषणा गरिसकेको छ ।

कारबाहीपूर्व सिंहले भाजपाको उत्तर प्रदेशको उच्च नेताका रुपमा काम गर्दै आएका थिए ।

सिंहले केही समय पहिले मायावतीले दलको राज्यसभाका लागि गरिएका मनोनयन लाखौँ रुपैयाँ लिई बिक्री गरेको प्रसङ्ग जोेड्दै नेत्री मायावतीलाई ‘बेश्याको भन्दा खराब चरित्र’ भएकी महिला भनी गरेका थिए।

तर यसलाई लिएर देशैभर व्यापक आलोचना र आन्दोलन भएपछि सिंहले आत्मालोचना गरेका सञ्चारमाध्यमले जनाएका छन् ।
Read more ...

जनताको सुरक्षा गर्ने प्रहरी आफैं असुरक्षित

झापा । माओवादी सशस्त्र द्वन्द्वका समयमा बिस्फोट गराइएका झापाका १९ वटा इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माण हुन नसक्दा प्रहरीलाई दैनिक कार्यसम्पादन गर्न कठिनाइ मात्र भइरहेको छैन, प्रहरी आफैं असुरक्षित महसुस गर्छन् ।

द्वन्द्वकालमा बिष्फोट गराइएका झापाका २५ वटा प्रहरी कार्यालयका भौतिक संरचनामध्ये अझै १९ वटा पुनर्निर्माण हुन बाँकी नै छ । मध्यदक्षिण झापाको कुमरखोदसहित कोरोबारी, गौरादह, शिवगञ्ज, तोपगाछी लगायतका प्रहरी चौकीको भवन जीर्ण छन् ।

त्यस बेला ध्वस्त पारिएका प्रहरी कार्यालयहरुको हालसम्म पनि पुनर्निर्माण भइनसक्दा केही प्रहरी कार्यालयहरु भाडाका घरमा समेत छन् । केही कार्यालयहरु स्थानीय जनश्रमदान र स्थानीय निकायबाट प्राप्त न्यून बजेटबाट अस्थायी टहरामा छन् ।

झापाको दक्षिणी गाविस कुमरखोदमा रहेको इलाका प्रहरी कार्यालयले त्यस क्षेत्रका करिब ३० हजार जनसङ्ख्या रहेको तीनवटा गाउँ विकास समितिको सुरक्षा गर्नुपर्छ । कुमरखोद, टाघनडुब्बा र शरणामती गाविस यसका कार्यक्षेत्रभित्र पर्छन् ।

त्यस्तै, कोरोबारी प्रहरी चौकीले कोरोबारी गाविस, गौरादह प्रहरी चौकीले गौरादह नगरपालिका, शिवगञ्ज प्रहरी चौकीले शिवगञ्जसहित पाँचगाछी क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका छन् । तर, झापाका प्रहरी प्रवक्ता हरिराज शर्माका अनुसार त्यहाँको प्रहरी कार्यालय जीर्ण हुँदा प्रहरीसँग रहेका हतियार समेत असुरक्षित छन् ।

ध्वस्त अधिकांश प्रहरी कार्यालयहरु चार दशक अघि निर्मार्ण गरिएका भवन हुन् । अहिले कतिपय स्थानमा गाविस र स्थानीयको सहयोगमा अस्थायी टहरा बनाउने काम भइरहेको छ ।

‘कार्यालय भवन निक्कै कमजोर छ’, कुमरखोदका सहायक प्रहरी निरीक्षक मोहन भुजेलले भन्छन्, ‘छत खस्ने हो कि भनेर जति बेलै चिन्ता भइरहन्छ ।’

उनले दुःखले प्रहरीले काम गर्नु परिरहेको बताए । ‘द्वन्द्वकालमा ध्वस्त हुँदा भएको क्षतिको विषयमा तथ्याङ्कहरु माथि पठाइसकेका छौँ’, उनले थपे, ‘तर, अहिलेसम्म केही भएको छैन ।’

‘थुनुवा कोठाको पनि हालत नाजुक छ’, त्यहाँ कार्यरत प्रहरीहरु भन्छन्, ‘कार्यालयको अवस्था नै यस्तो भएपछि हतियार लगायतका वस्तु त असुरक्षित छन् नै यसका साथै कानुनविपरीत काम गर्नेलाई थुन्न सक्ने स्थानको समेत अभाव भएको छ ।’

सशस्त्र द्वन्द्वकालमा माओवादीले बम पड्काएर ध्वस्त पारेको प्रहरी कार्यालय कुमरखोदको छानाको रडमुनिका सिमेन्ट सबै उक्किएर झरेको छ ।

प्रायः प्रहरीहरु कार्यालय भवन बाहिरै बस्छन् । भित्र छिर्न उनीहरुलाई भयको स्थिति छ । सर्वसाधारणलाई सुरक्षा दिने प्रहरीहरु त्यहाँ आफैं असुरक्षित भएर बस्न बाध्य छन् ।

कुमरखोदको इलाका प्रहरी चौकी त एउटा उदाहरण मात्र हो । जीर्ण रहेका धेरै जसो प्रहरी कार्यालयको अवस्था नाजुक छन् । यसले प्रहरी आपै कति असुरक्षित छन् भन्ने देखाउँछ ।

स्थानीय भन्छन्, ‘आम जनताको सुरक्षाका लागि बस्ने प्रहरीको घरको नै यस्तो हालत छ भने अरु असुरक्षित छन् भन्ने थाह भइहाल्छ ।’ प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार माओवादी सशस्त्र द्वन्द्वका बेला देशभर ८ सय ७४ प्रहरी कार्यालय आंशिक तथा पूर्ण ध्वस्त बनाइएका थिए ।

जसमा अहिलेसम्म पनि अधिकांश प्रहरी संरचनाहरुको पुनर्निर्माण हुन सकेको छैन । केही हुने क्रममा छन् । मेची अञ्चलमा मात्र ५२ वटा प्रहरी कार्यालय ध्वस्त पारिएको थियो ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्तिकोष सचिवालयमार्फत प्रहरी संरचनाको पुनर्निर्माणको काम भइरहेको छ ।  तर, थुप्रै संरचनाहरु निर्माणाधीन अवस्थामा नै छन् । सबै निर्माण भइसक्न कति समय लाग्छ अत्तोपत्तो छैन ।
Read more ...

टुट्यो नायिका नीता ढुंगाना र नायक आमेश भण्डारीको प्रेम सम्बन्ध , ४ वर्षपछि किन छाडे आमेशले नीतालाई ?

काठमाडौं । दुई महिना अघिसम्म एक–अर्काबिनाको जीवन कल्पनासमेत गर्न नसक्ने एउटा जोडी यतिबेला एक–अर्काको अनुहार नै हेर्न नसक्ने अवस्थामा पुगेको छ । केही घण्टा भेट नहुँदा पानीबिनाको माछाझैँ हुने यो जोडी विगत दुई महिनादेखि न त कुनै सामाजिक सञ्जालमा जोडिएको छ, न त एक–अर्काले एसएमएसबाट एक–अर्काको जानकारी लिने प्रयास गरेको छ ।

यो कुनै चलचित्रको पटकथा होइन, नेपाली चलचित्रका दुई युवा अनुहारको वास्तविक प्रेमकथा हो । केही समयअघिसम्म उदाहरणीय प्रेमी–प्रेमिकाका रूपमा चिनिने यो जोडीबीच आज ‘मित्रता’ को सम्बन्धसमेत बाँकी छैन भन्ने कुरा झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर वास्तविक यही हो, अभिनेत्री नीता ढुंगाना तथा अभिनेता आमेश भण्डारी पछिल्ला दुई महिनायता औपचारिक सम्बन्धमा समेत छैनन् ।

आमेश भण्डारी तथा नीता ढुंगाना करिब चार वर्ष लामो गहिरो प्रेम सम्बन्धबाट पछि हटेका छन् । चलचित्र क्षेत्रमा मात्र होइन, सार्वजनिक जीवनमा समेत प्रेमी–प्रेमिकाको आदर्श जोडीका रूपमा स्थापित यो जोडी विगत दुई महिनादेखि एक–अर्कासँग सम्पर्कविहीनको अवस्थामा छ । न त नीताले आमेशसँग सम्पर्क गरेर हालचाल सोधेकी छिन्, न त आमेशले नै नीताका कुनै गतिविधि नियालेका छन् ।

कतिसम्म भने, लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा समेत नीता र आमेश ‘फ्रेन्ड’ छैनन् । ब्रेकअप नहुँदै सामान्य भनाभनका क्रममा नीताले आमेशलाई फेसबुकमा अनफ्रेन्ड गरेकी थिइन् । आमेशले पनि उनलाई ुअनफ्रेन्डु गरिदिए । लगत्तै दुवैले एक–अर्कालाई ‘ब्लक’ गरेपछि प्रेम सम्बन्धमै रहेका बेला पुनस् फ्रेन्डसिप गर्न खोज्दा फेसबुकले त्यसो गर्न नमिल्ने बताइदियो ।

चलचित्रका कलाकारहरू प्रेमसम्बन्धमा पर्नु तथा केही वर्षपछि उनीहरूको विछोड हुनु नेपालमा मात्र होइन बलिउड तथा हलिउडमा समेत सामान्य मानिन्छ । पछिल्लो समय नेपाली समाजमै सामान्य व्यक्तिको डिभोर्स हुने क्रम बढिरहेको अवस्थामा चलचित्रका अभिनेता–अभिनेत्रीको प्रेम सम्बन्ध टुक्रिनु सामान्य हो, तर नीता र आमेशको प्रेमसम्बन्धले छोटो समयमै यति गहिरो रूप लिएको थियो, आमदर्शकसमेत उनीहरूले घरजम गरेको समाचार पढ्न व्यग्र थिए ।


प्रेमसम्बन्धलाई विवाहको स्वरूप दिने तरखर गरिरहेको यो जोडीको प्रेम सम्बन्धले अचानक ‘ब्रेकअप’ को रूप लिँदा उनीहरूलाई नजिकबाट चिन्नेहरूसमेत आश्चर्यमा छन् । ब्रेकअपपछि आमेशका अभिभावकहरूले उनलाई उच्च शिक्षाका निम्ति विदेश पठाउने तयारी गर्न थालेका छन् भने नीता आमेशलाई बिर्सन दिन–रात काममा व्यस्त हुन थालेकी छिन् । पछिल्ला दुई महिनायता नीता यति व्यस्त भइन् कि उक्त अवधिमा उनले १५ वटाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिन्, सांस्कृतिक कार्यक्रमका क्रममा विदेशसम्म पुगिन् भने एउटा नेपाली चलचित्रमा अभिनयसमेत गरिन् ।

नीता र आमेशको जोडीलाई ‘ढुकुरको जस्तै जोडी’ भनेर प्रशंसा गरिन्थ्यो । उनीहरूबीचको प्रेम यति घनिष्ठ थियो कि उनीहरूको केमेस्ट्री विवाहित जोडीको भन्दा कम देखिंदैनथ्यो । प्रेम उत्कर्षमा पुग्न थालेपछि उनीहरू दुवैले चाँडै विवाह गर्ने घोषणा मात्र गरेका थिएनन्, आफ्नो जोडी सबैभन्दा अब्बल हुने दाबीसमेत गरेका थिए । पर्दाबाहिर जमेको उनीहरूको जोडीलाई निर्देशक दिनेश डिसीले चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा उतारे । बिडम्बना के रह्यो भने यही चलचित्रको छायांकनदेखि नै नीता र आमेशबीचको प्रेम सम्बन्धमा बिस्तारै छायाँ पर्न थाल्यो । 


आमेश र नीताले आफ्नो प्रेम सम्बन्ध टुक्रिएको खबरलाई सकेसम्म गोप्य नै राख्ने प्रयास गरेका थिए । ब्रेकअप हुनुअघि सामाजिक सञ्जालमा आलिंगन, चुम्बनदेखि बेडरुमकै तस्बिरसम्म सेयर गर्न नहिचकिचाउने यो जोडीले पछिल्लो दुई महिनायता फेसबुकमा आफ्नो जोडीका कुनै पनि तस्बिर सार्वजनिक गरेन । उल्टो आमेशले केही समयअघि फेसबुकमा ‘एक्लो हुनु उपहार हो कि श्राप ?’ भन्ने शैलीको स्टाटस लेखेर आफू अहिले प्रेममा नरहेको जानकारी घुमाउरो पाराले दिइसकेका थिए । आमेशले आफ्ना अन्य स्टाटसमा समेत एक्लो हुनुको फाइदाका बारेमा उल्लेख गरेका छन् । 

आमेशका निराशाजनक स्टाटसभन्दा ठीक विपरीत नीताले भने आफूलाई खुसी देखाउने शैलीका तस्बिर मात्र पोस्ट गरिरहिन् । म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिरहेका तस्बिरबाहेक नजिकका साथीहरूसँग घुमघाम गरेका रमाइला तस्बिर ‘फिलिङ ह्याप्पी’ शैलीमा पोस्ट गरिन् । भित्री रूपमा भने उनी पनि आमेशसँगको सम्बन्ध टुक्रिएकोमा खुसी थिइनन् । 



Read more ...

ताप्लेजङमा सम्बन्ध विच्छेद गर्ने बढे, वैदेशिक रोजगार मुख्य कारण

ताप्लेजुङ । ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । जिल्ला अदालत ताप्लेजुङका अनुसार एक वर्षको अवधिमा सम्बन्ध विच्छेदका ९२ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतका श्रेष्तेदार गोपाल थापाले
गएको आर्थिक वर्ष २०७२र०७३ मा उक्त संख्यामा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जानकारी दिए ।

श्रेष्तेदार थापाले अदातलमा दर्ता भएका उक्त संख्यामध्ये ७२ वटा मुद्दाको फैसला भएको र २० वटाको फैसला हुन बाँकी रहेको बताए । थापाका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका समेत सम्बन्ध विच्छेदका केही मुद्दा थिए । सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा दर्ता गर्दा घरायसी झगडा, श्रीमानद्वारा हेला भएको भनी उल्लेख गर्ने गरिएको भएपनि वैदेशिक रोजगार एक मुख्य कारण भएको बताइएको छ । जिल्लामा पछिल्लो समय वर्षेनी सम्बन्ध विच्छेद गर्ने बढ्दै गएको पाइएको छ ।

 घरायसी झगडा र वैदेशिक रोजगार नै सम्बन्ध विच्छेदको कारण बनेको पाइएको जिल्ला न्यायाधीस अशोककुमार बस्नेतको भनाइ छ । यता नेपाल बार एशोसिएसन जिल्ला बार इकाइका अध्यक्ष नारायणप्रसाद चौलागाईं पनि सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार नै बनेको बताउँछन् । अधिकांश मुद्दाका बादीहरुको प्रकृति वैदेशिक रोजगार नै पाइएको उनले बताए ।
Read more ...

चिनियाँ राजदूत र दाहालबीच भेट, सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता

नेपालका लागि चिनियाँ राजदूत ऊ छुन्थाई आज बिहान लाजिम्पाट पुगेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । भेटमा अध्यक्ष दाहालले अबको केही दिनमा आफ्नो नेतृत्वमा सरकार निर्माण हुने बताउँदै चीनसँग यसअघि भएको सन्धी सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
दाहालले अहिलेको सरकारले चीनसँग गरेको सन्धी, सम्झौता र समझदारी आफू यसअघि प्रधानमन्त्री भएको बेला भएको सहमतिको परिणाम भएको बताएको उनको सचिवालयले जनाएको छ ।
चिनियाँ राजदूतसँगको भेटमा दाहालले अब बन्ने सरकारले संविधान कार्यान्वयन, पुननिर्माण र विकासका कामलाई प्राथमिकतामा राख्ने धारणा राखे ।
भेटमा चनियाँ राजदूत छुन्थाईले सरकार परिवर्तन नेपालको आन्तरिक मामला भन्दै अब बन्ने सरकारलाई चीनको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।




Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us