Sunday, 29 May 2016

क्यानडाले २२ नेपालीलाई कालोसूचीमा राख्यो (नामसहित)

क्यानडाको सरकारले २२ जना नेपालीको नाम कालो सूचीमा राखेको छ । उसले ति नेपालीको नामनै सार्वजनिक गरिदिएको हो । एन आर एन क्यानडा सामाजिक, परोपकारी संस्थाका रुपमा दर्ता गरेर क्यानडाको कानुन बिरुद्द गएकाले कालो सूची निकालेको हो । संस्था दर्ता गरेको तर प्रचलित कानुन अनुसार वार्षिक हिसाबकिताब नदेखाएको, संस्थाको रकम धेरै उल्लेख गरेको तर त्यस अनुसार कर सार्वजनिक नगरेको, नदेखाएको भन्दै एन आर एन क्यानडालाई क्यानडा सरकारले निलम्बन गरेको हो । सरकारले निलम्बन गरेकाले एन आर एन क्यानडाका २२ जना नेपालीको नामपनि ति सँगै सूचीमा परेका हुन् । यसरि वार्षिक हिसाब सार्वजनिक नगरेमा उक्त संस्थालाई खारेजनै गरिदिने र कानुनी प्रक्रिया अगाडि बढाउनेपनि क्यानडा सरकारले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

क्यानडा सरकारले जारी गरेको सूचनामा यि ब्यक्तिको नम उल्लेख छ-

 १ – हेमन्त रज मैनाली
२ – तुला भट्टचन
३ – प्रमिला बस्नेत
४ – नारायण पोख्रेल
५ – बाबु राम भन्डारी
६ – सुमन लम्साल
७ – शान्ता राजभन्डारी
८ – दुर्गा शर्मा
९ – प्रकाश अधिकारी
१० – राम चन्द्र बोगटी
११ – सुर्य प्रकाश भट्टराई
१२ – क्रिष्ण भन्डारी
१३ – अनिल कुमार श्रेष्ठ
१४ – गोपाल भन्डारी
१५ – तुल्सी प्रसाद सापकोटा
१६ – हेमन्त मोहन थापा
१७ – दीपक कुमार श्रेष्ठ
१८ – चन्द्र अधिकारी
१९ – देबेन्द्र हरि सुबेदी
२० – सुरेन उप्रेती
२१ – लक्ष्मी पाठक
२२ – बिभु ओझा

संघ संस्था नियमन गर्ने निकाय इन्डस्ट्री क्यानडाले एनआरएन क्यानडालाइ २०१६ फेब्रुवरी देखि अप्रिल १८ तारिख सम्म आफ्नो बार्षिक विवरण बुझाउन भनेको थियो। तर संघका पदाधिकारीको लापरबाहीका कारण समयमै प्रतिबेदन बुझाउन नसक्दा संस्थानै खारेज हुने स्थिति आएको हो।

संघको यस अघिको कार्यकालमा आर्थिक संकलन र अतिरिक्त क्रियाकलाप धेरै नै सम्पन्न भएका थिए जसको लेखाजोखा यकिन गर्न नसक्दा बर्तमान समिति जिम्मेवारहिन देखिएको हो । यसले प्रवाशका नेपालीको इज्जत र प्रतिष्थामापनि आघात पार्ने संभावन छ । उसोत संघको अधिबेशनताका आर्थिक प्रतिबेदन पारित नभए पछि छानबिन गर्न लेखा बिज्ञ सहितको एउटा टोलि गठन नै गरिएको थियो।
 कुन सालसम्मको लेखा परिक्षण सहितको प्रतिबेदन बुझाउनु पर्ने हो त्यो नखुलाए पनि अझै पनि जरिवाना सहित यथाशिघ्र संघको आर्थिक र प्रगति विवरण बुझाएमा संघ बिघटन बाट जोगिन सक्ने क्यानेडियन नियमन निकायले जनाएको छ।

क्यानेडियन नियमन निकाय ले एन आर एनका अध्यक्ष तुलसी प्रसाद सापकोटालाइ लेखेको पत्र जस्ताको तस्तै : 

Industry Canada / Industrie Canada Symbol of the Government of Canada Corporations Canada Non-Resident Nepalis -National Coordination Council-(NRN CANADA) (Corporation Number: 441477-2) is in default of filing its 2016 annual return which was due to be filed between 2016-02-18 and 2016-04-18. CAUTION Failure to file an annual return may result in the dissolution of the corporation. Dissolution terminates the existence of a corporation and can have serious legal repercussions, particularly if the corporation is a registered charity under the Income Tax Act. HOW TO FILE File ONLINE (and pay less) — filing fee is $20. File by EMAIL, FAX OR MAIL — filing fee is $40. Download and complete Form 4022 — Annual Return in PDF format. OTHER REPORTING OBLIGATIONS The corporation must also keep the following up-to-date: Registered Office Address: 257 SUNDOWN WAY SE CALGARY AB T2X 2N5 Additional Address: 46 Oban Road Brampton ON L6Y 5S8 Board of Directors: 1. Hemant Raj Mainali 2. Tula Bhattachan 3. Pramila Basnet 4. Narayan Pokhrel 5. Babu Ram Bhandari 6. Suman Lamsal 7. Santa Rajbhandari 8. Durga Sharma 9. Prakash Adhikari 10. Ram Chandra Bogati 11. Surya Prakash Bhattarai 12. Krishna Bhandary 13. Anil Kumar Shrestha 14. Gopal Bhandari 15. TULSI PRASAD SAPKOTA 16. Hemant Mohan Thapa 17. Deepak Kumar Shrestha 18. Chandra Adhikari 19. Debendra Hari Subedi 20. Suren Upreti 21. Laxmi Pathak 22. Bibhu Ojha
To update this information, consult Your Reporting Obligations under the Canada Not-for-profit Corporations Act. If you received this notice in error or would like to unsubscribe from future reminder notices, visit Annual Return Reminder Emails. Non-Resident Nepalis -National Coordination Council-(NRN CANADA) (Numéro de l’organisation: 441477-2) n’a pas déposé son rapport annuel 2016 qui était requis d’être déposé entre le 2016-02-18 et le 2016-04-18. -डिल्ली अंमाई
Read more ...

Saturday, 28 May 2016

गणतन्त्र दिवसको कार्यक्रममा पूर्वउपराष्ट्रपतिको यसरी भयो अपमान

सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवसको भब्य समारोह गरिने भएपछि कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपतिदेखि विशिष्ट ब्यक्तिहरुलाई निम्तो दिइयो । समारोहमा पुष्पवृष्टि गर्न सैनिक हेलिकोप्टर तयारी अवस्थामा राखियो । शनिवार विहानै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु उपस्थित भए ।

गणतन्त्र दिवसको तामझाम निकै नै थियो । काठमाडौं, भक्तपुर, ललितपुरकातर्फबाट छुट्टाछुट्टै झाँकीहरु प्रस्तुत गरिएका थिए ।
विभिन्न मन्त्रालय तथा विभागहरुले पनि आ–आफ्नो कार्यालयको तर्फबाट प्रहसनसहित उपस्थिति देखाए ।

विभिन्न जाती समुदायका झाँकीहरु प्रस्तुत भए, विभिन्न कलाहरु देखाइए । सैनिक हेलिकोप्टरबाट पुष्पवृष्टि गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले परेवा उडाइन् ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले आफूलाई अमान गरेको आरोप लगाउँदै गणतन्त्र दिवस– २०७३ का अवसरमा टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा नबसी फिर्ता हुनुभएको छ ।

तोकिएको समयमा टुँडिखेलस्थित नेपाली सेनाको सैनिक मञ्च पुग्नु भएका पूर्वउपराष्ट्रपति झालाई बस्ने स्थान नदिएपछि उहाँ कार्यक्रमस्थलबाट बाहिरिनुभएको हो । कालो टोपी, दौरा र सुरुवालमा सजिएर आउनुभएका झालाई बस्ने स्थान नै नदिएको आरोप उहाँले लगाउनुभएको छ ।

आफू बस्ने स्थान नदेखेपछि पूर्वउपराष्ट्रपति झा बाहिरिन खोज्दा कर्मचारीहरू आएर पुनः लैजान खोजेका थिए । तर, आफ्नो अपमान भएको ठहर गर्नुभएका पूर्वउपराष्ट्रपति झा कार्यक्रममा नबसी गडी चढेर फिर्ता हुनुभएको स्रोतले जनाएको छ ।

कार्यक्रमको उचित व्यवस्थापन नहुँदा पूर्वउपराष्ट्रपति जस्तो व्यक्तिले गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमबाट फिर्ता हुनु परेको छ ।
Read more ...

Wednesday, 25 May 2016

फुटबलर बिमल घर्तीकी बहिनीको हत्या

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्ती मगरको बहिनी मनिषा घर्तीको हत्या भएको छ। नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा बुधबार राती उनको हत्या भएको हो। मनिषा गत राती घरमा एक्लै थिइन्। घटनाको प्रकृति हेर्दा बलत्कार समेत भएको हुनसक्ने बताइएको छ । शव यथावत अवस्थामै रहेको र प्रहरी टोलीले अनुसन्धान सुरू गरेको छ । घरमा आमा र मनिषा बस्दै आएका थियो। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन्। १७ बर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Read more ...

काठमाडौँको मिथेन ग्यास उत्खननको काम सुरु, चिनिया टोली उत्साहित

उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले आगामी तीन वर्षभित्र पेट्रोलियम पदार्थको खानी अध्ययन गरी उत्खनन काम सुरु हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेयले मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रित भएको भन्दै आगामी तीन वर्षभित्रमा पेट्रोलियम पदार्थसहित नेपालमा रहेका सबै खानीको अध्ययन गरेर उत्खननको काम सुरु हुने जानकारी गराउनुभएको हो । मन्त्री पाण्डेयले चीनबाट आएको टोली ब्लक नं ३ को दैलेख र ब्लक नं १० मोरङको पेट्रोलियम खानीको अध्ययन गरी प्रारम्भिक नतिजाबाट उत्साहित भएको भन्दै पूर्ण प्रतिवेदन आएपछि उक्त स्थानमा ड्रिल गर्ने काम सुरु गरिने जानकारी दिनुभयो । ललितपुरको इमाडोल र काठमाडौँको टेकु पचलीमा मिथेन ग्यासको उत्खननको काम सुरु भएको जानकारी गराउँदै उहाँले ललितपुरको हात्तिवन र काठमाडौँको तीनकुनेको कुवामा उत्खननको काम केही दिनमा अघि बढ्ने बताउनुभयो । नवलपरासीको धौबादीमा १० किलोमिटर क्षेत्रमा फलाम खानी पाइएको र रामेछापको ठोसे र ललितपुरको फुल्चोकी डाँडामा पनि फलाम खानी रहेको प्रारम्भिक अनुमान रहेकाले त्यसको अनुसन्धान र उत्खननको कार्यक्रम निकट भविश्यमा नै अघि बढाउने विश्वास दिलाउनुभयो । रासस
Read more ...

चिनियाँ लगानीमा नवलपरासीमा देशकै ठूलो सिमेण्ट उद्योग बन्दै, दैनिक २ हजारले रोजगारी पाउने

चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेण्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सञ्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ । 

चिनियाँ सिमेण्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेण्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेण्ट उत्पादन गर्ने गरी होङ्सी शिवम् सिमेण्ट उद्योग स्थापना भएको हो । होङ्सी शिवम् सिमेण्ट उद्योगसम्बन्धी जानकारी दिन लगानी बोर्डले परासीमा मङ्गलबार  आयोजना गरेको अन्तरक्रियामा उद्योगका बारेमा जानकारी गराइएको थियो ।

यस वर्ष जग्गा व्यवस्थापनको काम थालिएको छ । दुईसय बिघा जग्गा आवश्यक पर्ने भएकाले यो वर्ष जग्गा व्यवस्थापनको काममा खटिएका छौँ, होङ्सी शिवम् सिमेण्टका प्राविधिक  शिवरत्न अटलले भने – ‘बाटो र विद्युतका बारे सरकारसँग कुरा भइरहेको छ ।’

‘उद्योगलाई दैनिक ५० देखि ८० मेगावाट विद्युत् आवश्यक पर्छ’, उनले भने, ‘हामीले जग्गाको व्यवस्थापनलाई स्थानीयवासीको समन्वयमा तीव्रता दिएका छौँ । एक सय बिघा प्राप्त भइसकेको छ, बाँकी खोज्दैछौँ ।’

तीन वर्षमा उत्पादन  बजारमा ल्याउने गरी कामलाई उद्योगले अगाडि बढाएको छ । यो उद्योगमा होङ्सीको ७० प्रतिशत लगानी र शिवम् सिमेण्टको ३० प्रतिशत लगानी रहेको छ ।  दैनिक दुई हजारले रोजगार पाउने भएकाले उद्योग स्थापनासँगै स्थानीयवासी खुसी भएका छन् ।  पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिंकर) ल्याउने र  सिमेण्ट उत्पादन हुँदा अहिलेको बजारमा ३० प्रतिशत आपूर्ति गर्ने बताइएको छ ।

स्वदेशमै उत्पादन भइरहेको सिमेण्टले अहिले ७० प्रतिशत बजार ओगटेको छ  बाँकी ३० प्रतिशत यसको उत्पादनले आपूर्ति गर्छ, होङ्सी शिवम् सिमेण्टका प्राविधिक अटलले भने – ‘देशभित्रको बजारलाई पूर्ति गरेपछि बाहिर पनि पठाउन सकिन्छ ।’ शुरुको वर्ष ६ हजार मेट्रिक टन उत्पादन भएपनि दोस्रो चरणबाट १२ हजार मेट्रिक टन दैनिक सिमेण्ट उत्पादन हुने उनले बताए । ओपिसी र पिपिसी दुवै सिमेण्ट यहाँ उत्पादन हुन्छ ।

लगानी बोर्डका सहसचिव रवि भट्टराईले उद्योगको स्थापनाबाट हुने फाइदाका बारेमा बताए । ‘लगानी बोर्डको काम उद्योगपतिको समस्या समाधान गर्ने र लगानी भित्र्याउने हो त्यसमा प्रधानमन्त्रीको निर्देशन पनि छ, हामी काममै लागेका छौ’,  उनले भने – ‘जिल्लाका जनप्रतिनिधि र स्थानीयवासीको सकारात्मक भावनाले हामीलाई उत्साहित बनाएको छ ।’ रासस
Read more ...

आमाले गरिन हत्या


ससुराली पक्षको उत्पीडन खेप्न नसकी खोलामा डुबाई मङ्गलबार आफ्नै दुई छोरीको हत्या गरेको अभियोगमा कलैया नगरापालिका बरेवा निवासी सविता देवी साहलाई नियन्त्रणमा लिदै प्रहरी । तस्बिर : विजय कुमार महतो, रासस,पर्सा
Read more ...

Tuesday, 24 May 2016

श्रीमान र सासु ससुराले छोरीकै कारण दुख दिएपछि आमाले नै दुई छोरीको हत्या गरिन्


श्रीमान तथा सासु ससुराले मानसिक यातना दिए पछि घर छाडेर हिँडेकी एक महिलाले आफनै दुई नाबालिका छोरीको हत्या गरेकी छन् ।

बाराको कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती २२ वर्षीया सविता देवीले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी हुन्।

वीरगन्ज उपमहानरपालिका वडा नम्बर ८ भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदिको पानीमा मङगलबार साँझ दुवै छोरीलाई चोबलेर सविता देवीले हत्या गरेकी हुन् ।

छोरीहरुको हत्या गरेपछि सबिताले पनि आत्महत्याको प्रयास गरेकी थिइन् । तर, गाँउलेले देखेपछि उनलाई आत्महत्या गर्नबाट रोकेका थिए ।

सिंगहा नदिको छेउमा रहेको सिसौंको हाँगा काट्न गएका  भेडियाहीका साबीर भेडिहरले सबै भन्दा पहिले सबिताले दुई बालिकालाई नदिको पानीमा चोबलेको देखेका थिए । एक महिलाले दुई नाबालिकालाई पानीमा चोबलेको देखेपछि उनले अन्य गाँउलेहरुलाई गुहार लगाएका थिए ।

साबीर र गाँउलेहरुले नदिबाट निकाल्दा दुवै बालिकाको मृत्यु भइसकेको थियो ।

म बन्चरो लिएर सिसौको हाँगा काट्न आएको थिए, साबीरले भने, ‘नदिको पानीमा रातो सारी लगाएकी महिलाले पानीमा बच्चालाई डुबाएको जस्तो देखेपछि चिच्याएर अरुहरुलाइ बेलाएँ, तर बाहिर निकाल्दा दुवै बच्चाको प्राण गइसकेको रहेछ ।’

बच्चाको हत्या गरेपछि ती महिलाले आफुले पनि पानीमा डुबेर आत्म हत्या गर्ने प्रयास गरेको प्रत्यक्षदर्शी साबीरले बताए ।

बच्चाहरुलाई पानीमा चोबलेर मारेपछि ती महिलाले पनि पानीमै डुबेर आत्महत्याको प्रयास गरेकी थिइन् , उनले भने, ‘तर नदिमा तीन चार फिट मात्र पानी भएकाले उनको प्रयास सफल भएन, अनि हामीले पनि उनलाई तत्कालै नदिबाट बाहिर निकाली हाल्यौ ।

गाँउलेले खबर गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुग्दा मृतक दुवै नाबालिकाको शव नजिकै सबीता देवीले टाउको बजारेर रुदै गरेको अवस्थामा भेटिएको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक जयराम यादवले बताए ।

सबिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । मृतक दुवै बालिकाको शव पोष्टर्मामका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

घरमा श्रीमान् र सासु ससुराले मानसीक यातना दिएपछि झगडा गरेर सोमबार सविता आफना दुई छोरीलाई लिएर वीरगन्ज १५ मुर्लीमा अवस्थित दिदीको घरमा आएकी थिइन् ।

कलैयाको बरेवामा रहेको घर फर्कनका लागि भन्दै मङगलवार मध्यान्ह १२ बजे तिर दिदीको घरबाट निस्किएकी उनले भेडियाहीमा रहेको सिंगहा नदीमा लगेर दुवै छोरीको पानीमा चोबलेर हत्या गरेकी हुन् ।

प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा सविता देवीले घरपरिवारबाट मानसिक यातना दिएका कारण छोरीको हत्या गरेको बताएकी छन् ।

नदीको छेउमा पुगेपछि दुवै छोरीलाई तिमिहरु घर जाऊ म यही बस्छु भने, तर उनिहरुले मलाई छाडेर जान मानेन्, प्रहरी हिरासतमा रहेकी सविताले भनिन्, ‘घर जान नमानेपछि रिस उठ्यो । अनि दुवैलाई पानीमा डुबाएर मारिदिएँ, अहिले पछुतो लागेको छ ।’

घरमा श्रीमान र सासु ससुराले छोरीकै कारण विभिन्न बहाना बनाएर अनावश्यक रुपमा मानसिक यातना दिदै आएकाले आफूले घर छाडेर हिँडेको उनले बताइन् ।

पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । ‘घटना पछि महिला मानसिक रुपले विक्षप्त अवस्थामा पुगेकी छन्’, उनले भने , ‘अहिले उनि कुरा गर्न सक्ने अवस्थामा छैनन्, पछि अवस्था ठिक भएपछि हामी उनिसँग सोधपुछ गर्छौ ।’
Read more ...

Saturday, 21 May 2016

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंः तिब्बतलाई केन्द्र बनाएर आइतबार बिहान गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ । आइतबार बिहान सात बजेर ३३ मिनेट हुँदा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको हो । भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आजै बिहान तिब्बतलाई नै केन्द्र बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प बिहान सात बजेर १७ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको कुनै विवरण आएको छैन् ।
Read more ...

Friday, 20 May 2016

वेलायतले आफ्ना नागरिकलाई भन्योः नेपाल गएर राजनीति नगर

काठमाडौं— वेलायत सरकारले आफ्ना नागरिकलाई नेपालको आन्तरिक राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।
नेपालमा रहेका र नेपाल आउने तयारी गरिरहेका नागरिकका नाउँमा ट्राभल एड्भाइजरी जारी गर्दै वेलायतले राजनीतिक गतिविधिमा संलग्न भए देश निकाला, जरिवानाको सजाय हुनसक्ने जनाऊ दिएको छ।

नयाँ संविधानप्रतिको असन्तुष्टिका कारण नेपालमा र्‍याली, विरोध प्रदर्शन एवं बन्दका कार्यक्रम नियमित जस्तै हुने गरेको भन्दै वेलायत सरकारले भनेको छ, 'यदि कुनै राजनीतिक गतिविधिमा संलग्न भएमा नेपालले तिमीलाई देश निकाला गर्ने तथा जरिवाना गर्न सक्नेछ।'

वेलायतबाट वर्षेनी करिब ५० हजार नागरिक नेपाल घुम्न आउने गर्छन्। सन् २०१३ मा ४० हजार वेलायतीले नेपाल भ्रमण गरेका थिए।

आन्तरिक राजनीतिमा विदेशी नागरिकको संलग्नता बढेपछि भन्दै गृहमन्त्रालयले कुनै पनि विदेशी राजनीतिक गतिविधिमा संलग्न भए त्यसलाई जघन्य अपराधको सूचिमा राख्ने निर्णय गरेसँगै वेलायतले यस्तो सूचना जारी गरेको हो। राजनीतिक गतिविधिमा संलग्न विदेशीलाई अध्यागमन नियमावली २०६५ अनुसार सबैभन्दा कठोर सजाय १० वर्षसम्म नेपाल फर्कन नपाउने गरी देश निकाला र ५० हजार जरिवाना गर्ने निर्णय सरकारले गरेको थियो।

राजनीतिक गतिविधिमा संलग्न भएको अभियोगमा अहिलेसम्म दुई विदेशीलाई नेपालले कारवाही गरेको छ। वर्किङ भिषा लिएर सूचना प्रविधिसम्बन्धी क्लाउड फ्याक्ट्री नामक कम्पनीमा काम गर्दै आएका क्यानेडियन नागरिक रोबर्ट पेनरले सामाजिक सञ्जाल ट्विटर राजनीतिक गरेको पाएपछि सरकारले देश निकाला गरेको थियो। संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको आन्दोलनमा सहभागी एक वेलायती नागरिकलाई पक्राउ गरी सुरक्षाकर्मीले वेलायती दूतावासको जिम्मा लगाएका थिए।
Read more ...

Thursday, 19 May 2016

'दुई वर्षमा नेपाल पेट्रोलियम पदार्थमा आत्मनिर्भर'

प्रधानमन्त्रीद्धारा चौतारीको महाधिवेशनको उद्घाटन
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भरको बाटोमा सरकार अघि बढेको बताएका छन् ।


प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले नेपालले लामो समय दक्षिणी छिमेकीको तेल प्रयोग गरेको र उत्तरी छिमेकीको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको बताए ।

उनले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको जानकारी दिए ।

मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा बुझिदिनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा पुरस्कार देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र विद्युत् माओजी तथा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार दिलीपकुमार सिंहलाई प्रदान गरे ।

त्यस्तै, ओलीले प्रेस चौतारीको प्रकाशन माक्सवादको उज्यालो र चौतारीको लोकार्पण गरे ।

एमाले निकट पत्रकारको साझा संस्था चौतारीको महाअधिवेशनमा करिब ७०० जनाको सहभागिता रहेको छ । नयाँ नेतृत्वका लागि माधव नेपाल र गणेश बस्नेत प्यानल बनाएर चुनावी मैदानमा छन् ।  रासस
Read more ...

Tuesday, 17 May 2016

बर्दी र हतियारसहित भारतीय भूमि छिरेर अपराधिलाई च्याप्प पारेर नेपाल फर्किए यी बहादुर प्रहरी

नेपाल प्रहरीका एक जवानले भारतीय भूमि छिरेर आलूऔषध कारोबारीलाई पकडेर शानसँग नेपाल फर्किएका छन् ।नेपाल–भारतको सुनौली नाकाबाट बर्दीसहित हतियार बोकेर भारत प्रवेश गरी ती जवानले लागुऔषध कारोवारीलाई पक्राउ गरेको समाचारले भारतमा हंगामा मच्याएको छ ।

ती प्रहरी जवान भारत छिर्दा सीमामा बसेका भारतीय सीमा सुरक्षा बलका एसएसबी र अन्य सुरक्षार्थ खटिएका प्रहरीले रोक्न सकेनन् । नेपालका प्रहरी जवानलाई आफ्नै आँखा अगाडि पकडेर शानसँग नेपाल फर्कदा उनीहरु हेरेको हेर्यै भए । यसअघि डोटीमा पोसाकसहित नेपाल छिर्ने भारतीय प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरी पछि भारतीय दूतावासको जिम्मा लगाएको थियो

नेपाल प्रहरीका एक जवानले भारतीय भूमि छिरेर आलूऔषध कारोबारीलाई पकडेर शानसँग नेपाल फर्किएका छन् ।नेपाल–भारतको सुनौली नाकाबाट बर्दीसहित हतियार बोकेर भारत प्रवेश गरी ती जवानले लागुऔषध कारोवारीलाई पक्राउ गरेको समाचारले भारतमा हंगामा मच्याएको छ ।
ती प्रहरी जवान भारत छिर्दा सीमामा बसेका भारतीय सीमा सुरक्षा बलका एसएसबी र अन्य सुरक्षार्थ खटिएका प्रहरीले रोक्न सकेनन् । नेपालका प्रहरी जवानलाई आफ्नै आँखा अगाडि पकडेर शानसँग नेपाल फर्कदा उनीहरु हेरेको हेर्यै भए । यसअघि डोटीमा पोसाकसहित नेपाल छिर्ने भारतीय प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरी पछि भारतीय दूतावासको जिम्मा लगाएको थियो
- See more at: http://purbelinews.com/32831#sthash.FbkLTbxF.V2ELPMw7.dpuf
नेपाल प्रहरीका एक जवानले भारतीय भूमि छिरेर आलूऔषध कारोबारीलाई पकडेर शानसँग नेपाल फर्किएका छन् ।नेपाल–भारतको सुनौली नाकाबाट बर्दीसहित हतियार बोकेर भारत प्रवेश गरी ती जवानले लागुऔषध कारोवारीलाई पक्राउ गरेको समाचारले भारतमा हंगामा मच्याएको छ ।
ती प्रहरी जवान भारत छिर्दा सीमामा बसेका भारतीय सीमा सुरक्षा बलका एसएसबी र अन्य सुरक्षार्थ खटिएका प्रहरीले रोक्न सकेनन् । नेपालका प्रहरी जवानलाई आफ्नै आँखा अगाडि पकडेर शानसँग नेपाल फर्कदा उनीहरु हेरेको हेर्यै भए । यसअघि डोटीमा पोसाकसहित नेपाल छिर्ने भारतीय प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरी पछि भारतीय दूतावासको जिम्मा लगाएको थियो
- See more at: http://purbelinews.com/32831#sthash.FbkLTbxF.V2ELPMw7.dpuf
Read more ...

केरुङ-काठमाडौँ रेल ल्याएरै छोड्छुः प्रधानमन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै विरोध भए पनि सरकारले केरुङ–काठमाडौँ रेल ल्याएरै छोड्ने बताएका छन् ।

सोमबार तेइसौँ मदन–आश्रित स्मृति दिवसका असरमा सोमबार एमालेले गरेको प्रवचन कार्यक्रममा बोल्दै ओलीले भने, ‘विरोध हुँदै गर्छ सरकारले केरूङ–काठमाडौँ रेल ल्याएरै छोड्छ ।’


चन्द्रशमशेरकै पालदेखि नेपालमा रेल ल्याउन सर्वेक्षण हुँदा विरोध भएको ओलीले बताए । ‘चन्द्रशमशेरकै पालादेखि नेपालमा रेल ल्याउन सर्वेक्षण गर्न खोज्दा पनि विरोध भएको थियो,’ ओलीले भने ।

ओलीले तराईमा जनताले समर्थन नगरेपछि आन्दोलनरत दल काठमाडौँ छिरेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत तथा विधि र प्रक्रियाबाट निर्णय हुने भएकाले त्यस बाटामा आउन आग्रह गरे ।

‘सार्वभौमसत्ता सम्पन्न संविधानसभाका ९२ प्रतिशत जनप्रतिनिधिले बनाएको संविधानविरुद्ध पुनर्लेखनको आन्दोलन गर्नु नेपालको विरुद्ध भयानक षड्यन्त्र हो । पुनर्लेखनको अधिकार यो संसद्लाई छैन, जायज माग छ भने वार्ताबाट संशोधन हुन्छ,’ ओलीले भने ।

एमालेका अध्यक्षसमेत रहेका ओलीले भने, ‘नेपालीले भनेको नमान्ने, कसले भनेको मान्ने हो ? केटाकेटी जिद्दी गर्ने ? सिंहदरबार अगाडि ट्राफिक जाम हुने गरी जनतालाई दुःख दिन गरिएको धर्नालाई सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन ।’

ओलीले भने, ‘लोकतन्त्रमा कानुनको राज हुन्छ । तोडफोड र हिंसा नगर्नुस्, आन्दोलन रोकेर वार्तामा आउनुस्, बरु जनताको सेवा गर्ने हो भने पुनःनिर्माणका लागि स्वयम्सेवा गर्नुस् ।’

प्रधानमन्त्री ओलीले जननेता मदनकुमार भण्डारीले प्रतिवादन गरेको ‘जनताको बहुदलीय जनवाद’को आलोकमा नेपालको वर्तमान कम्युनिस्ट आन्दोलन र सरकार अघि बढेकाले आसन्न बजेट मार्फत मुलुकलाई तीव्र आर्थिक विकासको बाटामा लगरै छाड्ने दृढता व्यक्त गरे ।

उनले सरकार बन्न नदिनेले सरकार ढाल्न आफ्नो घाँटीसम्म हात ल्याए पनि त्यसलाई पराजित गरिएको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले सरकार समाजवादको बलियो आधार तयार गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले मदन भण्डारीका विचार र नेतृत्वले मानिसलाई परिवर्तन गराएकाले वाम सहकार्यसहित त्यस बाटालाई पार्टीले निरन्तरता दिएको बताए ।

सचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक न्यायसहितको लोकतन्त्र स्थापनाको भण्डारीको लक्ष्य पूरा भएकाले अब प्रगतिशील राष्ट्रवाद सहितको आर्थिक विकासमा लाग्नुपर्ने बताए । रासस
Read more ...

Sunday, 15 May 2016

महानायक हमालको बैवाहिक जीवन संकटमा

आफ्नो जीवनको झण्डै पाँच दशक पार गरेपछि आफू भन्दा धेरै कम उमेरकी मधु भट्टराईसँग बैवाहिक बन्धनमा बाधिएका महानायक राजेश हमालको बैवाहिक जीवन अहिले संकटबाट गुज्रिरहेको छ ।
विवाहपछि आफ्नो हरेक कार्यक्रममा पत्नीलाई साथै लिए जाने महानायक हमाल यतिवेला पत्नीलाई काठमाडौमै छाडेर आफू लामो अमेरिका बसाईमा रहेका छन ।

उनीहरुवीच खट्पट चर्को हुन थालेपछि मधुलाई छाडेर हमाल अमेरिका उडेको बताईएको छ । उनी अहिलेसम्म स्वदेश फर्किएका छैनन । उनीहरुवीच टेलिफोन संबादसमेत केही समयदेखि हुन नसकेको बताईएको छ ।
उनीहरुवीच के विषयलाई लिएर खट्पट सुरु भएको हो भन्ने खवर बाहिर नआईसकेपनि हास्य कलाकार दिपा श्री निरौलाको एक कमेन्टले हमाल दम्पत्तिवीचको सम्बन्ध कठिन मोडमा पुगेको अनुमान लगाउन सकिन्छ ।
निरौलाले एक कार्यक्रममा पत्रकारहरुको विवाह कहिले गर्ने भन्ने प्रश्नमा ‘तपाईहरुले राजेश हमालको बैवाहिक जीवन हेर्नु भएको छैन । त्यस्तो भएर म विवाह गर्न सक्दिन’ भनेर दिएको प्रतिक्रियाले भित्र भित्रै राजेश हमालको बैवाहिक जीवन कठिन मोडबाट गुज्रिरहेको प्रष्ट हुन्छ ।
Read more ...

मदन भण्डारीको सबैभन्दा चर्चित भाषण

बहुदल आउनुभन्दा पहिले एमालेका सबै नेताले पनि मदन भण्डारीलाई चिन्दैनथिए । बहुदलीय व्यवस्थापछि भूमिगत राजनीतिबाट खुला भएलगत्तै उहाँको चर्चा एकाएक बढ्यो । उहाँको भाषण सुन्न टाढाटाढाबाट समेत मान्छे जम्मा हुन थाले । तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता भण्डारीको भाषण जादुमयी हुन्थ्यो । २०४७ चैत ५ मा काठमाडौंमा आयोजित चुनावी सभामा भण्डारीले दिएको मन्तव्य सबैभन्दा चर्चित थियो । त्यहीबेला उहाँले तत्कालिन राजालाई चुनौति दिनुभएको थियो ।
त्यो चुनावीसभामा मदनले गर्नुभएको भाषणको केही अंश यस्तो थियो :

हामीले त यो भनेका छौं जुन त्रिपक्षीय सम्झौता हो, त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन । राजा मान–सम्मान पाएर बसिरहुन् । यो कुरा सुन्दाखेरी, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिष्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्– यिनीहरू त राजावादी भए ।

अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति–सन्तुलनको स्थितिमा, वर्गसंघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरू जनतालाई सुम्पिएर मानसम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिलेलाई हामीलाई कुनै आपत्ति छैन भनेका हौं र यो भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दाखेरी हामी अराजावादी भएका छैनौं, हामी राजावादी होइनौं । नोट गरेर राखे हुन्छ पत्रकार बन्धुहरूले, कृपा गरेर यो लेखिदिए हुन्छ कि यो एकीकृत पार्टी राजावादी पार्टी होइन, राजालाई मान्ने हाम्रो राजनीतिक विश्वास होइन । राजालाई मान्नु बाध्यता हो ।

अहिलेको स्थितिको यो कुरा नारायणहिटीले पत्तो पाए पनि केही बिग्रँदैन । तर मेरो बुद्धिजीवीहरूलाई अनुरोध, पत्रकारहरूलाई एउटा अनुरोध छ कि कुरा के भने तपाईंहरूले कहिल्यै राजा वीरेन्द्रलाई मौका पाएर सोध्नुभएको छ रु कि महाराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीप्रति महाराजको के धारणा छ ?

अब यो मेरो प्रश्न सुन्दा धेरैलाई यसले बडो अचाक्ली र नहुने खालको प्रश्न गर्यो भन्ने पनि त मनमा लाग्ला । किन ? हामी दुइटा राजनीतिक पक्षहरू, दुइटा राजनीतिक शक्तिहरू, राजा एउटा शक्ति हो र कम्युनिष्ट अर्को शक्ति हो । अनि त्यसमा के त्यस्तै नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्लाहा हात गरेर उभिनु परोस् र राजाले चाहिं हामीसँग जम्लाहा हात गर्नु नपरोस् । त्यसो हुँदा यो पारस्परिक सवाल हो ।

अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए, सकेनन् । सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन् । धेरै त उनले समाप्त पनि पारे र कुनै पनि फटाहाले राजाको अनुकम्पाद्वारा यो प्रजातन्त्र आएको छ भनेर प्रचार गर्छ भने गर्दै रहोस् । चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै भनाइ थियो ।

तर पनि दुनियाँलाई थाहा छ कि २०४६ साल फागुन ७ गतेदेखि चैत २६ गतेसम्म यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनुपर्यो, त्यो अरू कसैको आदेशले होइन, त्यो मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्न आँट गरोस् त्यसले ।

त्यो त महाराजाको कृपा हो भन, यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झैता गर्न आउनुपर्यो । महाराजले, बादशाहले घोडाबाट ओर्लिएर जम्लाहा हात गर्नुपर्यो ।

त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन र अब पनि यो थाहा पाएर केही बिग्रदैन । तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो कि हामीले यसबेला राजासँग सम्झौता गर्नुपर्यो र अब यो बाध्यतापूर्वक नै सम्झौता गरिएरभए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौं ।

मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज । हात नलम्काइबक्स्योस् ! आँखा नचम्काइबक्स्योस् ! आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् ! र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ।

यसो भएको हुनाले यो त बाध्यताको कुरा हो र यदि अघि मैले अनुरोध गरें, यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ, शायद राजाले पनि भन्नेछन् कि यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिष्ट मान्छु र रु यसो हुनाले यो पारस्परिक कुरा हो ।
Read more ...

Saturday, 14 May 2016

चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुरः प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ सन् २०१६ भित्र नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गरेका छन्।

चीनका सञ्चारमन्त्री काई फुचाओसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै हुने अपेक्षा व्यक्त गरेका हुन्।'चैत पहिलो साता सम्पन्न मेरो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका भेट मेरा लागि सुखद रहे।


सन् २०१६ भित्र चिनियाँ राष्ट्रपति नेपाल आउनुहुनेछ भन्ने मेरो विश्वास छ। नेपाल सरकार र जनता उहाँलाई स्वागत गर्न आतुर छन्', प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै विदेश मामिला सल्लाहकार गोपाल खनालले भने।

भारतको गोवामा आगामी अक्टोबरमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आउँदा राष्ट्रपति सीले नेपाल र बंगलादेश भ्रमण गर्नसक्ने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताएका हुन्।

चीनका सञ्चारमन्त्री काईले ओलीको सन्देश चिनियाँ राष्ट्रपतिसमक्ष पुर्याउने बताए। भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ मालवाहक रेल लान्झाऊबाट सिगात्से हुँदै नेपालतर्फ आउन लागेबाट आफू उत्साहित भएको बताएका थिए।

चीनले बिहीबार दैनिक उपभोग्य सामान बोकेको रेल गान्सु प्रान्तको लान्जाऊबाट तिब्बतको सिगात्से हुँदै नेपालका लागि सामान लोड गरेर पठाएको थियो। नेपाल—चीन सीमा क्षेत्र केरुङ हुँदै १० दिनमा उक्त रेलमा लोड गरिएका सामान काठमाडौं आइपुग्ने बताइएको छ।

अहिले भारतबाट समुद्री मार्ग हुँदै नेपालसम्म चिनियाँ सामान आइपुग्न ३० दिन लाग्छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र चिनियाँ सञ्चारमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र दुई देशबीचका सञ्चारमाध्यमको सहकार्य र विकास तथा पत्रकारको भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भेटका अवसरमा चीनका सञ्चारमन्त्रीले चीन र नेपाल दुई असल छिमेकी भएको र दुई देशको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गरे। उनले चीनको सीसी टीभीले 'नेपाल जाऔं' भन्ने वृत्तचित्र निर्माण र प्रसारण गरेर नेपालप्रति चिनियाँ आकर्षण बढाएको बताए।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयन गर्न पनि आफू नेपाल भ्रमणमा आएको चिनियाँ सञ्चारमन्त्रीले बताएका थिए।प्रधानमन्त्री ओलीले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेकाले चिनियाँ सञ्चारमाध्यममार्फत चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा प्रेरित गर्न आग्रह गरेका थिए।

'हामी चीनको विकास र अनुभवबाट लाभ लिन चाहन्छौं। हामी चीनसँग सहकार्य र सहयोगको थप अपेक्षा गर्दछौं', प्रधानमन्त्रीले भेटमा भने। उनले विभिन्न माध्यमबाट नेपाल-चीनबीच कनेक्टिभिटी बढिरहेको र बिहीबार मात्र नेपाल र चीनबीच अप्टिकल फाइबरको सञ्जाल स्थापित भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका बेला भएका सम्झौता र समझदारी कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले उच्चस्तरीय कार्यदल गठन गरेको जानकारी पनि चिनियाँ सञ्चारमन्त्रीलाई गराएका थिए।

उनले भूकम्पका बेला चीन सरकारले पुर्याएको सहयोग र अहिले पुनर्निर्माणमा पुर्याइरहेको सहयोगको प्रशंसा पनि गरे। प्रधानमन्त्रीले चीनले अघि बढाएको वान बेल्ट वान रोडको नीतिले चीनको आफ्नो मात्र होइन, छिमेकीको समेत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेको चिनियाँ सञ्चारमन्त्री नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले शुक्रबारै सञ्चारमन्त्री शेरधन राईसँग सिंहरबारमा भेटवार्ता गरेको छ। भेटमा नेपाल र चीनबीच सञ्चार, सूचना तथा प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा कुराकानी भएको थियो। चिनियाँ प्रतिनिधिमण्डल शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ।


उपराष्ट्रपतिलाई चीन भ्रमणको निम्तो

यसैबीच नेपाल भ्रमणमा रहेको अर्को एक चिनियाँ प्रतिनिधिमण्डलले उपराष्ट्रपति नन्दबहादुर पुनलाई चीन भ्रमणको निमन्त्रणा दिएको छ। युनान प्रान्तका जनकंग्रेसका स्थायी समिति उपप्रमुख चाङ पायरु नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलले उपराष्ट्रपतिलाई चीन भ्रमणका लागि निमन्त्रणा हस्तान्तरण गरेका हो।

उपराष्ट्रपति भवन बहादुरभवनमा शुक्रबार भएको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले आगामी जुन १२ देखि १७ सम्म युनान प्रान्तको कुन्मिङ सहरमा आयोजना हुने 'चौथो चीन-दक्षिण एसिया व्यापार मेला तथा २४ औं चीन—कुन्मिङ आयात निर्यात व्यापार मेला' को उद्घाटन समारोह तथा अन्य प्रमुख कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भइदिन निमन्त्रणा गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us