Thursday, 28 April 2016

फेसबुकका मालिक काठमाडौं आइ पो सकेछन् !

काठमाडौँ, १६ बैशाख, सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफू काठमाडौँ आइसकेको बताएका छन्। उनले काठमाडौँलाई निकै राम्रो सहर ‘ग्रेट सिटी’ भन्दै प्रशंसा गरेका छन्।



नेपाल आएर जुकरबर्गले पहाडी इलाकामा साइकल चलाएकोसमेत उल्लेख गरेका छन् । गत अप्रिल २४ तारिखमा उनले हाफ म्याराथन दौडेको फोटो राख्दै भर्खरै जर्मनीको बर्लिन, स्पेनको बार्सिलोना, चीनको बेइजिङ र भारतको नयाँदिल्लीको भ्रमण गरेको स्टायटस लेखेका थिए।

 उनको यही स्टायटसमा एक जना नेपालीले म तपाईँसँग काठमाडौँमा दौड्न पर्खिरहेको छु भनेर कमेन्ट गरे। त्यसको जवाफमा जुकरमार्कले आफू काठमाडौँ आइसकेको जवाफ दिएका हुन्।

तर उनलाई ​त्यसपछि धेरैले काठमाडौँ कहिले आएको भनेर सोधे पनि जवाफ भने दिएका छैनन्।
Read more ...

पूर्वराजा ज्ञानेन्द्र पूनः (राजा) बन्ने अभियानका साथ नयाँ दिल्लीमा

काठमाडौं, १६ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १० दिने नयाँ दिल्ली बसाई सकेर स्वदेश फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह आज अकस्मात् नयाँ दिल्ली पुगेका छन् । पूर्वराजाको यो दिल्ली दौडलाई नेपाली राजनीतिमा निकै चासोका साथ लिईएको छ ।

नेपालको संविधानलाई लिएर भारतले असन्तुष्टी पोखिरहेको वेला, संविधानलाई नै लिएर मधेशवादी दलले आन्दोलन गरिरहेको र सरकारले संसद अधिवेशन बोलाएको साथै जेठ १५ गते भव्य रुपमा गणतन्त्र दिवस मनाउने सरकारको तयारी भैरहेको वेला पूर्वराजा दिल्ली दौडाहमा निस्कनुले उनको राजनीतिक महत्वाकांक्षा हुन सक्ने अड्कलबाजी गरिएको छ ।

स्रोतका अनुसार दिल्लीमा रहँदा शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, भाजपाका हिन्दुवादी नेताहरु, आर.एस.एसका प्रभावशाली नेताहरु, कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायत नेपाल मामिलाका जानकार र अन्य पार्टीका प्रभावशाली नेताहरुसँग समेत भेटवार्ता गर्ने तालिका बनाएका छन् ।

दिल्लीमा पूर्वराजाले नेपाल–भारत सम्बन्ध सुदृढ बनाउनेवारे छलफल गर्नेदेखि लिएर यसपटक आँफै पूनः एकपटक राजा बन्न भारतीय सद्भाव बुझ्नेसम्मको सेक्रेट पकेट प्लान भारतीय नेताहरुसँग राख्ने बुझिएको छ ।
Read more ...

पाकिस्तानले ए-१६ फाइटर भारतविरुद्ध प्रयोग गर्ने ?

शीर्ष अमेरिकी सांसदहरुले पाकिस्तानलाई आठ एफ-१६ लडाकू जेट विमान बेच्ने ओबामा प्रशासनको फैसलाबारे चिन्ता जनाउँदै ती विमान पाकिस्तानले भारतविरुद्ध प्रयोग गर्न सक्ने बताएका छन् ।

उनीहरुले पाकिस्तानले यी विमानको प्रयोग आतंकवादविरुद्धको लडाईमा नभइ भारतविरुद्ध प्रयोग गर्न सक्ने दाबी उनीहरुले गरेका हुन् ।

सांसदहरुले यस सम्बन्धमा ओबामा प्रशासनलाई आफ्नो निर्णयबारे समीक्षा गर्न पनि अनुरोध गरेका छन् ।

सांसद म्याट स्याल्मनले बुधवार कांग्रेसमा सुनवाईका क्रममा भने, 'म सँगै  कांग्रेसका कयौं सदस्यहरुले यस फैसला र बिक्रीको समयमाथि गम्भीर सवाल उठाएका छौं ।'

उनले यसका अलावा भारत र पाकिस्तानबीच तनाव अहिले झनै बढेर गएको बताए ।'हुन त पाकिस्तानले यी फाइटरको प्रयोग आतंकवादीविरुद्ध प्रयोग गर्ने जनाएको छ । केही मानिसले एफ-१६ विमानको प्रयोग आतंकवादीसँगै भारत या अन्य क्षेत्रीय शक्तिकाविरुद्ध प्रयोग गर्ने खतरा बढेको छ ।'

हाउस अफ फरेन अफेयर्स समितिका एसिया र प्रशान्त मामलको उप समितिका तर्फबाट अफगानिस्तान र पाकिस्तानको मुद्दा आयोजित कांग्रेसमा सुनवाईका क्रममा स्याल्मनसँगै अन्य सांसदले सहमति जनाएका थिए ।

जबकि अफगानिस्तान र पाकिस्तानका विशेष अमेरिकी प्रतिनिधि रिचर्ड ओल्सनले ओबामा प्रशासनको प्रतिनिधित्व गर्दै सरकारी निर्णयको प्रतिरक्षा गरेका थिए ।
Read more ...

Wednesday, 27 April 2016

डाक्टरपछि इन्जिनियर पनि नक्कली

रहरीले इन्जिनियरको नक्कली प्रमाणपत्र बनाउने एउटा गिरोहलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

 इन्जिनियरको नक्कली  प्रमाणपत्रबनाई नेपाल इन्जिनियरिङ परिषदमा दर्ता गराएर काम गरिरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले पाँचजनालाई पक्राउ गरेको हो ।
 प्रहरीले ललितपुर-१८ गाबहाल स्थित कम्प्यूटर डिजाईनर कार्यालयमा छापा मारी कम्प्यूटर लगायतका उपकरणहरु तथा छापसहित  नक्कली इन्जिनियरिङको प्रमाण पत्र पनि बरामद गरेको हो ।

प्रहरीबाट पक्राउ गरिएकामा ललितपुर–१८ गणबहालका कम्प्यूटर डिजाइनर अंकित खड्का, ललितपुर–१४ नख्खीपोटका ४४ वर्षीय सुबित खड्का, सिलगढी–१३ डोटीका २८ वर्षीय हितेश सिंह, खोटाङको बाक्सिला–६ का २६ वर्षीय पुजनकुमार खत्री र बुढानिलकण्ठ–३ काठमाडौंका २३ वर्षीय सनत श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गर्न चाहिने कागजातहरु  बरामद गरेको हो । अपराध महाशाखाले उनीहरुलाई उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरी थप कारवाहीको लागिी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।

Read more ...

भ्रष्टाचारमात्र गरेर जनताका काम नगरेको भन्दै गौतमलाई युवाहरुले दले कालो मोसो

विप्लव नेतृत्वको माओवादीको  विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई मोसो दलेका छन् ।

गौतमलाई कार्यकक्षमा नै पुगेर मोसो दलिएको हो । आर्थिक  अनियमितता गरेको, नीजि विद्यालय सञ्चालकले विद्यार्थीसंग मनपरि शुल्क लिइरहेपनि नियन्त्रण गर्न नसकेको लगायतका आरोप लगाउँंदै गौतमलाई कालोमोसो दलिएको हो ।

गौतमले भने आफूले कुनैपनि अनियमितता नगरेको, नियमित कर्तव्य निर्वाह गरिरहेको बताए ।
Read more ...

Tuesday, 26 April 2016

कति सही कति गलत ? -‘श्रीमानको जल नखाई पेटमा पानी हाल्दैनौं’

गुल्मी, १५ बैशाख । नयाँ पिढीका महिलाहरु विहान अबेरसम्म विस्तरामै रहन रुचाउछन । कसैले त सासु ससुराबाट पकाएको चिया विस्तारामै ल्याई दिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । तर बुढी पाकी महिलाहरु अहिले पनि  ग्रामीण समाजमा विहान चारदेखि पाँच बजे पुर्व नै उठेर घरको आधा काम सकि सकेका हुन्छन् ।
त्यही देख्न सकिन्थ्योे गुल्मीको बडागाउँ ७ मा पुग्दा । त्यस गाउँका प्रत्येक घरमा बुढी पाकी महिलाहरु विहानै उठेर गाई भैंसीलाई घाँस –पात, गोवर –सोत्तर, दलान लिप–पोत र आँगन सरसफाईमा व्यस्त थिए । त्यो सकेर चिया पकाउन सुरु गरे । परिवारका अन्य सदस्यहरुलाई विस्तरा सम्म पनि  पुराए तर आफुले भने श्रीमानलाई उठाएर उनको खुट्टाको जल नखाए सम्म पिएनन् ।
त्यस गाउँका चन्द्रबहादुर सुनारकी श्रीमतिले भनिन–‘ हामी त विहान उठेर श्रीमानको जल नखाई पानी पनि पेटमा हाल्दैनौं ।’ ७० को नेटो काटेका ति   दम्पत्तीमा  मात्र हनभई  ४० वर्ष उमेर यताका सवै महिलाहरुले त्यो चलन रहेको बताए । त्यस गाउँकी फुलकुमारी सुनारले भनिन् –‘तर हाम्ले यस्तो गरे पनि अहिलेका छोरी वुहारीहरुले भने यो चलन छाडेका छन् । ’
प्रेम सुनार


Read more ...

छताछुल्ल हुँदैछ देरबहादुर देउवाको दिल्ली भ्रमणको रहस्य !

देउवाको दिल्ली भ्रमण विगतजस्तो सामान्य मात्र रहेन । उनले जेजस्तो भेटघाट गरेका छन् त्यसले अनेक संकेत दिएको छ । उनी त्यहाँ कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताएका थिए । देउवा आफ्नी श्रीमती आरजु राणाको खुट्टाको अपरेशनका लागि मात्र दिल्ली जान लागेको कुरा बाहिर आएपछि सुरुमै यो शंकाको घेरामा पर्यो । जुन शंका भारतमा देखिएको देउवाको राजनीतिक सक्रियताले स्पष्ट पारिदियो ।

भारत नेपाल सरकारसँग असन्तुष्ट रहेका बेला देउवाको दिल्ली भ्रमणलाई जसरी अर्थपूर्ण रुपमा हेरिएको थियो अन्नतः उनको गतिबिधिले पनि त्यही मोड लिएको छ ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई भेटेर आफ्नो राजनीतिक भेटवार्ताको सुभारम्ब गरेका देउवाले त्यसपछि विभिन्न राजनीतिक दलका नेता र उच्च सरकारी निकायका व्यक्तिलाई भेटे ।

जसमध्ये देउवा र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख राजिन्दर खन्नाको भेटलाई महत्वका साथ लिइएको छ । रअलाई नेपालमा भारतको राजनीतिक खेल खेलाउने निकायका रुपमा लिइन्छ । नेपालमा नेताहरु पनि गोप्य रुपमा यही खेलका लागि रअका एजेन्टहरु भेट्ने गरेका छन् । जुन अहिले चर्चाको विषय बनेको छ ।
स्वराजले देउवासँग नेपालमा हिन्दु धमका विषयमा कुरा उठाएपछि देउवाले अन्य हिन्दुवादी नेतासँग पनि भेट गरे । जसमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीकै पार्टी भाजपाका नेता छन् ।
नयाँ संविधान जारी हुनुअघि भारत भ्रमणमा गएका देउवाले भारतमा हिन्दुधर्मसँग कांंग्रेस सभापतिको डिल गरेको निकै चर्चा भएको थियो । यस्तोमा उनी अहिले कांग्रेस सभापति भएपछि देशकै ठूलो पार्टीसँग भारतले नेपालमा हिन्दुधर्मको उपेक्षा राखेको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।
त्यस्तै देउवा नेपालमा सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्ने भारतलाई रुझाएर प्रधानमन्त्री हुने दाऊमा समेत रहेको स्रोतको दाबी छ ।
देउवाको भ्रमणलाई श्रीमतीको खुट्टा अपरेशनका लागि भनिएता पनि अन्य राजनीतिक भेटघाटमा देखिएको सक्रियताले यो आफैमा एउटा रहस्य बनेको छ ।
Read more ...

चीनका शौचालयमै एटीएम र वाईफाई सुविधा

चीनको राजधानीस्थित बेइजिङ्ग नगरपालिकाले यस वर्ष एक सयवटा वाईफाई युक्त चर्पी बनाउने भएको छ ।

सहरको शौचालय क्रान्तिको प्रयासलाई मजबुत बनाउन चीनले वाईफाई सुविधा र एटीएम मेशिनसहितको चर्पी बनाएको हो ।


बेइजिङ्ग महानगरपालिका कमिशन अफ सिटी एडमिनिस्ट्रेशन एन्ड इन्भायरमेन्टका अनुसार तोङ्गझु तथा फङ्गाशान जिल्लामा बनाइने यी  चर्पीमा एटीएम मेशीन, र वाईफाई उपलब्ध हुनेछन् ।

त्यसैगरि मोबाइल फोन तथा इलेक्ट्रिक सवारीको रिचार्ज गर्ने सुविधा पनि यी चर्पीमा राखिनेछ ।

चर्पी नजिकै बालबालिकालाई बसाउने सुविधा पनि हुनेछ । महिलाहरुलाई शौच गर्दा सहज वातावरण बनाउन यो निर्णय गरिएको हो ।

यस्ता प्रत्येक चर्पीको अनुमानित लागत करिब ५० हजार युआन अर्थात (७ हजार ६ सय ८५ डलर) हुन सक्नेछ ।
Read more ...

सरकारद्धारा तीन भारतीयको नेपाली नागरिकता खारेज

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले झुटो विवरण पेश गरेर रुपन्देहीबाट नेपाली नागरिकता लिने ३ जना भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । नागरिकता खारेज हुनेमा भारतीय नागरिकहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्र रहेका छन् ।

यस्तै गरी बैठकले गोरखापत्र प्रकाशनको १ सय १५ औं बर्ष प्रवेशको उपलक्ष्यमा सिक्का निकाल्न नेपाल राष्ट्र बैंकलाई स्विकृत दिएको छ । सरकारले केही सहसचिवहरुको सरुवा गर्नुका साथै गरिब घरपरिवार तगा परिचयपत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्ष पदमा जनकलाल तियारीलाई नियुक्त गरेको छ ।
Read more ...

Monday, 25 April 2016

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीद्वारा नेपाल क्रिकेट संघ (क्यान) निलम्बन


काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ। नेपाली क्रिकेटमा नेतृत्व बिहीनताको अवस्था आएका कारण देखाउँदै दुवैमा सम्पन्न आइसिसि बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।

क्रिकेट संघ निलम्बनमा परेपछि आईसीसीले उपलब्ध गराउदै आएको विभिन्न आर्थिक सहायता रोकिने छ । यद्यपी नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने आईसीसीले स्पष्ट पारेको छ ।

आईसीसीको व्यवस्थापनले नेपालका क्रिकेट समुदाय तथा अन्य सरोकारवाला निकायसंग नेपाली क्रिकेटको प्रशासकीय सुधारका लागि प्रयास रत रहने जनाएको छ ।
आइसिसि विधानको २.९ को धारा उल्ङघन भएको आइसिसिले जनाएको छ। निलम्बन पश्चात क्यानले आइसिसिबाट प्रदान हुने कुनै पनि अनुदान पाउने छैन। यद्यपी नेपाली क्रिकेट टोलीले आइसिसिले गर्ने प्रतियोगितामा भने भाग लिन पाउने छ।
Read more ...

हिरोइन जसले फिल्ममा क्यामरा अगाडी साँच्चिकै बच्चा जन्माइन्

फिल्मका लागि कलाकारहरू नयाँनयाँ प्रयोग गर्छ। उनीहरूले गर्ने प्रयोगले सधै समर्थन बने जुटाउँदैन्। सन् २०१३ मा रिलिज भएको एक भारतीय फिल्म कलाकारको एक कामका कारण विवादमा फस्यो। फिल्मका लागि फिल्मी अभिनेत्रीले क्यामरा अगाडी साँच्चिकै बच्चा जन्माइन्।
मलयालम भाषामा बनेको 'कालीमन्नु' फिल्मकी मुख्य अभिनेत्री स्वेता मेननले फिल्मको दृश्यका लागि आफू गर्भवती हुँदाको क्षणलाई क्यामरमा कैद गराएकी थिइन्। उनको यो कदमको भारतको केरेला राज्यमा चर्को विवाद र बहस भयो।
फिल्मलाई बेल्सीले निर्देशन गरेका हुन्। बेल्सी सो फिल्मको कथा दुबई जाँदा फुराएका थिए। दुबई यात्रा गर्ने क्रममा उनको दिमागमा गर्भमा रहेको बच्चा र आमाविचको कुराकानीको सोच आएपछि फिल्म बनाउने सोचमा पुगेका थिए। फिल्ममा बच्चा जन्मनु अघि र पछिको बच्चा र आमाको सम्बन्धको कथा रहेको छ। संयोगले फिल्मकी मुख्य अभिनेत्री स्वेता गर्भवती थिइन्।
त्यस अवसरलाई उपयोग गर्न फिल्मको पूरा स्क्रिप्ट नभइकन फिल्मको छाँयाकंन सुरू गरिएको थियो। गर्भ अवस्थाको विभिन्न चरणलाई क्यामरामा कैद गर्न त्यसो गरिएको थियो। स्वेताले बच्चा पाएको दृश्य मुम्बईको एक अस्पतालमा खिचिएको हो। उनले बच्चा पाइरहेको दृश्य खिच्न फिल्म यूनिट एक हप्तादेखि अस्पताल बसेको थियो।
फिल्मका लागि करिब २५ मिनेटको फुटेज खिचिएको थियो। डेलेभरी कोठामा तीनवटा क्यामरा लगाइएको थियो। स्वेताको प्रशव चलिरहँदा सो कोठाभित्र मेडिकल टोलीबाहेक निर्देशक बेल्सी, स्वेताका श्रीमान, दुई छायाँकार बसेका थिए।
कुनै पनि भारतीय फिल्मका लागि त्यसो गरिएको पहिलो अवसर थियो। सो कदमको विरोधको जवाफमा स्वेताले महिलाको अवस्थाका बारेमा पुरूषले पनि बुझुन र महशुस गरून भनेर आफूले उक्त कदम उठाएको बताएकी थिइन्।
रिलिज पश्चात फिल्मले मिश्रित प्रतिक्रिया बटुलेको थियो।
Read more ...

फेरि ठडियो धरहरा, तर मैनबत्तीको उज्यालोमा, हेर्नुस् ११ फोटो


ढलेको धरहरा र काष्ठमण्डप एक वर्षपछि फेरि ठडियो। वसन्तपुरको डबलीमा। तर यो मैनबत्तीको उज्यालोमा डडिएको आकृतिमात्र थियो।

साथमा थियो सन्देश- वि विल राइज। हामी उठ्ने छौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान सबेरै धरहराको भग्नावशेषमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरे। तर यो सरकारी कार्यक्रम थिएन। स्थानीयको सक्रियतामा गरिएको यो कार्यक्रममा
धरहरा र काष्ठमण्डपको आकृति बनाइएको थियो। बिहानदेखि तयारीमा लागेका उनीहरुले साँझ दीप प्रज्ज्वलन गरेका थिए।

साँझ ढल्दै जाँदा यी आकृतिले एक वर्ष अगाडि ढलेका धरहरा र काष्ठमण्डपको स्मरण ताजा गराइदिएको थियो।

तर रात पर्दै जाँदा मैनबत्तीहरु निभ्दै गए। र फेरि अँध्यारोमा विलीन हुनपुग्यो त्यो धरहरा....त्यो काष्ठमण्डप.... !!








Read more ...

Sunday, 24 April 2016

अघिल्लो भन्दा ठूलो र व्यवस्थित दोस्रो एकीकृत बस्ती निर्माणमा धुर्मुस-सुन्तली






काभ्रेको पाँचखालमा एकीकृत बस्ती निर्माण गरेर जनताका 'वाहवाही'का पात्र बनेका धुर्मुस सुन्तली पुन दोश्रो चरणको पुर्ननिर्माणको काममा जुट्ने भएका छन ।

भूकम्पगएको ठ्याक्कै एक वर्ष पुगेको दिन आइतबार बिहान ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची ८, गिरानचौरमा दोस्रो एकीकृत बस्तीको शिल्यान्यास गरेका हुन् ।

बस्ती निर्माणको काम थालनी स्वरुप गिरान चौर एकीकृत बस्तीमा सामूदायिक भवनको जगशिल्यान्यास गरिएको हो ।
यस अघि विभिन्नव्यक्ति, संघ संस्थाको सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडा गाउँमा पहिलो एकीकृत नमुना बस्ती बनाएका थिए ।
गिरानचौरमा रहेका ६५ परिवारका लागि करिब ६ महिना भित्र एक घर, एक धारो, एक चर्पी, एक बगैँचालगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ ।

गिरानचौर एकीकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय बनाइने फाउण्डेशनले जनाएको छ ।पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुना बस्ती बनाउने अभियानमा लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।
 धन नभएपनि ठूलो मन लिएर बस्तीको शिल्यान्यास गरेको बताउँदै उनले सहयोगी हातहरुको खाँचो रहेको औँल्याएका छन् ।
गिरानचौर एकीकृत बस्ती निर्माणको काम थालनी गर्दै गर्दा उनले पहिलो एकीकृत बस्ती बसाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थाहरुलाई धन्यवाद दिए । देश विदेशबाट सहयोग गर्ने केही प्रतिबद्धताहरु आउन थालेकोमा खुशि व्यक्त गर्दै उनले यिनै प्रतिबद्धताका कारण काम गर्ने आँट पलाएको जनाएका छन् ।

साढे तीन करोड अनुमानित लागत रहेको यो बस्ती निर्माणको थालनी गर्दा अहिले फाउण्डेशनको खातामा जम्मा १ लाख ७४ हजार रुपैँया मात्र रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मनदेखि आँटेको काम पूरा गर्न मनकारी मान्छे, संघसंस्थाहरु भेटिने आशामा गिरान चौर एकीकृत बस्ती बसाउन आफूहरु अघि सरेको उनको भनाइ छ ।

एकीकृत बस्ती सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका ८, गिदानचौरमा रहेको छ । बस्तीको क्षेत्रफल १ सय रोपनी रहेको छ भने त्यहाँ ट्वाइलेट बाथरुम सहितचार कोठे भूकम्प प्रतिरोधि भवन निर्माण गरिने छ । बस्तीमा भूकम्प प्रभावितको ६५ घर रहेका छन् भने ५ सय १५ जना प्रभावित छन् ।
Read more ...

बिना अनुमती नेपाल छिरेका पाँच जना भारतीय प्रहरी नेपालमा पक्राउ

भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ परेका छन् ।
 

आइतबार बिहान सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट सादा पोसाकमा नेपाल प्रवेश गरेका भारतीय प्रहरीलाई डोटी प्रहरी टोलीले पक्राउ गरेको हो ।

पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका भारतीय सुरक्षाकर्मीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको हो । सानागाउँ डोटी र अछामको सीमा क्षेत्र हो ।

‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,’ प्रहरीले स्रोतले भन्यो, ‘उनीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।’स्रोतका अनुसार उनीहरुसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ ।

उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहाभएको छ । उनीहरु निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याइँदैछ । हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न पाउँदैन ।

यस घटनाबारे जान्न खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विजयराज भट्टले विस्तृत विवरण दिन चाहेनन् । ‘अहिले नै मकहाँ आइपुगेको छैन,’ डिआइजी भट्टले भने ।
भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ परेका छन् । 
 
आइतबार बिहान सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट सादा पोसाकमा नेपाल प्रवेश गरेका भारतीय प्रहरीलाई डोटी प्रहरी टोलीले पक्राउ गरेको हो । 
 
पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका भारतीय सुरक्षाकर्मीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको हो । सानागाउँ डोटी र अछामको सीमा क्षेत्र हो । 
 
‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,’ प्रहरीले स्रोतले भन्यो, ‘उनीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।’ 
 
स्रोतका अनुसार उनीहरुसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ । 
 
उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहाभएको छ । 
 
उनीहरु निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याइँदैछ । हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न पाउँदैन । 
 
यस घटनाबारे जान्न खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विजयराज भट्टले विस्तृत विवरण दिन चाहेनन् । ‘अहिले नै मकहाँ आइपुगेको छैन,’ डिआइजी भट्टले भने ।
- See more at: http://annapurnapost.com/News.aspx/story/47922#sthash.OWMKYKBK.dpuf
Read more ...

सेनाले उद्धार गरेको बालक सोनिसलाई सेनाकै छात्रवृत्ति

गत वर्ष वैशाख १२ मा गएको भूकम्पमा परेका भक्तपुरका बालक सोनिस अवाललाई सेनाले स्नातक तहसम्म नि:शुल्क पढाउने भएको छ ।

२२ घन्टापछि नेपाली सेनाको टोलीले भग्नावेश भित्रबाट जिवितै उद्धार गरेको अवाललाई एक वर्षपछि सेनाले शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोनिसलाई सेनाको भक्तपुर सल्लाघारीस्थित सैनिक आवासिय महाविद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको शैक्षिक छात्रवृक्ति उपलब्ध गराउने घोषणा गरेका छन् ।

सैनिक जनम्पर्क निर्देशनालयका अनुसार कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराई सो अवधीभर निजलाई निश्चित रकम, पाठ्यपुस्तक तथा निर्वाह खर्च समेत सेनाले नै उपलब्ध गराउने भएको छ।

भूकम्पको समयमा घरभित्रको भग्नावशेषभित्र लामो समयसम्म रहँदा समेत चमत्कारिक रुपमा जीवित रही सेनाको अथक प्रयासबाट उद्दार गरिएका सोनिसलाई यस किसिमको शैक्षिक वृत्ति प्रदान गर्न पाउँदा सेनाले आफू गौरवान्वित भएको जनाएको छ ।
Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us