Wednesday, 28 September 2016

धादिङ बस दुर्घटना : आँखा खोल्दा चालकको टाउको सिटमा थिएन

काठमाडौं ।  साढे ८:३० बजे धादिङ बेँसीबाट हिँडेको थियो। बसमा सिटमा मात्र यात्रु थिए। गाडीको बीचमा कोही उभिएका थिएनन्। व्यापारीले दशैँका लागि भनेर हुटमा फेन्सी सामान हालेका थिए। लपाङ फेदिमा पुगेपछि चालकले खाना खान बस रोके। हामी सबै गाडीबाट ओर्लियौं।

 बस सडक डिलको पर्खाल भत्काएर तल झर्‍यो। बझारिँदै तल खस्यो। तल पुगेर बजारिएपछि गाडीको गति रोकियो। यसो हेरेको चालकको टाउको सिटमा थिएन, शरीर मात्र थियो।
म हजुर बुवासँगै ९पदमबहादुर थापा मगर० उहाँको पेन्सन लिएर फर्किंदै थिएँ। मारपाक गाविसबाट हामी ४ जना बसमा चढेका थियौं। लपाङ फेदिमा खाना खाइसकेपछि बस उकालो लाग्यो। बाटो भिरालो थियो। भिरालो बाटोको डिलपट्टिबाट बस गुडिरहेको थियो। ढिलमा सानो पर्खाल पनि थियो। सडक कच्ची थियो। उकालो बाटो आयो।

उकालो कट्नै लागेको थियो बस एक्कासि अनियन्त्रित भयो। चालकले ब्रेक हाने। बसभित्र कोकोहोलो मच्चियो। सबै अत्तालिएर कराए, चिच्याए। गुहार गुहार भन्न थाले।

म चालक बस्ने सिटको ठिक पछाडि थिएँ। सिटभन्दा माथिपट्टि सामान राख्ने ठाउँको डण्डीलाई समातेँ। गाडी जता जता कोल्टियो। मैले जिउलाई लचकदार बनाएर त्यतै त्यतै कोल्ट्याएँ। बस सडक डिलको पर्खाल भत्काएर तल झर्‍यो। यस दुर्घटनामा परि १९ जनाको ज्यान गएको थियो । 
Read more ...

नेपाल र चीन जेड्ने कोरला नाकामा किन गए भारतीय राजदूत रणजित राय ?

मुस्ताङ । भारतीय राजदूत रणजित राय नेपाल र चीनको सीमा कोरला पुगेर त्यहाँको वस्तुस्थितिको जानकारी लिएका छन्। भारतले नेपालमाथि नाकाबन्दी लाएपछि तत्कालीन केपी शर्मा ओली सरकारले सो नाका खोल्न कसरत गरेको थियो।

छ दिनसम्म मुस्ताङमा रहेर भारतीय राजदूतले नेपाल चीन सीमाका विभिन्न गतिविधिबारे जानकारी लिएका थिए। बसाइँका क्रममा उनले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्‌घाटन गरे। दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका उनले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्‌घाटन गरेका थिए।


यही असोज ८ मा उहाँले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरे। स्थानीयवासी र मुक्तिनाथका पुजारीसँगको छलफलमा राजदूत रायले सरकारले आग्रह गरेको खण्डमा मुक्तिनाथको गुरुयोजनालाई सहयोग गर्न तयार रहेको बताएका थिए।

मुक्तिनाथ क्षेत्र विकास कोष र पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर विकासका लागि एक अर्ब रुपैयाँभन्दा बढीको गुरुयोजना तयार पारेको छ। असोज ९ गते लोमान्थाङ पुगेका राजदूत रायले भारतीय लगानीमा त्यहाँ निर्मित लोमान्थाङ गुम्बा र नाङ्गेल गुम्बाको अवलोकनसमेत गरेका थिए।

सोही दिन राजदूत राय कोरला नाका पुगेका हुन्। नेपाल र चीनबीच दीर्घकालसम्म नाका सञ्चालन गर्ने बहस चलिरहेको बेला भारतीय राजदूतको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। लोमान्थाङ भ्रमणका क्रममा राजदूतसँगको टोलीको जिविस मुस्ताङका इन्जिनियर सकलदेव शर्मा पनि सहभागी थिए। 



Read more ...

साथीकी छोरीमाथि यौन दुव्र्यावहार गर्ने नेपाली सेनाका कर्णेल परे फन्दामा

काठमाण्डौ । घनिष्ठ साथीकी नाबालिका छोरीमाथि यौन दुव्र्यवहार गरेबापत जंगीअड्डाभित्र थुनिएका कर्णेल प्रेमकुमार थापा सेवाबाट बर्खास्त भएका छन् ।

कोर्ट अफ इन्क्वायरीबाट दोषी ठहरिएका उनलाई सैनिक अदालतले भविष्यमा सरकारी नोकरीका निम्ति अयोग्य नठहरिने गरी अस्ति जागिरबाट निकालेको हो । यो फैसलासँगै डेढ महिनादेखि थुनिएका उनलाई श्रीमतीले हिरासतबाट बुझेर घर लगेकी छन् ।  बढुवा भएर कार्यभार सम्हाल्न जुम्ला जान नपाउँदै उनी समातिएका हुन् ।

सुरक्षा फौजभित्र अनुशासन उल्लंघनको मात्रा कति डरलाग्दो भने हाल संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति स्थापनार्थ विशेमा कार्यरत एकजना प्रहरी अधिकृत हाकिमहरुलाई अश्लील गालीसहितको पत्र पठाएपछि कारबाहीमा पर्न लागेका छन् ,जनआस्था साप्ताहिकमा खबर छ ।

ज्ञानबहादुर खत्रीको उनको नाम , असार १२ गते आफूसँगै साथीहरु इन्स्पेक्टरमा बढुवा भएको असन्तुष्टिस्वरुप खत्रीले महानिरीक्षकलगायत बढुवा समितिका हाकिमविरुद्ध अश्लील शब्द प्रयोग गर्दै उजुरी पठाएका थिए ।

उक्त उजुरीको मागदाबी ठहर नहुने भन्दै त्यसलाई खारेज गरेर अनुशाुसनको कारबाहीस्वरुप खत्रीलाई सुडानबाट फर्काउन लागिएको छ ।

Read more ...

लौ हेर्नुस् त बाबुरामलाई प्रधानमन्त्री बनाइदिए काठमाडौंलाई यस्तो पो बनाइ दिन्छन रे त ?

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई आर्किटेक्ट इन्जिनियर पनि हुन् । उनले काठमाडौंमा थुप्रै भवनको आर्किटेक्ट पनि गरेका छन् ।

बाबुराम माओवादी पार्टीमा रहँदा अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसमेत बन्न सफल भए । अर्थमन्त्री हुँदा उनले धेरै राजस्व संकलन गरेर जति चर्चा कमाएका थिए प्रधानमन्त्री हुँदा सफल हुन सकेनन् । उनकै प्रधानमन्त्रीत्वकालमा पहिलो संविधानसभा विघटन भयो । तर काठमाडौंको सडक विस्तार गरेको जस भने बाबुरामलाई जबर्जस्ती दिने गरिएको छ ।

यिनै बाबुराम अहिले आफूलाई काम गर्न दिइए काठमाडौंको स्वरूप आधुनिक बनाउने भनेर घोषणा गरेका छन् । उनले मंगलबार फेसबुकमा एउटा तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘मलाई काम गर्ने मौका दिनुस्, म काठमाडौंलाई यस्तो बनाइदिन्छु‘ ।’

उनले बनाएको सडकको स्केच युरोप या अमेरिकाको जस्तो छ । तीन तलाको फ्लाइओभर पुल बनाइएको छ । सडक र पुुल चौडा छ । जतातिर पनि गाडी सजिलै गुडाउन मिल्ने गरी स्केच बनाइएको छ ।


Read more ...

रोजगारीका लागि भारत गएकाहरु दसैं मनाउन घर फर्कंदै, सीमामा ज्यादती

कन्चनपुर । बडादसैं नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली घर फर्कन थालेका छन् । सीमावर्ती नाकाहरुमा घर फर्कनेहरुको चहलपहल बढेको छ ।

तर, परिवारका लागि भन्दै केही कमाएर फर्किरहेका नेपाली सीमा क्षेत्रमा हुने ज्यादतीका कारण मारमा परेका छन् । दसैं–तिहार नजिकिएसँगै भारतका विभिन्न सहरमा रोजगारी गर्न गएका नेपालीहरु अहिले कैलालीको गौरीफन्टानाका र कन्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किरहेका छन् ।

मजदुरीका लागि भारतको दिल्ली, गढवाल, सिमला, चन्डिगढ, जम्मु–कस्मिरलगायतका स्थानमा गएकाहरु घर फर्किरहेका हुन् । परिवार एवं आफन्तसँग रमाउँदै चाडपर्वक मनाउन घर फर्कंदा अत्यन्तै उत्साहित भएको उनीहरु बताउँछन् ।

उत्साहकासाथ चाडपर्व मान्न घर फर्कनेहरुले सीमा क्षेत्रमा भने हैरानी खेप्नुपरेको छ । नेपालीहरुलाई नेपालीले नै सीमा क्षेत्रमा नशालुपदार्थ खुवाएर लुटपाट गर्ने, चेकजाँचका नाममा भारतीय तथा नेपाली सुरक्षाकर्मीले पैसा असुल्ने र बिनाकारण दुःख दिने गरेको उनीहरुको गुनासो छ ।

सर्वसाधारणलाई सहज होस् भनेर यसअघि दैनिक चार घन्टामात्र खुल्ने वनबासा पुल उद्योग वाणिज्य संघको पहलमा ७ घन्टा खुला गरिएको छ ।

यो नाका हुँदै मध्य पश्चिम र सुदूरपश्चिमकामात्र नभइ पूर्वी जिल्लाका सर्वसाधारण पनि घर फर्किरहेका छन् ।

Read more ...

भारतलाई मुशर्रफको चेतावनी- ‘पाकिस्तानलाई भुटान र नेपालजस्तो नसम्झिनु’

नयाँ दिल्ली । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानलाई भुटान र नेपालजस्तो नठान्न भारतलाई चेतावनी दिएका छन् ।

भारतीय टेलिभिजन च्यानल ‘आजतक’सँग कुरा गर्दै मुशर्रफले भने, ‘पाकिस्तानलाई भुटान र नेपालजस्तो ठान्ने गल्ती भारतले नगरोस्, पाकिस्तान एक शक्तिशाली देश हो ।’

पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने समाचार प्रकाशमा आएको सन्दर्भमा मुशर्रफले भने, ‘मोदी दोहोरो रवैया अपनाउन माहिर छन्, कहिले उनी पाकिस्तानी प्रधानमन्त्रीको जन्मदिनमा सुटुक्क पाकिस्तान पुग्छन्, कहिले पाकिस्तानलाई विश्वमै बद्नाम गर्न उद्यत हुन्छन् ।’

उनले भारत दक्षिण एसियाको ठूलो देश भए पनि उसको हृदय सानो भएको टिप्पणी पनि गरे ।

उनले कश्मिर मुद्दा समाधान गर्न भारतले नै नचाहेको आरोपसमेत लगाए । ‘भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी र मनमोहन सिंहसँग कश्मिर मुद्दा समाधानको प्रयास भइरहेको थियो तर भारत कश्मिर मुद्दा समाधान गर्न चाहँदैन,’ उनले भने ।

मुशर्रफले बाजपेयी र मनमोहन सिंहभन्दा मोदी निकै पृथक रहेको उल्लेख गर्दै भने, ‘मोदी आगो ओकल्ने काम गर्छन्, मोदीजस्तै उनकी विदेशमन्त्री पनि छिन् ।’

‘भारत भ्रममा नरहोस्,’ उनले भारतलाई चेतावनी दिदैं अन्तरवार्तामा भनेका छन्, ‘यसपटक पाकिस्तान पूर्ण शक्तिका साथ भारतलाई जवाफ दिन तयार भएको छ, हिम्मत भए पाकिस्तानमा हमला गरेर देखाए हुन्छ ।

Read more ...

Tuesday, 27 September 2016

बाँदर धपाउन सर्वोच्च अदालतमा हार गुहार

काठमाडौं । बाँदरले खाद्यान्न बाली तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्‍याउँदासमेत सरकारले रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोचच अदालत गुहारेका छन् ।

किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न सोमबार आदेश दिएको छ । 

बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कृस्ती नाच्नेचौर निवासी ६० वर्षीय ठाकुरप्रसाद सुवेदीले रिट लिएर सर्वोच्च आएका हुन् ।

बारम्बार लिखित आग्रह गर्दा पनि बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै कास्की प्रशासन, क्षेत्रीय प्रशासन, जिल्ला बनलगायतलाई विपक्षी बनाएर सुवेदीले रिट दायर गरेका हुन् ।


Read more ...

नेपालमा चीनबाट इन्धन ल्याउन तयारीमा तगारो बन्दै भारत, १५ वर्ष हामीसँग भारतबाट मात्रै इन्धन लिनुपर्ने

काठमाडौं । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ ।

रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको  छ ।

भारतीय नाकाबन्दीका बेला नेपालमा पेट्रोलियम पदार्थको विकल्प खोज्ने निर्णय भएको थियो । तत्कालिन केपी ओली सरकारले चीनसँग पारबहन सम्झौता गर्दै त्यसका लागि बाटोसमेत खोलेको थियो ।

नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन  आइओसी  का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन् । आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने अस्वीकार गरेका छन् । 
Read more ...

संसदमा ओलीले आफ्नै ढाडमा धाप मार्दै प्रचण्डको धज्जी उडाए !


काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीको धज्जी उडाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनयको शैलीमा प्रचण्डको विरोध गर्ने क्रममा हात पछाडि लगेर आफ्नै ढाडमा धापसमेत मारे ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले बुधबार संसदको बैठकमा समय लिएर एकघण्टा लामो सम्बोधन गरे । ४० हजारबाट ४ लाखलाई भूकम्पपीडितलाई पहिलो किस्ताको अनुदान दिएको भन्ने प्रचण्डको दाबीको उनले खण्डन गरे ।

आफूले गरेको कामको जस प्रचण्डले लिन खोजेको भन्दै ओलीले प्रचण्डतिर हेरेर भने, ‘सबै ठिक्क पारेर पानीको मुहान पनि बनाइयो, पाइप पनि बनाइयो, धारा पनि फिट गरियो । प्रधानमन्त्रीज्यूले टुटी खोलेर भन्नु भो, देख्नु भो, मैले आएको भोलिपल्ट पानी ल्याइदिएँ (धारा खोलेको इशारा गर्दै) ।

ओलीले अघि भने, ४० हजारबाट ४ लाख अनुदान वितरण गरेको टुटी खोल्नुभएको होइन र रु सबै कुरा तय भएको थियो, वित्तीय संस्थाहरु त्यहाँ पुर्‍याइएका थिए, दिने कसलाई भन्ने सबै पूर्वाधार तय गरेको थियो । पैसासम्म फिल्डमा पठाइसकेपछि सरकार परिर्वतन भयो र पैसा वितरण हुने काम धमाधम सुरु भएको थियो र ट्याक्क धारा खोलेर भन्नुभो गर्ने मान्छे यस्तो हुन्छ, आउने वित्तिकै (धारा खोलेको इशारा० उनले यसो भन्दा संसदमा हाँसोको फोहोरा छुट्यो ।

‘पानीको मुहान कसले बनायो, पाइप कसले बिछ्यायो, धारा कसले बनायो मतलब छैन, पाइप खोलेर गर्ने मान्छेले यसरी गर्छ यी तररत पानी ‘।’ (हाँसो)

ओली यतिमै रोकिएनन् । उनले अघि भने, अब अलिक पछि तुइन पनि विस्तार गरिसक्नुहुन्छ । किनकि टेण्डर लागिसकेको छ, सबै काम भइसकेको छ । एक वर्षजस्तो भित्र नेपालका तुइन त विस्तार हुन्छ । प्रधानमन्त्रीजीले यसो गर्नुहुन्छ (आफ्नो देब्रे हात पछाडि लगेर आफैंलाई धाप मार्दै) वा..वा‘ वा 

Read more ...

फोनको घन्टी बजिरह्यो, भेटिएनन् पूर्वगृहमन्त्री घिमिरे

काठमाडौं ।  दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो ।


परिवार र उद्धारकर्मीले लगातार सम्पर्क गर्दा घन्टी गइरहेको थियो । थप आश्चर्य १ सोमबार बिहान साढे ९ बजे घिमिरेकै नम्बरबाट चितवनका प्रहरी प्रमुख एसपी वसन्त कुँवरको मोबाइलमा फोन आयो ।

फोन आएपछि पूर्वगृहमन्त्रीलाई जीवितै उद्धार गर्न सकिने आशा बढ्यो । तर, उठाउन खोज्दा फोन काटियो । घिमिरेले नै फोन गरेको हुनसक्ने आशा प्रहरीको थियो । लगत्तै प्रहरी टोली खोला क्षेत्रमा गएर सर्च सुरु गरेको  छ ।

दुर्घटना भएको स्थानमा सर्च गर्दा मोबाइल दुर्घटना भएको घोप्टेभीरको नदीनजिकै च्यापिएको अवस्थामा भेटियो ।

थिचिएर घिमिरेको मोबाइलबाट एसपी कुँवरको मोबाइलमा डायर भएको रहेछ । ‘उहाँको मोबाइलमा फोन गइरहेको थियो,’ एसपी कुँवरले भने, ‘भीरमा सर्च गर्ने क्रममा थिचिएर मोबाइलबाट मेरो मोबाइलमा डायल भएको रहेछ ।’

सोमबार पनि बिहानैदेखि त्रिशुली नदीमा खोजी भएकोमा केही पत्ता नलागेको प्रहरीले जनाएको छ । पूर्वगृहमन्त्री घिमिरे तथा उनका दुई भाइ प्रकाश र मोहन दुर्घटनापछि बेपत्ता छन् ।

दुर्घटनामा परी घिमिरेकी आमा चैतत्यकुमारी, भान्जा नारायणप्रसाद काफ्ले तथा अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो । उनीहरूको शव पाखामा भेटिएको थियो । गाडीमै रहेका प्रहरी हवल्दारसमेत रहेका चालक विष्णु राई घाइते छन् । उनको उपचार भइरहेको छ।
Read more ...

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चा लिने, सरकार फेरी ढल्ने खतरा चेतावनी

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।
मोर्चाको सोमबार बसेको बैडकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ ।

बैठकमा तमलोपाका अध्यक्ष  महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरेप लगएका थिए ।

बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए ।

Read more ...

Monday, 26 September 2016

सडक छेउको जंगलमा ५ सय २६ राउन्ड गोली भेटियो

जाजरकोट ।जाजरकोट सदरमुकाम खलंगाको एक  सडक छेउमा अत्याधुनिक हतियारका गोली भेटिएको छ। खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा छरिएर रहेको अवस्थामा  ५२६ राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।

सडक निर्माणको काम हेर्न गएका स्थानीयले काटोको छेउमा केही गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए। गोली भेटिएको क्षेत्रमा खोजी गर्दा ठूलो मात्रामा गोली भेटिएको प्रहरीले जनाएको छ।

थाप्लेचौर सडक छेउस्थित जंगलमा छरिएर रहेको अवस्थामा गोली भेटिएको  जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए। उनले ती गोली इन्सास राइफललगायतका अत्याधुनिक हतियारको भएको बताए।

 उनले युद्धका बेला माओवादी सेनाले भाग्ने क्रममा गोली छोडेको हुन सक्ने बताए। भेटिएका गोलीका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। द्वन्द्वका बेला माओवादीले सदरमुकाकाममा रहेका प्रहरी तथा सेनाका गस्ती र इकाइको आक्रमण गर्ने क्रममा भाग्दौड गर्दा गोली हराएको हुनसक्ने  अनुमान गरिएको छ।
Read more ...

त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेको मोबाइलबाट एसपीको मोबाइलमा फोन आएपछि

चितवन ।  जीप दुर्घटना हुँदा त्रिशुली नदीमा बेपत्ता भएका पूर्व मन्त्री तथा पूर्व मुख्य सचिव माधव घिमिरेको मोबाइलबाट चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा सोमबार बिहान फोन आयो । बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलको घण्टी बज्यो । उहाँले फोन उठाउँछु भनेर हेर्दा, माधव घिमिरेको नम्बर देखियो । झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटियो । 

यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । उहाँले त्यसपछि फोन गर्ने प्रयास गरेपनि घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो । बेपत्ता रहेका घिमिरेको मोबाइलबाट फोन आएको कुरा आइतबारदेखि नै घटनास्थलमा रहनुभएका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई सुनाउनुभयो । 

त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो । खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्‍यो । 

घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको अहिले पनि खोजी भइरहेको छ । नेपाली गोताखोरले त्रिशूली नदीको २६ मिटरसम्म खोजी गरेको थियो। तर, नदीमा पानी अत्यधिक रहेका कारण २६ मिटर तल पस्दा पिँधसमेत फेला पार्न सकेको छैन् र 
Read more ...

यस्ता ज्योतिषी जो युवतीको छाती सुम्सुम्याएर भविष्य पत्ता लगाउँछन्

काठमाडौं । वर्तमानदेखि विरक्त प्रायः मान्छेहरू भविष्य जान्न चाहन्छन् । मान्छेले सदियौँदेखि त्यही ‘भविष्य पत्ता लगाउने’ अनेक खालका तरिकाहरू प्रचलनमा ल्याएको छ जसमा हात हेर्ने, जन्म कुण्डलिनी हेर्न लगायतका अनेक तरिका छन् । 

तर एउटा अनौठा ज्योतिषी भेटिएका छन् जो महिलाहरूको भविष्य जान्नका लागि उनीहरूको स्तन मुसार्ने गर्दछन् । चीनको एउटा भिडियो सेयरिङ साइटमा पोष्ट भएको एउटा भिडियो दृश्यलाई आधार मान्ने हो भने एक झाँक्री एउटी युवतीको स्तनभित्र हात पु(याएर उनको भविष्य बताइरहेका देखिन्छन् । भिडियोमा युवतीले अप्ठेरो मानेझैँ देखिन्छ । 

चीनको भिडियो सेयरिङ वेबसाइट ‘मियाओपाई’मा उक्त भिडियो पोष्ट भएको हो । झाँक्री एउटा हातले युवतीको स्तनभित्र हात घुसारिरहेका छन् भने अर्कोतर्फ उनले दुईवटा वैशाखीसमेत लिएको देख्न सकिन्छ । उनले यो काम धेरै मान्छेहरूकै बीचमा रहेर गरेको देखिन्छ । युवतीले झाँक्रीको भविष्य पत्ता लगाउने तरिकालाई उति रुचाएको भने देखिन्न । युवतीपछि अन्य केही मान्छेहरू समेत भविष्यवाणी सुन्न उत्सुक भएर आफ्नो पालो पर्खेजस्तो समेत देखिन्छ । 
Read more ...

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने योजनाको विरोधमा पोखराबाट सुरु भयो आन्दोलन

काठमाडौं । हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने, विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुनेछ भनी प्रचण्ड सरकारले हालै भारतसँग गरेको सम्झौता खारेजीको माग सहित अनेरास्ववियु त्रिबि जिल्ला कमिटिले खबरदारी जुलुस निकालेको छ । पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको जुलुस, बिन्ध्यवासिनी चोक, माथिल्लो क्याम्पस गेट हुदै पुनः पृथ्वीनारायण क्याम्पस गेट अगाडि आएर कोण सभामा परिणत भएको थियो । 

जुलुसमा सहभागी विद्यार्थीहरुले हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ, कठपुतली सरकार मुर्दावाद, कैलाली हत्याकाण्डका दोषिलाइ कारबाही गर लेखिएका प्लेकार्ड बोक्दै नारा लगाएका थिए ।   कोण सभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायले वर्तमान सरकारले भारतसँग  गरेका सम्झौता राष्ट्रघाती भएको बताउदै सरकारका गलत कदम विरुद्ध अनेरास्ववियुले आन्दोलनको सुरुवात गरेको बताए ।

Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us