Thursday, 28 July 2016

लञ्च हुनुपूर्व १६ हजार रुपैयाँमा बिक्रि हुँदैछ ‘आइफोन सेभेन’

एप्पलको आइफोन सेभेन लञ्च हुन कम्तीमा पनि दुई महिना बाँकी छ । रिपोर्टलाई मान्ने हो भने यो वर्ष कम्पनीले ह्यान्डसेटको डिजाइनमा खासै परिवर्तन नगरि आइफोन सिक्स एस प्लसको अपग्रेटेड भर्सनलाई आइफोन सेभेनको नाम दिएर लञ्च गर्ने भएको छ । आइफोन सेभेनको विशेषता र फोटो लिक भएपछि यो कुरामा केही हदसम्म सत्यता रहेको अनुभव गर्न सकिन्छ । तर, तपाईं लाई थाहा छैन होला आइफोन सेभेनको क्लोन फोन चीनियाँ बजारमा छ्यास्छ्यास्ती पाइन थालेको छ ।


लञ्चपूर्व नै कसरी बन्यो नक्कली फोन रु
निरन्तर रुपमा आइफोनको नयाँ फोनका तस्बिर र यसमा रहेका विशेषता लिक हुदाँ एप्पलको आइफोन सेभेनको नक्कली फोन चिनियाँ बजारमा पाइन थालेको हो । यसलाई न्ययउजयलभ नामक कम्पनीले बनाएको हो । यसलाई आइफोन सेभेनको कन्सेप्टमा बनाइएको छ । न्ययब्उउभिष्ठ नाम दिइएको यो फोनको पछाडि पट्टी लेखिएको छ ‘म्भकष्नलभम दथ त्ब्क्ष्ध्ब्ल् mबमभ ष्ल ऋज्क्ष्ल्ब्’ । यसको मूल्य १४९ डलर देखि १९९ डलरसम्म ९१६ देखि २२ हजार रुपैयाँ० रहेको छ ।

Read more ...

भारतले भन्योः केपी ओलीको राजीनामाले न खुसी छौं, न दुःखी

काठमाडौं । भारतले नेपालमा भएको सरकार परिर्वतनको तयारीलाई आन्तरिक मामिला भएको छ ।भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपलाई प्रधानमन्त्री केपी ओलीको राजीनापछि भारत खुसी भएको हो भनेर प्रश्न सोधिएको थियो ।
तर, प्रवक्ता स्वरुपले सरकार न त खुसी छ, न दुःखी नै रहेको बताए । जुन सुकै देश भएपनि जस्तो नेतृत्व छ, उसँग काम गर्नु सरकारको दायित्व भएको उनले बताए ।
उनले अघि भने, पछिल्लो राजनीतिक परिर्वतनलाई अन्तरिक मामिला हो । हामी कमेन्ट गर्दैनौं ।’
प्रधानमन्त्री ओलीको राजीनामापछि भारतीय सञ्चार माध्यमहरुमा भारत खुसी भएकोदेखि नेपाली राजनीतिमा भारत पुनरागमन हुने समाचार प्रकाशित गरेका थिए ।
भारतले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उसले नेपाल सरकारले आग्रह गरेमा जुनसकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
प्रवक्ता विकाश स्वरुपले भने, ‘नेपालमा बाढी र पहिरोबाट भएको क्षतिबाट हामी दुःखी छौं । यदी नेपाल सरकारले आग्रह गरेमा जस्तोसुकै सहयोग गर्न भारत तयार छ ।’
Read more ...

गाडेको ८ दिनपछि ज्यूँदै निकालियो बच्चा

जमिनमुनि गाडेको ८ दिनपछि कुनैपनि ज्यूँदै बाहिर निस्किन सक्छ भन्ने कुरा पत्यार लाग्न मुस्किलै पर्छ । तर चीनमा यस्तो चमत्कार भएको छ ।

ज्यूँदै गाडेको एक नवजात शिशुलाई ८ दिनपछि जिवितै उद्धार गरी बाहिर निकालिएको छ ।
समाचार अनुसार लु फेंगलियान नामकी महिलाले जंगलमा जडीबुटी खोजिरहेकी थिइन् । त्यहीँ बेला उनले बच्चा रोएको आवाज सुनिन् । त्यो आवाज जमिन मुनिबाट आइरहेको थियो ।
उनी डराइन् र नजिकै रहेका एक बौद्ध भिक्षुलाई बोलाएर सो कुराको जानकारी दिइन् । दुबैले बच्चाको रुवाइ सुनेपछि एकिन भयो की कसैले बच्चालाई जमिनमुनि गाडेको छ ।
तत्कालै उनीहरुले पुलिसलाई खबर गरे । पुलिसले बच्चा रोइरहेको ठाउँमा खोस्रिएर हेरे । दुइ फुटमुनि खोस्रिएपछि एउटा कागजको टोकरी फेला पर्यो । उक्त टोकरी खोलेर हेर्दा त त्यसभित्र एउटा ज्यूँदो बच्चा भेटियो ।
समाचार अनुसार उक्त बच्चाको ओँठ काटिएको हुनाले बच्चाकी हजुरआमाको त्यसलाई लिएर ज्यूँदै गाडेकी रहेछिन् । बच्चालाई ८ दिन पहिले नै जमिनमुनि गाडिएको बच्चाका आमाबुवाले बतएका छन् ।
जमिनमुनि भएपनि खुकुलो माटो तथा टोकरी भित्र भएको कारण हावा छिरेको र स्वास फेर्न पाएका कारण बच्चा बाँचेको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।
वर्षाको पानी समेत परेकाले बच्चाले पानीको थोपा खान पाएर उसको प्राण त्यतिका दिनसम्म धानिएको बताइएको छ । तर जे भएपनि माटोमुनि एक नवजात शिशु यतिधेरै दिनसम्म बाँच्न सक्नु ठूलै चामत्कारिक घटना भएकोमा सबै एकमत छन् ।
Read more ...

भारतीय पक्षले दशगजा क्षेत्रमा जबर्जस्ती बाँध बनाउदैँ

सप्तरी । भारतीय प्रशासनले जबर्जस्ती बाँध बनाउन थालेपछि सप्तरीको दक्षिण सीमावर्ती गाविस तिलाठी नजिकै रहेको दशगजा क्षेत्रमा तनाब उत्पन्न भएको छ।

नेपालतर्फका स्थानीय भने बाँध निर्माणको विरोध गर्न थालेपछि सो क्षेत्रमा तनाव बढेको हो। यस सन्दर्भमा सप्तरी प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

सन् १९७१ देखिनै भारतीय पक्षले खाँडो नदीको प्राकृतिक बहाबाई थुन्नेगरी दशगजा क्षेत्रमा बाँधलगायत भौतिक कार्य थालेको छ। सो क्षेत्रमा बाँध निर्माण हुन थालेपछि यस क्षेत्रका आधा दर्जन गाविस डुबानको त्रासमा छन्।

अघिल्लो शनिबार खाँडो नदीमा आएको बाढीमा दक्षिणी क्षेत्रका तिलाठी, सकरपुरा, रम्पुरा मल्हनीयासहितका गाविस डुबानका पर्नुका साथै उक्त बाढीले दशजगा क्षेत्रमा भारतीय पक्षले दशकौं अघि निर्माण गरेको विवादित बाँधसमेत कटान गरेको थियो ।

उक्त बाँध पुन निर्माणका लागि भारतीयले शनिबारदेखि नै पहल थालेपनि सप्तरी प्रशासनको प्रतिरोधका कारण निर्माण कार्य रोकिएको थियो। बिहीबार विहानैदेखि भारतीय प्रहरी, सीमा सुरक्षा बल ९एसएसबी० र स्थानीय बासिन्दा ठूलो संख्यामा परिचालित भइ बाँध निर्माण कार्यमा जुटेका छन् ।

यता सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालले उक्त बाँधबारे भारतीय पक्षसँग तीनदिन अगाडि नै छलफल भएको र छलफलका क्रममा भारतीय पक्षले तत्काल कुनै पनि विवादित क्षेत्रमा कुनै पनि निर्माण कार्य नथालिने सहमति भारतीय पक्षले गरेको  बताए।

करिब पाँच वर्ष अगाडिदेखि थुनिएर रहेको खाँडो नदीले मुहानलाई च्यानल खनेर दशगजा हुँदै भारततर्फ बहाब फर्काएपछिमात्रै उक्त बाँध बनाउने प्रतिबद्धता भारतीय पक्षले गरेको एसपी ढकालले जनाए ।

Read more ...

बस दुर्घटनामा पूर्व अर्थराज्यमन्त्रीसहित सातको मृत्यु

धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्रीसहित सातको मृत्यु भएको छ । संखुवासभाको मुढे सनिश्चरेबाट आउँदै गरेको बस धनकुटामा दुर्घटना हुँदा नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व सांसद् तथा अर्थराज्यमन्त्री हरी खेवा लिम्बूसहित सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय घनकुटाले जनाएको छ । यद्यपी त्यसको पुष्टि हुन बाँकी छ । 

अहिलेसम्म तीन जनाको सनाखत भएको र अन्यको सनाखत भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईले जानकारी दिए ।  उनका अनुसार लिम्बु, ताराबहादुर बस्नेत र बस्नेतका तीन वर्षीया छोरी रेश्मा बस्नेतको मात्रै पुष्टि भएको छ । घटनाको थप बिबरण आउन बाँकी छ ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी विभुतीराज पाण्डेसहितको टोली पुगिसकेको छ । पाण्डेले पनि लिम्बूसहित सातको मृत्यु भएको जानकारी दिए । पाण्डेका अनुसार दुर्घटना घाइते १२ जनाको उपचारको लागि अस्पताल अस्पताल लगिएको छ ।
Read more ...

के छवि र शिल्पाको विवाह हुदैंछ ?

काठमाडौं ।  सिनेमाको पर्दामा ‘‘बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’, अर्थात् ‘बिस्तारै’ होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन्, र त्यसैगरी निस्किइन् ।

यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारक रहेछन्, ५५ वर्षीय पूर्वपति छविराज ओझा । ३४ वर्षीया रेखाभन्दा झन्डै पाँच वर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह गर्न रेखासँगको सम्बन्धविच्छेद बाधक बनिदिँदा रेखाले आइतबार हतारिनुपरेको हो ।

सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न कतार जाने हतारमा रहेकी रेखाले हिजो भनिन्, ‘मलाई त जानै मन थिएन । बोलाएको बोलायै गर्यो, अनि गइदिएँ‘’ रेखा र छविबीचको लेनादेना चार वर्षअघि नै टुङ्गिएको । सिउँदोमा सिन्दुर हालेर घर नभित्राएका  रेखा करिब १० वर्षका लागि ‘छविकी’ भइन् । तर, कुरा मिल्न छाडेपछि आ–आफ्नो हिसाब–किताब मिलाएर अलग्गिए । छवि गौरीघाटको पुरानै घरमा र रेखा चाबहिलस्थित अम्बे अपार्टमेन्टको पाँचौ तलामा सरिन् ।

त्यहाँदेखि रेखालाई छविको र छविलाई रेखाको मतलब थिएन । तर, शुक्रबार साँझ छविले फोनमा भने, ‘पर्सि अदालत आइज है काली ’ रेखाले ‘किन’ भनेर सोधिन् ।

छविले ‘मैले डिभोर्सको सबै डकुमेन्ट तयार पारिसकेँ । तैँले साइन गरेर ल्याप्चे हान्ने मात्रै हो । जसरी पनि आइज ’ रेखाले भनिन्, ‘मेरो साइन तिमी नै गरिदेऊ, ल्याप्चे पनि तिमीले नै हानिदेऊ न, म होइन भन्दिनँ क्यारे ’ छविले मानेनन्, ‘त्यस्तो खेलाँची गरेर हुँदैन, तैँ चाहिन्छ ’ रेखाले जान नचाहेर भाउ खोजिरहेकी थिइन् । भनिन्, ‘मलाई ल्याप्चे हान्न पनि तिमीले नै सिकायौ । अब त मैले ल्याप्चे हान्न बिर्सिसकेँ ।’ बल्ल छविले भेद खोले, ‘मलाई पनि तेरो डिभोर्स चाहिएको थिएन, तर त्यसले मानिन क्या  त्यसलाई मात्रै त मनाउन सक्थेँ होला, उसको परिवारले पहिला रेखासँग डिभोर्स भएको कागज ल्याउनुस् भनेका छन् । त्यसैले काली, प्लिज आइदे न ’
‘यसरी कर गरेपछि मात्रै गएको’, रेखाले भनिन्, ‘जे गरे पनि म डिभोर्स मुद्दा हाल्ने थिइनँ ।’

Read more ...

अहोरात्र खटेर बस्ती बनाउँदै धुर्मुस–सुन्तली

मेलम्ची । एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोेकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् ।

देश विकासको मूल प्रक्रिया भनेको एकीकृत नमुना बस्ती विस्तार भएकाले ‘क्लिन सिटी’ र ‘ग्रिनसिटी’ को अवधारणाअनुरुप भूकम्पपीडितका साथसाथै अपाङ्गमैत्री तथा बालमैत्री र वातावरण मैत्रीसहितको भूकम्पप्रतिरोधात्मक भवन निर्माणकार्य भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वय गरी नमुना बस्ती निर्माण कार्य थालनी गरिएको हो ।

मेलम्ची नगरपालिका–८ स्थित विपन्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्षरुपमा फाइदा पुग्नेगरी ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ वटा भवन, पाँचवटा चिल्डे«न पार्क र एउटा खेलकुद मैदानसहितको एकीकृत बस्ती निर्माण कार्यमा कलाकार धुर्मुस र सुन्तली लागिपरेका छन् ।

निर्माणको लागि जम्मा रु पाँच करोडको बजेट निर्धारण गरेको भए पनि सुरुमा आफ्नो धुर्मुस सुन्तली फाउन्डेसनको अक्षयकोषमा रु एक लाख ७४ हजार हुँदै गर्दा निर्माण कार्य थालेको कट्टेलले बताए। देश विदेशमा रहेका नेपाली, विदेशी तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा अहिलेसम्म रु पाँच करोड सङ्कलन भइसकेको छ ।

असार महिनासम्ममा निर्माण कार्यका लागि चाहिने सिमेन्ट, रड, बालुवा, गिट्टीलगायतका अन्य सामग्री गरी रु ५९ लाख खर्च भइसकेको र साउन महिनाको खर्चको विवरण यसै महिनाको अन्तिममा आउने फाउन्डेसनले जानकारी दिएको छ ।

नमुना बस्ती निर्माणका लगि २०७३ वैशाख १२ गते शिलान्यास गरिएको भएपनि सम्पूर्ण तयारीका साथ बस्ती निर्माण कार्य जेठ ९ गते सुरु भएको र दसैंको घटस्थापनाको दिन हस्तान्तरण हुने गरी निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।

निर्माण कार्यका लागि प्रत्येक ६५ घरधुरीका एक जना तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयम्सेवकका रुपमा रहेका गरी जम्मा १०० जनाले दैनिक श्रम गर्ने गरेका छन् भने शनिबारको दिन २०० सम्म पुग्ने गरेका छन् ।

असार साउनको समयमा निकै वर्षा हुने हुँदा ढुवानी गरेर ल्याउने कच्चा पदार्थ सिमेन्टलगायतका वस्तु भिजेर डल्लो पर्ने हुँदा प्रयोग बिनै नष्ट हुने गरेको छ । हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब पाँच किलोमिटरमा माथि रहेको उक्त बस्तीमा पुग्नको लागि सडकको अतिनै दयनिय अवस्था रहेको छ जसका कारण कच्चा पदार्थ लैजान प्रयोग हुने सवारीसाधन जानको लागि निकै कठिनाइ पर्ने गरेको छ ।

उक्त क्षेत्रमा खानेपानीकोे लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब ८०० मिटर गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउनको लागि पाइप बिछ्याउने कार्य भइरहेको छ ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले धुर्मुस एकीकृत नमुनाबस्ती निर्माण कार्य सरकारलाई सघाउने अभियान भएको र राम्रो इच्छाशक्ति भएकाले पनि यस निर्माण कार्यमा दरिलो भएर लाग्नुपर्ने बताए । उनले डाँडाकाँडा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माण कार्यमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने र भुइँचालोले यो ठूलो अवसर दिएको कुरा बताए ।

समाजका र देश निर्माणका लागि केही गरौँ भन्ने हेतुका साथ कलाकार जोडी धुर्मुस–सुन्तली अहोरात्र खटेर बस्ती निर्माणमा जुटेको र यो देशको लागि धेरै ठूलो उदाहरणीय कार्य बनेको मेलम्ची नगरपालिकाका युवा धीरेन गुरुङले बताए ।

कलाकारिता क्षेत्रको विषयमा  कुरा गर्दै सीताराम कट्टेलले आफ्नो कलाकारिता क्षेत्रलाई केही समयको लागि विश्राम गरेको र एकीकृत बस्ती निर्माणपछि पहिलेजस्तैे आफ्नो कलाकारिता क्षेत्रमा फर्कने बताए ।

Read more ...

Wednesday, 27 July 2016

१६ वर्ष अनवरत अनशन गरेकी शर्मिलालाई पनि जाग्यो बिहे गर्ने रहर

इम्फाल । भारतको मणिपुरमा सैनिक दुर्व्यवहारको विरुद्ध अनशनमा बस्दै आएकी इरोम शर्मिलाले १६ वर्षपछि अनशन त्याग्ने र चुनावमा भाग लिने निर्णय गरेकी छिन्।

४४ वर्षीया उनले मणिपुर जिल्ला अदालतमा आगामी अगस्ट ९ मा अनशन अन्त्य गर्ने जानकारी दिइन्। उनले अदालतमा बिहे गर्ने इच्छासमेत जाहेर गरिन्। उनले मणिपुरमा हुने आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेसमेत सुनाइन्।

अनशनमा बसेकी उनलाई सरकारले ट्युबबाट जबरजस्ती खुवाउँदै आएको छ। १४ वर्षदेखि उनलाई फोर्स फिडिङ गरिँदै आएको छ।

उनले आत्महत्या गर्न खोजेको भन्दै उनीविरुद्ध मुद्दा पनि परेको थियो। त्यसले उनलाई बारम्बार अदालत पुर्‍याएको छ। उनले सन् २०१४ मा ट्युव निकालेर फ्याकेपछि उनलाई यस्तो मुद्दा लगाइएको थियो।

उनलाई अरविन्द केजरिवालले आम आदमी पार्टीबाट उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए तर उनले अस्वीकार गरिन्।

शर्मिला जम्मा २७ वर्षकी थिइन् जतिखेर उनले अनशन थालिन्। सन् २००० को नोभेम्बरमा उत्तरपूर्वी भारतीय राज्यमा आर्म्ड फोरुस स्पेसल पावर एक्ट लागू भएपछि उनी त्यसविरुद्ध उत्रिएकी हुन्। उनले अनशन थाल्नु १० केही दिनअघिमात्रै दुई बालबालिकासहित १० मानिसलाई असम राइफल्सका सुरक्षाकर्मीले गोली हानी मारेका थिए।

यो कानुनले हतियारधारी सैनिकलाई शंकाकै भरमा गोली चलाउने अधिकार दिएको थियो। सुरक्षाकर्मीलाई विना कुनै वारेन्ट गिरफ्तार गर्न सक्ने अधिकार समेत दिइएको थियो।

इम्फाल कलेजकी विद्यार्थी वेवी सिरिन भन्छिन्, उनले राजनीतिमा प्रवेश गर्ने हो भने यो कानुनविरुद्ध सशक्त आन्दोलन गर्न सकिन्छ जुन प्रभावकारी पनि हुन्छ। अनशन धेरै लामो गयो र कुनै असर पार्न सकेन।
Read more ...

राजेश हमालको कपालमा कसले चलाउछ कैची ?

काठमाडौं । नायक राजेश हमाल र उनको लामो कपाल एकअर्काका पर्यायवाचीजस्तै हुन् । लामो जुल्फी हल्लाउँदै ‘हे’ भनेकै भरमा भिलेनहरू साइड लाग्थे । अनि दर्शकको ताली र सिठीले हल गुन्जिन्थ्यो । राजेशका धेरै फिल्ममा यस्तो सिलसिला चलिरह्यो ।

तर, राजेशको कपालको चर्चा जति चल्छ, त्यति यसलाई स्याहार गर्नेबारे धेरैलाई पत्तो छैन । आखिर कसले कैंची चलाउँछ उनको कपालमा ? यसको उत्तर हमाल स्वयंले दिएका छन्, आफ्नै फेसबुकमार्फत् ।

‘रामले मेरो कपाल पछिल्लो दस वर्षदेखि काट्दै आइरहेका छन्,’ राजेशले फेसबुकमा कपाल काट्दै गरेको फोटोसमेत पोस्ट गरेका छन्, जसमा कपाल काट्नेलाई आफ्नो मित्रसमेत बताउँदै थपेका छन्, ‘म उसको सर्लाही घर पनि गएको छु ।’

सर्लाही घर भएका राम ठाकुरले सहयोगीनगरमा आफ्नै सैलुनसमेत चलाउँदै आएका छन् । राजेशको कपाल काट्न भने उनी कपुरधारा नै पुग्ने गरेका रहेछन् । ‘राजेश दादाले घरमै बोलाउनुहुन्छ,’ रामले रजेशको कपालको विशेषताबारे भने, ‘उहाँको कपाल अझै पनि बाक्लो र सिल्की छ ।’

त्यसो त रामले धेरै फिल्ममा राजेशको हेयर स्टाइलिस्टको भूमिकासमेत निर्वाह गरेका छन् । ‘हँसिया’ मा छोटो कपालमा भिलेन गेटअपमा राजेशलाई उनैले प्रस्तुत गरेका थिए । राजेशको कपालमा कैंची चलाउँदै आएका रामले प्राय सबै नायकरसेलिब्रेटीको कपाल मिलाउँदै आएका छन् ।

राजेशले दस वर्षदेखि कपाल कटाउँदै आएका रामलाई अहिले आएर सार्वजनिक गर्नुको पनि कारण रहेछ । केही समयदेखि अन्य नाईले पनि उनको कपाल काट्ने गरेको दाबी गर्न थालेपछि आधिकारीक रूपमा आफ्नो हेयर स्टाइलिस्टको परिचय गराएका रहेछन् ।



Read more ...

नेपालको एयरपोर्टमा कमान्डो फोर्स परिचालन

काठमाडौं ।  विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ ।

सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले बताए ।
गृह मन्त्रालयबाटै निर्णय गरेर विमानस्थलमा कमान्डो तालिम गरेका प्रहरीलाई खटाइएको हो । एसएलआर हतियार बोक्ने कार्यदलका प्रहरीलाई दुई किसिमको जिम्मेवारी दिइएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
एक टोलीले गोल्डेनगेटदेखि विमानस्थलको भित्री भागसम्म नियमित पेट्रोलिङ गरेको छ । अर्को टोली उडान समयमा प्रस्थान र आगमन कक्षको वरिपरि स्ट्यान्डबाई डिउटीमा खटिन्छन् । विमानस्थल प्रहरी दैनिक काममा बढी व्यस्त हुने भएकाले सुरक्षामा केन्द्रित हुन कार्यदलको प्लाटुन खटाइएको डिआइजी निरौलाले बताए ।
टर्कीको इस्तानबुलस्थित एयरपोर्ट र बंगलादेशमा आतंकवादी हमलापछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको हो । खासगरी विश्वमा नै आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट ९आइएस०ले नेपाली भूमिलाई प्रयोग गर्न सक्ने सूचनाका आधारमा विमानस्थलको सुरक्षामा कडाइ गरिएको हो ।
Read more ...

पर्दामा आफुलाई दुब्ली देखिन चाहन्छिन् यी नायिका, त्यसैले त घटाउँदैछिन् आफ्नो तौल

काठमडौं । चलचित्र ‘के म तिम्रो होइन र’ डेब्यू नायिका हुन्, मरिष्का पोख्रेल । जसले दोश्रो चलचित्र ‘चपली हाइट २’मा काम गरिसकेकी छिन् । पहिलो चलचित्रबाट पर्दामा आफ्नो अभिनयको छाप छाड्न सफल यी नायिका दोश्रो चलचित्रको व्यापारलाई प्रतिक्षा गरिरहेकी छिन् ।

अहिले नेपाली कलाकारहरु फिटनेशनमा विशेष ध्यान दिन थालेका छन् । पर्दामा मोटी देखिदा कलाकारहरुको चर्को आलोचना दर्शकले गर्न थालेपछि उनीहरु सजग देखिएका हुन् । नायिका मरिष्काले पनि आफू ४ केजी घटेको बताइन् । मरिष्का भन्छिन् ‘अफर त धेरै नै आइरहेको छ । केही प्रोजेक्टहरुका लागि कथा पढिरहेकी छु । तर, अफर आउनु ठूलो कुरा होइन । राम्रो कथावस्तु भएको खण्डमा मात्र काम गर्छु ।’

मरिष्का अब आफू पर्दामा केही दुब्ली देखिन चाहेकाले तौल घटाइरहेको बताउँछिन् । केही म्यूजिक भिडियोमा काम गरेपछि चलचित्रमा आएकी यी सुन्दरी चलचित्रमा बोल्ड एन्ड ब्यूटी शैलीमा देखिएकी छिन् ।

नेपाली चलचित्रमा नायिकाको अभाव देखिन्छ । नयाँ अनुहारहरु धेरै आएपनि कमैले मात्र सफलता पाएका छन् । बलिउड चलचित्र ‘यारा’मा समेत छोटो भूमिकामा देखिएकी मरिष्का, नेपाली चलचित्रमा कुन उचाइमा जालिन्,प्रतिक्षा गरौ ।
Read more ...

एमाले विभाजनतीर ! माधव नेपालद्धारा एमाले पार्टी फुटाउने तयारी

काठमाडौं  । नेकपा एमालेका नेता माधवकुमार नेपालले गत आइतबार पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरी एमाले फुटाइदिने धम्की दिएको समाचार प्राप्त भएको छ । युवाहरुलाई उद्यमी व्यवसायी बन्न सहयोग पुर्याउने उद्देश्यले सरकारद्वारा गठित युवा परिषद्को करिब साठी जिल्लामा प्रधानमन्त्री खड्ग ओलीका समर्थकको चयन भएपछि माधव नेपाल क्रूद्ध भएका छन् ।

 आफ्नो गृहजिल्ला रौतहटको जिल्ला परिषद् प्रमुखमा आफ्नो सबैभन्दा विरोधी भनेर चिनिएको व्यक्तिलाई नियुक्त गरिएपछि नेता नेपालले क्रोध थाम्न सकेनन् र महासचिव पोखरेललाई टेलिफोन गरे । रौतहटको युवा परिषद् प्रमुख बनाउँदा आफूसँग छलफल नगरेको र सामान्य सोधनीसम्म नराखेको भन्दै नेता नेपालले महासचिव पोखरेलसँग आफ्नो असन्तोष जाहेर गरेका थिए । क्रोधित नेपालले पोखरेललाई ‘के मलाई पार्टी विभाजन गर्न बाध्य तुल्याउन खोजेको हो’ भनी प्रश्न गर्दा पोखरेलले ‘आजै, तुरुन्त पार्टी फुटाउनुभए हुन्छ, सक्नुहुन्छ’ भनी जवाफ फर्काएको बुझिएको छ । 

माधव नेपाल आफ्नो आकारभन्दा बढी चर्किएर प्रस्तुत भएपछि पोखरेलले त्यसरी जवाफ फर्काउनुपरेको बताइन्छ । घटना र विचार साप्ताहिकमा न्युज छ ।
Read more ...

Tuesday, 26 July 2016

जवानीका यी ५ गल्ती, जसले तपाईंलाई जीवनभर गरीब बनाइदिनसक्छ

काठमाण्डौ । भनिन्छ कि जवानीमा प्राय कुनै न कुनै भूल भइदिन्छ । धेरैजसो मानिस युवा अवस्थामा गल्तीहरु गर्छन् । यस्ता गल्तीहरु त्यही समयमा त निकै साना लाग्छन् र प्राय ती गल्तीहरुलाई नजरअन्दाज समेत गरिन्छ । तर उमेर बितेसँगै महसुस हुन्छ कि जवानीका ती साना साना गल्तीहरु हाम्रो जेबका लागि कति धेरै भारि परिदिन्छ भन्ने कुरा । यस्ता गल्तीहरुले उमेर बित्दै गएपछि हामी निकै हेरानीमा पनि पर्ने गर्छौ, तर त्यसबेला सबै कुरा आफ्नो नियन्त्रण बाहिर गइसकेको हुन्छ । हामी यस्ता ५ वटा गल्तीहरुको बिषयमा बताउन गइरहेका छौ, जसले तपाईंको उमेर बित्दै गएपछि आफ्नै लागि गलपासो भइदिन्छ । यसको अर्थ, यदि तपाई जवानीमा यी गल्तीबाट बच्नुभयो भने उमेर ढल्किएपछि पछुताउनुपर्ने छैन । 

गल्ती नम्बर १
क्रेडिट कार्डको भुक्तानीमा लापरबाह
प्रमिस अधिकारीको उमेर २५ वर्षको थियो । उनको बैंकले उनको क्रेडिट कार्ड बनाएको थियो । सुरुवातका दिनहरुमा त उनले क्रेडिट कार्डबाट खरिदारीसँगै समयमै भुक्तानी समेत गरे । एक महिना उनले क्रेडिट कार्डको किस्ता बुझाएनन् । त्यसपछि जब एक महिनापछि बिल आयो, तब उनको होस उड्यो । कारण ब्याज र जरीवाना दुवै जोडिएर बिल आएको थियो । त्यसपछि उनले ब्याज र जरीवाना नतिर्ने अड्डी लिए र कयौ महिनासम्म यसैगरी बिताइदिए । केही वर्षसम्म त उनलाई थप पैसाको आवश्यकता परेन र यत्तिकै टार्न सफल पनि भए । तर उमेर बित्दै गएपछि उनलाई होम लोन आवश्यक पर्यो, तर क्रेडिट स्कोरमा उनी ब्ल्याकलिस्टेड थिए, उनले घर कर्जा पाउन सकेनन् । यति मात्र होइन, अन्य कुनै पनि बैंकले उनको नाममा क्रेडिट कार्ड बनाउन मानेनन् । नेपालमा क्रेडिट कार्ड प्रयोगको चलन बढिरहेको बेला उनी चाहि ठण्डाराम बन्नुपर्यो । 

गल्ती नम्बर २
बिमाको किस्ता समयमै नतिर्ने बानी
कतिपय मानिस बिमाको किस्ता समेत समयमै तिर्दैनन् । जसकारण कारण पछि यो निकै महंगो पर्न जान्छ । पछिल्लो केही वर्षमा बिमाको किस्ता समयमा नबुझाउनेहरुको संख्या बढ्दै गएको छ । अझ टर्म इन्स्योरेन्समा यो समस्या बढी देखिएको छ । यो यस्तो जीवन बिमा हो, जसको किस्ता कम हुन्छ, तर रिटर्न निकै पछि मात्र मिल्छ । जति उमेर ढल्कदै गयो, त्यति नै बिमाको किस्ता बढी बुझाउनुपर्ने हुन्छ । अझ उमेर ढल्किएसँगै बिमाको किस्ता बढी दिनुपर्ने हुन्छ र केही वर्ष ढिलो गरे साबिकको भन्दा दुई गुणासम्म बढी भुक्तानी गर्नुपर्ने हुन्छ । यो गल्तीका कारण तपाईंको उमेर ढल्किएपछि आर्थिक भार बढी थेग्नुपर्ने हुन्छ । 

गल्ती नम्बर ३
एजुकेसन लोनमा डिफल्टर 
युवा अवस्थामा तपाईं आफ्नो शिक्षाका लागि ऋण लिनुहुन्छ, तर त्यसको इएमआई समयमा बुझाउन पाउनुहुन्न । कारण शिक्षाको क्रममा तपाईंको ठेगाना एउटा हुनसक्छ, जागिरपछि चाहि त्यो ठेगाना अर्को हुनसक्छ । यो समस्याबाट बैंक तपाईंसँग कम्युनिकेसनमा रहन पाउदैन, यसले तपाई लापरबाह बन्नुहुन्छ र इएमआई समयमै बुझाउनबाट जोगिन खोज्नुहुन्छ । तर जब केही समयपछि तपाईंलाई घरकर्जा, गाडी कर्जा वा व्यक्तिगत कर्जाको आवश्यकता पर्छ, तब मात्र तपाईंलाई थाहा हुन्छ कि शिक्षा कर्जामा तपाईं डिफल्टर भएका कारण त्यसले तपाईको प्रतिष्ठा खराब भइसकेको हुन्छ । यही भूलका कारण उमेर बितेपछि तपाईंले आफ्नो आवश्यकता पूरा गर्न पाउनुहुन्न । 

गल्ती नम्बर ४
बचत नगर्ने बानी
शिक्षा पूरा भएपछि जब तपाईंले जागिर पाउनुहुन्छ, तब तलब आउन थालेपछि तपाईंको खर्च बढ्छ । तपाईं फजुल खर्च पनि गर्न थाल्नुहुन्छ र बचततर्फ कुनै ध्यान नै दिनुहुन्न । तर पछि जब तपाईंको विवाह हुन्छ, बालबच्चा हुन्छन्, तब तपाईंको खर्च अझ बढ्नेछ । त्यसबेला तपाईंका लागि बचत गर्नु निकै मुश्किल पर्छ । यो समस्याले तपाईंलाई निकै पिरोल्न सक्छ । बच्चाको पढाई र अन्य आवश्यकता पूरा गर्नका लागि विवाहपछि तपाईलाई पैसाको निकै ठूलो आवश्यकता पर्छ । तर समयमै बचत नगर्ने गल्तीका कारण तपाईंका सामु ऋण लिनुको अर्को कुनै विकल्प बाँकी  रहनेछैन । 

गल्ती नम्बर ५
उमेर बितेपछि घरको खरीदारी
यदि तपाई घर बनाउन वा खरीद गर्न चाहनुहुन्छ भने सकेसम्म युवा अवस्थामै यो काम गर्नुहोस् । युवा अवस्थामा सानै मात्र किन नहोस्, घर लिनुभयो भने उमेर धेरै भएपछि  त्यो सानो घर बेचेर त्यसको पैसा डाउन पेमेन्टको रुपमा प्रयोग गरी ठूलो घर लिनका लागि कर्जा लिनसक्नुहुन्छ । जति कम उमेर भयो, त्यसबेला होम लोन लिनु फाइदा हुन्छ । जस्तो तपाईंको उमेर ३० वर्ष छ भने तपाईले किस्तामा होम लोन तिर्ने अवधि ३० वर्षसम्म पाउन सक्नुहुन्छ । तर ४० वर्षको उमेरमा होम लोन लिनुभयो भने २० वर्ष मात्र किस्ता तिर्ने समय पाउनुहुन्छ । समय जति धेरै पाउनुभयो, तपाईंले बुझाउनुपर्ने इएमआईसमेत कम हुन जान्छ । थोरै रकम किस्ताबापत बुझाउनुपर्दा तपाईले लिएको ऋण तिरेको पत्तै हुँदैन । त्यसकारण पछि मात्रै घर बनाउछु भन्ने भूल नगर्नुहोस् । जति उमेर बढी भयो तपाईंको इएमआई बढी दिन्छ । दैनिक जीवनका अन्य आवश्यकता पूरा गर्नुपर्ने बाध्यता समेत परेकोले ठूलो राशिको इएमआई तपाईंका लागि घाडो बनिदिन सक्छ । 

Read more ...

भारतले यसरी छानिदिदै छ मन्त्रीहरु, प्रधानमन्त्री देखि मन्त्री सम्मको टुङ्गो दक्षिणबाटै


काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउन लागेका मध्ये तीन जनाको नाम मन्त्रीका रुपमा प्याकेजमै सहमति भएको थाहा भएको छ । स्रोतका अनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिसँगै ती तीनजनालाई मन्त्री बनाउने सहमति भएको छ ।

स्रोतकाअनुसार पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुनासाथ पहिलो चरणमा माओवादीबाट एक र नेपाली कांग्रेसबाट दुइले सपथ लिनेछन् । यसपटक कांग्रेसबाट विमलेन्द्र निधिले नेतृत्व गर्नेछन् । कांग्रेसभित्र खुला रुपमा भारतको पक्षपोषण गर्ने निधिले गृह मन्त्रालय पाउनेछन् ।

माओवादीका तर्फबाट एमालेसँगको समिकरण भत्काएर कांग्रेससँगको समिकरण बनाउन निर्णायक भूमिका निर्वाह गरेका कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाउने सहमति पनि सोही प्याकेजमा भएको छ ।

भारतले रुचि राख्ने गरेको अर्को मन्त्रालय परराष्ट्रमा पनि आफूनिकट व्यक्तिलाई ल्याउन तय भइसकेको स्रोतले बतायो । कांग्रेसभित्र सत्ता समीकरणका विपक्षमा रहेका रामचन्द्र पौडेललाई पनि अप्ठेरोमा पार्ने गरी उनीनिकट रहेका डा। शेखर कोइरालालाई परराष्ट्रमन्त्री बनाएपछि दोहोरो फाइदा हुने विश्लेषण दक्षिणको छ बुधबारमा खबर छ ।
कोइराला परिवारको उत्तराधिकारीको रुपमा महामन्त्री सशाांङ्क काइरालालाई अघि सारिए पनि विश्लेषण र सम्पर्कमा शेखर अगाडी छन । लामो समय देखी दक्षिण निकट रहेका कृष्ण प्रसाद सिटौला संगै उनी शान्ति प्रकृयामा सम्लग्नछन् ।

श्रोतले भन्यो महत्वपूर्ण मन्त्रालयमा मन्त्री तय भएको छ । बाँकी तयहीका नेता बसेर टुङ्ग्याउँछन । 

Read more ...

कोशी ब्यारेजमा नयाँ खुलासाः भारतले भन्यो-माओवादीबाट खतरा छ

काठमाडौं । कोशी ब्यारेजको सुरक्षामा मुस्लिम आतंकवादीहरुका साथै नेपालका माओवादी नेताहरुबाटै खतरा रहेको भारतीय गोप्य सूचना फेला परेको छ ।
बिहार राज्यको सुपौल जिल्लाले वीरपुरको कोसी जलविद्युत परियोजनालाई लेखेको गोप्य पत्रमा नेपालका माओवादीबाट कोसी बराज असुरक्षित रहेको उल्लेख गरिएको छ ।
उक्त भारतीय सर्कुलरमा मुस्लिम आतंकवादीसँगै नेपालका माओवादीलाई समेत एकै ठाउँमा मुछिएको छ । ‘गोपनीय शाखा’बाट प्रेसित पत्रमा नेपाल पुलिसको क्रियाकलापको समेत निगरानी गर्न भनिएको छ ।
सुपौल जिल्लाले वीरपुरलाई लेखेको गोप्य पत्रमा मुस्लिम आतंकवादी संगठन र नेपालका माओवादीको समेत नाम लिँदै भनिएको छ- ‘यस्तो सूचना प्राप्त भएको छ कि इस्लामिक संगठन लस्कर ए तोएवा, जैश ए मोहम्मद, तथा पाक मूलको मुजाहिद्दीनद्वारा महत्वपूर्ण प्रतिष्ठानलाई लक्षित गरने योजना बनाएका छन् । छिमेकी देश नेपालमा राजनीतिक अस्थिरता एवं नेपाली माओवादी नेताहरुद्वारा भारतविरोधी गतिविधिलाई मध्यनजर प्रमुख प्रतिष्ठानको सुरक्षालाई हेरेर प्रशासनिक सतर्कतामूलक एवं सुरक्षात्मक कारवाही आवश्यक छ ।’
भारतीय गोप्य सर्कुलरको दोस्रो बुँदामा नेपालको प्रहरीको कामकारवाहीलाई समेत निगरानी गर्न भन्दै यस्तो लेखिएको छ -‘कोशी बराजको सुरक्षामा प्रतिनियुक्त नेपाल पुलिसको कार्यकलापमा सम्बन्धमा पनि समय-समयमा निरीक्षण गरी प्रतिवेदन उपलब्ध गराउनू ।’
माछा मार्न नदिनू, गाडीमा चेकिङ गर्नु
सुनसरी र सप्तरी जिल्ला प्रशासनले यतिबेला कोशीको पुलमा सवारी साधनमाथि गरिरहेको चेकिङ भारतको निर्देशन अनुसार गरिएको खुलासा भएको छ । गोप्य सर्कुलरको चौथो बुँदामा भनिएको छ- बराज क्षेत्रमा फिसिङको प्राथमिकताको आधारमाथि प्रतिबन्धित गर्ने एवं बराजको माथिबाट गुज्रने बहानहरुको पूर्ण जाँचका लागि मुख्य जिल्ला अधिकारी, सप्तरी एवं पुलिस अधीक्षक सप्तरीलाई अनुरोध गरिएको छ ।’
भारतको यस्तो पत्र हेर्दा उसले कोशी ब्यारेजमा सुरक्षाको समस्या देखाएर त्यहाँ माछा मार्ने काममाथि रोक लगाउने र नेपालका माओवादीलाई मुस्लिम आतंकवादीसँग जोडेर हेर्न खोजेको स्पष्ट भएको छ ।
नेपालका प्रजिअलाई ठाडो निर्देशन
कोशी ब्यारेज सुरक्षाको समस्या भए भारतीय दूताबास मार्फत पराराष्ट्र मनत्रालयलाई जानकारी गराइनुपर्नेमा बिहारको स्थानीय प्रशासनले सप्तरी र सुनसरी जिल्ला प्रशासनलाई ठाडो निर्देशन दिएको छ ।
वीरपुरले सप्तरी जिल्ला प्रशासनलाई सर्कलर गर्दै कोशीमा माछा मार्ने कार्यमा प्रतिबन्ध लगाउन र सवारी साधनमाथि चेकजाँच गर्न भनेको छ । भारतीय निर्देशनमा भनिएको छ- ‘यसका लागि थानालाई निर्देशित गर्नू ता कि सुरक्षा व्यवस्थामा चूक नहोस् ।’
भारतले सुनसरी र सप्तरी जिल्ला प्रशानलाई लेखेको पत्रमा नेपालका माओवादीको ‘थ्रेट’ उल्लेख गरिएको छैन । सुपौलले वीरपुरलाई लेखेको पत्रमा उल्लेखित माओवादी नेताहरुको प्रशंगलाई झिकेर तीनवटा मुस्लिम आतंकवादीको मात्रै नाम उल्लेख गरिएको छ ।
नेपाल सरकारको चासो
भारतले नेपालका माओवादीलाई समेत आतंकवादी संगठनकै सूचीमा राखेर कोशी ब्यारेजमा सुरक्षाको खतरा औंल्याएपछि यसबारे सिंहदबारमा हल्लीखल्ली मच्चिएको छ ।
भारतबाट आएको सर्कुलर जिल्ला प्रशासन कार्यालयले गृहमन्त्री भीम रावलसमक्ष पठाइसकेको र यसबारे प्रधानमन्त्री कारर्यालयले समेत गम्भीर चासो राखेको स्रोतले बतायो ।
Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us