Monday, 8 February 2016

औपचारिक रुपमै मधेशी मोर्चाद्धारा नाकाबन्दी फिर्ता


लामो समय देखि आन्दोलनरत मधेसी मोर्चाले आम अड्ताल, नाकामा अबरोध र सरकारी कार्यलय बन्दजस्ता कार्यक्रम औपचारिक रुपमै  स्थगित गरेको छ।

मोर्चाको आज बसेको बैठकले मुख्य नाकाको अबरोध आम हड्तालसहितका कार्यक्रम स्थगित गरेको हो । तर मोर्चाले अन्य आन्दोलनका कार्यक्रम भने यथावत राख्ने निर्णय गरेको छ।

जनताका आश्यवकता र प्राप्त सुझावलाई ध्यानमा राख्दै घोषित कार्यक्रममध्ये नाका अवरोध, आमहड्ताल र सरकारी कार्यलय बन्द गर्ने कार्यक्रम स्थगित गरिएको छ, मोर्चाका नेता उपेन्द्र यादवले  भने आन्दोलनका क्रममा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी दिनमा आन्दोलनलाई  अझ शसक्त र व्यापक बनाउने तयारीमा छौं
 

मोर्चाले जारी गरेको विज्ञप्ती


Read more ...

यी हुन नेहा पुनका हत्यारा, यसरी गरे हत्या


प्रहरी अन्तत मगर चलचित्रको नायिका समेत रहेकी योरुना पुन ‘नेहा’ को हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले हत्याको अभियोगमा नाताले  धर्म दाई पर्ने २१ वर्षीय सतिश भनिने कृतन खड्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

१९ वर्षकी नेहाको जवानी लुट्न खोज्ने पोखरा ९ नयाबजारका गेम हाउस संचालक समेत रहेका कृतनको नेहाले प्रतिरोध गरेसँगै रुष्ट भएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

घटना घटेसँगै कास्कीका प्रहरी नावय उपरीक्षक गजु सिद्धि बज्राचार्यको नेतृत्वमा क्षेत्रीय प्रहरी कार्यलय पोखरा, अन्चल प्रहरी कार्यालय गण्डकी अ.स.प्र.गुल्म गण्डकी, बडा प्रहरी कार्यालय रामबजार समेतबाट प्रतिनिधित्व हुने गरि उक्त घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरी सुक्ष्म रुपमा गभ्भिरताका साथ अनुसन्धान गर्दा नेहालाई कर्तव्य गरी हत्या गर्ने अभियुक्त सतिश रहेको खुल्न आएको थियो ।

प्रहरीकाअनुसार अनुसन्धानबाट कृतन खड्गीले गत माघ १८ गते राती नेहा र अन्य साथीहरु समेत भेला भई न्यूरोड स्थित ओपन टेबुल रेष्टुरेन्टमा बसी मादक पदार्थ सेवन गरेको खुल्न आएको छ ।

त्यहाँबाट साती ९ बजेतिर कृतन खड्गीले योरुना पुनलाई घर पु-याउनको लागी आफ्नो मोटरसाइकलको पछाडी राखी नयाँगाउ तर्फ हिँडेका थिए । घटनास्थल नजिक पुगेपछी कृतन खड्गीले योरुना पुनलाई आज तिमि घर नजाउ लेकसाईड तिर घुमौ र त्यतै तिरको होटलमा संगै बसी रमाईलो गरौ भन्ने प्रस्ताव राखेका थिए ।

तर, योरुनाले त्यसलाई अस्वीकार गर्दै कृतनलाई अश्चिल शब्द प्रयोग गरी गाली गलौज गरेकोपछि रिसको झोँकमा हेलमेटले योरुनाको टाउकोमा प्रहार गरेका थिए । त्यसलगत्तै योरुना ढलेको र त्यसपछी शारिरिक सम्पर्क राख्न खोज्दा मृतकको नाक र कानबाट रगत बगेको देखेपछि आफू भागेको उनले प्रहरीलाई बयान दिएका छन् ।


मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले  पत्रकार सम्मेलन गरि हत्यामा संलग्न रहेको अभियोगमा मृतककै धर्म दाई सतिश भनिने कीर्तन खड्कीलाई सार्वजनिक गरेको हो ।

कास्की प्रहरी प्रमुख हरि बहादुर पालले धर्म दाई नाता पर्ने खड्कीले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा रिसको झोँकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताए । उनका अनुसार अभियुक्तले रिसको झोक्मा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् ।
‘खड्गीले नेहामाथि अस्लिल हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ,’ पालले भने ।


नेहाको हत्या रहस्यमय भएको र हत्यामा संलग्नलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कास्की प्रहरीमाथि कडा दवाव पर्दै आएइको थियो । प्रहरीले हत्याराको खोजी गर्ने क्रममा पोखरा नयाँ सडकमा उनलाई नियन्त्रणमा लिएको थियो । उनी दुई दिनअघि नै पक्राउ परेको र अनुसन्धानबाट उनले नै हत्या गरेको खुल्न आएपछि आज प्रहरीले पत्रकार सहम्मेलन गरेर सार्वजनिक गरेको हो ।

मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७–८ बजे फर्कने उनी माघ १८ गते साँझ नफिर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई घर नजिकै अर्धनग्न अवस्थामा मृत अवस्थामा फेला पारिएको थियो ।

यसैबीच प्रहरीले हत्याराको सार्वजनिक गर्दै गर्दा पोखरामा मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीह्ररुले हत्यारालाई फाँसीको सजाय हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।
Read more ...

१६ वर्षीया निमा घर्तिमगरबाट १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण पदक

भारतमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालले उसुको थाउलोमा स्वर्ण पदक जितेको हो ।

नेपालका लागि उसुबाट १६ वर्षीया निमा घर्तिमगरले नान छावन अलराउन्डमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।

आइतबार सिलोङमा भएको प्रतिस्पर्धाको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोश्रो चरणमा ८.४६ अंकसहित जम्मा १६.९१ अंक पाउँदै देशका लागि स्वर्ण दिलाउन सफल भएकी हुन् ।

काठमाडौंको डन बोस्को बोर्डिङमा कक्षा १० मा अध्ययनरत उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै देशलाई स्वर्ण पददक दिलाउन सफल भएकी हुन्।

जारी प्रतियोगितामा नेपालले दुई रजत र अरु कास्य पदकमात्र  जित्न सकेका बेला नेपालका लागि निमाले स्वर्णको खाता खोलेकी हुन् ।

स्वर्ण पदक जितेपछि उनले एसएलसी नजिक आउँदा पनि आफूलाई खेल्ने वातावरण बनाइदिएकोमा स्कुलका शिक्षक र अभिभावहरुलाई धन्यवाद दिएकी छन् ।
देशका लागि स्वर्ण जिताउन सफल भएकोमा आफुलाई गर्व लागेको बताउँदै उनले भविष्यमा उसुको विश्व च्याम्पियन्सिपमा खेलेर उपाधि जित्ने इच्छा रहेको बताइन् ।

उसुबाट युवराजले रजत जिते
यसैगरी उसुको नानकुनतर्फ पनि नेपालले आज एक रजत पदक जित्न सफल भएको छ । आज भएको प्रतिष्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् ।

उनले पहिलो चरणमा ८.८८ र आज भएको दोश्रो चरणमा ९.२१ सहित कुल १८.१३ अंक प्राप्त गर्दै रजत पदक दिलाएका हुन् ।

आजको प्रतिष्पर्धामा सबैभन्दा धेरै अंक प्राप्त गरेपनि हिजोको प्रतिष्पर्धामा केही अंक कम भएकाले आज रजतमा चित्त बुझाउनु परेको हो । उनको भन्दा ०.७ अंकले अघि रहेको भारतले स्वर्ण पदक जित्यो ।

यस्तो छ नेपालको पदकको अवस्था
जारी प्रतियोगितामा नेपालले आइतबार पौडीमा एकलतर्फ पहिलोपटक पदक जितेको थियो । नेपालका लागि १३ वर्षीया गौरिका सिंहले पौडीबाट कास्य दिलाएकी हुन् ।

गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट २६.९३ सेकेन्डको राष्ट्रिय कीर्तिमान पनि बनाइन् ।

नेपालले सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं संस्करणको सागमा महिला रिलेमा स्वर्ण जितेयता पौडीमा पदक जित्न सकेको थिएन । आइतबारै नेपालले उसुको छानछुवाङबाट विजय सिञ्जाली र सुस्मिता तामाङले रजत दिलान सफल भए ।

त्यस्तै भारोत्तोलनकी जुनुमाया छन्त्यालले पनि कास्य जित्न सफल भइन् ।  कुस्तीको पुरुष ६१ किलोमा रामबहादुर यादवले कास्य दिलाएका छन् । नेपालका लागि टेबल टेनिसको पुरुष टिम स्पर्धामा कास्य पदक थपिएको छ ।

यसअघि प्रतियोगिताको दोस्रो दिनमा नेपालका लागि भारोत्तोलनबाट विकास थापाले रजत, भारोत्तोलनबाटै देवीकुमारी चौधरीले कास्य र कुस्तीमा सरोज यादवले कास्यपदक  दिलाएका थिए ।

यो सँगै नेपालले पाँच दिनदेखि जारी खेलमा १ स्वर्ण, ४ रजत र ६ कास्यसहित ११ वटा पदक जित्न सफल भएको छ ।
Read more ...

ओसामा बिन लादेन अझै ज्युँदै रहेको खुलाशा!

अमेरिकी खुफिया एजेन्सी सीआईएका पूर्वअधिकृत एनवर्ड स्नोडेनले चर्चित आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेन अझै ज्यूँदै रहेको दाबी गरेका छन् ।

लादेन अझै पनि क्यारेबियन क्षेत्रको देश बहामासमा रहेको स्नोडेनले दाबी गरेका हुन् । सिआईएको नियन्त्रणमा रहेको बन्दीगृहमा रहेका लादेन अब रिहा हुने बन्दीको सूचीमा रहेका दाबी उनले गरेका हुन् ।

लादेनलाई लुकाएवापत सिआईएलाई प्रति महिना मोटो रकम मिल्ने गरेको छ । ‘ओसामा सिआईएका सबैभन्दा क्षमतावान एजेन्टमध्ये एक हुन्’, स्नोडेनले भनेका छन्, ‘यदि अमेरिकाका एसईएएल कमाण्डोले उनलाई मारे भने दुनियाँभर सिआईएको व्यवस्थापनमा कस्तो सन्देश जान्छ ?’

लादेनलाई मार्दा सिआईएको सञ्जाल कमजोर हुने भन्दै स्नोडेनले अगाडि भने, ‘अमेरिकाले पाकिस्तानको खुफिया एजेन्सीसँग मिलेर लादेनको मृत्युको झुटो खबर सुनाएको थियो । दुनियाँले लादेन मरेको पत्याए पनि उनको खोजी कसैले गर्दैन त ?’

लादेनको मृत्युको खबरपछि अमेरिकाले उनलाई नियन्त्रणमा लिने मुख्य एजेन्डा हटाएका थियो । अमेरिकाले लादेनको दाह्री काटेर सैन्य ज्याकेट लगाइदिएको थियो। उक्त ड्रेस लगाएपछि उनलाई पाकिस्तानबाट गायब पारिएको थियो ।
स्नोडेन अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीका पूर्व कन्ट्रयाक्टर थिए । उनी सन् २०१३ मा अमेरिकाबाट रुसतर्फ भागेका थिए । उनले अमेरिकी खुफिया एजेन्सीका १७ लाख कागजपत्र चोरी गरेर सञ्चारमाध्यमबाट सर्वसाधारणसमक्ष पुर्या‍एका थिए ।

उनी जेनेभामा भूमिगत भएर सिआईएका लागि काम पनि गरेका थिए । देशविरुद्ध जासुसी गरेको तथा  गोप्य सूचना चुहाएको आरोपमा अमेरिकामा उनलाई ३० वर्षसम्म जेल हुनसक्नेछ ।

अमेरिकाको दाबीलाई पत्याउने हो भने लादेनलाई मारेपछि उसका कमाण्डोले उनको शवलाई साथैमा लगेका थिए ।

उनको शवलाई इस्लामिक परम्पार अनुसार अमेरिकी सेनाले नै समुद्रमा दाहसंस्कार गरेका थिए । अमेरिकाको यो दाबीपछि सर्र्वसाधारणमा उठेको प्रश्न भनेको यदि उनलाई मारिएको र दाहसंस्कार गरिएको भने अहिलेसम्म कुनै फोटो किन सार्वजनिक गरिदैन ?, लादेनसँग जोडिएका सवुदहरु पनि किन सार्वजनिक गरिँदैनन् ?

यो घटनाबारे अमेरिकी अधिकारीहरुले पनि अलग अलग बयान दिएका छन् । केही अधिकारीहरुल्े भने लादेनले उनीहरुमाथि गोली चलाएको बताएका छन् ।

तर, केहीले भने लादेन हतियारविहीन भएको बताएका थिए । पाकिस्तानका एक अधिकारीले पनि अमेरिकाको दाबीमाथि प्रश्न उठाएका थिए । उनले भनेका थिए, ‘लादेनलाई उनीहरुले लगे पनि उनको मृत्यु भएको थिएन ।’

त्यस्तै एक अमेरिकी अभियन्ता सिन्डी सिहनले फेसबुकमा लेखेको थिए, ‘यदि तपाईंहरु ओबिएल (ओसामा बिन लादेन) को नयाँ मृत्युको कथामा विश्वास गर्नुहुन्छ भने, तपाईं मुर्ख बन्नुभयो ।’
Read more ...

Sunday, 7 February 2016

नायिका नेहा पुनलाई बलात्कारपछि हत्या गर्ने हत्यारा पक्राउ, पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिदै

नायिका नेहा पुनको हत्यामा संलग्नलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । प्रहरी स्रोतका अनुसार पोखरा न्युरोडका सतिश खड्की नेहा हत्याको अभियोगमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालले नेहा पुनको हत्यारालाई १ /२ दिनमैं सार्वजनिक गरिने जानकारी दिए । एसपी पालले भने–‘नेहाको हत्यारा नजिकै हामी पुगीसकेका छौं, अब १/२ दिनमा नै हामी घटनाको दोषीलाई सार्वजनिक गर्नेछौं ।’

१९ वर्षीया नेहाको हत्या लगत्तै कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्वी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाई प्रहरीले हत्याराको खोजी गरेको थियो ।

उक्त टोलीमा अञ्चल प्रहरी कार्यालय गण्डकीको गुल्ममा कार्यरत प्रहरी निरीक्षक देवी पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षकद्वय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षक भद्रकृष्ण पौडेल रहेका थिए ।

गत सोमबार बिहान घरबाट काममा निस्केकी १९ बर्षिया नेहाको शव भोलिपल्ट बिहान मंगलवार घर नजिकै भेटिएको थियो । साँझ कामवाट जहिले पनि टुप्लुक्क घर आईपुग्ने नेहा सोमबार अबेरसम्म नआएपछि रातभर उनका परिवारले नेहाको खोजी गरेका थिए ।

विहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि नेहाका आफन्त घटनास्थलमा पुग्दा छाँगोवाट खसेजस्तै भएका थिए । पछि प्रहरी आएर हेर्दा शव अर्धनग्न अवस्थामा र टाउको पछाडि रगताम्मे गम्भिर चोट देखिएको थियो ।

दिदी र आमासँगै बस्दै आएकी नेहाको मृत्युपछि आमा वेहोश भएकी थिईन् । अहिले पनि छोरीलाई सम्झेर आमा एकदमै शिथिल अवस्थामा रहेकी मामा यामप्रसाद पुनले बताए ।

उनले नेहाले प्लस टुसम्म अध्ययन गरेकी जानकारी दिए । नेहाले केही बर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सहनायिका र अर्को चलचित्रमा ‘यूँपा’ की नायिकाको भूमिका निर्वाह गरेकी थिइन ।

यता, यो घटनाको बिषयमा पोखराबाट प्रकाशित हुने समाधान दैनिकमा सतिशले नेहाको हत्या गरेको प्रहरीसँग स्विकार गरेको समाचार प्रकाशित भएको छ । उनले १८ गते राती नेहाको हत्या गरेको स्विकारेका छन् ।
Read more ...

सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने

सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गरी देशलाई आर्थिकरुपमा समृद्ध बनाउने उद्देश्यका साथ विद्युत संकट निवारणको कार्ययोजना तयार परेको छ।

विद्युत संकट निवारण कार्ययोजना तथा विद्युत विकास दशकका रुपमा आउन लागेको योजनाले विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीलाई एकसाथ अघि बढाउने लक्ष्य लिएको छ।

कार्ययोजना चालू आर्थिक वर्षमै सुरु भई आर्थिक वर्ष २०८२-८३ सम्म लागू हुनेछ। कार्ययोजना लागू भएको ३ वर्षभित्र देशलाई लोडसेडिङ मुक्त गर्ने लक्ष्य छ।

भारतको बिजुलीले केही वर्षभित्र नेपालको लोडसेडिङ हटाउने र त्यसपछि नेपालमा उत्पादन गरेर भारतीय निर्भरताको अन्त्य र निकासी गर्नेसममका योजना छन्। 
Read more ...

अब राजेन्द्र महतोलाई मधेस प्रवेशमा रोक

मधेस आन्दोलनमा गद्धार गरेको भन्दै मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई मधेस प्रवेशमा रोक लगाउने तयारी गरिएको छ ।

मोर्चा सम्बद्ध अन्य पार्टीका नेताले मधेस आन्दोलनप्रति गद्धार गरेको भन्दै उनलाई मधेस प्रवेशमा रोक लगाउने तयारी गरिएको मोर्चाका एक नेताले काठमाण्डु टुडेलाई बताए । उनले भने, ‘मधेस आन्दोलन एउटा बिन्दुमा पुग्न लागेका बेला महतोजीले गद्धार गर्नुभयो । हामीले उहाँलाई मधेस प्रवेशमा रोक लगाउने तयारी स्वरुप छलफल गरेका छौा । मोर्चाको बैठक बसी छिट्टै यस विषयमा उचित निर्णय लिनेछौँ ।’

साथै महतोलाई मोर्चाबाट अलग गर्ने तयारी समेत गरिएको छ । महतोले नाकाबन्दीका कारण जनताले धेरै दुःख पाएको भन्दै वीरगञ्ज नाका खोल्नुपर्ने अभिब्यक्ति दिएका थिए ।

स्रोतका अनुसार नाकामा धर्नामा रहेका मोर्चाका कार्यकर्तालाई हटाएर नाका खोलेपछि पुनः नाका बन्द गराउने तयारी गरिएको थियो । तर, यसमा महतोले असहयोग गरेका थिए ।kathmandutoday
Read more ...

सागमा आज नेपाललाई दुई पदक

दक्षिण एसियाली खेलकुद सागमा सुस्मिता तामाङले उसुको छानक्वानमा रजत पदक जितेकी छिन् । यसअघि आजै विजय सिन्जालीले छानक्वानमा भारतीय खेलाडीभन्दा पछाडी पर्दै रजत जितेका छन् । उनले ८ दशमलव ७९ अंक प्राप्त गरे भने भारतीय खेलाडीले ९ दशमलव ५ अंक जोडेका थिए । रजत पदक जितेपछि सिन्जालीले सानो गल्तीका कारण स्वर्ण पदक जित्न नसकेको प्रतिक्रिया दिएका छन् ।

यसैवीच, साग महिला फुटवलमा अहिले नेपालले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । पहिलो हाफसम्ममा नेपालले १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपालले बंगलादेशलाई हराएको थियो । पुरुष फुटवलमा आज नेपालले भूटानविरुद्ध खेल्दैछ ।
Read more ...

Saturday, 6 February 2016

फुटबलबाट दुई स्वर्ण

नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रवेश गरेयता सबैभन्दा लामो समय राष्ट्रिय टोलीमा रहने खेलाडी हुन् राजुकाजी शाक्य। समूहगत खेल भए पनि १७ वर्षे खेल जीवनमा शाक्यले प्राप्त गरेको सफलता समकालीन कुनै खेलाडीको नाममा छैन। नेपाली फुटबलको पहिलो पुस्ताका सफल खेलाडी शाक्यले आफ्नो पूरा जीवन यही खेलमा समर्पण गरेका छन्। खेल जीवनपछि उनी प्रशिक्षणमा संलग्न छन्। अहिले उनकै नेतृत्वमा नेपालको पुरुष यु–२३ टोलीले साग फुटबलमा भाग लिइरहेको छ।


नेपालले फुटबलमा प्राप्त गरेको अहिलेसम्मका सबैभन्दा ठूला दुई सफलताको स्वाद चाख्नेमा दुई खेलाडी मात्र छन्। दक्षिण एसियाली खेलकुद (साफ हालको साग) को आठौं संस्करणसम्म फुटबलमा राष्ट्रिय टोलीले भाग लिने चलन थियो। नेपालले १९८४ र १९९३ मा फुटबलबाट स्वर्णपदक जितेको थियो। दुवैपटक स्वर्ण जित्दा टोलीमा हुने दुई खेलाडीमध्ये एक राजुकाजी हुन् भने अर्का हुन्– उमेश प्रधान। १९८७ मा शाक्य सम्मिलित टोलीले साफमा रजत पदक पनि जितेको थियो।

नेपालले पछिल्लो पटक शाक्यकै नेतृत्वमा स्वर्ण पदक जितेको थियो। छैटौं साफमा नेपाललाई स्वर्ण पदक दिलाउने फुटबल एक्लो खेल थियो। अहिले पनि ती सफलतालाई सम्झेर शाक्य रोमाञ्चित हुन्छन्। 'हरेक खेलाडीलाई आफ्नो खेल जीवन प्यारो लाग्छ। खेलाडीकै रुपमा हुँदाको नसाले फुटबलमा फरक भूमिकामा देखिनु अर्को पाटो हो,' ५४ वर्षे शाक्य भन्छन्, 'मलाई खेलाडी हुँदा नै बढी आनन्द लाग्थ्यो।'

लामो खेल जीवन सम्झँदा उनी राष्ट्रिय टोलीमा पर्ने अनुमान पनि नगरेको प्रसंग छुटाउँदैनन्। तर, लगातारको मिहिनेत र साधनाले उनलाई नेपाली फुटबलको शिखरमा पुर्यारयो। राष्ट्रिय टोलीबाट लामो समय खेल्नेमा शाक्यको नाम अग्रपंक्तिमा आउँछ।

शाक्यको खेल जीवनको सुरुआत जन्मथलो धरानबाट भएको थियो। स्कुले जीवनबाटै उनले फुटबल खेले। 'हामी हुर्के–बढेको ठाँउमा फुटबलमैत्री वातावरण थियो। धरानमा रहेको ब्रिटिस क्याम्पका कारण पनि त्यहाँ फुटबलको बेग्लै माहोल थियो,' उनी सम्झन्छन्, 'दाइहरुले खेलेको देख्दा रहर लाग्थ्यो। त्यही रहर नशामा परिणत भएको पत्तै भएन। पछि त फुटबल नै जीवन भयो।'

स्कुलबाट कलेज हुँदै करियर अघि बढ्दा उनले २०३३/३४ सालमा जनकपुर चुरोट कारखानाको टोलीमा आबद्ध हुने मौका पाए। जसले उनको करियरको दायरा धरानबाट फैलियो। २०३८ सालको पहिलो राष्ट्रिय खेलकुद उनले जनकपुरबाट खेले। त्यति बेलाको प्रदर्शनले उनलाई १९८१ मा सिक्किमको गभनर्स गोल्डकपमा भाग लिने तत्कालीन राष्ट्रिय टोलीमा बोलाइयो। त्यसपछि भने उनको फुटबल जीवनले नयाँ उचाई लियो। १९८२ को एसियाली खेलकुद नेपालले खेलेको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल थियो। त्यो खेलमा पनि उनी राष्ट्रिय टोलीको हिस्सा थिए।

एसियाली खेलकुद देखि १९९७ मा काठमाडौंमा सम्पन्न प्रथम साफ च्याम्पिपियनसिपसम्म पुग्दा उनी बिरलै मात्र टोलीबाट अलग भए। 'मेरो जीवनको त्यो स्वर्णिम समय थियो। खेलबाहेक अरु केहीमा ध्यान गएन, अहिले जस्तो सुविधा त्यतिबेला थिएन,' उनले भने, 'हामी केही पाउने आशाभन्दा पनि देशका लागि र आफ्नो परिचय बढाउनका लागि फुटबललाई जीवन मान्थ्यौं। सम्भवतः त्यही भावनाले नेपाली फुटबलको ऐतिहासिक सफलतामा नाम जोडिन्छ। मैले अहिलेसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति त्यही हो, मेरो त्यो इतिहासलाई कसैले तोड्न सक्दैन।'

१९९९ मा आठौं साफमा नेपालले रजत पदक जित्दाको समय राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहेका शाक्य फेरि एकपटक देशलाई स्वर्ण पदक दिलाउने जिम्मेवारी काँधमा लिएर भारत यात्रामा निस्केका छन्।

'मैले खेल जीवनमा दुईपटक स्वर्ण र एकपटक रजत जिते। सहायक प्रशिक्षकका रुपमा पनि रजत जितेको अनुभव छ,' उनले भने, 'घरेलु फुटबलमा म अलि 'अनलक्की' प्रशिक्षकमा पर्छु। अहिले फेरि यु–२३ हेर्ने अवसर मिलेको छ। यसपटक स्वर्ण जितेर पुरानो दाग मेटाउन प्रयास गर्नेछु।'

एनआरटीलाई लामो समय प्रशिक्षण गराएका शाक्यले आर्मी र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सम्हाल्दा पनि कहिल्यै सहिद स्मारक लिग जित्न सकेका छैनन्। यद्यपि उनले प्रशिक्षकको रुपमा नकआउट प्रतियोगिताका थ्रुपै उपाधि जितेका छैनन्। खेल जीवनमा प्राप्त गरेको सफलतालाई शाक्य प्रशिक्षकका रुपमा जोड्न चाहन्छन्। 'दक्षिण एसियाली स्तरमा हामी कमजोर छैनौं। तर, यु–२३ ले खेलेयता हामीलाई भाग्यले पनि त्यति साथ दिएको छैन,' उनको आशा छ, 'यसपटक हामीले भर्खरै बंगबन्धु गोल्डकप जितेका छौं। त्यो सफलताको मनोबल र त्यही टोलीको निरन्तरता भएकाले स्वर्ण पदकको आशा गर्न सकिन्छ।'
Read more ...

राजेन्द्र महतो राजा फर्काउने खेलमा लागेको उपेन्द्रका सहयोगीको आरोप

स्थानीयबासी र भारतीय व्यापारीको बलमा वीरगञ्ज नाका खुलेपछि मधेसी मोर्चामा उपेन्द्र यादव र राजेन्द्र महतोको टकराव सतहमै आएको छ । मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक समेत बस्न सकेको छैन भने नेताहरु वक्तव्यबाजीमा लागेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका निकटवर्तीहरुले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आन्दोलन तुहाएको आरोप लगाएका छन् । र, ज्ञानेन्द्र साह र केपी ओलीसँग मिलेर राजा फर्काउने खेलमा लागेको आरोप छ ।

उसो त मधेसी मोर्चामा उपेन्द्र र राजेन्द्रको टकराव नयाँ होइन । चीनको झण्डा जलाएको प्रकरणमा पनि मधेसी मोर्चामा उपेन्द्र र राजेन्द्र नै आमने सामने भएका थिए । मोर्चा निटकवर्तीहरुका अनुसार दुई नेता दुई नम्बर प्रदेशमा आफ्नो वर्चश्व कायम गर्ने दाउमा लागेका छन् । र, आफूलाई फरक देखाउनै भए पनि चर्का कुरा गर्छन् । जसले तीन दल र मधेसी मोर्चाबीच भएको सहमति प्रयासलाई असफल बनाउन समेत भूमिका खेल्यो भने त्यही कटरवले वीरगञ्ज नाका पनि खुल्यो ।
Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us