Tuesday, 26 July 2016

नेपालमा भारतको यस्तो दादागिरी, गुठीको जग्गामा समेत भारतीयलेनै अवैध कब्जा जमाएको रहस्य सार्वजनिक

जनकपुरधाम । गुठी संस्थान अधिनस्त जग्गाहरु अवैध रुपमा बेचबिखन भइरहेको आरोप लागि रहेको बेला गुठीको जग्गामा एक भारतीय नागरिकले अवैध कब्जा जमाएको रहस्य सार्वजनिक भएको छ । गुठी संस्थान अधिनस्त स्थानीय गिरनारी कुट्टीको जग्गामा एकजना भारतीय नागरिकले वर्षौदेखि कब्जा जमाएर बसेको रहस्य सार्वजनिक भएको हो ।

जनकपुर उपमहानगरपालिका वाडा नम्बर ६ स्थित गिरनारी कुट्टीके जग्गा भारतीय नागरिक पशुपति चैतन्य ब्रम्हचारीले अवैध रुपमा कब्जा जमाएको जनाइएको छ । पशुपतिसँग भारत र नेपाल दुबै मुलुकको नागरिकता रहेको आरोप लगाइएको छ । उनले दोहरो नागरिकता लिएर गुठीको जग्गा अवैध रुपमा कब्जा गरेको भन्दै उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी समेत परेको छ ।

ब्रम्हचारी विरुद्ध दर्ता गराइएको उजुरीमा उनी भारत बिहार राज्य मुजफ्फरपुरको वासिन्दा रहेको दावी गरिएको छ । स्थायीवासी भारतको बिहारको रहेका उनी जनकपुर– ६ बाट समेत नागरिकता लिएर यहाँ बस्दै आएको उजुरीमा दावी गरिएको छ । दोहरो नागरिकता लिएका उनले गुठीको जग्गामा अवैध रुपले कब्जा गरेको उजुरीकर्ता स्थानीय राकेश विक्रम साहको भनाई छ ।



साथै पशुपतिका छोरा चंदन चैतन्य ब्रम्हचारीले समेत जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिएको उजुरीमा उल्लेख छ । २०६६ कार्तिक ९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट चन्दनले प्राप्त गरेको नागरिकता नम्बर १७११०२१८०३ रहेको जनाइएको छ । नेपाली नागरिकता समेत प्राप्त गरेका चन्दनले भारतको मुजफ्फरपुरबाट समेत सवारी अनुमति पत्र बनाएको उजुरीकर्ताको दावी छ ।

भारतबाट लिएको सवारी अनुमति पत्रको सवारी दर्ता किताबमा उनले आफ्नो ठेगाना भारतको मुजफ्फरपुर उल्लेख गरेको जनाइएको छ । नेपाली नागरिकता सम्बन्धी ऐन विपरित उनीहरुले दुई देशको नागरिकता प्राप्त गरी अवैध रुपमा गुठीको जमीन कब्जा गरेको उजुरीमा भनिएको छ ।

दोहरो नागरिकता बोकेका उनीहरुले धार्मिक महत्व बोकेको स्थानीय गिरनारी कुट्टीको जग्गा अवैध तरिकाले कब्जा गरेको स्थानीयहरुको भनाई छ । गुठीको जमीनमा अवैध रुपमा कब्जा गरेको भन्दै गत दुई वर्ष पूर्व वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले निर्माण गरिएका संरचनाहरु भत्काए पनि अहिले उनीहरुल ठोलो महल निर्माण गरेको स्थानीयहरुको आरोप छ ।

वृहत्तरले उक्त कुट्टीको छेउमा रहेको पोखरीको डिलमा निर्माण गरिएका अतिक्रमित संरचना भत्काएको थियो । वृहत्तरले अतिक्रमित जग्गा खाली गराए पनि आफ्नो पहुँच र शक्तिको बलमा उनीहरुले पुनः भौतिक संरचना निर्माण गरेको स्थानीयहरुको आरोप छ ।

Read more ...

Monday, 25 July 2016

१८ बर्ष पुरानो हरीण हत्याको केशबाट सलमानले पाए राहत ,दुबै निर्णय सलमानको पक्षमा

कालो हरीण हत्याको केशबाट सलमानले सोमबार ठुलै राहतको महशुस गर्न पाएका छन ।भारतको राजस्थानको हाइकोर्टले सलमान खानलाई १८ बर्ष पुरानो केश बाट छुटकारा दिएको छ ।

हाइकोर्टले हरीण शिकार केशको सम्बन्धमा दुइ अलग अलग स्थानको हरीणको केशको निर्णय सुनाएको थियो दुबै निर्णय सलमानको पक्षमा भएका छन ।स्थानिय अदालतले पाँच बर्षको सजायको निर्णय गरेपछि उक्त निर्णय बिरुद्ध सलमानले हाइकोर्टमा मुद्धा दर्ता गराएका थिए ।

हाइकोर्टमा मे को अन्तीम साता सम्ममा बहसको प्रकृया सकीएको भएपनि न्यायाधिसले निर्णय सुनाएका थिएनन।स्थानिय अदालतले करीब पाँच बर्षको सजाय सुनाए पछि बलिउड स्टार सलमान तनाबमा रहेका थिए ।
Read more ...

झापामा बाढीले वित्तण्डा मच्चायो , नेताहरु कुर्सीको खेलमा जनता भने पानीको भेलमा

झापा । अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु, एक बेपत्ता र ९०० घरपरिवार विस्थापित भएका छन् । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ । 

झापामा आज भने केही मात्रामा वर्षा रोकिएको छ । मैनाचुलीमा रहेको कनकाई जलमापन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा ९७.४० मिलिमिटर वर्षा मापन भएको छ । वर्षापछि आएको बाढीले विस्थापित हुनेहरुको विवरण सङ्कलन गर्ने काम भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । 

बाढीबाट हजारौँ मानिस प्रभावित भएको जनाइएको छ । विस्थापित भएकालाई राहत वितरण कार्य भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभएको छ । 

झापाका मेची, निन्दा, विरिङ, कनकाई, रतुवालगायतका नदीमा पानीको सतह बढेपछि धेरै घरपरिवार विस्थापित भएका हुन् । बाढीका कारण के कति आर्थिक क्षति भयो सोको विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो । यहाँ सबैभन्दा बढी ९७.४० मिलिमिटर वर्षा भएको कनकाई वर्षा मापन केन्द्रबाट जानकारी प्राप्त भएको छ ।



Read more ...

धोति लगाएरै बाबा रामदेवले फुटबल खेले पछि

नयाँदिल्ली । योग गुरु बाबा रामदेवले फुटबल खेल्ने रहर पुरा गरेका छन् । उनले च्यारिटी फुटबल म्याचका लागि दिल्लीमा रहेको ज्वाहरलाल नेरु स्टेडिएममा फुटबल खेलेका छन् ।

घोति लगाएर नै फुटबल खेल्न बाबा रामदेव मैदानमा उत्रिएका थिए । उक्त खेलमा सांसद तथा बलिउड स्टारहरुको सहभागिता रहेको थियो ।

मोदी सरकारले ल्याएको ‘स्वच्छ भारत मिसन’ र ‘बेटी बचाओ’ अभियानका लागि उनी यस क्याम्पिनमा सहभागि भएका थिए । योग गुरु बाबा रामदेवका सञ्चार अधिकृत सान्तनु गुप्ताले भनेका छन्, ‘बाबा रामदेव एक स्वस्थ्य व्यक्तित्व तथा फुटबलले स्वस्थ रहन मदत गर्ने हुँदा यसको प्रोमोट गर्नका लागि रामदेव तयार हुनु भएको हो । राम्रो कामका लागि प्रचार गर्न उहाँ ब्राण्ड एम्वेसडर हुन राजी हुनु भएको हो ।’

उक्त च्यारिटी म्याचमा अभिशेक बच्चन, रनवीर कपुर, अर्जुन कपुर, डिनो मोरियो, सिद्धार्थ मलोहत्रा जस्ता बलिउड स्टारहरु अल स्टा फुटबल क्लबबाट फुटबल खेलेका थिए ।

त्यस्तै सांसदहरुमा बाबुल सुप्रियो, पुर्व फुटबल कप्तान प्रसुन बेनर्जी समेत टिममा सहभागी रहेका थिए । बिजेपीका एम्पी मनोज तिवारी, प्रवेश बर्मा, कमलेश पाशवन, सतिश गौतम, भोला सिंह, दुस्यन्त चौटला तथा तेलुगु देशम पार्टीका राम मोहन नाइडुको सहभागिता रहेको थियो ।

रामदेवले पैसा भने दान गरेनन् । तर, उनको पतञ्जली योग पीठले खेलाडीहरुलाई खानेपानी तथा स्न्याक्सको व्यवस्था गरेको थियो ।

Read more ...

विदेशबाट १ अर्ब ८० करोडको मदिरा आयात, बेलायतदेखि क्युवासम्मका मदिरा खान्छन् नेपाली

काठमाडौं । गत वर्ष पौंने दुर्इ अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ ।  भन्सार विभागका अनुसार गत वर्ष १ अर्ब ८० करोड ७३ लाख रुपैया बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । स्वदेशमै राम्रा र गुणस्तरीय मदिरा उत्पादन भएपनि विदेशी मदिराको पारखी नघटेको विभागको तथ्यांकले देखाउँछ ।विदेशबाट १ करोड २३ लाख लिटर बराबरको विदेशी मदिरा मुलुक भित्रिएको छ ।

विभागका अनुसार मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ मात्रै ३९ करोड २७ लाख रुपैयाँ बराबरको मुलुकमा भित्रिएको छ ।  कच्चा पदार्थ र मदिरा गरेर विदेशबाट २ अर्ब २० करोड रुपैयाँ बराबर मुलुक भित्रिएको विभागले जनाएको छ । स्वदेशमा रहेका मदिरा उद्योगले मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट भित्र्याउने गर्छन् । विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल, वाइन, ह्विस्की, माल्ट वियर, गुलियो रक्सी,जिनरभोड्का र रम विदेशबाट आयात हुन्छ ।

विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल ७७ करोड ९५ लाख , वाइन २५ करोड ५२ लाख , ह्विस्की ६७ करोड, माल्ट वियर २ करोड २० लाख, गुलियो रक्सी ३ करोड ७६ लाख, जीनरभोड्का ३ करोड ५६ लाख, रम १८ लाख १५ हजार रुपैयाँ र अन्य ५८ लाख ४० हजार रुपैयाँ बराबरको मुलुक भित्रिएको विभागले जनाएको छ । सबैभन्दा बढी मदिरा बेलायतबाट आयात हुने गरेको विभागले जनाएको छ ।

नेपालमा आउने मदिरा भारत, बेलायत, फ्रान्स, अष्ट्रेलिया, स्पेन, इटाली,सिंगापुर, नेदरल्याण्ड, चीन, मेक्सिको, क्युवा, आयरल्याण्ड, अमेरिका, बेल्जियम र स्विडेनबाट आयात हुन्छ ।    
Read more ...

Sunday, 24 July 2016

बिबाह गरेको १० दिनमै सुत्केरी, बेहुलीको बिचल्ली

भारत । भारतको मध्यप्रदेश राज्य स्थित रायसेन जिल्लाको एउटा अनौठो घटना भएको छ । बिहाह गरेको १० दिनमै बेहुली सुत्केरी भएको धटनाले स्थानीय चकित परेका छन् ।

घर परिवारले सोधपुछ गरेपछि खुल्न आएको तथ्य त अझ चकित छ । नबबिबाहित ति महिलाले आफु पटक पटक बलत्कारको शिकार भएको स्विकार गरेकी छिन् । गाउँकै काशिरामले आफुलाई पटक पटक बलत्कार गर्ने गरेको उनको भनाई छ । बदनाम गर्ने डर देखाएर पटक पटक त्यस्तो गर्ने गरेको भन्दै उनले बिबाह अघि नै पति सुँग समेत सम्बन्ध राखिसकेको बताएकी छिन् ।

उनीहरुको कबिर एक वर्ष अद्धि बिबाहको छिनोफानो भएको थियो । बिबाहको टुगो लागिसकेपछि पटक पटक पति आफुलाई  भेट्न आउने बेलामा शारिरिक सम्बनध राख्ने गरेको बताइान् ।

प्रहरीले ती महिलाबाट जन्मिएको बच्चा कस्को हो भन्ने पत्ता लगाउनका लागि डिएनए परिक्षणको तयारी थालेको छ भने काशिरामलाई बलात्कारको मुद्धा दर्ता गराएको छ ।
Read more ...

आतंकवादीद्धारा कोशी व्यारेज ध्वस्त पार्ने धम्की, के हो बास्तविकता ?

काठमाडौं । ५० वर्ष पुरानो कोशी व्यारेज माथि अहिले खतराको बादल मडारि रहेको छ । बर्खाको मौसम भएको कारणले कोशी व्यारेजको जल स्तर निकै उच्च रहेको छ ।

त्यस बाहेक पनि कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको सनसनी खेज समाचार बाहिर आएको छ । आतंकवादी संगठनले भारत नेपालको सिमामा रहेको कोशी ब्यारेजलाई ध्वस्त पार्ने धम्की  दिएको खबर छ ।

सुनसरी जिल्लाको जिल्ला प्रशासक मोहन चापाँगाईको अनुसार कोशी व्यारेजलाई ध्वस्त पार्ने धम्की आएदेखि सुरक्षा प्रशासन निकै सजग छ ।

सुनसरी जिल्ला प्रशासनको साथ साथ नेपाल आर्म फोर्सको एक विशेष टोली कोशी व्यारेजको सुरक्षामा खटाई सकेको उनको भनाई छ । उनले भने, कोशी ब्यारेजबाट आउने जाने सवारी साधन माथि कडा निगरानी र चेकजाँच पनि भई रहेको छ ।

आतंकवादीद्धारा प्राप्त भएको धमकी पछि अहिले कोशी व्यारेज क्षेत्रको सुरक्षा बढाएका छन् । नेपालको पूर्वी नेपाललाई जोड्न एक मात्र स्थलमार्गमा सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको सप्तकोशी नदि माथि निर्मित कोशी ब्यारेजलाई आतंकवादी संगठनले ध्वस्त पार्ने धम्की दिएको समाचार भारतको चर्चित टेलिभिजन आज तकको अनलाइन संस्करणमा लेखिएको छ ।

केहि दिन अगाडि पनि भारतका अर्का चर्चित अनलाइन जागरणले पनि नेपालमा आतंकवादीको अड्डा बन्दै गएको समाचार छापेका थिए ।
कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीद्धारा धमकी प्राप्त भएपछि भारत र नेपालका अधिकारीहरुको निद्रा खल्बलिएको छ ।

कोशी ब्यारेजको सुरक्षामा नेपालको सुरक्षाकर्मी बाहेक अहिले नेपाली सेनाको सक्रियता बढाएको छ । कोशी ब्यारेज बाट आवत जावत गर्ने सबै सवारी साधनमा कडा निगरानी र चेकजाँच हुन थालेको छ ।

सुरक्षाकर्मी निकै सजग भएको कारणले निकै सक्रियता पूर्वक कुनै पनि किसिमको अप्रिय घटना नहुन दिन सर्तकता अपनाएका छन ताकी कुनै पनि अप्रिय घटना नघटोस ।

सुरक्षा संवेदनशिलताका कारण भारत र नेपालका कुनै पनि अधिकारीले कहाँ बाट कुन संगठनको आतंकवादीले धमकी दिएको हो नाम लिन चाही रहेका छैन ।

सिडियो चापाँगाईका अनुसार कोशी व्यारेज काफि गम्भीर विषय हो र यसको सुरक्षाको लागि प्रशासनलाई निकै सजग र सर्तक हुनु निर्देशन समेत दिएको बताए । 

Read more ...

मलेसीयामा नेपाली माथि धरपकड , नेपालीसहित ११८ आप्रवासी पक्राउ

मलेसिया । मलेसियाले गैरकानुनी आप्रवासीको खोजी गर्दै शनिबार गरेको धरपकडमा एकसय १८ जना आप्रवासीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुमध्ये दुईजना महिला छन् । उनीहरु गैरकानुनी अवस्थामा रहेको र कतिपयले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको जनाइएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

नेपालीसहित विदेशी कामदारका लागि भेटघाट र किनमेल गर्ने थलोको रुपमा परिचित रहँदै आएको राजधानी क्वालालम्पुरस्थित ‘कोताराय बजार’ क्षेत्रमा गरिएको उक्त धरपकडमा कति नेपाली पक्राउ परे भन्ने जानकारी पाउन सकीएको छैन । यद्यपी पक्राउ पर्नेमा बंगलादेशी र नेपाली बहुसंख्यक रहेको हुनसक्ने प्रत्यक्षदर्शी नेपालीको अनुमान छ । अघिल्ला साता विभिन्न स्थानमा भएको त्यस्तै धरपकडमा १९ नेपाली पक्राउ परेका थिए ।


गत फेब्रुवरी १५ देखि जुन ३० देखि गैरकानुनी कामदारलाई काम गर्नका लागि दर्ता हुने अवसर दिएको मलेसियाले उक्त कार्यक्रम सकिएलगत्तै गैरकानुनी कामदारविरुद्ध धरपकड अभियान संचालन गर्दै आएको छ ।

करिब २० लाख बैध विदेशी कामदार कार्यरत रहेको मलेसियामा झण्डै त्यति नै संख्यामा गैरकानुनी आप्रवासी कार्यरत रहेको अनुमान गरिंदै आएको छ । पटक–पटक अवसर दिंदासमेत उक्त अवसरको वेवास्ता गर्दै अझैपनि धेरै गैरकानुनी आप्रवासीहरु मुलुकमा रहेको हुनसक्ने भन्दै मलेसियाले त्यस्ता आप्रवासीविरुद्धको खोजी गर्दै आएको छ ।

प्रहरी र सम्बन्धित विभिन्न निकायका अधिकारीहरुको टोलीले शनिबार कोतारायका जलान सिलाङ, सेन्ट्रल मार्केट, कोताराय कम्प्लेक्स, मेडान पासार, माइडिन सुपरमार्केट लगायत स्थानमा दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म गरेको उक्त धरपकडका कारण यी क्षेत्रमा रहेका नेपालीसहितका व्यवसायी प्रभावित बने । कोताराय क्षेत्रमा नेपालीका लगानीमा झण्डै तीन दर्जनजति पसल, रेष्टुरेण्ट, रेमिट लगायत व्यवसाय छन् । धरपकडका कारण शनिबार दिनभर ती क्षेत्र सुनसान रह्यो ।

‘व्यवसाय राम्रो हुने भनेको सार्वजनिक विदाका दिन शनिबार र आइतबार नै हुन् । झन् यिनै दिन धरपकड भइदिएपछि व्यवसाय त चौपट भइहाल्यो नि,’ कोतारायमा लामो समयदेखि रेष्टुरेण्ट व्यवसाय गर्दै आएका एकजना नेपाली व्यवसायीले भने, ‘पक्राउ परिने डरले ग्राहकहरु आउँदैनन्, जसको कारण हाम्रा व्यवसायमा प्रत्यक्ष प्रभाव परेको छ ।’ सार्वजनिक विदाको दिन भएकाले छुट्टी मनाउन कोतारायमा आउने गैरकानुनी आप्रवासीहरुलाई लक्षित गर्दै उक्त धरपकड गरिएको थियो ।


Read more ...

आज नेपाल बन्द,देशैभरका शैक्षिक सस्था र कलकारखाना पुरै ठप्प विप्लवका कार्यकर्ताले बानेश्वर र सामाखुसीमा ट्याक्सी जलाए

काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ बानेश्वर र सामाखुसीमा ट्याक्सीमाथि आगजनी गरेका छन् । बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो  भने सामाखुसीमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो ।

ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विप्लब माओवादीले आयोजना गरेको बन्दको प्रभाव राजधानीमा न्यून देखिएको छ । भाडाका सवारीसाधन कम चलेका भएपनि निजी सवारीसाधान भने निर्वाध चलिरहेको प्रहरीले जनाएको छ । चोक चोकमा प्रहरी उपस्थिति बाक्लो बनाइएको छ  ।

यसैबीच, चितवनबाट काठमाडौं तर्फ औषधी ल्याउँदै गरेको एक मिनी ट्रकमा बन्दकर्ताले आगजनी गरेका छन् । चितवनमा वन्दका बाबजुत पूर्व पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ्ग गरेर सवारी साधन सञ्चालनमा ल्याएको गरेको छ ।

विप्लव माओवादीले गरेको नेपाल बन्दमा बन्दमा चितवन प्रहरीले गन्तब्यमा हिडेका सवारी साधनलाई सुरक्षा दिएर पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  ।

सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले गरेको नेपाल बन्दमा देशैभरको जनजीवन प्रभावित भईरहेको अवस्थामा जनजिवन सामान्य बनाउन प्रहरी स्कटिङ्ग गरेर सावारी साधन सुरुचारु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिए । राजमार्गमा सवारी चलाउन प्रहरी उपरिक्षक आफै स्कटिङ्गमा हिडेका छन् ।

प्रहरी आपटारी, पुल्चोक, केन्द्रिय बस पार्क, गोन्द्रङ्ग लगायतका ठाउँमा सावारी जम्मा गरेर प्रहरी परिचालन गरि राजमार्ग  स्कटिङ्ग गरेर यातायात सुचारु गरेको उनले बताए ।

प्रहरी जिल्लाको मुख्य राजमार्गमा बिशेष  निगरानी राखी  याताायात सुचारु गरेको छ ।

बन्दका कारण देशैभरका शैक्षिक सस्था र कलकारखाना पनि पुरै ढप्प भएका छन् । यस्तै राजमार्गमा सवारी सुचारु गर्न कुनै समस्या नभएकाले ढुक्क भएर सवारी साधन सञ्चालन सकिने उनले बताए ।
Read more ...

नौ महिनामा ढल्यो ओली सरकार, प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो , राजनीतिमा अव के होला ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

नयाँ सरकार गठनका लागि कुनै अवरोध नहोस् भनेर बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको उनले संसदलाई जानकारी दिए । उनले भने ‘यसले नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला गरेको छ ।’
Read more ...

Saturday, 23 July 2016

आज यसरी ढालिदैछ केपी ओलीको सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिविरुद्धको अविश्वास प्रस्तावमा आइतबार संसदमा मतदान हुँदैछ ।शुक्रबार छलफल थालिएको प्रस्तावमाथि शनिबारसम्म ३४ सांसदले धारणा राखेका छन् । आइतबार दिउँसो २ बजे छलफल सकिने छ र प्रधानमन्त्री ओलीले जवाफ दिएपछि मतदान सुरु हुनेछ ।
संसद बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
आइतबार तीनघण्टा अविश्वास प्रस्तावमाथि सांसदहरुले धारणा राख्नेछन् ।  दिउँसो २ बजेसम्म छलफल भएपछि आधा घण्टा बैठक स्थगित हुनेछ ।
बैठक सरचारु भएपछि प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नहरुको उत्तर दिने छन् ।   अविश्वासको प्रस्ताव फिर्ता नभएमा मतदान हुने व्यवस्था छ । प्रधानमन्त्री ओली अल्पमतमा रहेका कारण अविश्वासको प्रस्ताव पारित हुने निश्चितजस्तै छ ।
व्यवस्थापिका–संसदमा अहिले ५९४ सांसद छन् । बहुमत पुग्न २९८ सांसद आवश्यक पर्छ । शनिबार सत्ता सहयोगी दल मधेसी जनअअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीलाई आफ्नै दल एमालेको १८२ सहित अन्य केही साना दलको  सांसदको साथ छ ।
अविश्वासको प्रस्ताव २९ असारमा दर्ता भएको थियो ।
Read more ...

पोर्न स्टार बन्दै हिड्छु भन्ने अर्चनाले खेलेका दुबै फिल्म फ्लप, निर्देशक राजुको रुवाबासी

काठमाडौं ।
‘पोर्न स्टार’ बन्ने लक्ष्य लिएकी अर्चना पनेरु अभिनीत दुवै फिल्म फ्लप भएका छन् । आफू पोर्न फिल्ममा अभिनय गर्न लालायित भएको भन्दै अश्लील तस्बिर खिचाएर चर्चा बटुलेकी उनलाई राजु गिरीले हतार–हतार ‘जिस्म’ फिल्मबाट हिरोइन बनाए । जति पनि अंग प्रदर्शन गर्न तयार अर्चनालाई आफ्नो फिल्ममा हिरोइन लिनका लागि फिल्म उद्योगका मै हुँ भन्ने केही निर्माता, निर्देशक पनि लागिपरेका थिए । तर, अर्चनाले राजु गिरीबाहेक अरूको फिल्म गर्दिनँ भनेर ‘अफर रिजेक्ट’ गरिन् । अर्चनालाई हिरोइन लिएर एडल्ट फिल्म बनाउने र रातारात मालामाल हुने सपना देखेका ती निर्देशक, निर्माताहरू उल्टै बदनाम भए ।

अर्चनाले आफूलाई फिल्म अफर गरेका ती निर्माता, निर्देशकले यौन प्रस्ताव राखेको दाबी गरिन्, जसकारण ती निर्माता, निर्देशक मर्माहत भए । सुरुमा राजुका फिल्ममा मात्र अभिनय गर्ने अडान देखाएकी अर्चनाले जिस्मको सुटिङ सकिएपछि एकाएक करण क्रेजी र सुरज प्रधानको ‘छेस्को’ फिल्ममा अभिनय गरिन् । छेस्को केही वर्षअघि नै निर्माण पूरा भएर प्रदर्शनका लागि हल कुरिरहेको थियो । अर्चनालाई केही सिनमा अभिनय गराएर रातारात जिस्मभन्दा अगाडि जेठ २१ मा छेस्को प्रदर्शन गरियो । जबकि राजुले जिस्म ३१ असारमा प्रदर्शन गर्ने घोषणा सुटिङकै क्रममा गरेका थिए ।

 अर्चनालाई हाइलाइट गरी प्रदर्शन गरिएको छेस्को नामजस्तै छेस्को भयो । मुढो बन्न सकेन । छेस्को हेर्न हलमा दर्शक नगएपछि राजु पनि चिन्तित भए । अन्ततः ३१ असारमा प्रदर्शन भएको राजुको जिस्म पनि असफल भयो । अर्चना आफू अभिनीत दुवै फिल्म असफलताको तोडमा छिन् । जिस्मका निर्माता तथा निर्देशक राजु पनि मर्माहत छन् ।

नग्नता, छाडापन तथा अश्लीलतालाई प्रश्रय दिइएका फिल्मलाई दर्शकले सीधै ‘रिजेक्ट’ गर्ने गरेको उदाहरण सन्नी लियोन अभिनीत बलिउडका फिल्मले देखाइसकेका थिए । नेपालमा भने अर्चनाका फिल्मले यो कुरा प्रमाणित गरिदिएको हल्ला बागबजारतिर चल्ने गरेको छ ।
Read more ...

पुल बनेपछि पाँच घन्टाको बाटो ४५ मिनेटमा छोटियो

म्याग्दी । म्याग्दीको बैसरीस्थित कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि पाँच घन्टा पैदल हिँड्नुपर्ने बाटो ४५ मिनेटमै छोटिएको छ ।

राम्चे–९ र भगवती–२ को सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि हिस्तानको ७, ८ र ९ मा पर्ने औला र रिमा तथा राम्चे–९ काफलडाँडाका बासिन्दालाई घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

२०७२ जेठ १० गते काफलडाँडाको भिरबाट खसेको पहिरोले बैसरीमा रहेका दुई वटा झोलुङ्गे पुल पुरेपछि औला, रिमा र काफलडाँडाका बासिन्दाले सदरमुकाम बेनी आउन जानका लागि घुमाउरो बाटोको प्रयोग गर्दै आएका थिए । राम्चेको काफलडाँडा महभिर हँदै बेनी आउन जान पाँच घन्टा हिँड्नुपर्ने बाटो असार अन्तिम साता बैसरीमा झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटमा छोटिएको हिस्तान औलाका शिव पुर्जाले बताउनुभयो ।

पुल निर्माण भएपछि बिरामीलाई उपचार गर्न लैजान, दैनिक उपभोग्य सामग्रीको ढुवानी, सरकारी सेवा सुविधा लिन सदरमुकाम आउ जाउ गर्न ५०० घरधुरीलाई सुविधा पुगेको छ । पहिरोले पुल पुरिएपछि हिउँदमा काठको अस्थायी पुल ९साघु०बाट खोला वारपार गर्ने स्थानीय बासिन्दालाई बर्खामा नदीमा पानीको सतह बढेपछि घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो ।

बैसरीमा रु ३७ लाख दुई हजार ६४६ को लगानीमा १२० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जिविसका सवइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार जिविसको रु २६ लाख ५८ हजार ८१४, स्वाप कार्यक्रमको रु छ लाख ८७ हजार ८६४, उपभोक्ताको रु दुई लाख ४७ हजार २०० र राम्चे गाविसको रु एक लाख आठ हजार ७६८को लगानीमा पुल निर्माण भएको हो ।
Read more ...

वर्षमा काम खोज्दै ४ लाख युवा बाहिरिए

काठमाडौं । गत आर्थिक वर्षमा नेपालबाट कामका लागि विदेश जानेको अघिल्लो वर्षको भन्दा १८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बितको आर्थिक वर्ष २०७२/७३मा ४ लाख १८ हजार ७ सय १३ जना युवा वैधानिक रुपमा श्रम इजाजत लिएर कामको खोजीमा बाहिरिएका छन् ।
आर्थिक वर्ष २०७१/७२ मा यो संख्या ५ लाख १२ हजार ८ सय ८७ जना युवा विदेश गएका थिए । गतवर्ष सबैभन्दा धेरै भदौमा ४० हजार २ सय युवा बाहरिएका थिए भने कात्तिकमा सबैभन्दा कम २३ हजार मात्रै विदेशिएका थिए ।
गतवर्षको साउनदेखि असार मसान्तसम्म ११ हजार ४ सय ११ कामदारले ब्यक्तिगत श्रम स्वीकृति लिएका थिए भने बाँकी कामदारले म्यानपावहररुमार्फत इजाजत पाएका थिए । यस अवधिमा ३ लाख ९९ हजार पुरुष कामदार बाहिरिएका हुन् भने महिलको संख्या १९ हजार ३ सय रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
यो वर्ष विदेश जाने युवा घट्नुमा विभिन्न कारणहरु मानिएका छन् । समग्रमा वैदेशिक रोजगारीका लागि ०७२ साल सुस्ताएको वर्ष बनेको छ । यो वर्ष श्रम बेच्न विदेशिनेहरुको संख्यामा झण्डै ९४ हजारले गिरावट आएको छ । युवाहरु विदेशिने प्रवाहमा यसरी कमी आउनु राम्रो हो कि नराम्रो ? यो बहसको विषय हुनसक्छ ।
तर, यसले रेमिट्यान्सको आप्रवाहमा भने पक्कापनि प्रभाव पार्नेछ । यसैवर्ष पनि रेमिट्यान्सको वृद्धिदर घटेकाले वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्दा अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् ।
किन घट्दैछ संख्या ?
गत वैशाखमा गएको भूकम्प र देशमा नाकाबन्दीलगायत उत्पन्न विशेष परिस्थितिका कारण विदेश जानको संख्यामा कमी अएको सरकारको अनुमान छ ।
त्यस्तै अघिल्लो वर्षसम्म नपालीको प्रमुख गन्तब्य रहेको मलेसियामा आर्थिक मन्दी लागेकाले संख्या घट्नु स्वभाविक भएको सरकारी अधिकारीहरुको विश्लेषण छ ।
‘हामीले तथ्यपरक विश्लेशण गरेका छैनौं । तर, विदेशिनेको संख्या घट्नुमा केही कारणहरु पहिल्याएका छौं,’वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले भने-‘मुख्य रुपमा फ्री भिसा कार्यान्वयन भएपछि नेपाली कामदारलाई जस्तो पनि काममा पठाउने क्रम कम हुँदा प्रभाव परेको हो ।’ उनले अहिले विदेशमा एजेन्टहरुबाट जथाभावी डिमान्ड ल्याउने क्रम घटेको सुनाए ।
म्यानपवर व्यवसायी अन्य कुनै कारणले विदेशमा काम गर्न जानेको संख्या घटेको मान्दैनन् । फ्री भिसा र टिकटको निर्णयका कारण रोजगारदाता कम्पनीहरु नेपाली कामदार लिन इच्छुक नहुँदा वैदेशिक रोजगारीमा जाने घटेको वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालको तर्क छ ।
Read more ...

माधव नेपाललाई यस्तो छ चिन्ता, देश डुब्न लाग्यो बचाउने मान्छे कोही छैन

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकमा नयाँ ढङ्गबाट राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्ने आवश्यकता औल्याउँदै देश डुब्न लागेको टिप्पणी गरेका छन् ।

“देश डुब्न लागेको छ, देशलाई बचाउने मान्छे कोही पनि छैन, एउटा पार्टी अहिले गुटमा परिवर्तन भइरहेको छ, हामी जालझेलमा लागिरहेका छाँ, प्रधानमन्त्री विरुद्ध व्यवस्थापिका–संसद्मा शुक्रबार पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा शनिबार नेपालले भने, “आग्रहबाट प्रेरित भएर आरोप लगाउन अब सबैले छोड्नुपर्छ ।” 
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नेकपा माओवादी केन्द्रले हतारमा ल्याएको अविश्वासको प्रस्तावमाथि प्रमुख प्रतिपक्षले हस्ताक्षर गरेर अघि बढ्नु त्रुटीपूर्ण रहेको भन्दै जो सुकैबाट गरिएको भए पनि राष्ट्रिय हितमा गरेका कामको मूल्यांकन हुन आवश्यक रहेको बताए । 

नेता नेपालले नियुक्ति, सरुवा, बढुवा, ठेक्काप्रणालीलाई विधि र प्रक्रियामा लैजान सबैबाट प्रतिवद्धता आउन जरुरी रहेकोमा जोड दिदै मुलुक बनाउने, प्रणालीमा लैजाने काममा सबै बीच सहमति कायम गरेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । 
Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us