Saturday, 6 February 2016

१२ औं सागमा देवी चौधरीबाट नेपाललाई पहिलो पदक

गुहावाटी:  भारतोलनकी खेलाडी देवी चौधरीले भारतको गुहावाटीमा जारी १२ औं साग खेलकुद प्रतियोगितामा नेपालका लागि पहिलो पदक दिलाएकी छन् ।

वेटलिफ्टिङको ५३ किलो समूहमा उनले कास्य पदक जित्दै नेपालको पोल्टामा पहिलो पदक दिन सफल भएकी हुन् ।
Read more ...

माइक्रो बस दुर्घटना हुँदा ८ नेपाली सैनिकको मृत्यु

 शनिबार  दिउँसो नुवाकोटमा माइक्रो बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।  नुवाकोटका नेपाल प्रहरीका डिएसपी सिद्धिविक्रम शाहले काठमाडौंबाट तालिम सकेर नुवाकोट जाँदै गरेका नेपाली सेनाका सैनिक चढेको माइक्रो बस केउरेनीमा  दुर्घटनामा परेको बताए।
 

काठमाडौंबाट त्रिशुली जाँदै गरेको  बा १ ज ७५८३ नम्बरको माइक्रो बस दुर्घटना हुँदा केही सैनिक परेको प्रारम्भिक सूचना आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले बताए।  मृतकको सनाखत भइसकेको छैन।

६ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याएको छ।
Read more ...

Friday, 5 February 2016

चर्चामा रहेको चलचित्र विन्दास ३ को पहिलो दिनको कमाई १८ लाख ५५ हजार


नायिका शुभेच्छा थापाले अभिनय गरेको  चलचित्र बिन्दास ३ ले रिलिज भएको पहिलो दिनमा १८ लाख ५५ हजार कलेक्सन गरेको छ ।

 पहिलो दिन आज दर्शकको भीड लागेको थियो । दिनभर अन्तर्वार्तामा ब्यस्त रहेकी  नायिका शुभेच्छा थापाले भोली शनिबार परेकोले कमाइ झनै बढ्ने बताइन ।

 बिन्दास १ र २ को सफलता पछि बिन्दास–३ निर्माण गरेको युनिटले फिल्ममा दर्शकको भीड बढेका कारण आफूहरू उत्साहित भएको जनाएका छन् । यो फिल्मका लागि  नायिका थापाले खादाको प्रयोग गरेर फोटो सुट गराएपछि विवाद चुलिएको थियो । थापाका अनुसार विन्दास ३ पछि मखमली फिल्म रिलिज हुँदैछ । 
Read more ...

बंगलादेशसँग ६ विकेटले पराजय भएपछि नेपाल विश्वकप क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरियो

बंगलादेशसँग ६ विकेटको हार व्यहोर्दै नेपाल यू-१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

नेपालले अन्तिम १० ओभरमा आफ्नो लय गुमाउँदा पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने मौका गुमाएको छ । २१२ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई नेपाली बलरहरुले सुरुवाटै दबावमा राखेको थियो ।

तर, जाहिरी र महेदी हसनले शतकीय साझेदारी गर्दै बंगलादेशलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याएका छन् । हसनद्वयको उत्कृष्ट प्रदर्शनको मदतमा बंगलादेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

यसअघि शेर ए बंगला क्रिकेट मैदान मिरपुरमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रनको योगफल बनायो ।

नेपालका लागि कप्तान राजु रिजालले सर्बाधिक ७२ रन जोडेका थिए । ८० बल खेलेर रिजालले ८ चौका र १ छक्का प्रहार गरे ।

नेपालका लागि ओपनर सुनिल धमलाले २५ रन बनाए ।

६५ रनमा चार विकेट गुमाएको नेपालको पारी सुनिल र कप्तान रिजालले संहालेका थिए । उनीहरुले पाँचौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाल सम्मानित योगफलतर्फ उन्मुख भएको थियो ।

नेपालका लागि उपकप्तान आरिफ शेखले २१, दिपेन्द्र ऐरीले २२ रन बनाए । नोवौं नम्बरमा व्याटिङ गर्न आएका प्रेम तामाङले इनिङको अन्त्यतिर केहि सटहरु खेल्दै अविजित २२ रनको योगदान दिए ।

नेपालका चार व्याट्सम्यान रनआउटको शिकार भएका थिए । ओपनर सुनिल धमला, कप्तान राजु रिजाल, कुशल भुर्तेल र सुशील कँडेल रनआउट भएका थिए ।

३४ औं ओभरको अन्तिम बलमा कप्तान राजु रिजाल पाँचौं विकेटको रुपमा पेविलियन फर्केपछि नेपालको इनिङ धर्मराएको थियो । त्यसयता नेपालले १६ ओभरमा ६७ रनमात्र जोडेको थियो ।

६५ रनमा चार विकेट गुमाएको नेपालको पारी सुनिल र कप्तान रिजालले संहालेका थिए । उनीहरुले पाँचौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाल सम्मानित योगफलतर्फ उन्मुख भएको थियो ।

नेपालका लागि उपकप्तान आरिफ शेखले २१, दिपेन्द्र ऐरीले २२ रन बनाए । नोवौं नम्बरमा व्याटिङ गर्न आएका प्रेम तामाङले इनिङको अन्त्यतिर केहि सटहरु खेल्दै अविजित २२ रनको योगदान दिए ।

नेपालका चार व्याट्सम्यान रनआउटको शिकार भएका थिए । ओपनर सुनिल धमला, कप्तान राजु रिजाल, कुशल भुर्तेल र सुशील कँडेल रनआउट भएका थिए ।

३४ औं ओभरको अन्तिम बलमा कप्तान राजु रिजाल पाँचौं विकेटको रुपमा पेविलियन फर्केपछि नेपालको इनिङ धर्मराएको थियो । त्यसयता नेपालले १६ ओभरमा ६७ रनमात्र जोडेको थियो ।

बंगलादेशबिरुद्धको खेलमा ओपनर सन्दिप सुनार र योगेन्द्रसिंह कार्कीले राम्रो प्रदर्शन गर्न सकेनन् । सुनारले ७ र कार्कीले १ रनमात्र बनाएका थिए ।

बलिङतर्फ बंगलादेशका लागि मोहम्मद साइफुद्धिनले २ विकेट लिए ।
Read more ...

Thursday, 4 February 2016

घरेलु टोली बंगलादेशसामु नेपालले दियो २१२ रनको विजय लक्ष्य


जारी यु १९ विश्वकप क्रिकेटमा नेपालले घरेलु टोली बंगलादेशसामु २१२ रनको विजय लक्ष्य पेश गरेको छ ।



टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान राज रिजालको विस्फोटक ७२ रनको मद्दतमा बंगलादेशलाई सो चुनौती दिएको हो । कप्तानी पारी खेलेका राजुले आयोजक राष्ट्र बंगलादेशविरुद्ध गतिलो प्रदर्शन गर्दै ८० बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७२ रन बनाए ।

राजु ७२ रनमा पेभेलियन फर्कँदा नेपाललाई पाँचौ झड्का लागेको थियो । नेपालका ओपनरहरु आजको खेलमा पनि जम्न सकेनन् । सन्दीप सुनुवार ७  र योगेन्द्र कार्की १ रनमै आउट भए ।

उनीहरु सस्तैमा आउट हुँदा ढाकास्थित शेरवंगला रंगशालामा रहेका नेपाली दर्शक स्तब्ध भएका थिए। नेपालका लागि सुनिल धमलाले २५ र आरिफ शेखले २१ रन जोड्दै आउट भए । राजवीर सिंह ९ रनमा अउट हुँदा नेपाललाई छैठौँ झड्का लाग्यो ।

कुशल भुर्तेल १४ रन बनाउँदै रनआउट हुन पुगे । नेपालका लागि अन्तिमक्रमका दिपेन्द्र सिंह एेरी र प्रेम तामाङले पनि सम्हालिएर खेले ।

नेपालका लागि दिपेन्द्रले अन्तिमक्रममा आएर ४५ बलमा २२ रन बनाउन सफल भए । त्यसैगरी नटआउट रहेका प्रेम तामाङले गतिलो पारी खेल्दै २४ रनमा २२ रन जोडे ।

बंगलादेशका लागि मोहम्मद साईफुद्दिनले २ विकेट लिए । त्यस्तै मेहदी हसन राना, मेहदी हसन मिराज र सलेह अहमतदले एक एक विकेट लिन सफल भए ।
Read more ...

ईन्धनको मुल्य तथा सवारी साधनको भाडादर घटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर घट्दै गइरहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेट्रोलियम पदार्थको मूल्य घटाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । साथै, सार्वजनिक सवारी साधनको भाडा घटाउन पनि कार्यालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज आपूर्ति मन्त्रालयमार्फत निगमलाई अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घट्दै गइरहेकाले स्वचालित मूल्य प्रणाली अनुसार मुल्य समायोजन गर्न निर्देशन दिएको हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मुल्य ३२ डलरमा झरेको छ ।

कार्यालयले सार्वजनिक सवारी साधनको भाडा घटाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्णय अनुसार आयल निगमलाई मूल्य घटाउन लिखित निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिनुभयो ।
Read more ...

फिफा बरियातामा नेपाल ८ स्थान माथि

विश्व फुटबलको बरीयताक्रममा नेपाल ८ स्थान माथि उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको बरीयताक्रममा नेपाल १ सय ८८ औं स्थानमा पुगेको हो ।

भारतमा भएको एसियाली खेलकुदमा श्रीलंका र भारतसंग पराजित भएसंगै अघिल्लो महिना नेपाल अहिलेसम्मकै कमजोर १ सय ९६ औ स्थानमा झरेको थियो ।

पछिल्लो पटक बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपलाले प्रतियोगिताको उपाधि जितेपछि बरीयताक्रममा सुधार आएको हो । बंगबन्धुको उपाधी नेपालका लागि  २३ बर्षपछिको अन्तर्राष्ट्रिय उपाधी समेत हो ।

Read more ...

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले गर्‍यो गोलको वर्षा, मेस्सी र सुवारेजको ह्याट्रिक

स्पेनिस क्लव बार्सिलोना कोपा डेल रे कप फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ । गएराति भ्यालेन्सियाविरुद्ध सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले गोलको वर्षा गर्दै फराकिलो जित हासिल गरेको छ ।
बार्सिलोनाका लागि स्टाइकरद्वय लियोनेल मेस्सी र लुइस सुवारेजले ह्याट्रिक गरेको खेलमा भ्यालेन्सिया ७–० को गोल अन्तरले पराजित भएको हो । मेस्सीले ३ र सुवारेजले ४ गोल गरे । अर्का स्टाइकर नेइमारले भने पेनाल्टी प्रहारको मौका पाए पनि गोलमा परिणत गर्न सकेनन् ।

खेलको सातौं मिनेटमै सुवारेजले गोलको खाता खोलेका थिए भने १२ औं मिनेटमा उनले दोस्रो गोल गरे । २९ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिमतिर भ्यालेन्सियाका डिफेन्डर मुसाफीले डि–बक्समा मेस्सीलाई लडाएपछि रातो कार्ड पाएका थिए । त्यसबापत बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । तर पेनाल्टी प्रहारको मौका पाएका नेयमारले गोल गर्न सकेनन् ।

१० खेलाडीमा सीमित भ्यालेन्सिया त्यसपछि निकै दबाबमा परेको थियो । मध्यान्तरपछि बार्सिलोनाले थप चार गोल ग¥यो । ५८ औं र ७४ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे भने ८३ औं मिनेटमा गोल थप्दै सुवारेजले पनि ह्याट्रिक पुरा गरे । ह्याट्रिकपछि पनि सुवारेजले ८३ औं मिनेटमा गोल थप्दै टिमलाई ७–० को जित दिलाए ।
Read more ...

निगमकै मिलेमतोमा ट्यांकरबाट तेल चोरी

भारतको नाकाबन्दीले इन्धनको चरम अभाव भइरहेका बेला झापामा भने नेपाल आयल निगमकै मिलेमतोमा तेल चोरी हुने गरेको रहस्य खुलेको छ ।

 चारआली डिपोको प्रत्यक्ष मिलेमतोमा ट्यांकरबाट तेल चोरी हुने गरेको हो  । तेल चोरीमा ट्यांकरका चालक र सहचालकको प्रत्यक्ष संलग्नता पाइएको छ ।  भारतको सिलिगुडी डिपोबाट आयात भई भन्सार भएपछि अधिकांश तेल ट्यांकर दुवागढी–४ स्थित तोकप्रसाद दुलालको घरमा लगेर पार्किङ गरिन्छ । दुलाल ट्यांकरका पूर्व चालक हुन । दुलालले आफ्नो घर परिसरमा ट्यांकरका लागि पार्किङस्थलै बनाएका छन् ।  

‘रातको समयमा ट्यांकरबाट तेल चोरी हुन्छ’, एक स्थानीयवासीको दाबी छ, ‘कहिलेकाँही बिहान र दिनदहाडै पनि तेल चोरेको देख्न सकिन्छ ।’  स्रोतका अनुसार आयल निगम डिपो अन्तर्गत हाल करिब चालिसवटा ट्यांकर संचालित छन् । आधा जति ट्यांकर मात्रै भन्सार भएर सोझै निगमको डिपो कार्यालयभित्र जान्छन् । आधा चाहिँ दुलालले बनाएको निजी पार्किङस्थलमा लगेर रातभरी राखिन्छ । ‘ट्यांकरबाट तेल झिकेपछि बिहान मात्रै निगमको कार्यालयमा पठाइन्छ’, एक स्थानीयले भने ।  उनका अनुसार प्रत्येक ट्यांकरबाट लगभग ५० देखि सय लिटरसम्म तेल चोरी हुन्छ । 

चोरीको तेल झापाकै केही उद्योगले खरिद गरिरहेका छन् । केही तेल राजधानी पनि पठाइन्छ । यसरी लामो समयदेखि तेल चोरी हुँदा प्रहरी प्रशासन समेत वेखबर छ । चालक–सहचालकले निगमको डिपोकै पार्किङस्थलबाट समेत तेल चोर्ने गरेको उदाहरण पनि छ । केही समय अघि तेल चोर्ने गिरोहलाई नै चारआली चौकीले पक्राउ पनि गरेको थियो ।  

मंगलबार दिउँसो दुलालको घर पुग्दा आधा दर्जन जति ट्यांकर पार्किङमा थिए । तर, बुधबार त्यहाँबाट सबै ट्यांकरहरु हटाइएको थियो । निगमको कार्यालयमा पर्याप्त पार्किङस्थल हुँदाहुँदै किन अन्यत्रै पार्किङ हुन्छन् ट्यांकरहरु ? तोकप्रसाद दुलाललाई उनको घरको कम्पाउन्डमा ट्यांकर पार्किङ गर्नुको कारण बारे प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् । निगमको चारआली डिपोका निमित्त प्रमुख लोकमणि पौडेल भन्छन्, ‘अधिकांश ट्यांकरका चालक तथा सहचालकहरु दुवागढी–४ का तोकप्रसाद दुलालको घर छेउछाउ डेरामा बस्ने र केहीको घरसमेत त्यही भएकाले त्यतै पार्किङ गरिएको होला ।’ 

 उनले पहिलादेखि नै ट्यांकरहरु दुलालकै घरमा पार्किङ गर्ने चलन रहेको उल्लेख गर्दै भने, ‘तेल चोरिन्छ चोरिँदैन भन्ने कुरा चाहिँ निगमलाई फिटिक्कै थाहा छैन ।’ निगमले भारतबाट आयातित तेललाई पुन: जाँच नगर्दा तेल चोरी बढेको देखिन्छ । ‘निगमले तेलको क्वालिटी मात्रै जाँच्छ,’ पौडेलले थपे, ‘क्वान्टिटी हेर्ने काम हाम्रो होइन ।’  झापाको एक पेट्रोल पम्पका संचालकका अनुसार ट्यांकरमा निगमले भनेजति परिणाममा तेल कहिल्यै नहुने दाबी गरे । उनका अनुसार ३ हजार लिटरमा ५०–६० लिटर तेल प्राय: कम हुन्छ । तेल कम छ भनेर सोध्दा निगम चाहिँ ट्यांकरका चालक र खलासीलाई तिराउनु भनेर पन्छिने गरेको ती पम्प संचालकले गुनासो गरे । उनले थपे, ‘चालक र खलासीलाई सोध्दा निगमले जति पठायो, त्यति नै ल्याएको भन्छन् ।’
Read more ...

Wednesday, 3 February 2016

जनताले दुःख पाए, वीरगन्ज नाका पनि खुल्छ : महतो

रौतहट- सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महिनौंदेखि बन्द रहेको वीरगन्ज नाका तत्काल खुल्ला गर्नुपर्ने बताएका छन्। मधेस आन्दोलनप्रति समर्थन जुटाउन दुईदिने भारतको बिहार भ्रमणबाट फर्किएका महतोले नाकाबन्दीका कारण जनताले मात्र दुःख पाइरहेको बताउँदै नाका खोल्न मोर्चाका अन्य नेतालाई आग्रह गरेका छन्।


'देशको अन्य प्रमुख नाका पूर्णरुपमा खुल्ला भइसकेको छ,' महतोले भने, 'वीरगन्ज नाका किन बन्द गर्नुपर्योब।' नाका केन्द्रित भएरै आन्दोलन गर्ने हो भने सबै नाका बन्द गर्नपर्ने उनको भनाई थियो। वीरगन्ज नाकामात्र खुल्ला गरेर केही नहुने उनले बताए।

महतोले सरकारमाथि कुनै दबाब सिर्जना गर्न नसकेको स्वीकारे। 'सरकार हाम्रो मागप्रति गम्भीर छैन। वीरगन्ज नाकाले पनि सरकारलाई कुनै दबाब भएन। वीरगन्ज नाका बन्द गरेर जनतालाई मात्र दुःख भइरहेको छ,' उनले नागरिकन्युजसँग भने।

आन्दोलनका कारण तराई मधेसका जनता बढी पीडित बनेकाले आनदोलनको स्वरुप परिवर्तन गरेर जाने उनको भनाई थियो। 'नाकाबन्दी जारी नै राख्ने हो भने अन्य चारवटै नाका ठप्प पारौं,' उनले भने, 'राजधानीमा बसेर नाकाबन्दी हुँदैन। नाकामै आएर नेताहरुले धर्ना बस्न पर्यो ।'

उनले मधेसीहरुको माग दिल्लीभन्दा युपी बिहारले सजिलै बुझ्नेगरेको बताए। 'मधेसको विषयमा युपी बिहारले जति सजिलै बुझछ, दिल्लीले बुझ्दैन,' उनले भने।

उनका अनुसार मधेसी मोर्चाको आगामी बैठकमा नाकाबन्दी र स्वरुप परिवर्तनको विषयमा विस्तृत रुपमा छलफल हुनेछ।
Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us