Monday, 3 August 2015

बाइबल थमाएर किरात धर्मको अस्तित्व मेट्न खोजियो भन्दै जनजाती हिन्दु राज्यको पक्षमा

सुनसरीको इटहरी हिन्दु राज्य प्राप्तिको आन्दोलन झन कडा हुँदै गएको छ । सनातन हिन्दु राज्य संघर्ष समितिले थालेको आन्दोलनमा आदिवासी जनजाति समुदायले समेत सर्मथन जनाएपछि हिन्दुवादीहरुको आन्दोलन थप शसक्त बन्दै गएको छ ।

हिन्दुवादीहरुको आन्दोलनलाई समर्थन जनाउदै मुस्लिम, राई, लिम्बूले पनि सर्मथन जनाएपछि हिन्दुवादीको आन्दोलन थप शसक्त बन्दै गएको हो ।
आइतवार लिम्बू समुदायले समेत आन्दोलनमा ढोल झ्याम्टा बजाएर सहभागिता जनाएका थिए । र्‍याली पछिको भीडलाई सम्बोधन गर्दै लिम्बू समाजका अगुवा हरि वानेम लिम्बूले नेपाल हिन्दु राष्ट्रको राजधानी भएकाले नेपाललाई हिन्दु राष्ट्र नै घोषणा गर्नुपर्ने माग गरेका छन् ।

उनले वैदेशिक हस्तक्षेपका कारण सोझासाझा जनतालाई आर्थिक प्रलोभनमा पारी धर्म परिवर्तन गर्न लगाएको बताउँदै यस्ता गलत कार्य राज्यले तत्काल बन्द गर्नुपर्ने सुझाव दिए ।
Read more ...

मन्त्री रिजालको प्रस्ताव नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो !

मंगलबार राष्ट्रपति भवनमा आयोजना गरिएको ‘ राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण समारोहबाट नायिका नम्रता श्रेष्ठ एकाएक हराउँनुको रहस्य खुलेको छ । उनी हराउँनुको रहस्य पुरस्कार छनौट समितिका सदस्य समेत रहेकी अभिनेत्री करिश्मा मानन्धरले खुलाएकी हुन् । करिश्माका अनुसार यसपटक उत्कृष्ट अभिनेत्रीको अवार्ड नम्रतालाई दिने लगभग निश्चित भैसकेको थियो । जुरी सदस्यहरु पनि यसमा एकमत देखिएका थिए । तर , सरकारी अवार्ड न परे । झन् त्यसमाथि ग्ल्यामरप्रेमी मन्त्री मिनेन्द्र रिजालको मन्त्रालयले वितरण गर्ने अवार्ड । त्यसैले अन्तिम समयमा आएर मन्त्रीजीले अर्की अभिनेत्री रिचा शर्माको नाम सिफारिस गरिदिनुभएपछि नम्रताको भागबाट घोषणा नहुँदै राष्ट्रिय अवार्ड खोसियो । त्यसरी आफ्नो भागको अवार्ड अरुले लिनेभएपछि आत्मिक रुपमा दबाब र तनावमा पर्नु स्वभाविकै हो । त्यही तनावले होला नम्रता कार्यक्रममा त उपस्थित भइन् तर ढिलो आइन् र छिटो गईन् । अरुले कुरा काट्ने मेलो नपाऊन् भन्ने मात्र उनको उदेश्य थियो । यो कुराको खुलासा स्वयम् जुरी सदस्य करिश्माले गरिदिएपछि कलिउड बजारमा केही गसिपहरुले मौलाउँने ठाउँ पाएको छ । आखिर मन्त्रीजीले नम्रताको अवार्ड किन खोसिदिए त रु र, रिचालाई नै दिनुको कारण के हुनसक्छ रु भनिन्छ यस्तै प्रश्नहरु नउठोस् भनेर अर्की बालकलाकार संगम बिष्टलाई पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो । हुनत , यस्ता खालका अवार्ड समारोहपछि विभिन्न खालका चर्चा चल्ने गरेका हुन्छन् । तर , जुरी नै असन्तुष्ट हुनुले पक्कै पनि ‘ दालमा केही कालो छ ’ भन्ने देखाउँछ । तर कालो चाहिं केमा थियो ?
Read more ...

बिर्सेर पनि यी खाद्यवस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस,कारण थाहा पाउनुहोस

हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।

तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई फ्रिजमा राख्ने आवश्यक्ता पर्दैन भने कतिपयको पौष्टिक गुणहरु फ्रिजमा नास हुने गर्दछन्।
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ। फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ। आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १ २ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ।
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ।
लसुनलाई पनि प्याजको लागि भने जस्तै तरिका प्रयोग गरेर राख्न सकिन्छ। तर फ्रिजमा राखे लसुन पनि गल्छ। गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ।
सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ। १ २ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ।
चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ।
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ। एजेन्सी
Read more ...

Sunday, 2 August 2015

प्रेम विवाह गरेकी गिता जलिन् घरभित्रै, घटना ३ दिनपछि सार्वजनीक

बर्दिया मोहम्मदपुर– १ शितलाबजारकी ३० वर्षीया गीता शेखको झण्डै आधा शरिर जलेर नेपालगञ्जको भेरी अञ्चल अस्पताल उपचार गराइरहेको अवस्थामा घटना सार्वजनीक भएको छ ।
अन्तर धार्मिक प्रेम विवाह गरेकी गिताको आधा शरिर जलेको अवस्थामा परिवारका सदस्यहरुले उपचार गराइरहेको अवस्थामा घटना सार्वजनिक भएको हो । उनले गत शुक्रबार राति करिव साढे ९ बजे आफैले आफैमाथि मट्टीतेल छर्केर आगो लगाएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।
गीताको उपचारका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा पुगेका श्रीमान् नईवुद्दिन शेषले भने—‘मैले अर्को विवाह गरे पनि यिनलाई धेरै माया गर्छु तर अचानक यस्तो घटना भयो ।’ भेरी अञ्चल अस्पतालको बर्निङ वार्डको १२६ नम्बर बेडमा अचेत अवस्थामा गीताको उपचार भैरहेको छ ।
भेरी अञ्चल अस्पताल भेटिएकी पीडित गीताकी सहोदर भाइबुहारी पार्वती नेपालीले आफैले आगो लगाएको भन्ने सुनिएको छ । किन र केका लागि हो केही थाहा आफुलाई केही थाहा नभएको बताउनुभयो ।
उनका दुबैहात छाती, खुट्टा, अनुहार लगायतका अंग नराम्रोसँग जलेका छन् । शरिरको ३१ प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ । गिताका श्रीमान् नईवुद्दिन शेषले मुस्लिम महिलासँगै दोस्रो विवाह गरेका छन् ।
श्रीमान् १० दिन अघिमात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका हुन् । नेपालगन्जमा उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि काठमाडौ पठाउने तयारी भएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।
Read more ...

डिभी-पिआर बोक्नेले जागिर छोड: मन्त्री पण्डित

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्र सेवाको प्रतिवद्धतासहित काम गर्नेले मात्र निजामती कर्मचारी हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल उदयपुरद्वारा आइतबार सदरमुकाम गाईघाटमा आयोजित पत्रकार भेटघाटमा स्वदेशको तलब खाएर डिभी र पिआर लिइ विदेश जाने प्रवृत्ति रोक्न निजामती कर्मचारी एेन चौथो संशोधनसहितको सुधार योजना ल्याइएको बताए ।

ुनिजामती कर्मचारी ऐन चौथो संशोधनसहित अहिले प्रशासनिक सुधारको योजना ल्याइएको छ,ु मन्त्री पण्डितले भने, ुकर्मचारी वर्गले राष्ट्रसेवक भएर काम गर्नैपर्ने हुन्छ, नत्र जागिर छाड्नु पर्छ ।ु

स्वदेशको तलब खाएर डिभी र पिआर लिइ विदेश जाने कर्मचारीको प्रवृत्ति रोक्न आफू प्रतिवद्ध रहेको बताए । ुदेशमा काम गरेर विदेशको डिभी पिआरको सपना देख्नेविरुद्ध कारबाही थालेका छौुं, उनले भने, ुव्यापक प्रशासनिक सुधार गर्न अहिले मैले अभियान नै चलाएको छु ।ु

फरक प्रसंगमा मन्त्री पण्डितले कुनै बाधा–अवरोध बिना नयाँ संविधान साउनभित्रमै जारी हुने बताए । प्रादेशिक सीमाङ्कनसहित संविधान जारी हुनसके धेरैले चित्त बुझाउने मन्त्री पण्डितको भनाइ थियो ।

संविधान जारी भएलगत्तै एमालेको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दाबी पनि मन्त्री पण्डितले गरे ।

पूर्वका विभिन्न जिल्लाको प्रशासनिक कामको अनुगमन गर्दै शनिबार उदयपुर आइपुगेका मन्त्री पण्डितले आजै जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

Read more ...

सुकुम्बासीले कब्जा गरे भूकम्पपीडितको नाममा टुँडिखेल

बैशाख १२ गते ठूलो भूकम्प गएपछि काठमाडौंमा पनि धेरै घर भत्किए, घर नभत्किएकाहरु पनि लगातारको परकम्पका कारण घरभित्र पस्न डराए। सरकारले भूकम्पको त्रासमा रहेकाहरुलाई टुँडिखेल लगायत अरु बिभिन्न खाली ठाउँमा आश्रयको ब्यवस्था मिलायो। परकम्प कम हुँदै गएपछि मानिसहरु आफ्नो घर र तर भूकम्प गएको १०० दिन पूरा भइसक्दा पनि भूकम्प पीडितको नाममा टुँडिखेलमा बसेकाहरु घर वा आफ्नै अस्थायी आवासमा फर्केका छैनन्। बरु उनीहरुलाई त्यहाँबाट हटाउन सरकारलाई नै मुश्किल पर्ने देखिएको छ।    हाल २ सय ३५ परिवार टुडिँखेलमा २३ वटा टेन्टमा बस्दै आएका छन्। त्यसमध्ये २६ परिवार काठमाडौँमा घडेरी भएका तर घर भत्किएका अवस्थाका छन्। त्यस्तै ४५ परिवार भूकम्पका कारण डेरा भत्किएकाहरु रहेका छन्। बाँकी भने राजधानीमा डेरा र घर समेत नभएका सुकुम्बासी रहेका टुँडिखेलमा भूकम्पपीडितलाई ब्यवस्थापन गर्ने नेपाली सेनाका महासेनानी प्रयोगजंग राणाले बताए।
Read more ...

Saturday, 1 August 2015

आफ्नो श्रीमानलाई छोडेर फेसबुकमा लब परेको केटा संग भाग्दा बम्बैमा बेचिन पुगिन्

पाँच वर्षअघि आफैंले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान्श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो । उनीहरूबीच बेला(बेला विवाद पनि हुन थाल्यो । आर्थिक समस्याका कारण परिवारमा तनाव भएपछि माइतीको सहयोगमा श्रीमानलाइ वैदेशिक रोजगारीमा पठाइन् ।
यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई नाम परिवर्तन को । श्रीमान् वैदेशिकरोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् । घरबेटीकी छोरीको सहयोगमा विमलाले फेसबुक पनि चलाउन सिकिन् । त्यही फेसबुकबाट भएको चिनाजानी मायाप्रेममा बदलिएपछि उनी झन्डै बेचिने अवस्थामा पुगेकी थिइन् ।

भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।

हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२र३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो ।’ विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् । तर प्रेमले अन्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।

Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us