Friday, 26 August 2016

बिमाबाट धेरै रकम पाउने लोभमा आफ्नै हात खुट्टा टुक्रा टुक्रा पारेपछि .....

काठमाडौं । भियतनामकी एक महिलाले बिमा रकम लिनको लागि आफ्नो हात खुट्टा काटेकी छिन् । यसै वर्ष मेमा ३० वर्षकी ली थी एनले आफू रेलसँग ठोकिएको दाबी गरेकी थिइन् । तर, अहिले उनले स्वयं आफ्नो आंग काटेको स्विकार गरेकी छिन् ।

ली थी एन बीमा कम्पनीबाट डेढ लाख डलर भन्दा धेरै रकम असुल्न चाहन्थिन् । हुआ यू को हनोई रेल रोडमा भएको भनिएको दुर्घटनापछि डोआन वान डीले एम्बुलेन्सलाई फोन गरेका थिए ।  अनुसन्धानबाट एम्बुलेन्स बोलाउने व्यक्तिले नै उनको अंग काटेको खुलेको छ ।
घटना भएको तीन महिना पछि महिलाले सामाजिक सञ्जालमा आफ्नो ती तस्वीर पोस्ट गरेसँगै वास्तविकता अगाडि आएको थियो ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार एनको कारोबार बिग्रिएको थियो । भियतनामका सामाजिक सञ्जालहरुमा यो घटनाबारे निकै चर्चा भएको छ ।
केहीले महिलोको यस्तो हर्कतको आलोचना गरेका छन् भने केहीले यस्तो गर्नुको पछाडिको बाध्यता बारे टिप्पणी गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार प्रहरीले महिलाको अंग काट्ने व्यक्ति विरुद्ध आपराधिक जाँच बन्द गरेको छ ।
हनोई बार एसोसिएशनका एक वकिल ली वान लुआनले बीबीसीलाई जनाए अनुसार कानूनमा उनीहरुलाई कारबाही गर्ने धाराको अभाव छ ।
Read more ...

आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार, २४ वर्षीया राईको मृत्यु

झापा । छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी– ७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ । आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन् । 

छुरा प्रहारबाट गम्भीर घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । छुरा प्रहारबाट घाइते भएका उनका श्रीमान् धनबहादुरलाई भने लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

 अभियुक्त रीतालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
Read more ...

डीप्रेशनको औषधी खादै ‘माग्ने बुढा’

विभिन्न चलचित्र एवं टेलिचलचित्रमा अभिनय गरेर दर्शकलाई हँसाउदै आएका हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) आफैं डीप्रेशनको शिकार भए भन्ने सुन्दा दर्शकलाई विश्वास नलाग्न सक्छ ।

तर, यथार्थ यही हो । पेटको रोगको उपचारपछि घरमै उपचार गरिरहेका माग्नेले अहिले डीप्रेशनको समेत औषधी खान सुरु गरेका छन् । नयाँ हाँस्य श्रृङ्खला ‘खास खुस’ प्रशारण सुरु भएपछि उनी बिरामी परेका थिए । पछिल्लो समय युट्युब च्यानलबाट ‘खास खुस’ प्रशारण भएपनि माग्ने बुढा उपस्थित छैनन् । धेरै दर्शकले सोध्ने गरेका छन् खै त माग्ने । उनले यही प्रश्नको जवाफ दिने उद्देश्यले एउटा भिडियो समेत पोष्ट गरेका छन् ।

पेटमा अल्सर भएपछि उनी उपचारपछि घरमै थिए । पछि डीप्रेशन भएको माग्ने स्वयंले बताएका छन् । अहिले उनले तिन प्रकारको औषधी खाइरहेका छन् ।

एल्लोप्याथिक र आयुर्वेदको औषधि खाइरहेका माग्ने हरेक दिन नौ वटा जति औषधी खान्छन् । पेटको समस्या समाधान हुँदै गएको जानकारी दिँदै उनका परिवारका सदस्यले माग्नेको स्वास्थ्य राम्रो हुँदै गएको बताएका छन् । उनी बिहिबार ‘सुर्के थैली’ बोलको गीतले युटुबमा १ करोड भ्यू पाएको अवसरमा आयोजित एक कार्यक्रममा पनि उपस्थित भएका थिए ।
Read more ...

व्यवसायीमाथि प्रहरी कार्यालयभित्रै निर्घात कुटपिट

काठमाडौं । इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए ।

तर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट (पेन्टर) व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ ।

स्थानीय संगीत चोकमा रहेको न्यु रेम्बो आट्र्स एन्ड नाइलन स्ट्याम्पका कर्मचारी मनोज पञ्जियारलाई प्रहरीले शुक्रबार दिउँसो ३ बजे कार्यालयभित्रै लगेर कुटेका हुन् । उनको देब्रे गाला सुन्निएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Read more ...

भूकम्प पीडितले असोज २ भित्र पहिलो किस्ता पाइसक्ने

काठमाडौं । भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुलदान पाउनयोग्य लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम उपलव्ध गराउन विशेष अभियान थालेसँगै तीव्र गतिमा रकम उपलव्ध गराइएको मन्त्रालय अन्तरगतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार भूकम्पपीडितसँग सम्झौता भएको एकाइका प्रमुख गणेशकुमार वस्तीले जानकारी दिए । शुक्रबारसम्ममा अति प्रभभावित जिल्लाका करिब ७१ दशमलब ८८ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कामकारबाही छिटोछरितो गराउन क्विक रेस्पोन्स टिम तयार गरेर जिल्ला पठाएको छ ।
Read more ...

भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
भारतको हिमाञ्चलमा प्रदेशमा आएको बाढी । घटना गत आइतबार रातिको हो । तर, प्रहरीले शुक्रबारमात्रै घटनाबारे जानकारी दिएको हो ।

हिमाञ्चल प्रदेशमा पर्ने सिमलाको बन्द्राली गाउँमा घनघोर पानी परेको र पहिरोमा पुरिएर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको इण्डो एसियन न्यूज सर्भिसले जनाएको छ ।

मृत्यु हुनेमा नेपाली नागरिक लछिराम, उनकी श्रीमती र तीन जन बच्चा रहेको समाचारमा उल्लेख छ । तर, उनीहरुको नेपालको ठेगाना भने उल्लेख छैन ।

लछिराम परिवारका सदस्यसहित अस्थायी टहरोमा त्यहाँ बस्दथे र स्याउको बगैंचामा काम गर्दथे ।

अविरल वर्षा र पहिरोले स्याउ बगैंचा ध्वस्त भएको छ ।
Read more ...

यसकारण फाल्नु हुदैन आलुको बोक्रा,यी हुन फाइदाहरु

स्वाद र  मिठोपनको लागि आलु त खानुहुन्छ तर के तपाईले कहिले आलुको बोक्रा खानेबारे सोच्नुभएको छ ? यदि अहिलेसम्म सोच्नुभएको छैन भने एक पटक विचार गर्ने की ? जतिपटक तपाईको घरमा आलुको तरकारी बन्छ सो समय आलुलाई ताछेर  त्यसको बोक्रा सञ्चय गरेर राख्नुहोला ।  यसलाई फरक फरक तरिकाले प्रयोग गरेर धेरै रोगबाट बच्न सक्नुहुन्छ । यसबाट तपाइले औषधीमा गर्ने खर्च समेत  बचाउन सक्नुहुन्छ । 

 १)  ब्लड प्रेसरको लागि स् आलुमा राम्रो खालको पोटासियम पाइन्छ । पोटासियमले ब्लडप्रेसरको नियमन गर्न सहयोग गर्छ ।  
२) मेटाबालिज्म स् यसले मेटाबालिज्मलाई पनि सही तरिकाले राख्न मदत गर्छ ।  विज्ञहरुलाई आधार मान्ने हो भने आलुको बोक्रा खादा नब्र्सलाई मजबुत बनाउँछ ।  
३) एनिमिया स् यदि तपाई आइरनको कमीबाट जुधिरहनु भएको छ  भने आलुको ताछेको बोक्रा खानुहोस अरु सब्जीसँग । यसले एमिनियाको खतरालाई टार्छ ।  
४) ताकतका लागि स् आलुको बोक्रामा भरपुर मात्रामा भिटामिन बि ३ पाइन्छ ।   
५ फाइबरले भरपुर स् हाम्रो डाइटमा फाइबरको केही मात्रा जरुरी पर्छ । यो आलुमा पाइन्छ । यसले डाइबेटिज प्रणालीलाई बुस्ट गर्न मदत गर्छ ।  
Read more ...

फास्ट ट्रयाक भारतलाई नदिन प्रधानमन्त्रीलाई पार्टीको खबरदारी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रभि गठन गरिएको सरकार सञ्चालन सहयोग समितिका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई त्यस्तो निर्देशन दिएका छन ।

राष्ट्रियताको मामिलामा भारसँग नचुक्न माओवादी नेताहरुले खबरदारी गरेपछि प्रधानमन्त्री प्रचण्डले त्यस मामिलामा आफू सचेत र सजग रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

पार्टीका नेताहरुको निदैशनपछि दाहालले आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा राजनीतिक र संवैधानिक विषय नरहेको प्रस्ट पार्दै आफ्नो भारत भ्रमणका क्रममा पनि आफू सतर्क रहने प्रतिवद्धता व्यक्त गरे ।
Read more ...

बसबाट उछिट्टिएर बाँचेका यात्रुले १०० नम्बरमा फोन गरेपछि...

चितवन–शुक्रबार बिहान सबेरै करिब साढे तीनबजे चितवन जिल्ला प्रहरी कार्यालयको १०० नम्बर फोनको सेटमा घण्टि बज्यो। फोन गर्ने व्यक्ति दुर्घटना भएको बसका यात्रु थिए, नाम रितेश ठाकुर।
रौतहटको गौराबाट पोखराका लागि छुटेको ग १ ख ३७९० नम्बरको बस दुर्घटनामा परेको थियो। धेरै प्रयासपछि प्रहरीले घटनास्थल पत्ता लगाउँदा एक घण्टा बितिसकेको थियो। सडक क्षेत्र चाहार्दा पनि दुर्घटना स्थल सहजै पत्ता लाग्ने अवस्था थिएन।
‘बस खस्यो, रुवाबास मच्चियो, म बसबाट उछिट्टिएर भिरमा खसेँ,’ चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार गराई रहेका रितेशले भने ‘मसँग मोबाइल साथमै थियो मैले प्रहरीलाई फोन गरेर दुर्घटनाबारे बताएँ।’
बसमा ठ्याक्कै कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरी भनाइ छ। ‘२१ जना मृतकको शव संकलन भएको छ, १६ जना घाइतेको उद्धार गरिएको छ।’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) बसन्त कुँवरले भने ‘३९ जना यात्रु र बाँकी तीनजना चालक दलका सदस्य थिए भन्ने जानकारी छ । मृतक र घाइते गरेर ३७ जना  भेटिए। सायद तीन–चार जना नदी मै बगेको हुन सक्छ।’
शवहरु घटना स्थलबाट भरतपुर अस्पताल ल्याइएको छ। घाइतेमध्ये १२ जनाको चितवन मेडिक कलेज र चारजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। मुग्लिनदेखि चार किलोमिटर पश्चिम चण्डिभञ्ज्याङ गाविसको वडा नं. ५ कालिखोलामा सो बस सडकबाट तल खसेको थियो। सामान्य घुमाउरो र केही उकालो रहेको सो बाटोमा दुर्घटना के कारणले भयो भन्ने यकिन भएको छैन।
‘साँघुरो सडकमा किनार धेरै च्याँपेर ल्याउँदा गाडी भिरमा पुगेर खसेको हुन सक्ने प्रहरीको अनुमान छ। ‘चालकको कमजोरी वा यान्त्रिक गडबडीले पनि घटना भएको हुन सक्छ, घटनाको अनुसन्धान सुरु गरेका छौं’ चितवन जिल्ला ट्राफिक प्रहरी कायाृल्यका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले भने।
Read more ...

यस्तो ढुंगा, जसलाई फुटाउँदा रगत निस्किन्छ


पृथ्वीमा कैयौँ प्रकारका ढुंगा पाइन्छन् । तर सबै पत्थरको एउटा साझा विशेषता भनेको यी सबै निर्जिव वस्तु हुन् । तर कुनै पत्थर टुक्रिँदा वा त्यसलाई काट्दा सजिव प्राणीको शरीरबाट जस्तै रगत निस्किएको सुन्नुभएको छ रु सायद छैन होला । तर यो साँचो हो की यो पत्थरलाई फुटाउँदा केवल रगत निस्किने मात्र होइन की यो पत्थरको मासु समेत निकै महंगोमा बिक्रि भैरहेको छ ।
चिली तथा पेरुको समुद्री किनाराहरुमा यस्तो ढुंगा पाइन्छ । यो पथ्थरलाई एथगचब ऋजष्भिलकष्क नामले चिनिन्छ । जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्किन थाल्दछ । यो पत्थरभित्र मासु पनि हुन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम हुन्छ ।

समुद्रको गहिराइसम्मै पुगेर यो पत्थरको खोजी गर्दछन् मानिसहरु । कारण, यो पत्थरभित्रको मासु निकै महंगोमा बिक्रि हुन्छ दुनियाका विभिन्न देशमा । यो ढुंगाको मासु काँचै खान मन पराइन्छ ।

आखिर ढुंगाबाट रगत आउन र ढुंगाभित्र मासु हुन सम्भव छ त रु कुनैपनि हालतमा छैन । वास्तवमा यो निर्जिव ढुंगा नभै एउटा सामुद्रिक जिव हो ।

जसले स्वास पनि फेर्दछ र खाना पनि खान्छ । यसले आफ्नो लिंग पनि बदल्छ र बच्चा पनि जन्माउँछ । तर यो देख्दा हुबहु ढुंगाजस्तै देखिन्छ । त्यसैले यो रगत आउने पत्थरको नामले चिनिन्छ ।
Read more ...

घाँटीमा चक्कु तेर्सासाएर दुई महिनाकी सुत्केरीमाथि बलात्कार

धरान । सुनसरीको धरान–१५ श्यामचोकनजिकको सुकुम्वासी बस्तीमा बुधबार राति एकजना दुई महिने सुत्केरी महिलामाथि बलात्कार गरिएको छ ।

राति करिब ९ बजे श्रीमान् घरमा नभएको बेला सुतिरहेको अवस्थामा छिमेकी एक युवकले चक्कु देखाउँदै नजिकै रहेको आफ्नै घरमा लगेर रातभर बलात्कार गरी बेहोश अवस्थामा छाडेको पीडित महिलाले बताएकी छिन् । 


घाँटीमा चक्कु राखेर करीब दुई महिनाको दूधे बालकसहित जबर्जस्ती घरबाटै उठाएर लगेको पीडितको भनाई छ । बिहान होस खुल्दा रगत बगिरहेको अवस्थामा आफू तिनै युवकको घरको पेटीमा सुतिरहेको उनले सुनाइन् । प्रतिकारको प्रयास गर्दा पनि ती युवकले छुरा देखाएर जबर्जस्ती गरेको बताउँदै भनिन्,छाडदिन आग्रह गर्दा पनि जर्बजस्ती गरिरहे मैले पीडा खप्नै सकिन् ।


छिमेकीले उनलाई बिहीबार बिहान रगतपच्छे अवस्थामा भेटेका थिए । पति रिक्साचालक भएकाले राति अबेर आउने गरेको मौका छोपी ती युवकले उनलाई आप्mनै घरमा लगेर बलात्कार गरेको छिमेकीले बताएका छन् । उनीहरुले ती युवकसमेत घरमा एक्लै भएको समयमा बलात्कार गर्न सफल भएको जनाए ।


राति श्रीमान् घरमा पुग्दा श्रीमतीलाई नभेटेपछि छिमेकीको सहयोगमा रातभर खोजी गरेका थिए । राति नभेटिएकी उनी बिहान छिमेकीकै घरमा रक्ताम्य अवस्थामा भेटिएपछि मात्रै उनी बलात्कृत भएको खुलेको थियो । अपहरण नै गरेर गरिएको विभत्स बलात्कारको घटनामा संलग्न भने फरार छन् ।

डीएसपी ढकेन्द्र खतिवडाले पीडितको जाहेरी आएको र स्वास्थ्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताए । उनले घटनामा संलग्नको खोजी भइरहेको बताए ।

Read more ...

बालबालिकालाई स्वस्थ्य बनाउनका लागि यी हुन् आवश्यक पोषण


काठमाडौं । आजका बालबालिका भोलिका कर्णधार हुन् । त्यसैले बालबालिकाको उचित स्याहार गर्नु आवश्यक छ । यसका लागि खाने बानी परिवर्तन गर्दैमा बालबालिकाको उचित विकास हुँदैन । उनीहरूले खाने खाना पोषणतत्वयुक्त हुनुपर्छ । यसो भए मात्र उनीहरूको विकास सही ढंगमा हुन्छ ।  


क्याल्सियम : क्याल्सियमले हड्डी बलियो बनाउँछ । यसकारण बालबालिकाको शरीरमा यसको सही मात्रा पुग्नु जरुरी छ । २५ वर्षको उमेरपछि शरीरमा हड्डीको निर्माण बन्द हुन्छ । त्यसभन्दा पहिले नै शरीरमा क्याल्सियमको सही मात्रा नपुगे पछि गएर अस्टियोपोरोसिस हुने सम्भावना बढ्छ । 
खानामा कसरी समावेश गर्ने स् बालबालिकालाई दिनहुँ कम चिल्लो भएको डेरी प्रोडक्ट दिनुपर्छ । एक कप दूध, एक कप दहीका साथै एक टुक्रा चीज ख्वाउनुपर्छ । 


आइरन : आइरनले शरीरमा भएको अक्सिजन फोक्सोको कोषिका तथा सेलसम्म पुर्‍याउने काम गर्छ । आइरनको कमी भए एनिमिया हुने खतरा बढ्छ । यसले रोगप्रतिरोधक क्षमता कम हुनुका साथै बालबालिका कमजोर हुँदै जान्छन् । 


खानामा कसरी समावेश गर्ने १ देखि ३ वर्षका बालबालिकालाई दिनहुँ ७ एमजी तथा ४ देखि ८ वर्षका बालबालिकालाई १० एमजी आइरनको आवश्यकता पर्छ । पालक, सिमी, चुकन्दर आदि प्रशस्त आइरन भएका खानेकुरा दिनुपर्छ । यसका साथै मासु तथा अण्डाबाट पनि आइरन प्राप्त हुन्छ । फलामको भाँडामा पकाइएको कालो दालबाट पनि प्रशस्त आइरन पाइन्छ ।


फाइबर : फाइबरले शरीरमा रगत तथा चिनीको मात्रा सन्तुलित राख्नुका साथै पाचन प्रणाली पनि ठीक राख्छ । यसले तौल पनि नियन्त्रण राख्छ । 


खानामा कसरी समावेश गर्ने स् बालबालिकाले अन्न ब्राउन राइस, गहुँको रोटी, दाल, फलफूल तथा सागपातबाट राम्रो फाइबर प्राप्त गर्नसक्छन् । तसर्थ बालबालिकालाई यस्ता खानेकुरा दिन सकिन्छ । 
पोटासियम स् पोटासियमले मांसपेशी बलियो बनाउँछ । यसले स्नायुप्रणाली ठीक राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ भने उच्च रक्तचाप पनि नियन्त्रित राख्छ । 


खानामा कसरी समावेश गर्ने स् बालबालिकाले एकदिनमा जति खाना खान्छन् त्यसको आधा भाग फलफूल तथा सागपात दिनुपर्छ । बालबालिकाले जति धेरै फलफूल तथा सागपात खान्छन् त्यति नै राम्रो हुन्छ । केरा पोटासियमको राम्रो स्रोत भएकाले बालबालिकालाई दिनमा एउटा केरा दिन सकिन्छ । 



भिटामिन ई : भिटामिन ईले पनि स्नायुप्रणाली स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । यसले मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउनुका साथै रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । 


खानामा कसरी समावेश गर्ने स् बालबालिकालाई दिनमा ७ एमजी भिटामिन ईको आवश्यकता पर्छ । यसका लागि दिनमा चार–पाँचवटा हाडे (ठूलो) बदाम दिन सकिन्छ । यसैगरी भिटामिन ई प्राप्त हुने मकै, काँक्रा, काजु आदि पनि ख्वाउन सकिन्छ । 




Read more ...

Thursday, 25 August 2016

ठमेल घुम्न जार्दै हुनुहुन्छ ? आचार संहिता पढ्नुस् नत्र पक्राउ परिएला ?

काठमाडौं । साँझ पर्दै गएपछि कामाडौंका अधिकांश बजार बन्द हुन्छन् । तर, ठमेल ती बजारमध्ये अपवादमा पर्छ । जहाँ दिउँसो प्रायः सुनसान हुन्छ र साँझ परेपछि चहल(पहल बढ्न थाल्छ । रात्री मनोरञ्जनको मुख्य थलो मानिने ठमेल स्वदेशी र विदेशी सबैका लागि आकर्षणको केन्द्र मानिन्छ ।

के छैन ठमेलमा रु डान्सबारदेखि रेष्टुरेन्ट, डिस्कोदेखि गजलसम्म । तर, नकारात्मक विषयले सकारात्मक व्यवसाय गर्नेहरु मारमा पर्न थालेका छन् । ठमेलको परिचय नकारात्मक बन्न थालेपछि अचेल ठमेलका पुराना रात्री व्यवसायीहरुले सुधारको अभियान सुरु गरेका छन् ।

आचारसंहिता निर्माण

झण्डै १२ वर्षदेखि ठमेलमा रात्री व्यवसाय सञ्चालन गर्दै आएका दावा तामाङ ठमेलमा लामो समयसम्म टिक्ने निकै कम व्यवसायीमध्येका एक हुन् ।

काठमाडौं होटल नजिकै रहेको फायर क्लब उनको सबैभन्दा चर्चित क्लब हो । त्योबाहेक नर्सिङ चोकमा रहेको नगरकोट दोहोरी र पछिल्लो समय इबिजा लाउन्ज सञ्चालनमा छन्, जसमा उनीसँगै अन्य ६ जनाको टीम संलग्न छ ।

तीनवटा व्यावसाय सञ्चालन गरेर सय जनाभन्दा बढीलाई रोजगार दिने दावा लगायतले ठमेलको बदनाम परिचय बदल्ने प्रयास थालेका छन् ।

ठमेल पर्यटकीय नगरी भए पनि टिक्नै मुस्किल हुने गरेको व्यवसायी बताउँछन् । गुण्डागर्दी र अवैध व्यवसाय हुने भनेर ठमेलको बदनाम परिचयका कारण स्थानीय व्यवसायीहरु यसबाट सचेत थालेका छन् ।  पछिल्लो समय प्रहरी प्रशासन र व्यवसायीकै कारण ठमेल मर्यादितमात्रै होइन, सुरक्षित बन्न थालेको दावाको दाबी छ ।

केही महिनादेखि रात्री व्यवसाय सञ्चालन गर्नेहरुले ठमेललाई मर्यादित र व्यवस्थित बनाउन एउटा टीम बनाएका छन् । त्यो टीमको उद्देश्य रात्री व्यवसायका नाममा गुण्डागर्दी, लुटपाट, आतंक र महिलामाथिको दुव्र्यवहार रोक्ने हो । यसका लागि टिमले हरेक डान्सबार, दोहोरी तथा डिस्कोका लागि आचारसंहिता बनाएको छ ।

आचारसंहितामा कर्मचारीहरुको पोशाक पनि तोकिएको छ । हरेकले आफ्नो रेष्टुरेन्ट तथा डान्सबारमा अनिवार्य सीसी टीभी क्यामेरा राख्नुपर्ने छ ।

हरेक व्यवसायमा कार्यरत कर्मचारीहरुदेखि सञ्चालकसम्मका बारेमा विस्तृत विवरण संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा समेत बुझाइएको छ । यसले कुनै घटना भयो कि सञ्चालकले मेरो मान्छे होइन भनेर उम्कन दिने छैन ।

यदि कसैले आचारसंहिता मानेको छैन भने उसलाई कार्वाहीका लागि प्रहरी प्रशासनमा सिफारिस गर्न ‘रात्रीकालीन सट कमिटी’ बनेको दावाले बताए ।  ‘हामी ठमेलको बदनाम परिचय हटाउन चाहान्छौं,’ आचारसंहिता बनाउनुको कारण स्पष्ट पार्दै तामाङ भन्छन्, ‘हामी यहाँका हरेक क्षेत्रमा पूर्णपारिवारिक वातावरण बनाउँछौं ।’

पछिल्लो समय ठमेलका व्यवसायहरु पारिवारिक वातावरणमा सञ्चालन हुन थालेको व्यवसायीहरु बताउँछन् । सुरक्षा व्यवस्था बलियो हुन थालेपछि पूर्वराजपरिवारका सदस्यहरुदेखि चर्चित कलाकाहरुसमेत परिवारलाई लिएर ठमेल आउने गरेको लामा बताउँछन् ।

करिब ५ वर्ष अगाडिसम्म यस्तो थियो कि ठमेलमा खुलेका डान्स बार, दोहोरी तथा डिस्कोहरुमा बज्ने आवाजले मान्छेहरुलाई मनोरञ्जन होइन झर्को दिन्थ्यो । डान्सबार र डिस्कोहरुलाई साउण्ड प्रुफको व्यवस्था गर्नुपर्ने नियम बनाइएको छ, ता कि भित्र बजेको आवाज बाहिर नआवोस् र कसैलाई डिस्टर्ब नगरोस् ।

प्रहरीको सक्रियता

डान्सबारहरुमा दैनिकजसो हुने ग्याङ फाइट, मध्यरातसम्म रक्सीले मातेकाहरुको झगडाले ठमेल निकै असुरक्षित थियो । तर, पछिल्लो समय ठमेलमा राति १० बजेपछि मदिरा पसलहरु बन्द हुन्छन् ।

गुण्डागर्दीको थलो बनेका रात्री व्यावसायहरु प्रायजसो विस्थापित भैसकेका छन् । ४० भन्दा बढी डान्सबार र १० भन्दा बढी डिस्को चलेको ठमलेमा अहिले १२ वटा मात्रै डान्सबार र ६ वटामात्रै डिस्को अर्थात क्लबहरु छन् ।

सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौर ठमेलको सडकमा बसेर युवतीलाई जिस्काउने क्रम अझै नघटेको बताउँछन् । ‘सडकमा बसेर युवतीमाथि दुव्र्यवहार गर्ने  ५० जना बढी पक्राउ परिसकेका छन्, दुईवटा सक्कली र तीनवटा नक्कली पेस्तोलसमेत बरामद भएको छ,’ डीएसपी राठौर भन्छन्, ‘विगतजस्तो डान्सबारमा ग्राहक कुटिने र ज्यादती गर्ने समूह कमजोर देखिए पनि ठमेल मर्यादित बन्न अझै केही समय लाग्छ ।’

प्रहरीले ठमेल क्षेत्रको निगरानी गर्न सादा पोशाकमा प्रहरीसमेत परिचालन गरेको छ । ठमेल पुग्नेहरुले झट्ट चिन्न नसक्ने ति सादा पोशाकका प्रहरीहरुले हरेक गतिविधिको रिपोर्टिङ गर्छन् र प्रहरीले त्यसैअनुसार एक्सन लिन्छ ।

तर, ठमेल पुगेकाहरुले आफू लुटिएको वा कुटिएको घटना लाजले लुकाउने गरेकाले अवाञ्छित गतिविधि नियन्त्रणमा समस्या आउने गरेको प्रहरीको बुझाइ छ । विगतको तुलनामा भने ठमेल धेरै परिवर्तित भएको सई राजेन्द्र कटवाल बताउँछन् ।

ठमेल क्षेत्रमा सादा पोशाकमा खटिने कटवाल भन्छन्, ‘कहिँकतै सानातिना समस्याहरु हुनसक्छ । कतिपय ग्राहकले दुःख पाए पनि प्रहरीलाई भन्दैनन् तर ठमेल हिँजो जस्तो छैन ।’
Read more ...

दौरासुरुवालमा सजिएर नवनियुक्त १३ मन्त्रीले सपथ लिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ जना मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनियताको सपथ गराइन् ।

नेपाली कांग्रेसको तर्फबाट अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रममन्त्री भएका छन्  ।

यसैगरी सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन् ।

गगन थापा स्वास्थ्य र शंकर भण्डारीले वन मन्त्री बनेका छन् ।



Read more ...

‘नवजात शिशुको हत्या’ गर्ने प्रेमी–प्रेमिकालाई जन्मकैद

पर्वत । अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखाका १९ वर्षीय मनोज बोहोरालाई जन्मकैद सजाय सुनाएको हो ।


पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मङ्गलबार दुई प्रेमीप्रेमिकालाई छुट्टाछुट्टै सजाय हुने गरी फैसला गरेको छ । अदालतले पर्वत नाग्लिवाङ–४ की सङ्गीता रेग्मीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३ ९३० बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ भने बाग्लुङ नगरपालिका–१ रामरेखाका मनोज बोहोरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३९४० बमोजिम जन्मकैद हुने गरी फैसला सुनाएको हो ।

रेग्मी र बोहोराबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । अवैध सम्बन्धका कारण रहन गएको बच्चा जन्मेपछि हत्या गरेर घर नजिकै बारीमा गाडेको आरोपमा मुद्दा चलेको थियो ।रेग्मीले नाङ्गलिबाङ्ग–४ स्थित घर नजिकै घैयाबारी भन्ने स्थानमा २०७२ कात्तिक २१ मा जन्म दिई धाँजा फाटेको ठाउँमा शिशु फालेको प्रहरीले फेला पारेकोे थियो । शिशुको शव काग, गिद्धले बाहिर निकालेको अवस्थामा भेटिएपछि स्थानीयवासीले कात्तिक २४ गते प्रहरीलाई खबर गरेका थिए ।

बागलुङमा बसेर क्याम्पस पढ्दै गरेकी रेग्मी र बोहराको लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको प्रहरी सोधपुछबाट प्रमाणित भएको थियो । उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरी २०७२ मङ्सिर १६ गते पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत मुद्धा दायर गरेको थियो ।


Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us