Saturday, 11 March 2017

भक्ती थापा सम्झाउने योद्धा, ११ तोप सलामी पाउने झुपडीको युवा



भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उहाँलाई ११ तोपको सलामी सहित अन्तेष्टि गरिनेछ । सेती अञ्चलअस्पताल धनगढीमा रहेको शव नगर परिक्रमा गराउँदै अन्तेष्टिका लागि कञ्चनपुर लगिनेछ । सरकारले राष्ट्रिय सम्मान दिने भएपछि उनको अन्त्येष्टि आज गर्ने स्थानीयले जनाएका छन् ।

उहाँलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिनुभयो । गत बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय फौजले गोली चलाउँदा उहाँको मृत्यु भएको थियो । उहाँको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

आज बिहान ८ बजेबाट शवयात्रा गरिने स्थानीयले जनाएका छन् । अत्येष्टिका लागि प्रधानमन्त्री, गृहमन्त्री या मन्त्री आउनुपर्ने र राष्ट्रियताको विषय भएकाले राहत रकमसमेत बढाउनुपर्ने माग स्थानियको माग छ । शवयात्रा दोधा नदीमा पुगेर टुंगिनेछ । नदी–किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने स्थानीय प्रशासनले जनाएको छ ।

वास्तवमा यी यस्ता वीर योध्दा हुन जसले इतिहासमा भक्ती थापालाई एकपटक पुन सम्झाएका छन् । आफुनो मातृभूमिको रक्षार्थ हाँसीहाँसी गोली थाप्न तयार यी योध्दालाई अन्तिम समयमा आएर सरकारले जुन इज्जत र सम्मान दिएर राजकिय सम्मानका साथ अन्तेष्टि गर्ने निर्णय गरेको छ त्यसलाई आम नेपालीले स्वागत गरिरहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us