Thursday, 23 March 2017

नेपाली सेनालाई हेभी इक्विपमेन्ट उपलब्ध गराउने चीनको बचन

चीनले शान्ति सेना र विपद व्यवस्थापनका लागि नेपाली सेनालाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने बचन दिएको छ ।

बिहीबार मात्र नेपालको तीन दिने भ्रमणका आएका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपाली समकक्षी बालकृष्ण खाँडलाई भेटेर सहयोगको बचन दिएका हुन् ।

रक्षा मन्त्रालयमा भएको भेटमा चिनियाँ रक्षामन्त्री चाङले शान्ति सेनाका साथै विपद व्यवस्थापन र विकास निर्माणका काम गर्दा आवश्यक पर्ने हेभी इक्विपमेन्टहरु उपलब्ध गराउने बताएका हुन् । ‘हामीले लिस्ट लिएपछि उनीहरुले उपलब्ध गराउनुहुन्छ,’ भेटपछि रक्षामन्त्री खाँडले भने ।

उनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच बेइजिङमा हुने भेटवार्तामा पनि सैन्य सहयोयबारे थप छलफल हुनेछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us