Thursday, 16 March 2017

गोविन्द गौतमले पाए ११ तोपको सलामी, तर छैन किरियाखर्च


कञ्चनपुर, पुनर्बासका गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर मारिए । उनको हत्या भारतीय सुरक्षा निकायबाटै भएको हो । यो शोकबाट कञ्चनपुर विस्तारै तंग्रिदैँछ ।

सरकारले गौतमलाई ११ तोपको सलामीसहित राजकीय सम्मान दिएको छ । सहिद घोषणासँगै १० लाख रुपैयाँ पनि दिने घोषणा गरेको छ ।

तर, ७० वर्षीय बुबा, आमा, पत्नी र तीन छोरी भने अहिले पनि उही अभाव र शोकमा छन् । राज्य अहिलेसम्म गौतमको घरमा पुगेको छैन । ७० वर्षीय बाबु भीमलाल छोराको किरियामा बसेका छन् तर छोराको किरिया खर्चसमेत छैन गौतम परिवारसँग । एबिसी न्युज टेलिभिजनका पत्रकार डण्ड गुरुङले फेसबुकमा लेख्नु भएको छः गौतमको परिवार किरिया खर्चसमेत अभावमा पिल्सिइरहेको छ ।’

गौतमको परिवारलाई सहयोग गर्ने भनेर विभिन्न देशमा रकम संकलन सुरु भए पनि गौतमको परिवार भने किरिया खर्च अभावमा रहेको हो । तस्बिरः डण्ड गुरुङको फेसबुकबाट ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us