
भेटमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको लामो सम्बन्धका बारेमा चर्चा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चिनियाँ रक्षा मन्त्री स्तरको भ्रमण भने १६ वर्ष पछि जुरेको हो ।
भेटअघि, चिनियाँ रक्षा मन्त्री च्याङले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गर्ने कार्यक्रममा सहभागी भएका थिए ।
चिनियाँ सेनाले नेपाली सेनालाई अत्याधुनिक हातहतियारका साथै सैन्य सामाग्री उपलब्ध गराउँदै आएको छ । यसअघि चीनले नेपाली सेनालाई ८४ करोड मूल्य बराबरको विभिन्न सैन्य समाग्री उपलब्ध गराएको थियो । गएको निर्वाचनको बेलामा पनि चीनले सहयोग गरेको थियो ।
प्रधानसेनापती राजेन्द्र क्षेत्रीले पनि एक वर्ष अघि चिन भ्रमण गरेका थिए ।