काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार सिंगापुर प्रस्थान गरेका छन् । उनी सिंगापुर हुँदै भारत भ्रमणमा जाने छन् ।
बुधबार सिंगापुर उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शाहलाई समर्थकहरुले फूलमालासहित विदाइ गरे । शाहका साथमा निजी सचिव सागर तिमल्सिना छन् ।
केही दिन सिंगापुर बसेपछि शाह बुहारी हिमानीसहित भारत भ्रमणमा जाने तयारीमा छन् । हिमानी भने केही दिन पहिले नै सिंगापुर गाइसकेकी छिन् ।
दशै लगत्तै शाहका निजी सचिव तिमल्सिनाले नयाँदिल्ली पुगेर भ्रमणको मिति तय गरेका थिए ।