Thursday, 3 November 2016

साउदी अरबका राजकुमारलाई जेलमा कोर्रा

साउदी । साउदी अरबका एक राजकुमारलाई जेलमा कोर्रा हानिएको छ । साउदी नरेशको आदेश अनुसार राजकुमारलाई जेद्दास्थित जेलमा कोर्रा हानिएको संचारमाध्यमहरुले जनाए पनि उनीमाथिको आरोपका बारेमा भने खुलाइएको छैन ।

दुई साताअघिमात्र हत्या अभियोगमा एक अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो । साउदी अखबार ‘ओकाज’ का अनुसार सोमबार मेडिकल परीक्षणपछि ती राजकुमारलाई जेलमा कोर्रा हानिएको हो । उनी कोर्रा हान्नका लागि शारीरिक रुपमा योग्य भए–नभएको जाँच गरेपछि उक्त सजाय दिइएको हो ।

सो अखबारले ती राजकुमारको नाम सार्वजनिक गरेको छैन । साउदी न्याय मन्त्रालयले यसबारेमा कुनै टिप्पणी गरेको छैन

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us