Sunday, 6 November 2016

अदालतले कैद सजाय दिएका अपराधी खुलेआम सडकमा

धरान । सर्वोच्च अदालतलगायत विभिन्न न्यायालयबाट दोषी ठहर ६ हजारभन्दा बढी अपराधी सुनसरीमा खुलेआम हिँडिरहेका छन् । कर्तव्य ज्यान, बलात्कार, मानव बेचबिखन, डकैती, शरीर अंगभंग एवं चोरीडकैतीको अभियोगमा दोषी ठहरिएका उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । फरार प्रतिवादी पक्राउ नपर्दा सर्वसाधारणको नजरमा न्यायापालिका निरीह बनेको छ । 

यी व्यक्तिहरूविरुद्ध सर्वोच्च अदालत, पुनरावेदन अदालत विराटनगर र जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद सजायसहित जरिबाना गरेको तथ्य अदालत रेकर्डमा देखिन्छ । २०३० सालदेखिका फैसला कार्यान्वयनमा अदालतले चासो नदेखाउँदा दण्डहीनता बढेको भन्दै दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग उठेको छ । अदालतबाट दोषी ठहर कतिपय अपराधी सरकारले लगाएको विकास निर्माणको ठेक्का लिएर बिर्वाध काम गरिरहेका छन् । ज्यान मारेको अभियोगमा इटहरी ४ का राजकुमार चौधरीलाई जिल्ला अदालत सुनसरीले २० वर्ष कैद सजायको फैसला गरेको थियो । 

तर अझसम्म चौधरीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । धरान १७ का केशरबहादुर बुढाथोकी र गोकुल राईलाई ज्यान मारेको अभियोगमा जिल्ला अदालतबाटै कैद सजायको फैसला सुनाएको भए पनि उनीहरू खुलेआम हिँडिरहेका छन् । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us