Friday, 4 November 2016

प्रहरीको अनुसन्धान : श्रीमान विदेशमा भएका श्रीमती वेपत्ता

ओखलढुंगा । ओखलढुंगामा वैदेशिक रोजगारमा जाने श्रीमानका श्रीमतिहरु वेपत्ता हुने गरेको तथ्य फेला परेको छ । जिल्लामा वेपत्ता भएका अधिंकाश महिलाहरु श्रीमान विदेशमा गएको पाइएको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रहरीको अनुसन्धानमा यस्तो अनौठा घटना फेला परेको हो । जिल्लामा वेपत्ता महिला मध्ये अधिकांशका श्रीमान वैदेशिक रोजगारीका लागि विदेश गएकाका श्रीमति रहेका छन् । यो डरलाग्दो प्रकृति प्रहरीका लागि चिन्ताको विषय बनेको छ ।

हराउने महिला मध्ये अधिकांश बैदेशिक रोजगारीका लागि बिदेशिएका श्रीमानका श्रीमती रहेको प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका हवल्दार दशरथ चौधरीले बताए ।

अझ चिन्ताको विषय यो छ कि, महिलाहरुको वेपत्ता हुनेक्रम जिल्लामा बढ्दो छ । विगतका बर्षको तुलनामा यस बर्ष हराउने महिलाको संख्यामा दोब्बर भएको छ ।

प्रहरीकहाँ महिला हराएका निवेदन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । गत आर्थिक बर्ष २०७२र७३ को तुलनामा आर्थिक बर्ष २०७३ र ७४ सँगै धेरै महिला हराएका छन् ।

चालु आर्थिक बर्षकोे सुरुवातसंगैै साउन र भदौ माहिनामा मात्रै ९ जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै गत आर्थिक बर्षमा जिल्लाबाट ७८ जना हराएका मध्ये ५५ जना महिला थिए । जसमा २२ जना भटिए पनि ३३ जनाको अझै वेपत्ता छन् ।

भेटिएका महिलाले घरेलु हिंसाका कारण घर छाड्ने तथा दोस्रो बिबाह गर्ने गरेको पाइको छ । भेटिएका महिला आफन्तकहाँ फेला परेको र दोस्रो बिवाह गरी अन्तै जाने गरेको पाइएको प्रहरीले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us