Thursday, 3 November 2016

भारतीय राष्ट्रपति मुखर्जीले के लेखे पशुपतिनाथको आगन्तुक पुस्तिकामा

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेका छन् ।

पूजाआराधना गरेर पशुपतिनाथ मन्दिर परिसरमा राखेको आगन्तुक पुस्तिकामा मुखर्जीले पवित्र पशुपतिनाथ मन्दिरमा फेरि आउन पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । विशेषपूजामा भागिदार बन्न पाउँदा आनन्द महशुस भएको बताउँदै मुखर्जीले दर्शनको व्यवस्था मिलाएकोमा मन्दिर व्यवस्थापनलाई धन्यवाद दिएका छन् ।

मुखर्जीले नेपाल भारत मैत्री पशुपतिनाथमा धर्मशाला परियोजना स्थापना गर्न सहयोग गर्न पाउनु भारतका लागि खुसीको कुरा भएको बताएका छन् । परियोजनाको स्थापनाका लागि सहयोग गर्दै आफ्नो राजकीय भ्रमणका क्रममा यो घोषणा गर्न पाउनु खुसी लागेको बताउँदै मुखर्जीले मन्दिर क्षेत्र आसपास रहेका घाटहरुको पुर्ननिर्माणमा सहयोग गर्ने उल्लेख गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us