काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंगीकृत नागरिकता लिएका व्यक्तिहरु राष्ट्रपति वा प्रधानमन्त्री लगायतका महत्वपूर्ण पदमा नियुक्त हुनै नसक्ने बताएका छन् ।
आइतबार अनलाइनखबरसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बन्न दिने भन्ने कहीँ कुरा भएकै छैन, संविधान संशोधन प्रस्ताव बनाउने म हुँ, यो विषयमा कुनै प्रस्ताव तयार भएकै छैन ।’
संविधान संशोधनको प्रस्ताव तयार पार्ने गृहकार्य भइरहेको भए पनि राष्ट्रपति र प्रधानमन्त्रीजस्ता पदहरुमा अंगीकृत नागरिकलाई चुनिन पाउने अधिकार दिनै नसकिने प्रधानन्त्री प्रचण्डले स्पष्ट पारे ।
प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीजस्ता महत्वपूर्ण पदहरु अंगीकृत नागरिकलाई दिइनुहुँदैन ।’