पोखरा । भारतीय राष्ट्रपति शुक्रबार पोखरा आउने निर्धारित तालिका अनुसार यहाँको मूल समन्वय समितिले इन्द्रचोकमा बनाएको स्वागतद्वारका ब्यानर बुधबार राति च्यातिएको छ । पोखरामा प्रहरीले सुरक्षा बढाएको छ ।
बिहीबार उक्त द्वारमा रहेको ब्यानरमा राष्ट्रपति मुखर्जीको तस्बिरसमेत च्यातिएको हो । स्वागतरद्वारको ब्यानर कसले च्यात्यो भन्नेमा प्रहरीले छानबिन गरेपनि हालसम्म पत्ता लगाउन सकेको छैन् ।