काठमाडौँ, र ललितपुरका चोक–चोकमा निस्केर सडक अवरुद्ध गर्न खाजेका बन्दकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रधुम्न कार्कीका अनुसार पूर्वघोषित ‘नेपाल बन्द’ सफल पार्न भन्दै हिँडेका नेकपा माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्ष किरण भनिने सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा सहित सन्दिप तामाङ, साधु चौरसिया, संकल खड्का, सुवास नगरकोटी, उपेन्द्र तामाङ, प्रसन्न आलेमगर, पदम बहादुर सुनुवार, धन बहादुर तामाङ, अनुप तामाङ, निरज गुरुङ, सम्भु थापा मगर, विकास थापामगर लगायत ५१ जना रहेका छन् ।