काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प नेवादाको रेनोमा एउटा र्यालीलाई सम्बोधन गरिरहेका थिए, त्यहीबेला भीडमा उनले एकजना संदिग्ध व्यक्तिलाई देखे । ट्रम्प एकाएक भाषण रोकेर त्यसतर्फ हेर्न थाले ।
ट्रम्प रोकिएको निमेशभरमै सुरक्षाकर्मीहरुले मञ्चमा पुगेर ट्रम्पलाई धकेल्दै मञ्चको भित्रतिर लगेर लुकाए ।
एक व्यक्ति मञ्चबाट भीडतिर कुदेको देखियो । सुरक्षाकर्मीहरुले कार्यक्रमस्थलमा एक व्यक्तिलाई भुईँमा लडाएर शरीरको तलासी लिए ।
केहीबेरपछि स्थिति सम्हालियो । र, ट्रम्पले मञ्चमा आएर फेरि भाषण सुरु गरे । उनले सुरक्षाकर्मीहरुले चाँडै काम गरेर आफ्नो व्यवसायिकता देखाएको भन्दै मञ्चबाटै धन्यवाद दिए ।
तचगmउभीडबाट सुरक्षाकर्मीले एक व्यक्तिलाई पक्रेर बाहिर लगेपछि ट्रम्पले भाषण गर्न थाले । उनको भाषण उत्तेजक बन्यो र कार्यकर्ताले तालीले स्वागत गरे ।
घटना लगत्तै ट्रम्पका पुत्र डोनाल्ड ट्रम्प जुनियरले ट्विट गर्दै भनेका छन् ‘मेरा पिताले फेरि देखाएका छन् कि उनी डटिरहन्छन् र तपाईहरुका लागि निरन्तर लडिरहन्छन् ।’
उनले आफ्नो पिताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई परिवारका तर्फबाट धन्यवाद दिएका छन् । अमेरिकामा मंगलबार राष्ट्रपतिको चुनाव हुँदैछ ।