Friday, 4 November 2016

कल्पना नै नगरेको चर्चा पछि नेपाली तरकारीबाली मनकामनाको दर्शन गर्न पुगिन्

काठमाडौं । नाम्लो लगाएर मिठो मुस्कानसहित दुई क्रेट गोलभेडा एउटै थाप्लोमा बोक्ने नेपाली युवतीको फोटोले केही दिनदेखि सामाजिक संजालका भित्ताहरु रंगीएका छन् ।  तिनै मिठो मुस्कान बोकेकी कुसुम श्रेष्ठले फोटो भाइरल भएपछि मनकामना माइको दर्शन गरेकी छिन् ।

मनकामना मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनले केबलकारमा हुँदा नै कुराकानी गरिन् । निकै फुर्तिलो र हँसिलो आवाजमा उनले भनिन्, ‘तपाईंसँग केवलकारमा हुँदा मात्र कुरा गर्न पाउँछु । यहाँबाट उत्रिएपछि बिहानैदेखि पर्खिरहेका पत्रकार दाइहरुलाई अन्तर्वार्ता दिनु छ ।’

एकाएक चर्चित बनेकी कुसुमलाई अहिले फोन उठाउन भ्याई नभ्याई छ । उनी भन्छिन्, ‘फोनको त कुरै नगर्नुहोस्, उठाउँदा उठाउँदै दिक्क लागिसक्यो ।’ लगातारको अन्तर्वार्ता र टेलिफोन संवादले उनको धेरैजसो समय खाइदिएको छ।

उनी आजकाल यति व्यस्त छिन् कि आफ्ना बारे कुन मिडियाले कस्तो समाचार लेख्यो, कसले कस्तो टिप्पणी गर्यो, ती सबै हेर्ने फुर्सदसमेत छैन उनलाई । उनलाई यत्ति मात्र थाहा छ, उनी आफ्नो दुईवटा फोटोका कारण चर्चित बनिन् । कसरी बनिन्, त्यो उनलाई थाहा छैन ।

आफूले जीवनमा कहिले पनि कल्पना नै नगरेको चर्चा पाउँदा आफू निकै हर्षित भएको उनी बताउँछिन् । तर यो चर्चाले केही नराम्रो हुने हो कि भन्ने डर उनको परिवारलाई भएको उनी बताउँछिन् । बाबाको भनाई उद्धृत गर्दै उनी भन्छिन्, ‘यो चर्चाले तिम्रो भलाई गरे त राम्रै हो तर यसले नराम्रो गर्ला कि भन्ने डर छ मलाई ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us