Thursday, 3 November 2016

गरीबको पैसा पहुँचवालालाई बाँड्दै अर्थमन्त्रालय, हिमाल चढ्न भन्दै पण्डितलाई १० लाख दिने निर्णय

काठमाडौं । अर्थ मन्त्रालयले जनताले तिरेको करबाट संकलन भएको पैसा आर्थिक सहायताका नाममा मापदण्ड विपरीत बाँड्ने गरेको खुलेको छ । पहुँचवालाको दबावकै भरमा मन्त्रालयले ऐन, नियमावली र मापदण्ड विपरीत राज्यकोषको पैसा बाँडेको भेटिएको हो । अन्टार्टिका हिमाल चढ्ने सञ्जय पण्डितलाई थप १० लाख दिन सहमति दिएको छ ।

विभिन्न हिमाल चढ्ने भन्दै राज्यकोषबाट पैसा माग्दै हिँडिरहेका पण्डितलाई सरकारले थप १० लाख दिन लागेको हो । अन्टार्टिका हिमाल चढ्नकै लागि भनेर चालु आर्थिक बर्षमै सरकारले पण्डितलाई ५ लाख दिइसकेको छ । अहिले अर्थ मन्त्रालयले पण्डितलाई दिने सहमति दिएर मन्त्रिपरिषदमा प्रस्ताव लैजान पर्यटन मन्त्रालयलाई पत्राचार गरेको हो ।

अब पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लाने वित्तिकै पण्डितले राज्यकोषबाट थप १० लाख पाउनेछन् । अर्थ मन्त्रालयले पण्डितलाई किन पैसा दिनुपर्ने भन्ने कारण भने खुलाएको छैन ।

अर्थ मन्त्रालयले पर्यटन मन्त्रालयमा दिएको सहमति पत्रमा भनिएको छ, ‘सञ्जय पण्डितबाट हिमाल आरोहणका लागि आर्थिक सहायता माग भई आएकाले रु १० लाख उपलब्ध गराउने गरी प्रस्ताव मन्त्रिपरिषदमा लैजान सहमति दिन्छ ।’

विभिन्न हिमाल चढ्न भन्दै पण्डितले मन्त्रिपरिषदबाट स्वीकृत गराएर पैसा लिएको यो छैटौँ पटक हो ।गरीबको पैसा पहुँचवालालाई बाँड्दै अर्थमन्त्रालय, हिमाल चढ्न भन्दै पण्डितलाई १० लाख दिने निर्णय

काठमाडौं । अर्थ मन्त्रालयले जनताले तिरेको करबाट संकलन भएको पैसा आर्थिक सहायताका नाममा मापदण्ड विपरीत बाँड्ने गरेको खुलेको छ । पहुँचवालाको दबावकै भरमा मन्त्रालयले ऐन, नियमावली र मापदण्ड विपरीत राज्यकोषको पैसा बाँडेको भेटिएको हो । अन्टार्टिका हिमाल चढ्ने सञ्जय पण्डितलाई थप १० लाख दिन सहमति दिएको छ ।

विभिन्न हिमाल चढ्ने भन्दै राज्यकोषबाट पैसा माग्दै हिँडिरहेका पण्डितलाई सरकारले थप १० लाख दिन लागेको हो । अन्टार्टिका हिमाल चढ्नकै लागि भनेर चालु आर्थिक बर्षमै सरकारले पण्डितलाई ५ लाख दिइसकेको छ । अहिले अर्थ मन्त्रालयले पण्डितलाई दिने सहमति दिएर मन्त्रिपरिषदमा प्रस्ताव लैजान पर्यटन मन्त्रालयलाई पत्राचार गरेको हो ।

अब पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लाने वित्तिकै पण्डितले राज्यकोषबाट थप १० लाख पाउनेछन् । अर्थ मन्त्रालयले पण्डितलाई किन पैसा दिनुपर्ने भन्ने कारण भने खुलाएको छैन ।

अर्थ मन्त्रालयले पर्यटन मन्त्रालयमा दिएको सहमति पत्रमा भनिएको छ, ‘सञ्जय पण्डितबाट हिमाल आरोहणका लागि आर्थिक सहायता माग भई आएकाले रु १० लाख उपलब्ध गराउने गरी प्रस्ताव मन्त्रिपरिषदमा लैजान सहमति दिन्छ ।’ विभिन्न हिमाल चढ्न भन्दै पण्डितले मन्त्रिपरिषदबाट स्वीकृत गराएर पैसा लिएको यो छैटौँ पटक हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us