Thursday, 3 November 2016

एमालेले थाल्यो तराई-मधेस जागरण अभियान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई-मधेसमा आफूविरुद्ध लगाइएको आरोपको प्रतिवाद गर्दै संविधान बुझाउँदै जनतामा जने अभियान सुरु गरेको छ ।

तराई मधेसमा विशेष पर्वको रुपमा मनाइने छठको अवसर पारी एमालेका आधा दर्जन पदाधिकारी जनकपुर पुगेर तराई मधेसमा जनता जगाउने अभियान अघि बढाएको हो । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध तराई मधेस  केन्द्रीत दल र सत्तारुढ कांग्रेस माओवादीले एमालेलाई तराई मधेसविरोधी आरोप लगाउँदै आएपछि जनताकै बीचमा पुगेर संविधानले तराई मधेसका जनतालाई दिएको अधिकार र आफ्नो नेतृत्वको सरकारले तराई र मधेसमा अघि बढाएका विकास निर्माणको कामबारे प्रष्ट पार्न एमालेका आधा दर्जन पदाधिकारी जनकपुर पुगेका हुन् ।

छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई निकै महत्व दिएर एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, इश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट लगायत एक दर्जन नेता तराई गएका हुन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us