Sunday, 6 November 2016

अमेरिकामा कार दुर्घटनाः चार नेपालीको मृत्यु

जर्जिया । अमेरिकाको जर्जिया राज्यमा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ । दुर्घटना गत शुक्रबार भएको थियो ।

गुल्मी घर भई हाल काठमाडौंको अनामनगर बस्ने चिरञ्जीवी खना, उनकी श्रीमती श्यामा खनाल, बुहारी ऋचा खनाल र प्रतिमा सुवेदीको मृत्यु भएको छ । सुवेदी खनालका कान्छा छोरा समिरकी प्रेमिका थिइन् । कारमा ६ जना सवार रहेको बताइएको छ ।

निसान अल्टिमा नामको कारमा सवार उनीहरु जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा १८ चक्के मालबाहक ट्रकसँग ठोकिएको थियो ।
दुर्घटनामा ज्यान गुमाएकाको शव एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us