Monday, 7 November 2016

७ भारतीय दूतावासको वेबसाइट ह्याक

काठमाडौं । युरोप तथा अफ्रिकाका विभिन्न देशमा रहेका सात भारतीय दूतावासको वेबसाइट ह्याक भएको छ ।

सोमबार ह्याकरले दूतावासहरुको साइट ह्याक गरेका हुन् । विदेश मन्त्रालयले समस्या समाधानको लागि प्रयास भइरहेको जनाएको छ ।

भारतीय दूतावासका वेबसाइट ह्याक गरिएको मध्ये रोमानिया पनि रहको छ । अन्य कुन कुन देशमा भारतीय दूतावासको वेबसाइट ह्याक गरिएका छन् भन्ने अझै खुल्न सकेको छैन ।

विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलाई नयाँ दिल्लीमा वेबसाइट ह्याक भएको बारे सोधिएको प्रश्नमा उनले समस्या बारे जानकार रहेको र समाधानको प्रयास भइरहेको बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us