Sunday, 6 November 2016

कतारमा अलपत्र नेपालीहरुको वेदना ‘महिनाको लाख कमाउन आयौं, भोकभोकै पर्‍यौं’

काठमाडौं । १४ जना युवा तीन महिना अघि अजाद भिसामा रोजगारीका लागि भन्दै कतार उडे । तर, अहिले उनीहरु काम नपाएर कतारमा अलपत्र परेका छन् ।

उनीहरुलाई त्यहाँ पठाउने म्यानपावर कम्पनी ‘शुहम सर्भिसेस इम्पोलाइमेन्ट’ले महिनामा ३६ सय कतारी रियल अर्थात् झण्डै १ लाख ५ हजार रुपैयाँ कमाइ हुने लोभ देखाएको थियो । महिनामै एक लाखभन्दा बढी कमाइने भनेपछि ती युवाले ऋण गरेरै म्यानपावरलाई मोटो रकम बुझाएका थिए ।

तर, एक लाख रुपैयाँ तलब थाप्ने उनीहरुको सपना त साकार हुन सकेन नै, उनीहरु कतारमा अवैध रुपमा कष्टकर जीवन बिताउन बाध्य पनि भएका छन् ।

को-को भए अलपत्र 

अलपत्र हुनेहरुमा बाँकेका लोकेन्ऽ डाँगी, भक्त कुमार, घनश्याम बोहोरा, टीकाराम विष्ट, डिल्ली विष्ट, चन्ऽबहादुर विष्ट र रमेश बोहोरा छन् । यस्तै, अलपत्र पर्नेमा रुकुमका सुजन बिसी, पाँचथरका शानबहादुर जबेगु, सुनसरीका जीवनकुमार लिन्खा, सर्लाहीका अरुण कुमार, भोजपुरका रामकुमार कोइराला तथा कास्कीका अनिल अधिकारी र मधुसिंह राणा छन् ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us