Monday, 7 November 2016

घेराबन्दीमा प्रधानमन्त्री प्रचण्ड, पक्षमा बोलिदिने आफ्नै कार्यकर्ता पनि भएनन्

काठमाडौं। आफ्नो नेतृत्वमा सकारका गठन भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी घेराबन्दीमा परेका छन् ।

आफ्नो सचिवालय, पार्टीका तर्फबाट मन्त्री भएका नेता, पार्टी नेता तथा कार्यकर्ता, सञ्चारजगत, सामाजिक सञ्जाल र विपक्षीबाट प्रधानमन्त्री प्रचण्ड घेराबन्दीमा परेका हुन् ।

उनको पक्षमा वकालत गरिदिनेको संख्या न्यून छ भने आलोचना गर्नेहरु अधिक देखिएको छ । लाभको पद पाउन प्रतिस्पर्धा गर्ने आफ्नै पार्टीका नेताकार्यकर्ता पनि प्रधानमन्त्री प्रचण्डका पक्षमा देखिएका छैनन् ।  ‘प्रधानमन्त्रीलाई असफल बनाउन पार्टीभित्र र बाहिरबाट घेराबन्दी गरिएजस्तो देखिएको छ,’ प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने,‘कोही योजनाबद्ध रुपमा लागेको छ भने पनि त्यसलाई सफल हुन दिइनेछैन ।’

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, अंगीकृत नागरिकलाई राष्ट्रध्यक्ष बनाउन प्रस्ताव अगाडि सारेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, भारत र चीसँग सन्तुलित सम्बन्ध कायम राख्न नसकेको, जनताका पक्षका देखिने गरी कुनै निर्णय  कार्यान्वयन गराउने नसकेको , कांग्रेससँगको गठबन्धन सुमधुर बनाउन नसकेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि पार्टीभित्र र बाहिरबाट लागेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us