Friday, 4 November 2016

ट्राफिक नियम मिचेको भन्दै कुखुरो गिरफ्तार

काठमाडौं । सडकमा गाडी चलाउन तथा पैदल यात्रुले सडक पार गर्नका लागि निश्चित ट्राफिक नियम हुन्छन् जसलाई सबैले पालन गर्नुपर्छ । मान्छेले ट्राफिक नियम पालना नगर्दा कारवाही हुन्छ । मानिसलाई मात्र होइन जथाभावी बाटो काटेर ट्राफिक नियम मिच्दा कुखुराले पनि कारवाही भोग्नुपर्ने रहेछ ।

घटना स्कटल्याण्डको हो । पुलिसले बजार क्षेत्रबाट एउटा कुखुरालाई गिरफ्तार गरेको छ । खबर अनुसार टेसाइट क्षेत्रको पुलिसले उक्त कुखुरालाई मात्र यसकारण गिरफ्तार गरेको हो की त्यो कुखुराले नियम विपरित सडक पार गरिरहेको थियो ।
उक्त कुखुराले निकै व्यस्त ट्राफिक रहेको पिक आवरमा सडक पार गरिरहेको थियो । कुखुराले सडक पार गरिरहँदा कुखुराका कारणले ट्राफिक जाम भयो ।

कुखुराका कारण ट्राफिक जाम भएपछि सवारी चालकहरुले पुलिसलाई गुनासो गरे । त्यसपछि पुलिसले उक्त कुखुरालाई गिरफ्तार गर्यो ।

सुरुमा त पुलिसले उक्त कुखुराको मालिक कोहीँ छ की भनेर खोज्यो । तर कोही नभेटेपछि पुलिस आफैले कुखुरा समात्यो । पुलिसले स्कटल्याण्डमा जनावर अधिकारको क्षेत्रमा काम गर्ने एस एस पि सि ए नामक संस्थालाई पनि खबर गर्यो । पछि कुखुरालाई पुलिसले हिरासत मुक्त गरेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us