Sunday, 6 November 2016

अव काठमाडौं लोडसेडिङमूक्त हुने बागमतीबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै

काठमाडौं । काठमाडौंबाट बग्ने बागमतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या-९ मा वि।सं २०७५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

बागमती साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण कम्पनी माण्डु हाईड्रोका प्रतिनिधि इन्जिनियर रन्तभोम्जन लामाले जानकारी दिए । २०७२ जेठबाट निर्माण थालेको कम्पनीले हालसम्म १५ प्रतिशत निर्माणको काम सकिएको जनाएको छ । ु२४ सय मिटरमध्ये सातसय ५० मिटर सुरुङ खन्ने काम सकिएको छु,लामाले भने, ५५ मिटर लामो ड्याम निर्माणको काम पनि सुरु भएको छ ।

बागमतीको पानी इपापन्चकन्या-९ दोभानमा ड्याम बनाइ छेकेर सुरुङमार्फत बगरबेसीमा विद्युत् उत्पादन गरिने उनले बताए । ड्याम र पावर हाउसबीचको दूरी साढे दुई किमि रहनेछ । आयोजनाको सुरुङ, पावर हाउस र ड्याम निर्माणको काम साउथ एसियन इस्फास्ट्रक्चर प्रालिले गरिरहेको छ । अबको तीन वर्षभित्र सबै निर्माण कार्य सम्पन्न गर्न हामी दिनरात काम गरिरहेका छौुं,निर्माण कम्पनीका प्रतिनिधि कुन्दन कार्कीले भने, ुनाकाबन्दी र भूकम्पका कारण केही समय काम प्रभावित भएकाले निर्माण सम्पन्न हुन थप केही समय लाग्न पनि सक्छ । दैनिक दुई सय मजदुरले सुरुङ निर्माणको काम गरिरहेको उनले बताए ।

बागमती साना जलविद्युत् आयोजनाको विद्युत् कुलेखानी पावर हाउसमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले अव काठमाडौंलाई लोडसेडिङमूक्त बनाउने अभियान अन्तर्गत देशभर विद्युत उत्पादनलाई तीब्रता दिएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us