एजेन्सी । एकजना महिला प्रहरी हवलदार, जो भारतको छत्तीसगढस्थित पुलिसमा हवलदार छिन् । स्मिता टान्डी जनताको सुरक्षामा तैनाथ हुन्न्छिन् ।
तर उनको बारेमा एउटा अनौठो कुरा के छ भने एउटी प्रहरी हवलदारमा जागिर खाइरहेकी साधरण युवती हुन् । उनका फेसबुक फ्यान झन्डै साढे सात लाख रहेका छन् ।
तपाईंलाई यो कुरा सुनेर आश्चर्य लाग्दो होला तर सत्य यही हो । करिब डेढ वर्षअघि खोलेको उनको फेसबुक पेजमा फ्यानको संख्या सात लाख ३३ हजार ९ सय ४७ जना छन् ।
स्मिता हेर्दा बिल्कुल बिल्कुल साधारण देखिन्छिन् । न उनी देखाउनका लागि आफूबारे बढाई चढाई कुरा गर्छिन् न त तडकभडकपूर्ण जीवन नै छ उनको ।
तर उनीमा सेवा गर्ने एउटा नशा छ । उनी अफ्ठ्यारोमा परेका जो कसैलाई सहयोग गर्न तम्तयार भइहाल्छिन् ।
स्मिताका अनुसार उनले सन् २०११ मा पुलिसको जागिर थालेकी हुन् । त्यसको दुई सालपछि सन् २०१३ मा आफू प्रशिक्षणमा रहेका बेला उनका पिता शिव कुमार टान्डीको स्वास्थ्यमा समस्या देखियो ।
गला अवरुद्ध पार्दै स्मिताले बताए अनुसार त्यो बेला बाबुको उपचार गर्न पैसा थिएन । त्यही कारण राम्रो उपचारको अभावमा उनका बाबुले ज्यान गुमाउपुर्यो ।
त्यस घटनापछि स्मिताले अफ्ठ्यारोमा परेकालाई मद्धत गर्न हरसम्भव प्रयास थालिन् । त्यसपछि उनले सन् २०१४ मा आफ्ना साथीसँग मिलेर एक समूह बनाइन् । स्मिता कोहीलाई अफ्ठ्यारो परेको थाहा पाउने बित्तिकै आफ्नो समूहका साथीहरु लिएर दौडि हाल्छिन् ।
त्यसपछि स्मिता फेसबुकमा आइन् र उनलाई आफूले चाहेभन्दा धेरै सहयोग मिल्न थाल्यो । उनले सहयोगको खाँचो परेका व्यक्तिको तस्बिर फेसबुकमा राखेर सहयोगबारे लेख्थिन् ।
बिस्तारै मानिसहरुले उनको कुरा सुन्न थालेपछि सहयोगका हात पनि बढाउन थाले । यतिमात्रै होइन छत्तीसगढ़ पुलिसका वरिष्ठ अधिकारीलाई स्मिताको यस कामबारे थाहा भएपछि स्मितालाई सामाजिक सञ्जाल कम्प्लेन्ट सेलमा सरुवा गरिदिए ।
त्यसपछि उनले आफ्नो सामाजिक अभियानलाई झनै बढाएकी छन् । उनले अहिलेसम्म कम्तमा पनि २५ जना गरिबहरुको निशुल्क अपरेशन गर्नमा मद्धत गरिसकेकी छन् ।