काठमाडौं । रोड्रिगो डुटुर्टे फिलिपिन्सको राष्ट्रपति बनेपछि त्यहाँका लागूपदार्थ ओसारपसार गर्नेहरुमाथि मृत्युको घण्टी बजिरहेको छ । डुटेर्टे राष्ट्रपति बनेको ४ महिना मात्र भएको छ र अहिलेसम्म फिलिपिन्समा ४ हजारभन्दा धेरै लागूपदार्थ तस्करसँग सम्बद्ध व्यक्तिलाई मारसकेका छन् ।
कारबाहीका क्रमा मारिएकाहरुका लागूपदार्थ तस्करहरुको शव गल्ली र सडकमा देखिन थालेको छ । फिलिपिन्स राष्ट्रपतिको यो अभियानमा आबद्ध एउटा दम्पती त्यहाँ भइरहेको उक्त हिंसात्मक कारबाहीमा भएका ८ सय हत्यामा उनीहरुको हात रहेको दाबी गरेका छन् । एस र सइला नाम गरेका ती जोडीले आफू राष्ट्रपति डुटेर्टेद्वारा लागूपदार्थ तस्करहरुको हत्याका लागि गठन गरिएको विशेष बलको नेतृत्व गरिरहेको पनि बताएका छन् ।
आफ्ना कामबाट डुटेर्टे अत्यन्त खुशी रहेको पनि उनीहरुको दाबी छ । कारबाहीका क्रममा प्रत्यक हत्याका लागि उनीहरुले १ सय डलर पाउने गरेको ती जोडी बताउँछन् ।