काठमाडौं । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन्। दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचउरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो।
‘दूतावासले आफ्नो हिसाबले दिने रिट्रिटमा गइरनुपर्छ भन्ने हुँदैन। त्यही भएर उहाँ नजानु भएको होला। यो चर्चा गरिरहनु पर्ने विषय होइन’, उनले भने।
सो दिवा भोजमा प्रमुख दलका नेताहरु, नेता, मन्त्री, नागरिक अगुवा, साहित्यकारलाई निम्ता थियो। मधेसीवादी दल तथा साना दलका नेताहरुलाई समेत दूतावासको भोजमा पुगेका थिए। भोजमा कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद पूर्व अध्यक्ष खिलराज रेग्मी, एमाले नेता सुवाषचन्द्र नेम्वाङ, मन्त्रीहरु सीतादेवी यादब, अर्जुनरसिंह केसी सहभागी थिए।
भोजमा राष्ट्रकवि माधवप्रसाद घिमिरे समेत थिए।
संसदमा दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएको थाहा पाएपछि लैनचउरका निम्तालुबीच नै यो विषयले चर्चा पाएको थियो।
केपी ओली गएनन्
भारतीय राजदूतावासले भोज खान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएको थियो । तर, ओली अनुपस्थित रहनुभयो । पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल अहिले विदेश भ्रमणमा रहनुभएपनि अध्यक्ष ओली काठमाडौंमै हुँदासमेत भोजमा सरिक हुनुभएन् ।
ओलीका सहयोगी राजेश बज्राचार्यले अध्यक्ष ओली भारतीय राजदूतको भोजमा नगएको पुष्टि गर्नुभयो । ‘अध्यक्षज्यू निवासमै पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त हुनुहुन्थ्यो,’ उहाँले भन्नुभयो– ‘भारतीय राष्ट्रपति प्रवण मुखर्जी र अध्यक्षबीच भोली विहान ७ः ५५ मा बजे भेटघाट गर्ने समय तय भएको छ, भोली नै कुराकानी हुन्छ ।’
एमालका तर्फबाट उपाध्यक्षद्धय वामदेव गौतम र भीम रावल, उपमहासचिव विष्णु पौडेल लगायतका भने सहभागी भएको भएका एक नेताले बताए । दूतावासले मुखर्जीको सम्मानमा दूतावास परिसरभित्रै दिवाभोज आयोजना गरेको थियो ।