Sunday, 6 November 2016

क्यान्सर पीडित सुजाताले उपचारका लागि जग्गा बेच्न खोज्दा शेरबहादुरले रोके

काठमाडौं । स्तन क्यान्सरबाट पीडित बनेकी सुजाता कोइरालाले निजी जग्गा बेचेर उपचार गर्न खोज्दा पार्टी सभापति शेरबहादुर देउवाले रोकेका छन् ।

भीआइपीहरुको उपचार खर्च राज्यले नै व्यहोर्दै आएकाले जग्गा बेचेर उपचार गर्नु नपर्ने भन्दै देउवाले सुजातालाई रोकेका हुन् । सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर आफूले उपचार खर्च जुटाइदिने आश्वासन दिएपछि यतिबेला सुजाताले जग्गा विक्री गर्ने योजना थाती राखेकी छिन् ।

सुजाताले क्यान्सरको उपचारका लागि सरकारसँग एक करोड रुपैयाँ मागेको चर्चा छ । स्रोतले भन्यो– ‘उहाँले जग्गा बेचेर भए पनि आफ्नै खर्चमा उपचार गर्ने सोचिरहनुभएको थियो, तर सरकारले आफ्नै उपचार खर्च दिन्छ भने त्यो खुशीको कुरा हो ।’

कोइरालानिकट स्रोतको दाबी के छ भने सुजाताले आफैं सरकारसँग उपचार खर्च मागेकी होइनन्, पार्टी सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधीले नै सरकारबाट उपचार खर्च जुटाउन पहल गरिदिने बताएपछि उनले त्यसमा सहमति जनाएकी हुन् ।

मलेसिया भ्रमणका बेला उतै शल्यक्रिया गरेर स्वदेश फर्केकी सुजातालाई पार्टी सभापति देउवाले सरकारी कोषबाटै उपचार खर्च लिई उपचार गर्न भनेको स्रोतको भनाइ छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us