Wednesday, 9 November 2016

अमेरिकाको नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प

काठमाडौं । चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । 

बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् । 

राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

राष्ट्रपतिको निर्वाचन जितेपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकाको राष्ट्रपति हुन पाएकोमा आफू गौरवान्वित भएको बताए ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us