काठमाडौं । भारतको भ्रमणमा रहेका काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार करिव ३५ मिनेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गरेका छन् । दे्उवाले मोदीसंगको भेटमा भुकम्प पछिको पुनस्निर्माण र संविधान कार्यन्वनको विषयमा कुराकानी भएको बताए ।
भुकम्पले क्षति पुर्याएका संरचनाहरुलाई पुननिर्माणमा भारत जुनसुकै सहयोग गर्न तयार रहेकोले छिटो गर्नु पर्यो भन्ने कुरा उहाँको रह्योु भेटवार्ता पछि देउवाले भने, मैले पुननिर्माणको विषयमा भएको प्रगतिको बारेमा जानकारी गराएँ र भारतको सहयोग आवश्यक रहेको उल्लेख गरें ।
त्यसैगरी दुई नेताबीच संविधानको कार्यन्वयनको विषयमा पनि कुराकानी भएको थियो । देउवाका अनुसार आफुले मधेसी, थारुलगायतका संविधानप्रति असन्तुष्ट पक्षहरुलाई समेट्नका लागि भइरहेको प्रयासको बारेमा जानकारी गराएको र मोदीले असन्तुष्टहरुलाई समेटेमा संविधान कार्यन्वयनमा सहजता हुने कुरा उल्लेख गरेका थिए । सबै असन्तुष्टहरुलाई संविधानको कार्यन्वयनलगायतका सबै प्रकृयाहरुमा समेट्न सकेमा शान्ति, स्थायित्व र प्रगति संभव छु मोदीको भनाई उदृत गर्दै देउवाले भने । मोदी र देउवाबीच बिहान १०:४५ देखि ११:२० सम्म कुराकानी भएको थियो ।