काठमाडौं । सामाजिक सञ्जालमा तरकारीवालीको नामबाट भाईरल बनेकी गोरखाकी कुसुम श्रेष्ठ पछिल्लो समयकी हटकेक हुन् । नेपाल मात्र नभई विश्वव्यापी रुपमा सोसियल नेटवर्क तथा मिडियामा छाएकी तरकारीवाली उर्फ कुसुमलाई अनेक क्षेत्रका व्याक्तिहरुले आफ्नो लाईनमा ल्याउन चाहना व्यक्त गरेका मात्र छैनन् सिधा अफर नै दिएका छन् ।
विभिन्न मिडियामा दिएका अन्तर्वार्तामा राम्रो प्रस्ताव आए मोडलिङ पनि गर्नसक्छु भनेर बोलेकी कुसुमलाई निर्देशक गोपालचन्द्र लामिछानेले आफ्नो फिल्म लम्फूुमा हिरोईन नै लिने घोषणा गरिसकेका छन् । दुई पक्षिय समझदारी समेत हुने चरणमा रहेको बताईन्छ ।
यहि बीचमा रिलिजको छेकोमा रहेको अर्थात आउँदो शुक्रबाट रिलिज हुने फिल्म जंगबहादुरको कोटु निर्माण टिमले पनि आफ्नो अर्को प्रोजेक्टमा कुसुमलाई लिने ईच्छा व्यक्त गरेको छ । निर्माता योगेन्द्र खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुहरुले उनलाई नयाँ प्रोजेक्टमा अनुबन्ध गर्न चाहेको भन्दै सम्पर्कमा ल्याईदिन मिडियामाझ आग्रह गरेका छन् ।
यतिमात्र होईन अन्य निर्माता निर्देशक समेत आफ्ना आप्ना प्रोजेक्टमा तरकारीवालीुलाई अनुबन्ध गराउने चाहना पोख्दै हिँडेका छन् । त्यसो त कोहि कसैले चर्चा परिचर्चा पाउँदै गर्दा तातो तातो समयमै क्यासु गर्ने अनि सफलताको चाहना राख्नेहरु धेरै हुन्छन् । त्यसैले तरकारीवालीुलाई लिँदै गर्दा त्यो प्रकारको सफलता मिल्छ या मिल्दैन हेर्न बाँकी छ ।