Monday, 7 November 2016

लौ हेर्नुस् ,जापानमा जमिन फाटेर सडक र ट्राफिक लाइटहरु निल्दा यस्तो देखियो

काठमाडौं । जापानको एउटा व्यस्त सडकमा जमिन फाट्दा सडकको ठूलो भाग र ट्राफिक लाइटहरु समेत निलेको छ। सुरुमा स्थानीय समय अनुसार मंगलबार बिहान सबेरै फुकुओका सहरको हाकाता रेलवे स्टेसन नजिकै ७ देखि ८ मिटर फराकिलो खाल्डो देखिएको थियो। 

सुरुमा २ वटा साना प्वाल देखिए पनि पछि फैलँदै दुवै एउटै भएको थियो। अहिले त्यो २७ मिटर फराकिलो, ३० मिटर लामो र १५ मिटर गहिरो भइसकेको सिएनएनले जनाएको छ। 

नजिकै सबवे बनाउने क्रम पनि जारी थियो।  खाल्डो देखिएपछि नजिकैका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। नजिकैको १७० वटा घरमा विद्युत आपूर्ति बन्द गरिएको छ। जमिन फाट्नुको कारणबारे अधिकारीहरुले अनुसन्धान जारी राखेका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us