Sunday, 9 October 2016

पूर्व राजालाई भट्टराईको सुझाव : ‘चार औँला आफैतिर फर्किन्छ’

पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको शुभकामना सन्देशमा दलहरुको आलोचना गर्नु शुभ संकेत नभएको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बताएका छन् । भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रका विषयमा प्रश्न गर्नु शुभ संकेत नभएको बताएका हुन्। ज्ञानेन्द्रले शुक्रबार दसैंको शुभकामना दिँदै गणतन्त्रको दश वर्षमा केही उपलब्धि हासिल नभएको भन्दै प्रश्न गरेका थिए।

 तिनै प्रश्न तर्फ लक्षित गर्दै आइतबार बाबुरामले भनेका छन्, ‘वडादसैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दललाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभसंकेत हैन ।’ बाबुरामले ज्ञानेन्द्रलाई एउटा औँला अरुतिर फर्काउँदा चार औँला आफूतिर फर्किने कुरा बुझ्न समेत सुझाव दिएका छन् । बाबुराम ट्वीट गर्छन्, ‘वडादसैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दललाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभसंकेत हैन ।
 १ औँला अरुतिर फर्काउँदा ४ आफूतिर फर्किन्छ है !’ वडा दशैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दलहरूलाई ७-वुँदे प्रश्नको झटारोहान्नु शुभसंकेत हैन।१औंला अरूतिर फर्काउँदा ४ आफुतिर फर्किन्छ है !

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us