Thursday, 6 October 2016

सुनको मूल्य घट्यो

नेपाली बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला रु ४०० ले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सो ‘पहेँलो धातु’को मूल्य घटेका कारण त्यसको प्रभाव नेपाली बजारमा पनि परी व्यापार बढ्ने आशामा व्यवसायी खुसी भएका छन् । बुधबार प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भई कारोबार भएकामा यसको मूल्य आज प्रतितोला रु ५६ हजार ३०० कायम भई कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य रु ५६ हजार ५० कायम भई कारोबार भएको छ । असली चाँदीको मूल्य पनि प्रतितोला रु ८२० कायम भई कारोबार भएको छ । सो मूल्य अघिल्लो दिनको तुलनामा आज रु १० घटेर कारोबार भएको हो ।

सङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा प्रतिऔँस १४ अमेरिकी डलर घटेर आज एक हजार २६६ डलरमा कारोबार भएको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारको तुलनामा सुन प्रतितोला रु एक हजार १०० तथा चाँदी रु ३० ले मूल्य घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us