Tuesday, 11 October 2016

को हुन् पूर्वराजा ज्ञानेन्द्र शाहको खुट्टा ढोग्ने यी व्यक्ति ?

पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले विजया दशमीको अवसरमा शाही शैलीमै टिका लगाए। । मंगलबार बिहानैदेखि निर्मल निवासमा पूर्वराजाका शुभेच्छुक र राजावादीको भिड थियो ।

निर्मल निवास पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समेत पूर्वराजाबाट टीका लगाएका छन् । वडा दसैंको अवसरमा मंगलबार साँझ चार बजेदेखि निर्मल निवासमा सर्वसाधारणका लागि टीका लगाउने व्यवस्था मिलाइएको थियो ।

सर्वसाधारणले घन्टौँ लाइन लागेर पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको हातबाट टीका र जमरा ग्रहण गरेका छन् । निर्मल निवासमा टीका लगाउनका लागि लामबद्ध भएका सर्वसाधारण निवास बाहिर सडक पेटिमा घन्टौँ उभिएर टीका लगाएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us