
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.४ ख. ३०२० नं.को ट्रिपरले बा.३४ प. ६३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ४९ की ईन्दिरा बिजुक्छेको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी उनको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक ५५ वर्षका राजामान बिजुक्छे घाईते छन् । राजामान–इन्दिरा नेपाल मजदुर किसान पार्टीका नारायणमान विजुक्छेका भाइबुहारी हुन् ।
राजामानको खुट्टामा चोट लागेको छ भने उनको नागरिक अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनापछि चालक भागेका थिए । रामेछाप मन्थली न.पा.-९ घर भई हाल भकुन्डेवेशी काभ्रे बस्ने २५ बर्षीय शिवबहादुर भुजेललार्इ कोटेश्वरमा प्रहरीले नियन्त्रणमा लिएको छ ।