वीरगन्ज । पर्सामा ससुराले आफ्नै बुहारीलाई धारिलो हतियार गडासी ९चुपी० प्रहार गरी गम्भीर घाइते बनाएका छन्।
मुडली गाविस ६ बस्ने ५५ वर्षीय प्रभुराउत कुर्मीले जेठी बुहारी ३५ वर्षीया अन्जु देवीलाई घाँस ९छाटी० काट्न प्रयोग गर्ने गडासी प्रहार गरेका हुन्।
आइतबार साँझ घरमै बसेको अवस्थामा अन्जुको टाउकोको बायाँ भागमा गडासी प्रहार गरी ज्यान लिने प्रयास गरेको पीडित अन्जुका बुवा पर्सा धोबिनी–६ काना गेन्द्रराउत कुर्मीले बताए।
टाउकोमा ७ वटा टाका लागेकी अन्जुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।अन्जुका पति अमिका पटेलले घरमा ३४ हजार रुपैयाँको विषयमा छलफल भइरहेको बेला पत्नीले बोल्न खोज्दा बुवाले आक्रोशित गडासी प्रहार गरेको बताए।
पति अमिकाले बुवा विरुद्धमा आवश्यक कारवाहीका लागि पर्सा प्रहरीमा सोमबार उजुरी गरेका छन्। ‘म र भाइ विजयले कमाएको ३४ हजार रुपैयाँ गाउँमा ब्याजमा लगानी गरेका थियौं,ु उनले भने, ुपैसा फिर्ता आएको थियो, त्यही पैसा हिस्सा लगाउन छलफल भइरहेको बेला बुवाले यस्तो गर्नुभयो।ु
आफ्नो भागको पैसा माग्दा बुवा राजी नभएपछि रिसाएको अमिकाले बताए।