Friday, 28 October 2016

भारतीयको प्रदर्शनले वीरगन्ज-रक्सौल नाका दुई घण्टा ठप्प

वीरगन्ज । भारतीय नागरिकले शुक्रबार वीरगन्ज-रक्सौल नाका ठप्प पारेका छन् । रक्सौलका स्थानीयवासीले नेपाल भारतको सीमा क्षेत्रमा अवस्थित मितेरी पुलमा प्रदर्शन गर्दै वीरगन्ज-रक्सौल नाका दुई घण्टा ठप्प पारेका हुन् ।

वीरगन्ज उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रबाट संकलित फोहोर दशगजा क्षेत्रमा फालेर वातावरण प्रदुषित बनाएको भन्दै भारतीयले दशगजा क्षेत्रमा पर्ने नेपाली भूमीमै प्रवेश गरेर शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म नाराबाजी र प्रदर्शन गर्दै नाका ठप्प पारेका हुन् ।

वीरगन्ज रक्सौल नाकामा रहेको मितेरी पुलमा सरिसवा नदी बचाऊ संघर्ष समिति रक्सौलका अगुवाइमा भारतीयले प्रदर्शन गर्दै नाका ठप्प पारेका हुन् । मितेरी पुलमा भारतीयको प्रदर्शनका कारण नाकामा सवारी साधनको आवागमन दुई घण्टा प्रभावित भएको थियो । प्रदर्शनमा सहभागी भारतीयले वीरगन्ज उपमहानगरपालिका कार्यालयविरुद्ध नाराबाजी गर्दै नगरपालिका कार्यालयको पुत्ला पनि दहन गरे । 

वीरगन्ज नगर क्षेत्रबाट दिनहु संकलन हुने फोहोर वीरगन्ज उपमहानगरपालिका कार्यालयले नेपाल भारतको सीमामा अवस्थित दशगजा क्षेत्र आसपासमा फाल्दै आएको छ ।सीमा क्षेत्रमा फोहोर फालिएको भन्दै भारत रक्सौलका स्थानीयले शुक्रबार बिहान मितेरी पुलमा कप्रदर्शन गरेको इनर्वा प्रहरी चौकीले जनाएको छ ।दगशजा क्षेत्रमा वीरगन्ज उपमहानगरपालिका कार्यालयले दिनहु ट्याक्टरमा ल्याएर फालेको फोहोर र कचराको प्रदुषणका कारण रक्सौलवासीको जनजीवन अत्यन्त कष्कटर भएको भन्दै भारतीयले नाका ठप्प पारेका हुन् ।
वीरगन्ज उपमहानगरपालिका कार्यालयको विरोध स्वरुप दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा दुई घण्टा प्रदर्शन गर्दै धर्नामा बसेको सरिसवा नदी बचाऊ संघर्ष समिति रक्सौलका अध्यक्ष प्राध्यापक डाक्टर अनिल सिन्हाले बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us